Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 18 July 2012 21:53
Article Index
न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न
More photos of Maha Rudri Puja in New York 2012
All Pages

Special: 1 video; 39 photos: न्यू योर्क- रिजवूड नेपालीज सोसाइटीको आयोजनामा नेपाली दुर्गा मन्दिर निर्माणको प्रबर्धनार्थ महारुद्री पूजा (रुद्राभिशेक) सम्पन्न भएको छ।


Maha Rudri Puja performed by Nepalese in New York on July 16, 2012. This puja was organized by Ridgewood Nepalese Society. Photos: eEyeCam.com

जुलाई १६ तारिख सोमबार न्यू योर्कको उडसाइडस्थित सगरमाथा रेस्टुरेन्ट हलमा आयोजना गरिएको उक्त महारुद्री पूजामा ५० जनाभन्दा बेशी नेपालीहरुले बिहानैदेखि अन्न नखाई ब्रत बसेर रुद्र अर्थात भगवान शिव जिको आराधाना गरे भने झन्डै ३ सय जना नेपालीहरु पूजित शिव भगवानका १२ बरफ (ice) बाट बनेका भिन्नभिन्न प्रतिमूर्तीहरुको दर्शन गर्न पुगे।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Maha Rudri Puja by Ridgewood Nepalese Society in New York, July 16, 2012




उक्त महारुद्री पूजाकालागि स्वामी बाल गोपालको निर्देशनमा फिलिपिनो मुर्तिकार नन्दीद्वारा कुदिएका बरफ (ice) जमाएर बनाइएका १२ भिन्नभिन्न शिव लिङ्गहरु उपर भक्तालुहरुले बरफको शिव लिङ्ग बिलिन नहुँदासम्म दुध, पञ्चामृतलगातार ५ घण्टासम्म अर्पण गरेका थिए।


Maha Rudri Puja performed by Nepalese in New York on July 16, 2012. Photos: eEyeCam.com

ति १२ शिव लिङ्गहरुमा भारतका बिभिन्न राज्यमा रहेका: सोमनाथ ज्योतिर्लिङ्ग (सौराश्त्रा, गुजरात); मल्लिकार्जुन ज्योतिर्लिङ्ग (श्रीशैलम, आन्ध्र प्रदेश); महाकालेश्वर ज्योतिर्लिङ्ग (उज्जैन, मध्य प्रदेश); ओमकारेश्वर ज्योतिर्लिङ्ग (शिवपुरी, मध्य प्रदेश); बैध्यनाथ ज्योतिर्लिङ्ग (पराली, महाराश्ट्र); नागेश्वर ज्योतिर्लिङ्ग (दारुकाभनम, महाराश्ट्र); केदारेश्वर ज्योतिर्लिङ्ग (केदारनाथ, उत्तराखन्ड); त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग (नासिक, महाराश्ट्र); रामेश्वर ज्योतिर्लिङ्ग (सेतुबन्दनम, तामिलनाडू); भिमाशंकर ज्योतिर्लिङ्ग (दकिनी, महाराश्ट्र); बिश्वेश्वर ज्योतिर्लिङ्ग (वराणसी, उत्तर प्रदेश) र ग्रिश्नेश्वर ज्योतिर्लिङ्ग (देबसरोबर, महाराश्ट्र) थिए।

Swami Bal Gopal (center) with Shree Parajuli, Pandit Raghunath, Pandit Hari Narayan and singer Vishal Khera.

काठमाडौंको पशुपतिनाथको प्रतिमूर्ती पनि महारुद्री पूजामा स्थापित गरिएको थियो। अमेरिकन हिन्दू आरसिओ इङ्कका नेपाली पंडित स्वामी बाल गोपालको नेत्रित्वमा पंडित रघुनाथ र पंडित हरिनारायणद्वारा महारुद्री पूजाको मन्त्रोच्चारण गरिएको थियो।

Maha Rudri Puja performed by Nepalese in New York. It was organized by Ridgewood Nepalese Soceity. Photos: eEyeCam.com

किन गरिन्छ रुद्री पूजा?

रुद्र अर्थात भगवान शिवको अनेकौं रुप मध्ये एक हो जसको अर्थ दु:ख हरणकर्ता भन्ने हुन्छ। रुद्री पूजा गरेमा सब दु:खहरुको हरण हुने, ग्रह दशा सुघ्रिने, मनले चिताएको पुग्ने, उन्नती प्रगति हुने र चित्त सुद्धी हुने विश्वाश गरिन्छ।

रुद्री पूजा दुई भागमा मन्त्रोच्चारण गरेर गरिन्छ- पहिलो 'रुद्रम' या 'नमकम' भनिन्छ जसमा ११ अध्याय हुन्छ भने दोश्रो भाग 'चमकम' भनिन्छ जसमा पनि ११ अध्याय हुन्छ। पंडितहरुले यि अध्यायहरुबाट श्लोकहरु पढ्ने गर्दछन् भने भक्तालुहरुले पञ्चामृत (अर्थात: पाँच तत्वहरु- दुध, दहि, घ्यू, मह र खुदो मिसाएर बनाएको) जल लगातार शिव लिङ्गको शीरमा खन्याएर पूजा गर्दछन्।

Maha Rudri Puja performed by Nepalese in New York. Photos: eEyeCam.com

कार्यक्रमको अन्तमा सोसाइटीका अध्यक्ष श्री पराजुलीले पूजारी, भक्तालुहरु र अन्य सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

स्मरण रहोस्, सोसाइटीले नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणार्थ सन् २०१० को अगस्ट ९ देखी १५ तारिख अमेरिका मै पहिलो पटक श्रीमद भागवद कथा सप्ताहको आयोजना यसै रेस्टुरेन्टको हलमा गरिसकेको छ। उक्त सप्ताहमा नेपालका चर्चित पंडित दीनबन्धु पोख्रेललाई निम्त्याएको थियो। उक्त सप्ताहबाट ५ लाख अमेरिकि डलरभन्दाबेशी दक्षिणा मन्दिर र सामाजिक भवन बनाउन भक्तजनहरुद्वारा सङ्कल्न गर्न सोसाइटी सफल भएको थियो। (पढ्नुहोस् युएस नेपाल अनलाइनको उक्त सप्ताह सम्बन्धी बिशेष रिपोर्ट )

नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माण गर्ने अभियान

सोसाइटीद्वारा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माण गर्न रिज्वूड शहरस्थित 1647 Hancock Street मा रहेको ५ हजार स्क्वायर फिट रहेको जग्गा खरिद गरिसकिएको छ।

This 5000 SFT vacant land located at 1647 Hancock Street Ridgewood has been purchased by Ridgewood Nepalese Society (RNS). Photo: eEyeCam.com

The proposed Durga Mandir  & Nepali Cultural Center by Ridgewood Nepalese Society. Photo courtesy: RNS


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Exclusive news about Ridgewood Nepalese Society's activities:

-http://usnepalonline.com/ridgewood-nepalese-society/

-न्यू योर्कमा रिज्वूड नेपालीज सोसाइटीद्वारा नेपाली नयाँ बर्ष २०६९ को अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कको रिज्वूडमा दशैं साँझ सम्पन्न, ५ नेपाली सम्मानित

-न्यू योर्कको रिज्वूडमा तीज महोत्सब सम्पन्न

-न्यू योर्कको रिज्वूडमा नेपाली साँस्कृतिक भवन तथा दुर्गा मन्दिरकोलागि ४ लाख १९ हजार डलरमा जग्गा खरिद गरिदैँ

-न्यू योर्कमा फेला परे कैलाशका शिव जिलाई खोज्न जाने भक्तजनहरु

-न्यू योर्कको रिज्वुडमा स्वस्थानी ब्रत सम्पन्न

-न्यू योर्कमा जन्मे कृष्ण सम्साँझै ! : श्रीमद् भागवत सप्ताहमा डेढ करोड रुपैयाँ संकलन

 

Photos: eEyeCam.com




Photos: eEyeCam.com







Photos: eEyeCam.com




Photos: eEyeCam.com

न्यू योर्कमा नेपालीहरुद्वारा महारुद्री पूजा सम्पन्न
More photos of Maha Rudri Puja in New York 2012
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.