Inside

All Time Top 50 News

मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताको तयारी तीब्र PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 23 April 2012 14:22

मे र जूनमा अडिसन हुँदै , अन्तिम प्रतियोगिता अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने
नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल नियुक्त
Special: 1 video, 5 photos: न्यू योर्क- गत बर्ष पहिलो मिस नेपाल अमेरिका सुन्दरी प्रतियोगिता आयोजना गरेको इभेन्ट प्लेनट इङ्कले यो बर्षको मिस नेपाल अमेरिका २०१२ (Miss Nepal US 2012) सुन्दरी प्रतियोगिताकोलागि नेपाली अमेरिकन युवतीहरुको छनौट (अडिसन) गर्ने तयारी गरेको जनाएको छ।


The organizers of Miss Nepal US 2012 and the Brand Ambassador Sujita Basnet, Miss Nepal US 2011 at the press meet in New York on April22, 2012. Photos: eEyeCam.com

अडिसन कार्यक्रमको तालिकाअनुसार वासिङ्टन डिसीमा मे १९ मा, एट्लान्टा जर्जियामा मे २० मा, सान्फ्रान्सिस्को क्यालिफोर्नियामा जून १० मा र कोलोराडोमा जून १० मा छनौट गर्ने मिती तोकिएको छ। पोहर साल सन् २०११मा पहिलो सुन्दरी प्रतियोगिताको आयोजना गर्ने शहर न्यू योर्कमा भने कहिले अडिसन गर्ने टुङ्गोलागि सकेको छैन।



उक्त कुराको जानकारी आयोजक संस्था इभेन्ट प्लेनट इङ्क (Event Planet Inc.) ले आईतवार अप्रिल २२ तारिख न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा गराएको हो।

उक्त पत्रकार सम्मेलनमा आयोजकहरुद्वारा नेपाल एम्बासडरमा नायिका केकी अधिकारी, साँस्कृतिक संयोजकमा सरोज खनाल र मुख्य कोरियोग्राफरमा मिस नेपाल एशिया प्यासिफिक २००४ साराह गुरुङलाई नियुक्त गरिएको जानकारी गराईयो।

त्यसैगरी, ब्रान्ड एम्बासडरमा पोहर साल सन् २०११ कि बिजेता मिस नेपाल युएस सुजिता बस्नेत, फर्स्ट रनर अप तिलस्मी बिष्ट र सेकन्ड रनर अप नबिना बस्नेतलाई नियुक्त गरिएको छ।

इङ्काका प्रोप्राइटर शाहले पत्रकारहरुको प्रश्नको उत्तर दिदै पोहर साल आयोजना गरेको पहिलो मिस नेपाल युएसए (Miss Nepal USA) टाइटलमा Miss USA को आयोजक संस्था The Miss Universe Organization ले कपिराइट्सको दाबी गरेको कारण नयाँ नाम Miss Nepal US राख्न वाध्य भएको जानकारी गराए। उक्त कपिराइट्सको बिबाद अहिले अमेरिकि अदालतमा बिचाराधिन रहेकोले आफ्नो पक्षमा निर्णय भए पुन: पोहर साल कै नाम प्रयोग गर्ने पनि उनले बताए।

Event Planet Inc.'s proprietor Amit Shah.

"युवासशक्तिकरण र नेपालको प्रबर्धन" (Empowering Youth, Promoting Nepal) नारा रहेको यो बर्षको प्रतियोगिताको ब्रान्ड मास्कोटमा अमूर्त युवतीको पहिरनको तल्लो भागमा नेपालको झन्डाको प्रतिकात्मक सूर्य र चन्द्रको चिन्ह राखिएकोमा शाहले त्यसले नेपालको झन्डाप्रति अपमान गर्ने नियत नभएको र सुझाबहरुपछि बदल्ने आश्वासन दिए।

The mascot of Miss Nepal US 2012.

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Miss Nepal US 2012, Press Meet, New York, April 22, 2012




उता कार्यक्रम संयोजक सरदबिक्रम सिंहले आन्तरिक सुन्दरता र दक्ष्यता भएको युवतीको छनौट गर्ने बताउँदै प्रतियोगितामा छोटा लुगा लगाएर सुन्दरी छनौट गर्ने परिपाटीको अन्त गर्न चाहेको कुरा इङ्ककोतर्फबाट प्रेस बक्तब्य पढ्दै जानकारी गराए।

The Miss Nepal US 2012 Event Managing Director Sarad Bikram Singh.

उनले बिजेताले नेपाललाई विश्वभर शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि भनेर चिनाउने र शान्तीको सन्देश फैलाउने मुख लक्ष्य राखेको बताए।

कार्यक्रमका अन्य बक्ताहरुमा मिस नेपाल युएस २०११ बिजेता सुजिता बस्नेत, कला निर्देशक बिक्रन्तबिक्रान्तमान श्रेष्ठ र सल्लाहकार शान खड्काले पनि सम्बोधन गरेका थिए।

The Brand Ambassador Sujita Basnet, Miss Nepal US 2011 at the press meet in New York on April22, 2012. Photos: eEyeCam.com

आयोजकहरुकाअनुसार उक्त प्रतियोगितामा भाग लिन १८ देखि २५ बर्ष उमेर बिचका अमेरिकामा बसोबास गरेको नेपाली युवती हुनु पर्दछ।

बिजेताले ५ हजार अमेरिकि डलर नगद पुरस्कार, नेपाल जाने-आउने हवाई टिकट र एक बर्ष अबधी भरकालागि ५ लाख डलरको जीवन बिमा (Life insurance) को ब्यबस्था गरिएको छ।

बिजेताका अलावा प्रतियोगितामा १२ बिभिन्न सब्-टाइटल्सहरुको ब्यबस्था गरिएको छ: (1) 1st Runner-up, (2) 2nd Runner-up, (3) Best Cat Walk, (4) Most Talent, (5) Most discipline, (6) Most Photogenic, (7) Most Popular, (8) Most friendly, (9) Best Personality, (10) Best Smile, (11) Best Dress र (12) Best Hair)

उक्त प्रतियोगिताबारे थप जानकारीकोलागि www.missnepalus.com हेर्नुहोस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/miss-nepal-us/

-Announcement of MISS NEPAL US 2012 (मिस नेपाल युएस २०१२ को घोषणा)            
मिस नेपाल युएस २०१२ को घोषणा, अगस्ट ११ मा वासिङ्टन डिसीमा हुने

-न्यू योर्कमा मिस नेपाल युएसए २०११ का बिजेता सुजिता बस्नेत र प्रतियोगीहरुको स्वागत कार्यक्रम सम्पन्न

-मिस नेपाल युएसए २०११ बनिन् - सुजिता बस्नेत

-मिस नेपाल युएस सुन्दरीहरुको प्रतिभा हेर्ने होइन?

-नायिका गौरी मल्लद्वारा Miss Nepal USA 2011 कार्यक्रम संयोजक पदबाट राजिनामा

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताको अन्तिम तयारी हुँदै, २७ सुन्दरी युवतीहरुको छनौट सम्पन्न

-न्यू योर्कमा मिस नेपाल युएसए (Miss Nepal USA 2011) प्रतियोगिताकालागि अडिसन र फेसन शो सम्पन्न

-न्यू योर्कमा पहिलो "मिस नेपाल युएसए-२०११" सुन्दरी प्रतियोगिता हुने

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.