Inside

All Time Top 50 News

न्यू योर्कमा अगस्ट १७ तारिख हुने मिस नेपाल युएस सुन्दरीहरुबिचको प्रतिस्पर्धा हेर्ने होइन? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 14 August 2013 23:38

Exclusive: 19 photos: न्यू योर्क- न्यू योर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा यही अगस्ट  १७ तारिख बेलुकी हुने मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको अन्तिम तयारी स्वरुप ट्यालेन्ट शोको मन्चन भएको छ।


 

Miss Nepal US 2013 contestants during the talent show at Queens Theater, New York on August 12, 2013. Photo by Moktan Digital and courtesy of Event Planet Inc.

इभेन्ट प्लानेट इङ्कद्वारा सन् २०११ देखि शुरु गरेको "मिस नेपाल युएस" (Miss Nepal US) को तेश्रो वार्षिक प्रतिस्पर्धाकालागि ८ वटा अमेरिकि राज्यका १६ नेपाली सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन्।

अगस्ट १७ तारिख न्यू योर्कको कुइन्स शहरस्थित फ्लसिङ मिडोज कोरोना पार्कमा रहेको कुइन्स थिएटरमा हुन लागेको "मिस नेपाल युएस" को तेश्रो वार्षिक प्रतिस्पर्धाको अन्तिम तयारी पुरा भएको आयोजक संस्था इभेन्ट प्लेनट इङ्कका संस्थापक एबं कार्यकारी निर्देशक अमित शाहले युएस नेपाल अनलाइनलाई जानकारी गराए।

Miss Nepal US 2013 contestants and organizers during the talent show at Queens Theater, New York on August 12, 2013. Photo by Moktan Digital and courtesy of Event Planet Inc.

उक्त सुन्दरी प्रतियोगिताका १६ प्रतिस्पर्धी सुन्दरीहरुलाई तालिम दिन नेपालदेखि मिस नेपाल २००२ तथा Wave Magazine कि प्रधान सम्पादक माल्विका सुब्बा अगस्ट ७ तारिख न्यू योर्क आइ पुगेकिछिन्।  प्रतिस्पर्धी सुन्दरीहरुको तालिम अगस्ट १० देखि १७ बिच कुइन्स थिएटर हलमा भईरहेको छ।

को, को सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन्?

यो बर्षको प्रतिस्पर्धीहरुमा न्यू योर्क राज्यबाट ४ जना सुन्दरीहरु बार्टिका राई, निर्जला श्रेष्ठ, प्रज्ञा बिष्ट र सम्झना लामा चुनिएकाछन् भने टेक्सासबाट निक्की पाण्डे र सोनी पाठक छानिएकाछन्।

L to R: Alisha Karki Mitchel, Anuja KC, Anuja Thapa Magar, Bartika Rai. Photos courtesy: MissNepalUS.com & Amit Shah

Bivishika Bhandari, Elisha Thapa, Nikki Pandey, Nirjala Shrestha. Photos courtesy: MissNepalUS.com & Amit Shah

उता ओरेगोनबाट अलिशा कार्की मिचेल र सेलिना शाक्य, क्यालिफोर्नियाबाट अनुजा केसी, अनुजा थापा मगर, रुथ राणा र सृस्‍टि गौतम प्रतिस्पर्धिछन्।

त्यसैगरी, पेन्सल्भानियाबाट बिभिसिका भण्डारी, मासाचुसेट्सबाट एलिशा थापा, कोलोराडोबाट रश्मी लामिछाने र भर्जिनियाबाट सुनयना पालिखेले प्रतिनिधित्व गरेकाछन्।

Pragya Bista, Rasmi Lamichhane, Ruth Rana, Samjhana Lama. Photos courtesy: MissNepalUS.com & Amit Shah

Selina Shakya, Sony Pathak, Sristi Gautam and Sunayana Palikhe. Photos courtesy: MissNepalUS.com & Amit Shah

प्रतियोगिता पारदर्शी हुने

बिगतका दुई सुन्दरी प्रतियोगितामा भएका कमी कम्जोरीहरुलाई सच्याएर यसपटक कार्यक्रमलाई चुस्त र दुरुस्त (पारदर्शी) राख्ने निर्देशक शाहले प्रण गरे। उनकाअनुसार यसपटक प्रतियोगिताका निर्णयक मन्डलमा अनुभबी ब्यक्तित्वहरुलाई राखिने र जजहरुले दिएको नम्बरलाई सबैको अगाडि एक जना वकिल प्रतिनिधीको सामुन्ने सिपिएले गणना गरेर सर्टिफाइ गरेपछि सिधै मन्चमा लगेर बिजेताको घोषणा गरिने छ।

उता बिगतका बर्षहरुमा मुनाफा कमाउन नसकेको उक्त सुन्दरी प्रतियोगिता यसपाली आम्दानी-खर्च बराबरी (break-even) हुने अपेक्षा लिएको निर्देशक शाहले जानकारी दिए। उनकाअनुसार कार्यक्रम प्रायोजनकोलागि २५ डलरदेखि १० हजार डलरसम्मको ब्याबस्था गरिएको र प्रायोजन गर्न चाहनेले १६ अगस्टसम्म आफूले चाहेको शुल्कमा प्रायोजन गर्न सकिने बताए।

कुइन्स हलमा ५०० सिट रहेको र त्यस मध्ये २०० टिकट बिदेशी पाहुनाहरुलाई बेचिसकिएकोले नेपाली दर्शकहरुकोलागि शिर्फ ३०० सिटकालागि टिकट बिक्री खुल्ला गरिएको उनले जानकारी गराए। टिकट शुल्क साधारण ३ डलर र भिआइपि १०० डलर राखिएको छ। बेलुकी ७:३० देखी ८:३० सामाजिक भेटघाट कार्यक्रम राखिएको छ भने बेलुकी ८:३० बजेदेखी मध्य रातसम्म सुन्दरी प्रतियोगिताको आयोजना गरिनेछ।

मिस नेपाल युएस बिजेता र १२ बिभिन्न सब्-टाइटल्सहरु

मिस नेपाल युएस-२०१३ बिजेताकोलागि ५ हजार अमेरिकि डलर नगद पुरस्कार, क्राउनिङ, प्रमाण पत्र र नेपाल जाने-आउने हवाई टिकटको ब्यबस्था गरिएको छ।

त्यसैगरी, फर्स्ट रनर अपले ३ हजार डलर नगद र प्रमाण पत्र प्राप्त गर्नेछिन् भने सेकेन्ड रनर अपले २ हजार नगद र प्रमाण पत्र पाउनेछिन्।

बिजेताका अलावा प्रतियोगितामा १२ बिभिन्न सब्-टाइटल्सहरुको ब्यबस्था गरिएको छ: (1) 1st Runner-up, (2) 2nd Runner-up, (3) Best Cat Walk, (4) Most Talent, (5) Most discipline, (6) Most Photogenic, (7) Most Popular, (8) Most friendly, (9) Best Personality, (10) Best Smile, (11) Best Dress र (12) Best Hair).

मिस नेपाल युएसको यस अघि सन् २०११ (हेर्नुहोस्) र सन् २०१२ (हेर्नुहोस्) मा सुन्दरी प्रतियोगिता सम्पन्न भईसकेकोछ।

उक्त प्रतियोगिताबारे थप जानकारीकोलागि www.missnepalus.com हेर्नुहोस्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:

-http://www.usnepalonline.com/miss-nepal-us/

-न्यू योर्कमा अगस्ट १७ मा हुने "मिस नेपाल युएस २०१३" मा १६ सुन्दरी छानिए, को, को प्रतिस्पर्धा गर्दैछन्?

-Last Call for Miss Nepal US 2013 Applicants

-Support former Miss nepal USA 2011 Sujita Basnet's Fellowship in Nepal

-"मिस नेपाल अमेरिका २०१२" बनिन् ३ पटक गोल्डन भोइस अवार्ड बिजेता आस्था श्रेष्ठ

The 28 contestants of Miss Nepal US (A). Photo courtesy: MissNepalUS.com

-न्यू योर्कमा मिस नेपाल युएस (ए) २०१२ का २८ प्रतिस्पर्धी सुन्दरीहरुद्वारा ट्यालेन्ट शो सम्पन्न, सुन्दरी प्रतियोगिता अगस्ट ११ तारिख भर्जिनियामा हुँदै

-मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र
मे र जूनमा अडिसन हुँदै, अन्तिम प्रतियोगिता अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त

-Announcement of MISS NEPAL US 2012 (मिस नेपाल युएस २०१२ को घोषणा)            
मिस नेपाल युएस २०१२ को घोषणा, अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने

-न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.