Inside

All Time Top 50 News

'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 18 August 2013 12:16
Article Index
'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई
More photos of Miss Nepal US 2013
All Pages

२ उपबिजेताहरु फर्स्ट रनर अप अनुजा थापा मगर र सेकेन्ड रनर अप सोनी पाठक
Exclusive: 55 photos, 1 video:
न्यू योर्क- न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा आयोजित 'मिस नेपाल युएस २०१३' (Miss Nepal US 2013) सुन्दरी प्रतियोगितामा न्यू योर्ककि बर्तिका राईले १५ जना प्रतियोगीहरुलाई उछिन्दै  'मिस नेपाल युएस २०१३' को ताज जितेकिछिन्। उक्त प्रतियोगितामा फर्स्ट रनर अप अनुजा थापा मगर (क्यालिफोर्निया) र सेकेन्ड रनर अप सोनी पाठक (टेक्सास) बनेकाछन्।


Miss Nepal US 2013 winner Bartika Rai (NY) flanked and kissed by 1st Runner up Anuja Thapa Magar (CA) (right) and 2nd Runner up Sony Pathak (Tx) at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

अगस्ट १७ तारिख शनिबार न्यू योर्कको कुइन्स शहरस्थित फ्लसिङ मिडोज कोरोना पार्कमा रहेको कुइन्स थिएटरमा सम्पन्न "मिस नेपाल युएस" इभेन्ट प्लानेट इङ्कद्वारा सन् २०११ देखि शुरु गरेको हो।

मिस नेपाल युएस बिजेता र १२ बिभिन्न सब्-टाइटल्सहरु

मिस नेपाल युएस-२०१३ बिजेता बर्तिका राईले लामा एकाउन्टिङद्वारा प्रायोजित ५ हजार अमेरिकि डलरको स्कलरशिप पुरस्कार, क्राउनिङ, प्रमाण पत्र र नेपाल जाने-आउने हवाई टिकट प्राप्त गरेकिछिन्।

Miss Nepal US 2013 winner Bartika Rai (NY) is being crowned by Miss Nepal US 2012 Astha Shrestha at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

त्यसैगरी, फर्स्ट रनर अप अनुजा थापा मगरले ज्याक्सन हाइट्स मेडिकल्सका डा. बिनोद शाह र सुजाता शाहद्वारा प्रायोजित ३ हजार डलरको स्कलरशिप र प्रमाण पत्र प्राप्त गरेकिछिन् भने सेकेन्ड रनर अप सोनी पाठकले न्यू योर्क लाइफ इन्सुरेन्सका याम अधिकारीद्वारा प्रायोजित २ हजार डलरको स्कलरशिप र प्रमाण पत्र प्राप्त गरेकिछिन्।


Miss Nepal US 2013 winner Bartika Rai (NY) (center), 1st Runner up Anuja Thapa Magar (CA) (left) and 2nd Runner up Sony Pathak (Tx) at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

प्रतियोगितामा १० बिभिन्न सब्-टाइटल्स बिजेताहरुमा Best Skin: रुथ राणा, Best Hair: बर्तिका राई,  Best Discipline: अनुजा केसी, Best Personality & Best Culture: बिभिसिका भण्डारी, Best Photogenic & Best Talent: सुनयना पालिखे, Best Smile: सम्झना लामा, Best Cat Walk: एलिशा कार्की, Best Popularity: सेलिना शाक्य र Best friendly: अनुजा थापा मगरले जितेकिछिन्।

Top 5 Contestants at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

Top 10 Contestants at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

प्रतियोगितामा परिचय राउन्ड, फेसन (पहिरन) राउन्ड, एभरग्रिन राउन्ड, प्रश्नोत्तर राउन्ड राखिएको थियो भने १६ जनाबाट टप टेन (Top 10) र टप फाइब (Top 5) चुन्दै बिजेता र २ उपबिजेताहरु चुनिएको थियो।

Miss Nepal US 2013 contestants at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

"मिस नेपाल युएस" को तेश्रो वार्षिक प्रतिस्पर्धाकालागि ८ वटा अमेरिकि राज्यका १६ नेपाली सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए। यो बर्षको प्रतिस्पर्धीहरुमा न्यू योर्क राज्यबाट ४ जना सुन्दरीहरु बार्टिका राई, निर्जला श्रेष्ठ, प्रज्ञा बिष्ट र सम्झना लामा चुनिएका थिए भने टेक्सासबाट निक्की पाण्डे र सोनी पाठक छानिएका थिए। उता ओरेगोनबाट अलिशा कार्की मिचेल र सेलिना शाक्य, क्यालिफोर्नियाबाट अनुजा केसी, अनुजा थापा मगर, रुथ राणा र सृस्‍टि गौतम प्रतिस्पर्धि थिए। त्यसैगरी, पेन्सल्भानियाबाट बिभिसिका भण्डारी, मासाचुसेट्सबाट एलिशा थापा, कोलोराडोबाट रश्मी लामिछाने र भर्जिनियाबाट सुनयना पालिखेले प्रतिनिधित्व गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रेकर्ड:

Miss Nepal US 2013 Grand Finale, Part-I, New York, August 17, 2013

उक्त सुन्दरी प्रतियोगिताका सुन्दरीहरुलाई तालिम दिन नेपालदेखि मिस नेपाल २००२ तथा Wave Magazine कि प्रधान सम्पादक माल्विका सुब्बा आएकी थिईन्।

प्रतियोगिताका निर्णयक मन्डलका सदस्यहरुमा सिएनएन टिभीकि पूर्व समाचारबाचिका किरण क्ष्रेत्री, Miss USA New York 2013 Stephanie Chernick, डा. पासाङ् शेर्पा, प्रथम नेपाली मोडेल मिलन थापा मगर पौडेल, प्रथम मिस नेपाल युएस २०११ सुजिता बस्नेत, तेन्जिङ उक्याब, राजेन्द्र श्रेष्ठ, नवल यादब र सेरी ओना थिए।

The judges at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

उक्त अबसरमा बिशेष कदर पत्रद्वारा चिफ कोरियोग्राफर माल्विका सुब्बा, फेसन डिजाइनर विश्व गौतम र कोरियोग्राफर म्याटी मार्टिनेजलाई सम्मान गरिएको छ।

Chief Choreographer and former Miss Nepal 2002 Malvika Subba receiving honor at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

आयोजक संस्था इभेन्ट प्लेनट इङ्कका संस्थापक एबं कार्यकारी निर्देशक अमित शाहले सम्बोधन गर्दै सहयोगी र प्रतिगोयीहरुलाई आभार ब्यक्त गरेका थिए भने प्रतियोगितापछि युएस नेपाल अनलाइनसंग कुराकानी गर्दै बिगतका दुई सुन्दरी प्रतियोगितामा भएका कमी कम्जोरीहरुलाई सच्याएर यसपटक कार्यक्रमलाई चुस्त र दुरुस्त (पारदर्शी) राखेको बताए।


Event Planet Inc. Founder Amit Shah speaking at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

उक्त प्रतियोगितामा सिपिए बिराज रिजाल र वकिल बाशुदेब फुलाराले निर्णयक मन्डलद्वारा दिईएको मतलाई जोडेर अडिट गरी उद्घोशिकालाई घोषणा गर्न दिएका थिए।

कार्यक्रममा मिस नेपाल २००२ मालभिका सुब्बा, मिस नेपाल युएस २०१२ आस्था श्रेष्ठ र मार्टी मार्टिनेजले सम्बोधन गरेका थिए।

Phiroj Shyanden, Prajwal Bajracharya and Rajendra Karna performing at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com

उक्त प्रतियोगिता साँझमा फिरोज स्याङ्देन, प्रज्ज्वल बज्राचार्य र राजेन्द्र कर्णको टोलीले गीत र संगित प्रस्तुत गरेको थियो भने पविता परियारले गीत, बसन्ती राई र एलिसन लामाले न्रित्य र धरमबीर लामाले म्याजिक प्रस्तुत गरेका थिए।

इभेन्ट प्लेनट इङ्कका सेक्रेटरियल डाइरेक्टर निराकार उप्रेतीले धन्यवाद ब्यक्त गरेका थिए भने कार्यक्रमको सन्चालन माधवी भण्डारीले गरेकी थिईन्।

मिस नेपाल युएसको यस अघि सन् २०११ (हेर्नुहोस्) र सन् २०१२ (हेर्नुहोस्) मा सुन्दरी प्रतियोगिता सम्पन्न भईसकेकोछ।

उक्त प्रतियोगिताबारे थप जानकारीकोलागि www.missnepalus.com हेर्नुहोस्।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई
More photos of Miss Nepal US 2013
All Pages
Page 1 of 2


Miss Nepal US 2013 winner Bartika Rai (NY) is being kissed by Miss Nepal US 2012 Astha Shrestha at Miss Nepal US 2013 beauty pageant at Queens Theater, New York on August 17, 2013. Photos: eEyeCam.com







Photos: eEyeCam.com











Photos: eEyeCam.com







Photos: eEyeCam.com



New York's popular and senior dancer Basanti Rai with Miss Nepal US 2013 Bartika Rai. Photos: eEyeCam.com

Read related news:

-http://www.usnepalonline.com/miss-nepal-us/

-न्यू योर्कमा अगस्ट १७ तारिख हुने मिस नेपाल युएस सुन्दरीहरुबिचको प्रतिस्पर्धा हेर्ने होइन?

-न्यू योर्कमा अगस्ट १७ मा हुने "मिस नेपाल युएस २०१३" मा १६ सुन्दरी छानिए, को, को प्रतिस्पर्धा गर्दैछन्?

-Last Call for Miss Nepal US 2013 Applicants

-Support former Miss nepal USA 2011 Sujita Basnet's Fellowship in Nepal

-"मिस नेपाल अमेरिका २०१२" बनिन् ३ पटक गोल्डन भोइस अवार्ड बिजेता आस्था श्रेष्ठ

-न्यू योर्कमा मिस नेपाल युएस (ए) २०१२ का २८ प्रतिस्पर्धी सुन्दरीहरुद्वारा ट्यालेन्ट शो सम्पन्न, सुन्दरी प्रतियोगिता अगस्ट ११ तारिख भर्जिनियामा हुँदै

-मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र
मे र जूनमा अडिसन हुँदै, अन्तिम प्रतियोगिता अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त

-Announcement of MISS NEPAL US 2012 (मिस नेपाल युएस २०१२ को घोषणा)            
मिस नेपाल युएस २०१२ को घोषणा, अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने

-न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई
More photos of Miss Nepal US 2013
All Pages
Page 1 of 2







Photos: eEyeCam.com













Photos: eEyeCam.com













Alison Lama.



Pabita Pariyar.












Basanti Rai. Photos: eEyeCam.com


















Photos: eEyeCam.com

'मिस नेपाल युएस २०१३' बनिन्- न्यू योर्ककि बर्तिका राई
More photos of Miss Nepal US 2013
All Pages
Page 2 of 2

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.