Inside

All Time Top 50 News

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती पर्व २०१४ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Tuesday, 21 January 2014 23:49
Article Index
न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती पर्व २०१४ सम्पन्न
More photos of Maghe Sankranti in New York 2014
All Pages

पाल्पाकी मृगौला पीडित सीता थापा मगरको सहयोर्ग ६ सय ५७ डलर संकलन
Special: 26 photos:
न्यू योर्क- मगर संघ अमेरिकाद्वारा अमेरिकि मगरहरुले परम्परागत माघे संक्रान्ती पर्ब मनाएकाछन्।


Magar Association USA hosted Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: eEyeCam.com

जनवरी २० तारिख सोमबार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित शेर्पा किदूग भवनमा मनाईएको उक्त पर्वमा मगर चेलीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको मासको दालबाट बनेको बारा रोटी, तरुल, सेल रोटी, मुलाको अचार, नेपाली खानाको परिकार उपस्थित पाहुनाहरुलाई खुवाईएको थियो।

माघे संक्रान्ती मगरहरुको मौलिक पर्व हो। तर यो पर्व नेपालका बिभिन्न जात जातिहरुले आ-आफ्नो संस्क्रितीअनुसार मनाउँदै आएको पाईन्छ। हिन्दू धर्मावलम्बी समाजले माघे संक्रान्तीलाई 'मकर संक्रान्ती' भनेर मनाउने प्रचलन छ। नेपाल सरकारले सन् २००९ मा मगरहरुले मनाउने 'माघे संक्रान्ती' र थारुहरुले मनाउने 'माघी' लाई उनीहरुको राष्ट्रिय पर्बकोरुपमा मनाउने घोषणा गरेको थियो।

न्यू योर्कमा सम्पन्न उक्त माघे संक्रान्ती पर्व मनाउने कार्यक्रममा संघका महासचिव मानबहादुर राना मगरले माघे संक्रान्ती पर्व सन् २००९ देखि अमेरिकामा बसोबास गर्ने मगरहरुले सामूहिकरुपमा मनाउन शुरु गरेको जानकारी दिदै यसपालीदेखि अमेरिकाको क्यालिफोर्निया, बाल्टिमोर, न्यू योर्क र न्यू जर्सी राज्यमा सबैलाई पाहिक पर्ने गरी मनाउन शुरु गरिएको बताए।

उता मगर संघ अमेरिकाका सल्लाहकार रहेका पत्रकार प्रदीप थापा मगरले माघे संक्रान्तीबारे जानकारी दिदै ढुङ्गे युगदेखि मगर पुर्खाहरुले खनिखोश्री खाँदै आएको तरुल, भ्याकुर खाने परम्परालाई कायम राख्नु आफ्नो पुर्खाको ईतिहासलाई सम्झनु हो भन्दै माघे संक्रान्ती पर्व समग्र नेपाली समाजमा प्रचलनकोरुपमा बिकसित हुनु गर्बको कुरा भएको बताए।

कार्यक्रममा न्यू योर्कमा रहेका मगरहरुको सहभागीता रहेको थियो भने बिभिन्न समुदायका प्रतिनिधीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो।

Singer Jagdish Samal Magar Magar singing at Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: Man B. Rana Magar


Singers Isha Sunar, Suman Budha Magar and Rajesh Thapa Magar at Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: eEyeCam.com

कार्यक्रममा गायक जगदीश समाल मगरले आधुनिक गीत प्रस्तुत गरेका थिए भने लोक गायकद्वय सुमन बुढा मगर र राजेश थापा मगरले नेपालबाट भर्खरै न्यू योर्क आई पुगेकी चर्चित लोक गायिका निशा सुनारसंग मिलेर 'झिम झिम सानु नझिम्काउ परेली" भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।

Taradevi Chidi Magar Magar and Ruku Rana Magar performing at Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: Man B. Rana Magar

तारादेवी चिडी मगर र रुकु राना मगरले मगरहरुको लोकप्रिय कौरा न्रित्य प्रस्तुत गरेका थिए भने यशोदा खालिङ राईले नेपाली लोकन्रित्य प्रस्तुत गरेकी थिईन् ।


Yashoda Khaling Rai performing at Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: Photo: Man B. Rana Magar

उता बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मी र झन्कार डान्स सेन्टरका न्रित्य निर्देशक धरमवीर लामा ह्योल्मोको आकस्मिक न्रित्य प्रस्तुतीले पाहुनाहरुलाई अचम्ममा पारेको थियो।

Jhankar Dance Center Dance Director Dharambir lama Hyolmo and Basanta Dance Center Dance Director Vijayman Nakarmi performing at Maghe Sankranti festival celebration in New York on January 20, 2014. Photo: Man B. Rana Magar

माघे संक्रान्ती पर्वमा संक्रान्तिको दिन मगर पुरुषहरुले आफ्ना चेलीबेटीहरुलाई परम्परागतरुपमा बन तरुल र दक्षिणा (पैसा) दिएर पुजा गर्ने चलन छ । यसलाई निश्रो दिने या खुवाउने भनिन्छ । बिहे भईसकेका चेलीहरुले पनि निश्रो खान माइत आउँदा बाराको रोटी, शिकार, रक्सीको कोशेली लिएर आफ्नो दाजुभाईलाई भेट्न आउने प्रचलन छ।

पाल्पाकी मृगौला पीडित सीता थापा मगरको सहयोर्ग ६ सय ५७ डलर संकलन

यसैबीच, सोही कार्यक्रममा पाल्पा जिल्लाको फोक्सिङ्ग-१, आर्यभञ्ज्याङ्ग निवासी १९ बर्षिय मृगौला पीडित सीता सिंजाली थापा मगरको सहयोगार्थ ६ सय ५७ डलर अनुदान संकलन गरिएको छ। कार्यक्रममा मृगौला पीडित थापा मगरबारे तयार पारिएको भिडियो प्रदर्शन गरिएको थियो।

Read exclusive reporting on Magars in USA:

-http://www.usnepalonline.com/magar/

-न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा ८ औं दोहोरी साँझ सम्पन्न (8th Dohori)

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न

-मगर संघ अमेरिकाद्वारा बाल्टिमोर र क्यालिफोर्नियामा माघे संक्रान्ति पर्व मनाईयो

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा पहिलो सार्वजनिक देउसी-भैलो कार्यक्रम २०१२ सम्पन्न

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती पर्व २०१४ सम्पन्न
More photos of Maghe Sankranti in New York 2014
All Pages
Page 1 of 2

Photo: eEyeCam.com

Photo: eEyeCam.com


Photo: Man B. Rana Magar


Photo: Man B. Rana Magar

Narbada Chhetri and Vijayman Nakarmi. Photo: eEyeCam.com

Photo: eEyeCam.com

न्यू योर्कमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती पर्व २०१४ सम्पन्न
More photos of Maghe Sankranti in New York 2014
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.