Inside

All Time Top 50 News

"मिस नेपाल अमेरिका २०१२" बनिन् ३ पटक गोल्डन भोइस अवार्ड बिजेता आस्था श्रेष्ठ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 12 August 2012 14:38

Updated: Special: 5 photos: वासिङ्टन डिसी/न्यू योर्क- वासिङ्टन डिसी नजिकै फेयर फ्याक्स भर्जिनियास्थित जर्ज मासोन विश्वबिद्यालयको जोन्सन सेन्टरमा अगस्ट ११ तारिख आईतवार सम्पन्न "कुइन्स एन्ड क्लासिक डाइमन्ड मिस नेपाल युएस (ए)" सुन्दरी प्रतियोगितामा चुनिएका २८ नेपाली सुन्दरी युवतीहरुलाई उछिन्दै बहुप्रतिभाशाली आस्था श्रेष्ठ "मिस नेपाल युएस (ए) २०१२" बन्न सफल भएकिछिन्।


Miss Nepal US (A) 2012 winner Astha Shrestha. Photo courtesy: MissNepalUS.com

इभेन्ट प्लानेट इङ्कद्वारा आयोजित "युवासशक्तिकरण र नेपालको प्रबर्धन" (Empowering Youth, Promoting Nepal) नारा रहेको उक्त प्रतियोगितामा आस्थाले मिस अनुशासित (Most Discipline) उपाधि पनि जित्न सफल भएकिछिन्। गत बर्षकी मिस नेपाल युएसए-२०११ सुजिता बस्नेतले मिस नेपाल युएस (ए)-२०१२ श्रेष्ठलाई ताज पहिराइदिएकी थिइन् । उक्त प्रतियोगितामा फर्स्ट रनर अप टेक्सासकि नुर्जा श्रेष्ठ र सेकेन्ड रनर अप न्यू योर्ककि आश्मा ढकाल भएकिछिन्।

यस वर्षका सब-टाइटल उपाधि विजेता सुन्दरीहरु निम्नानुसार छन्:

1. Most Discipline: Astha Shrestha
2. Best Catwalk: Kinjal Dwa (TX)
3. Most Popular: Sangita Dhakal (CA)
4. Most friendly: Kandu Sherpa (Co)
5. Best Personality: Raksha Khatri (GA)
6. Best Dress: Roshni Gurung (NY)
7. Best Photogenic: Michele Lama (NY)
8. Best Smile: Srijana Rajkarnikar (NC)
9. Most Talent: Swechcha Baral (PA)
10. Best Hair: Prabina Bhattarai (KY)

को हुन् आस्था?

सन् १९९४ को जनवरी १ तारिख काठमाडौंको ताहाचलस्थित प्रसुती गृहमा जन्मिएकी आस्थाका माता-पिता बिष्णुकुमारी थापा र सञ्जय श्रेष्ठ हुन्।

बिगत ६ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी आस्था भर्खरै वाट्किन मिल्स हाइ स्कूल, गेट्सबर्ग, मेरिल्यान्ड, अमेरिकाबाट ग्रेयाजुएट् भएकी बहुप्रतिभाशाली नेपाली विद्यार्थी हुन्।

Miss Nepal US (A) winners L to R: 2nd Runner up Aashma Dhakal (NY), Miss Nepal US (A) Ashtha Shrestha (MD) and 1st Runner up Nurja Shrestha (TX). Photo courtesy: MissNepalUS.com

आस्थाले सन् २०१०, २०११ र २०१२ मा लगातार तीन पटकसम्म आफ्नो हाइ स्कूलमा गायन कलामा उत्कृष्टता हाँसिल गर्दै गोल्डन भोइस अवार्ड (Golden Voice Award) जितेर गायन कलामा ह्याट्रिक मारेकी थिईन् भने सन् २०१२ को गिती नाटकमा उत्कृष्ट नायिका बन्न सफल भएकी थिईन्।

सन् २०११ को वासिङ्टन डिसीमा सम्पन्न २९ औं एएनए सम्मेलनमा आयोजित पहिलो ट्यालेन्ट शो प्रतियोगितामा प्रथम भएकी आस्थाले सन् २०११ कै क्रिस्टमसमा अमेरिकि राष्ट्रपति बाराक ओबामा र फर्स्ट लेडी मिचेल ओबामाको सम्मानमा राष्ट्रपति भवन ह्वाइट् हाउसमा क्रिस्टमस क्वायर गीत प्रस्तुत गर्ने अबसर पाएकी थिईन्।

Miss Nepal US (A) 2012 28 final contestants with Nepalese Ambassador Dr. Shankar P. Sharma in Washington DC. Photo courtesy: MissNepalUS.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले २९ औं एएनए सम्मेलन 2011 मा आस्था श्रेष्ठद्वारा प्रस्तुत बिशेष बेली न्रित्य र गीतबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Belly dance performed by Astha Shrestha, winner of 29th ANA Talent Show in VA USA July 1 2011




आस्थाकि आमा बिष्णुकुमारी थापा एनआरएन अमेरिका (NRN USA) कि संस्थापक महासचिब हुन्। गुल्मी, चन्द्रकोट पुर्ख्यौली माइती घर भएकी थापा बिगत १४ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकिछिन्। हाल उनी ग्लोबल नेपाली वूमन नेटवोर्क (NWGN) र अमेरिका नेपाल महिला संघ ग्रेटर वासिङ्टन (ANWA) कि अध्यक्ष हुन्।

आस्थाका बुवा सञ्जय श्रेष्ठ होटेल ब्याबस्थापनमा कार्यरत ब्यक्तित्व हुन्।

इभेन्ट प्लानेट इङ्कको आयोजनामा सम्पन्न उक्त सुन्दरी प्रतियोगिताको नारा "युवासशक्तिकरण र नेपालको प्रबर्धन" (Empowering Youth, Promoting Nepal) रहेको थियो।

इभेन्ट प्लानेट इङ्कको आयोजनामा सम्पन्न उक्त सुन्दरी प्रतियोगिताको नारा "युवासशक्तिकरण र नेपालको प्रबर्धन" (Empowering Youth, Promoting Nepal) रहेको थियो।

The 28 contestants of Miss Nepal US (A). Photo courtesy: MissNepalUS.com

उक्त सुन्दरी प्रतियोगितामा १४ अमेरिकि राज्यका १८ देखि २६ बर्षबिचका नेपाली मूलका २८ सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका थिए:

Aashma Dhakal (NY, Age-18); Amrita Tuladhar (NY, Age-26); Arti Maharjan (CA, Age-19); Astha Shrestha (MD, Age-18); Barsha Moktan (PA, Age-22);  Dipti Sharma (MN, Age-23); Kandu L Sherpa (Karsang) (CO, Age-21); Kinzalk Dwa (TX, Age-21); Michelle Lama (NY, Age-20); Nisha Shrestha (CA, Age-26); Nurja Shrestha (TX, Age-23); Prabina Bhattrai (KY, Age-18); Pragya Bhattarai (TX, Age-18); Pramila Adhikari (VA, Age-22); Rakshya Khatri (GA, Age-22); Rojina Parajuli (VA, Age-23); Roshni Gurung (NY, Age-21); Sadikshya Silwal (AZ, Age-22); Samikshya Sapkota (VA, Age-21); Sangita Dhakal (CA, Age-21); Shameen Shrestha (VA, Age-20); Shristi Gajurel (NY, Age-18); Srajeena Joshee (CO, Age-20); Sujana Rajkarnikar (NC, Age-23); Sujeena Badal (MD, Age-23); Supriya Giri (NE, Age-23); Swechha Baral (PA, Age-21); Swikriti Khanal (MA, Age-23).

 

बिजेतालाई ५ लाख डलरको इन्सुरेन्स ब्याब्स्था

बिजेताले ५ हजार अमेरिकि डलर नगद पुरस्कार, नेपाल जाने-आउने हवाई टिकट र New York Life Insurance बाट एक बर्ष अबधी भरकालागि ५ लाख डलरको जीवन बिमा (Life insurance) को ब्यबस्था गरिएको छ।

उक्त इन्सुरेन्स कम्पनीका एजेन्ट विश्व शाहकाअनुसार कम्पनीले फर्स्ट रनर अप र सेकन्ड रनर अप बिजेतालाई पनि ५ लाख डलरको इन्सुरेन्स ब्याब्स्था गरेको र अन्य २५ सहभागि सुन्दरीहरुलाई प्रति ब्यक्ती २ लाख ५० हजार अमेरिकि डलर बराबरको yearly convertible life insurance प्रायोजन गरिएको जानकारी गराए।



५ लाख रुपैयाँमा क्राउन निर्माण

उता यसपालीको मिस नेपाल युएस टाइटल प्रायोजन न्यू योर्कस्थित कुइन्स डाइमन्ड ज्वेलरीले गरेको हो। उक्त ज्वेलरीका प्रोप्राइटर तथा एएनए सम्मेलन न्यू योर्क २०१३ का कोअर्डिनेटर समिर महर्जनकाअनुसार १५ हजार अमेरिकि डलरमा नगद पुरस्कार र ५ लाख रुपैयाँमा क्राउन निर्माण गरिएको थियो।



त्यसैगरी, थोमस मुनगोभन ल फर्मले बिजेतालाई पोहर साल झैं ५ हजार डलर नगद पुरस्कारको प्रायोजन गरेको छ भने वर्ल्ड वाइड ट्राभल्सले यसपालीको बिजेता र पोहर सालको बिजेता सुन्दरीलाई नेपाल आउने-जाने हवाइ टिकटको प्रायोजन गरेको आयोजक अमित शाहले युएस नेपाल अनलाइनलाई बताए।

बिजेताका अलावा प्रतियोगितामा १२ बिभिन्न सब्-टाइटल्सहरुको ब्यबस्था गरिएको छ: (1) 1st Runner-up, (2) 2nd Runner-up, (3) Best Cat Walk, (4) Most Talent, (5) Most Discipline, (6) Most Photogenic, (7) Most Popular, (8) Most Friendly, (9) Best Personality, (10) Best Smile, (11) Best Dress र (12) Best Hair).

स्मरण रहोस्, इभेन्ट प्लानेट इङ्कले पहिलो मिस नेपाल युएसए (Miss Nepal USA) टाइटलमा Miss USA को आयोजक संस्था The Miss Universe Organization ले कपिराइट्सको दाबी गरेको कारण नयाँ नाम Miss Nepal US (A) राख्न वाध्य भएको हो।

उक्त प्रतियोगिताबारे थप जानकारीकोलागि www.missnepalus.com हेर्नुहोस्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-http://usnepalonline.com/miss-nepal-us/

-न्यू योर्कमा मिस नेपाल युएस (ए) का २८ प्रतिस्पर्धी सुन्दरीहरुद्वारा ट्यालेन्ट शो सम्पन्न

सुन्दरी प्रतियोगिता अगस्ट ११ तारिख भर्जिनियामा हुँदै

-मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त

-Announcement of MISS NEPAL US 2012 (मिस नेपाल युएस २०१२ को घोषणा)            
मिस नेपाल युएस २०१२ को घोषणा, अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने

-न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

 

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.