Inside

All Time Top 50 News

न्यू योर्कमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मगरले माघे संक्रान्ति साँझमा दर्शकहरुलाई यसरी खुब नचाईन् PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 22 January 2018 11:47

Special: 40 photos, 1 video: न्यू योर्क- मगर संघ अमेरिका न्यू योर्क च्याप्टरद्वारा आयोजित माघे संक्रान्ति साँस्कृतिक साँझमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मगरले दर्शकहरुलाई खुब नचाईन् । उनको बहुचर्चित लोकगीत तिते करेली होस् या पन्चेर बाजा र कौरा, दर्शक श्रोताहरुले खुब मन पराएका थिए । मध्य रातको लाईइभ दोहारीसम्म आई पुग्दा दर्शकहरु नाँचेर निथ्रुक्क भिजेका थिए । "म त सोझी मगर कि छोरी हूँ जिस्किन आउँदैन भन्दै तर अतिथी दिर्घामा बसेका पाहुनाहरुलाई "यहाँहरु ससुरा हुनुहुँदोरहेछ" भनेर छेडछाड गर्न र मन्चमा आफ्नो लोका भाकामा छम्मछम्म नाँचेर नाँच्न कस्सिएका युवा दर्शकहरुलाई भुतुक्क पारिन् । न्यू योर्कमा उनको जोडी मिल्ने कोही छ भनेर उनले गीतमै सोधे पनि झण्डै ४ हजार लोकदोहोरी गीत र लोकगीतहरू गाएर नेपालकी अग्रणी युवा लोकदोहोरी गायिका बन्न सफल उनलाई दोहोरीमा हराउन निक्कै मुश्किल पर्ने प्रमाणित गरी छाडिन् ।

Maghe Sankranti celebration hosted in New York by Magar Association New York Chapter on January 21, 2018. Phoros by Pradeep Pariyar Thapa Magar

फेसबुकमा २० लाख बढी फलोयरहरू रहेकी गोर्खा, सिलिंगकी बहुचर्चित गायिका मुना थापा मगरले न्यू योर्क शहरमा जनवरी २१ तारिख प्रस्तुत गरेको लोकगीतहरु र दोहोरी गीत मार्फत उनले न्यू योर्कवासी श्रोताहरुको मन जितिन् । उक्त साँझमा गायिका थापालाई परम्परागत खादा र कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

Maghe Sankranti celebration hosted in New York by Magar Association New York Chapter on January 21, 2018. Phoros by Pradeep Pariyar Thapa Magar

xxxxxxxxxxxxxxxxxxxxxxxx

गायिका मुना थापा मगरका हालसम्म ९ वटा एल्बमहरू बजारमा आएकाछन्- छोरी (सालैजो, कौरा, लोकगीत, २०६६), छोरी-२ (२०६७), तिमी राम्रो हाँसोले (दोहरी, २०६९), बाडुल्की लाईरने (पंचेबाजा, २०७०), चरी बस्यो बरको डालीमा (२०७०), पिरतीमा फेल (दोहरी, २०७२), मुटुमा बसेको माया (दोहरी, २०७३), यो बेला बेशीको मेला (तीज गीत, २०७४) र जीवन अधुरो (२०७४)।

Maghe Sankranti celebration hosted in New York by Magar Association New York Chapter on January 21, 2018. Phoros by Pradeep Pariyar Thapa Magar

प्रमुख अतिथी महावाणिज्यदूत मधु मरासिनीलाई मगर परम्परागत फेटा लगाएर शुरु गरिएको उक्त माधे संक्रान्ती साँझमा मगर साँस्कृतिक धरोहर सोरठी, कौरा (चुट्का), झ्याउरे नृत्यहरुको मनमोहक प्रस्तुती गरिएको थियो ।



मगर संघ अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष सुमन पुन मगरको सभापतित्वमा भएको उद्घाटन सत्रमा उपाध्यक्ष याम पुन मगरले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने प्रमुख अतिथी महावाणिज्यदूत मरासिनि, एनआरएनए डिपिआर नबिन शेरचन, नेपाल जनजाति महासंघ अमेरिका (फिप्ना) संघीय पेरिसद अध्यक्ष बिनोद पोमो लिम्बु, मगर संघ अमेरिका केन्द्रिय अध्यक्ष रुद्र थापा आले मगरले सम्बोधन गरेका थिए । सत्रको सन्चालन सचिब दीपक बिराकोटी मगरले गरेका थिए ।

Maghe Sankranti celebration hosted in New York by Magar Association New York Chapter on January 21, 2018. Phoros by Pradeep Pariyar Thapa Magar

झन्कार डान्स सेण्टरका कोरियोग्राफर धरमबिर लामा ह्योल्मो र बसन्त डान्स सेन्टरका कोरियोग्राफर बिजयमान नकर्मीद्वारा निर्देशित लोक नृत्यहरु ४० भन्दा बढी कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो । । गायनतर्फ जगदिश समाल मगर, संगिता थाप मगर्, सुमन बुढा मगर, खेम कल्पना पुन मगर, दिलिप शृस मगर लगायतले आ-आफ्नो गीत प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रमको उद्घोशण गायक राजेश थापा मगरले गरेकाअ थिए ।

-Pradeep Pariyar Thapa in New York.

xxxxxxxxxxxxxx

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.