Inside

All Time Top 50 News

न्यू योर्कमा लिम्बुहरुको ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) सम्पन्न, ५ ब्यक्तित्वहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Wednesday, 18 July 2012 20:22
Article Index
न्यू योर्कमा लिम्बुहरुको ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) सम्पन्न, ५ ब्यक्तित्वहरु सम्मानित
More photos of 8th Tamphungcha in New York 2012
All Pages

युएस नेपाल अनलाइनका प्रधान सम्पादकलगायत ५ ब्यक्तित्वहरु सम्मानित
Special: 1 video, 38 photos:
न्यू योर्क- किरात याक्थुङ चुम्लुङ युएसए (KYC USA) को आयोजनामा न्यू योर्कका लिम्बुहरुले ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) मनाएकाछन्।


Limbu Chyabrung dance being performed at 8th Annual Tamphungcha (picnic) by Kirat Yakthung Chumlung USA in New York on July 15, 2012. Photos: eEyeCam.com

जुलाई १५ तारिख आईतवार न्यू योर्कको कुइन्स ब्रिज पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिकामा लिम्बु संस्क्रितीको संरक्षण र संगठन बिस्तारमा योगदान पुर्याएबापत ४ लिम्बु ब्यक्तित्वहरु चुम्लुङ युएसएका निबर्तमान अध्यक्ष पूर्णकुमार थाम्सुहाङ लिम्बु, प्रेम मेयाङ्बो, केपी सुब्बा र राम चोङ्बाङलाई सम्मान गरियो भने लिम्बुवान सम्बन्धी समाचार संप्रेशणमा प्राथमिकता दिई उल्लेख्य भूमिका निभाएबापद युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा मगरलाई सम्मान गरिएको छ।

सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली साहित्यका बरिस्ठ समालोचक अमर नेम्बाङले कदरपत्रद्वारा सम्मान गरेका थिए।

Honorees with the organizers (L to R): Dipesh Limbu, gen. sect. KYC USA; Pradeep Thapa Magar, Editor-in-Chief, USNepalOnline.com; Prem Meyangbo, KP Subba, Amar Nembang, Chief Guest; Purnakumar Thamsuhang Limbu, immediate past president KYC USA; Ram Chongang & Debendra Sambahangphe Limbu, president KYC USA at the 8th Tamphungcha in New York. Photos: eEyeCam.com

सम्मानित ब्यक्तित्वहरुले मन्तब्य ब्यक्त गर्दै सम्मानकालागि आयोजकहरुलाई धन्यवाद ब्यक्त गरेका थिए भने प्रमुख अतिथी नेम्बाङले सम्मानित ब्यक्तित्वहरुला बधाई दिएका थिए।

साथै कार्यक्रममा शिक्षा क्षेत्रमा मास्टर्स, ब्याचलर्स र कालेज ग्रेयाजुएट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी, कलाकारहरु पारुहाङ लिम्बु, लुना योङ्हाङ, हेलेन लिम्बु, योगेश लिन्देन, शुभेच्छा सुब्बा, लासुहाङ सुब्बा, जिमी सुब्बा, प्रकाश लिम्बु, सिमा लिम्बु, सम्झना सुब्बा, यशोदा खालिङ राई र लसाङ्ग सुब्बालाई प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Limbu Tamphungcha by KYC USA, New York, July 15, 2012



कार्यक्रमको सभापतित्व चुम्लुङ युएसएका अध्यक्ष देबेन्द्र साम्बाहाम्फेले गरेका थिए भने स्वागत उपाध्यक्ष इन्दिरा चेम्जोङले गरेकी थिइन्।

कार्यक्रमको सन्चालन महासचिब दिपेश लिम्बु र सचिब बुद्ध चेम्जोङले संयुक्तरुपमा गरेका थिए।

The organizers and the guests at the 8th Annual Tamphungcha (picnic) by Kirat Yakthung Chumlung USA in New York on July 15, 2012. Photos: eEyeCam.com

उक्त पिकनिक कार्यक्रममा लिम्बु लोक न्रित्य च्याब्रुङ नाँचका अलावा आधुनिक न्रित्य र गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा म्युजिकल चेयर, राफल चिट्ठा, पक्लुङ (छेलो हान्ने) र डोरी तान्ने (Tug of War) खेल प्रतियोगिताको आयोजना गरिएको थियो।

म्युजिकल चेयरमा बन्दना राई प्रथम भइन् भने सुबद्रा लिम्बु दोश्रो भएकी थिइन् ।

छेलो हान्ने (पक्लुङ) खेल

उता छेलो हान्ने (पक्लुङ) खेलमा सन् २००७ देखि लगातार जित्दै आएका कुमार लिम्बुले आफ्नो छैठौं ट्रफी जित्न सफल भए भने योगेश लिङ्देन दोश्रो हुन सफल भए।

The 6th time Chhelo (Short-foot) winner Kumar Limbu (center) receiving his trophy from Debendra Sambahamphe Limbu, president KYC USA at the 8th Tamphungcha in New York. He is flanked by his daughter Om Shanti and 1st runner up Yogesh Linden (left). Photos: eEyeCam.com

कुमार लिम्बु छेलो हान्ने खेलमा नेपालमा सन् २००४ मा राष्ट्रमै तेश्रो भएका खेलाडी हुन्।

उनी सन् २००२ मा नेपालमा अन्नपूर्ण बेस क्याम्प वरीपरी भएको १ हजार ५० किलिमोटर दुरीको "हिमाल दौड २००२" (Himal Race 2002) प्रतियोगितामा दोश्रो भएका लामो दुरीका धावक हुन्। उनले सन् २००४ मा युकेमा भएको Double Highland Race मा ४३ माइल दौडमा प्रथम स्थान हाँसिल गरेका थिए।

Tug-of-War game being played. Photos: eEyeCam.com

डोरी तान्ने (Tug-of-War)

कार्यक्रमको अर्को आकर्शक खेल डोरी तान्ने (Tug-of-War) खेलमा मामाहरुको समूहलाई भान्जाहरुको समूहले दुई पटकसम्म तानेर हराइ छाडे।

बिजेता भान्जा समूहका युवाहरुमा योगेश लिम्बु, शेखर लिम्बु, रविन सुब्बा, प्रकाश सुब्बा, सुदान लिम्बु, बिधान गुरुङ, युगेश लिम्बु, क्लिफ मल्ल र प्रबेश गुरुङ थिए भने मामा समूहका खेलाडीहरुमा बिरेन्द्र लाबुङ, कुमार लिम्बु, मकर राई, चेतन सुब्बा, बुद्धिमान गुरुङ, लाक्पा शेर्पा र अनिल लिम्बु थिए।

खेलकूद प्रतियोगिताको संयोजन प्रेम लिम्बु र नगेन्द्र इङ्नामले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संयोजन नगेन्द्र इङ्नामले गरेका थिए।

कार्यक्रममा "लिम्बुवान नेपाल" लेखिएको टि-सर्ट स-शुल्क बितरण गर्नुकासाथै लिम्बु खानपानको ब्याबस्था गरिएको थियो।


-Pratha Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कबाट लिम्बुवान स्वायत्त राज्यको नयाँ संबिधानमा ग्यारेण्टी गर्न माग

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्क चुम्लुंग अमेरिकाद्वारा डा. चैतन्य सुब्बासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

-किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा चुम्लुङ केन्द्रीय समिति नेपालकि सचिव लीला सिङगक लिम्बूको स्वागत

-http://usnepalonline.com/limbuwan/







Debendra Sambahangphe Limbu, president KYC USA at the 8th Tamphungcha in New York. Photos: eEyeCam.com


Helen Limbu with traditional Limbu costumes. Photos: eEyeCam.com

Luna Yonghang Limbu with traditional Limbu costumes. Photos: eEyeCam.com




Dipesh Limbu, General Secretary, KYC USA at the 8th Tamphungcha in New York. Photos: eEyeCam.com








Buddha Chemjong, Secretary KYC USA and Nagendra Ingnam, former Gen. Sect. KYC USA. Photos: eEyeCam.com



Indira Chemjong, VP KYC USA. Photos: eEyeCam.com



Chief Guest Amar Nembang. Photos: eEyeCam.com


Luna Yonghang and Helen Subba. Photos: eEyeCam.com

न्यू योर्कमा लिम्बुहरुको ८ औं वार्षिक ताम्फुङ्चा (पिकनिक) सम्पन्न, ५ ब्यक्तित्वहरु सम्मानित
More photos of 8th Tamphungcha in New York 2012
All Pages
Page 1 of 2


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.