Inside

All Time Top 50 News

अमेरिकि मगरहरुको नयाँ नेतृत्व चयन, ऐतिहासिक मगरात क्षेत्रलाई बिखण्डित गरिएकोमा आपत्ति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 19 August 2015 10:56

Special: 8 photos: बाल्टिमोर: मगर संघ अमेरिकाको छैंठौ महाधिबेशनबाट संघको नयाँ कार्य समितीको चयन भएको छ । अध्यक्षमा सर्बसम्मतिबाट न्यू जर्सी राज्यको एटलाण्टिक शहर निवासी रुद्र आले मगर निर्वाचित भएकाछन् । अध्यक्ष आले अध्यक्षमा निर्वाचित हुनु अघी संघका सल्लाहकार थिए । उक्त कार्य समितिको महासचिबमा न्यू योर्क निवासी मानबहादुर राना मगर पुन: निर्वाचित भएकाछन् । महासचिब राना नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पनि महाचिब हुन् । यसैबीच, नव निर्वाचित कार्य समितिको तर्फबाट एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली नेताहरुले मगरहरुको ऐतिहासिक भूमि मगरात क्षेत्रलाई बिखण्डित गरी बनाउन लागिएको प्रदेशहरुको नयाँ खाकाप्रति आपत्ति जनाईएको छ ।

Newly elected Executive Committee of Magar Association USA. The 6th Convention was held in Baltimore, MD, USA on August 16, 2015. Photos: Pratha Magar for USNepalOnline

अगस्ट १६ तारिख बाल्टिमोर शहरको माउण्ट एभ्रेस्ट रेस्टुरेण्टको सभाकक्षमा सम्पन्न संघको छैंठौं अधिबेशनले नयाँ केन्द्रिय कार्य समितिको निर्वाचन गरेको हो ।

निर्बाचित कार्य समिती  (२०१५-२०१७)  

अध्यक्ष: रुद्र आले मगर, न्यू जर्सी
उपाध्यक्ष: बखन थापा मगर, क्यालिफोर्निया
उपाध्यक्ष: लक्ष्मी राना मगर, न्यू जर्सी
उपाध्यक्ष: आशा पुन मगर, मेरिल्याण्ड
उपाध्यक्ष: कुमार खाम्चा मगर, न्यू योर्क
महासचिब: मानबहादुर रानामगर, न्यू योर्क
सह-सचिब: नरेन्द्र थापा मगर, न्यू योर्क
सह-सचिब: दिपक राना मगर, मेरिल्याण्ड
कोषाध्यक्ष: अनिता थापा मगर, न्यू जर्सी
सह-कोषाध्यक्ष: प्रविन राना मगर, मेरिल्याण्ड
सह-कोषाध्यक्ष: रुकु राना मगर, न्यू योर्क

सदस्यहरु

अम्बर मगर, मेरिल्याण्ड
बिष्णु राना मगर, मेरिल्याण्ड
केशब थापा मगर, न्यू जर्सी
कुलदिप राना मगर, न्यू योर्क

Newly elected President of Magar Association USA Rudra Ale Magar (center) with outgoing President Capt. Dal B Roka Magar and newly elected VP Laxmi Rana Magar. Photos: Pratha Magar for USNepalOnline

निर्बाचन समितिका सदस्यहरुमा डा. गंगाप्रसाद पुन मगर, लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर र संगिनी राना मगर थिए ।

अधिबेशनमा संघका निबर्तमान अध्यक्ष क्या. दलबहादुर रोका मगरले अधिबेशन सफल बनाउन सहभागी सबै प्रतिनिधिहरु र पाहुनाहरुलाई धन्यबाद ब्यक्त गरेका थिए भने नव निर्बाचित अध्यक्ष रुद्र आले मगरले सबैलाई समेटेर समग्र समाजको हीतमा काम गर्ने प्रतिबद्दता जाहेर गरे ।

Newly elected President Rudra Ale Magar speaking after elected as President of Magar Association USA. Photos: Pratha Magar for USNepalOnline

अधिबेशनको शुरुमा महासचिब मानबहादुर राना मगरले संघको बार्शिक प्रतिबेदन र कोशाध्यक्ष राज पुन मगरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने उपस्थित प्रतिनिधिहरुले सर्बसम्मतिबाट प्रतिबेदनहरु पास गरेका थिए । साथै संघको संशोधित बिधान आगामी बार्सिक भेलाबाट पारित गर्ने गरी मस्यौदा बिधानलाई इन्डोर्स गरिएको थियो ।

Delegates at the 6th Convention of Magar Association USA in Baltimore, MD, USA on August 16, 2015. Photos: Pratha Magar for USNepalOnline

ऐतिहासिक मगरात क्षेत्रलाई बिखण्डित गरिएकोमा आपत्ति

यसैबीच, नव निर्वाचित कार्य समितिको तर्फबाट एक प्रेस बिज्ञप्ती जारी गर्दै संघका महासचिब मानबहादुर राना मगरले नेपाली नेताहरुले मगरहरुको ऐतिहासिक भूमि मगरात क्षेत्रलाई बिखण्डित गरी बनाउन लागिएको प्रदेशहरुको नयाँ खाकाप्रति आपत्ति जनाईएको छ ।

पूर्ण प्रेस बिज्ञप्ती पढ्नुहोस्:

प्रेष-बिज्ञप्ति

नेपालमा लामो समयदेखि एकल भाषा, एकल हिन्दु सस्कृति र एकल खस-आर्य जातिय एकीकृत राज्य प्रणाली देखि भाषिक, सास्कृतिक, धार्मिक तथा राजनीतिक अधिकारहरु सड्यन्त्र मुलक ढंगले पछि पारिएका सम्पूर्ण सिमान्तकृत समुदायहरु दलित, मधेशी, मुश्लिम, महिला, आदिवासी जनजाति लगायत अल्प शंख्यक समुदायको अधिकार, संबिधान सभा-२ बाट प्रस्ताब गरिएको ६ प्रदेशमा सुनिश्चित हुन नसक्ने र त्येसमा पनि आदिवासी जनजातिहरु मध्ये जनसंख्याको आधारमा सबैभन्दा बढी जनसंख्या सरकारी तथ्यांक अनुसार ७.१६% भएको मगर समुदाय र मगराँत भूमिलाई तिन भागमा विभाजन गरि फुटाउ र शासन गरको षड्यन्त्रमुलक शैलीमा भूगोलको आधार बनाई विभाजन गरिएको प्रति विश्वभरिका मगरहरुको घोर आप्पति छ |

बिगतमा भएको १० वर्षे जन-युध्द, २०६२/६३ मा भएको बिशाल जन-आन्दोलन, मधेश आन्दोलन र आदिवासी जनजाति आन्दोलनले स्थापित गरेको संघियताको मर्म भूगोलको आधारमा नभई जनताहरुको भाषिक, सास्कृतिक तथा ऐतिहासिक सघनताको आधारमा भएको र संघियता जनताको सहजताको लागि स्थापित भएको तर षड्यन्त्रकारी र बिखण्डनकारीहरुले अखण्डको नाममा जनताको भावना बिपरित प्रस्तावित ६ प्रदेशको बिरुद्धमा गर्न लागेको बिरोध प्रदर्शन कार्यक्रम प्रति मगर संघ अमेरिका एक्यबध्दता ब्यक्त गर्दछ |

सम्पूर्ण सिमान्तकृत र पिछडिएका बर्गहरुको भाषिक, सास्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक अधिकार जनताहरुबाट गरिने आन्दोलनबाट मात्र सुनिस्चित हुने हुदा सम्पूर्ण सिमान्तकृत, पिछडिएका वर्ग र पहिचान सहितका संघियताप्रेमी बुध्दिजीबी, राजनीतिज्ञ, ब्यबसायी, युवावर्ग, सचेत बिधार्थी, महिला तथा आमसमुदायमा बिरोध सभामा सहभागी भई पहिचान सहितको संघियता स्थापना गर्ने कार्यमा अग्रशर भई दिनु हुन मगर संघ अमेरिका हार्दिक आव्हान गर्दछौं |

मानबहादुर राना मगर
महासचिब

बुधबार, अगष्ट १९, २०१५

Magar Association USA, Inc
34-32, 59 St.  Suite 1
Woodside, NY 11377

Website: www.MagarUSA.org

General Secretary Man B Rana Magar speaking at the convention. Photos: Pratha Magar for USNepalOnline

Outgoing Treasurer Raj Pun Magar presenting financial report at the convention. Photos: Pratha Magar for USNepalOnline

Delegates at the 6th Convention of Magar Association USA in Baltimore, MD, USA on August 16, 2015. Photos: Pratha Magar for USNepalOnline

Read related news:

-http://www.usnepalonline.com/magar/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.