Inside

All Time Top 50 News

न्यू योर्कमा स्वर्गीय गायकद्वय फत्तेमान राजभण्डारी र तीर्थबहादुर गन्धर्बको स्‍मृति सभा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 06 October 2013 21:54

Special: 10 photos: न्यू योर्क- 'न्यू योर्क कला मन्च' को आयोजनामा स्वर्गीय गायकद्वय फत्तेमान राजभण्डारी र तीर्थबहादुर गन्धर्बको स्‍मृति सभा सम्पन्न भएको छ।


 

The memorial of prominent late singers Fatteman Rajbhandari and Tirthabahadur Gandharva held in New York on October 5, 2013. Photos: eEyeCam.com

ओक्टोबर ५ तारिख शुक्रबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित ओम शक्ती मन्दिरमा आयोजना गरिएको उक्त स्‍मृति सभामा बक्ताहरुले गायकद्वय फत्तेमान राजभण्डारी र तीर्थबहादुर गन्धर्बले गायन र संगितका माध्यमबाट पुर्याएको योगदानको चर्चा गर्दै श्रदा सूमन अर्पण गरेका थिए।

The memorial of prominent late singers Fatteman Rajbhandari and Tirthabahadur Gandharva held in New York on October 5, 2013. Photos: eEyeCam.com

गायक फत्तेमान राजभण्डारी

"यस्तो पनि हुँदो रै'छ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भूल गरें मैले", "बनै खायो डढेलोले मनै खायो त्यै मोरीको पापी मायाले", "रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो" जस्ता लोकप्रिय आधुनिक र राष्ट्रिय गीतहरु गाएर अजरअमर बनेका बरिश्ठ गायक फत्तेमान राजभन्डारीको गत सेप्टेम्बर १० तारिख निधन भएको थियो। उनको जन्म बिसं १९९३ साल मंसिर  पूर्णिमामा काठमाडौँको पशुपति देवपत्तनमा भएको थियो ।

त्रिमूर्ती निकेतनका सदस्य सचिब तथा लेखक नरेन्द्रराज प्रसाईले यि गायकको पारिवारीक जानकारी यसरी गरेकाछन्- "यिनका बाबु जितमान राजभण्डारी र आमा पूर्ण मायाका दुई छोरा र चार छोरीमध्ये यी कान्छा छोरा थिए । यिनका बाबु पनि सङ्गीतका सौखिन भएको हुँदा यिनले सानैदेखि गीत गाउने अवसर पाएका थिए । यिनका बाबु तबला बजाउँदै गीत गाउने गर्थे । त्यसैले बाबुसँगसँगै पशुपतिनाथको प्राङ्गणमा भजन गाउँदागाउँदै यी गायनमा समर्पित भए ।

फत्तेमानले २०१६ सालमा जमुना राजभण्डारीको सिउँदो सिँगारेका थिए, घाँटीमा पोते समर्पण गरेका थिए र हातका नारीमा छमछम बज्ने चुरा लगाइदिएका थिए ।

फत्तेमान र जमुनाका पाँच जना सन्तान जन्मे । दुई भाइ छोरा रवीन्द्रमान र जितेन्द्रमान तथा तीन बहिनी छोरी तारा, जानकी र विनाका पिताका हैसियतले यिनले आर्थिक दायित्व पनि वहन गर्नै पर्‍यो। । तर नेपालमा कलाकारले साधनामा मात्रै बाँच्नु पर्दा उसले आफ्नी ८० वर्षीय आमालाई पनि खाली खुट्टा हिँडाउनुपर्छ र स्वास्नी छोराछोरीलाई भोकै राख्नुपर्छ । यस हिसाबमा फत्तेमानलाई दैवले साथ दिएको पाइन्छ । आफ्ना बाबुबाजेको सम्पत्तिमा आर्जित घरभाडा उठाएर उनी आफ्नो जीवनचक्र चलाइरहेका छन् । गीत गाएर चाहिँ उनले जति पैसा खर्च गरे त्यति पैसा उठाउन भने सकेनन् ।" (पढ्नुहोस् गायक फत्तेमान राजभण्डारीको जीवनी र कार्यबारे लेखक प्रसाईको बिशेष लेख)

गायक तीर्थबहादुर गन्धर्ब

"बल्ल पर्‍यो निर्माया माकुरी जालैमा...", "अंधेरी खोला उर्लेर आयो..." जस्ता सर्बाधिक लोकप्रिय लोकगीतहरुका गायक तीर्थमान गन्धर्भको ६० बर्षको उमेरमा सेप्टेम्बर १३ तारिख शुक्रबार बिहान निधन भएको थियो।

बिसं २०५७ सालमा तनहुँ जिल्लामा जन्मिएका गायक गन्धर्भले रेडियो नेपालमा सारंगी बादककोरुपमा ३२ बर्ष सेवा गरेका थिए। उनका दुई श्रीमती, ५ छोरा र ६ छोरीहरु छन्।

गायकद्वयको सम्झनामा स्‍मृति सभा

स्‍मृति सभामा सम्बोधन गर्दै नेपाल संगित नाट्य एकेडेमीका सदस्य प्राज्ञ हरिबहादुर थापाले गायक फत्तेमानसंग बिगत ४ दशकदेखि संगत गर्दै आएको उल्ल्लेख गरे। उनले गायक फत्तेमानको राजभन्डारी परिवार पशुपीतिनाथ मन्दिरको पूजारी भएकोले उनी बाल्यकालदेखि नै भजन कृतिनको माध्यमबाट संगितमा प्रबेश गरेको जानकारी गराए।

Haribahadur Thapa, member of Nepal Music and Drama Academy speaking at the memorial of prominent late singers Fatteman Rajbhandari and Tirthabahadur Gandharva in New York on October 5, 2013. Photos: eEyeCam.com

प्राज्ञ थापाले संगितको कुनै भाषा नहुने बताउँदै संगितले मनलाई परिबर्तन गराएर बिचलित भएका मनलाई सम्हाल्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए।

स्‍मृति सभामा शिक्षाबिद डा. तारा निरौला, युएस नेपाल स्पोट्स डेभलप्मेन्ट एन्ड कल्चल इङ्कका अध्यक्ष नरबहादुर दाहाल, र पंडित जगदिश त्रिपाठीले सम्बोधन गर्दै गायकद्वयलाई सम्झे।

The participants at the memorial of prominent late singers Fatteman Rajbhandari and Tirthabahadur Gandharva in New York on October 5, 2013. Photos: eEyeCam.com

सभामा गायक नरेन्द्र प्यासी, नरबहादुर दाहालले भजन प्रस्तुत गरेका थिए भने संगीतकार न्हुछेनारायण डङ्गोलले संगितमा साथ दिएका थिए।

न्यू योर्क कला मन्चका संस्थापक रामराज क्षेतीले सभाको सन्चालन गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/nykalamanch/

-न्यू योर्कमा स्वर्गिय अभिनेत्री सुशिला रायमाझीको स्‍मृति सभा सम्पन्न (2012)

-न्यू योर्कमा संचारकर्मी स्व. मीरा आचार्यको असामयीक निधनप्रति शोकसभा सम्पन्न (2011)

-न्यू योर्कमा ४ स्वर्गिय कलाकारहरु शान्ती मास्के, हिरादेबी वाइबा, कुमार कान्छा र गोपाल भुटानीको स्‍मृतिमा शोक सभा सम्पन्न (2011)


Ramraj Chhetri at the memorial of prominent late singers Fatteman Rajbhandari and Tirthabahadur Gandharva in New York on October 5, 2013. Photos: eEyeCam.com




Pandit Jagdish Tripathi. Photos: eEyeCam.com


Singer Narendra Pyasi and musician Nhuchhe Narayan Dangol.


Singer Narbahadur Dahal. Photos: eEyeCam.com



Dr. Tara Niraula. Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.