Inside

All Time Top 50 News

न्यू योर्कमा "फिप्ना" द्वारा पहिलो संयुक्त ल्होसार पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 02 March 2013 23:40

Special: 1 video: 20 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालका आदिबासी जनजातिहरु शेर्पा, गुरुङ, तामाङ, ह्योल्मोलगायतले मनाउने ल्होसार पर्वको अबसरमा पहिलो संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

 


Lhosar-Losar-Lhochhar greetings goodwill exchange program was hosted by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) in New York on March 2, 2013. Photos: eEyeCam.com

शनिबार मार्च २ तारिख न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त संयुक्त ल्होसार शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले ल्होसार पर्वको मह्त्वमाथि प्रकाश पार्दै महासंघले सबै ल्होसार मनाउने आदिबासी जनजाति संघसंस्था र अन्य समुदायका प्रतिनिधीहरुलाई एक ठाउँमा ल्याएर बिचार मन्थन र भाईचाराको अभिब्रिद्दी गर्ने पहल गरेकोमा फिप्नालाई बधाई दिए।

उक्त कार्यक्रम महासंघका कार्यबाहक अध्यक्ष बिनोद पोमोको सभापतित्वमा सम्पन्न भएको थियो भने शेर्पा, तामाङ, गुरुङ, मगर, राई, लिम्बु, नेवार जातिका संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

महासंघका द्वितिय उपाध्यक्ष तथा न्यू योर्क नेवा गुठीका अध्यक्ष आदित्य महर्जनले स्वागत मन्तब्य गरेका थिए भने महासंघका महासचिब दिपेश लिम्बुले कार्यक्रमको सहजकर्ताको भूमिका निभाएका थिए।

The participants at Lhosar-Losar-Lhochhar greetings goodwill exchange program which was hosted by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) in New York on March 2, 2013. Photos: eEyeCam.com

उक्त कार्यक्रमका बक्ताहरुमा फिप्नाका सल्लाहकार तथा सिन्धु-युएस वेल्फेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, नेपाल अमेरिका फ्रेन्ड्सिप सोसाइटीका पूर्व अध्यक्ष डा. तारा निरौला, शेर्पा किदुग युएसका प्रेसिडेन्ट छोङ्बा शेर्पा, तामाङ सोसाइटी अफ अमेरिका (TSA) का प्रेसिडेन्ट साङ्गे रुम्बा लामा, TSA का पूर्व प्रेसिडेन्ट राम तामाङ, मुस्ताङ किदुग अमेरिकाका प्रेसिडेन्ट छेपक दोर्जी, हिमालयन बुद्धिस्ट कम्युनिटीका महासचिब तथा वालुङ किदुगका प्रेसिडेन्ट तेन्जिङ उक्याब, मगर संघ अमेरिकाका महासचिब मानबहादुर राना मगर, तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका प्रतिनिधी टिकाराम गुरुङ, किरात याक्थुङ चुम्लुङ युएसएका सचिब बुद्ध चेम्जोङ, वकिल दुर्गा भुर्तेल, नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिकाकि अध्यक्ष संगिनी राना मगर, अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङछिरिङ्ग शेर्पा र नेपाली संचार सन्जालका अध्यक्ष प्रदीप थापा मगरले सम्बोधन गरेका थिए।

Ram Tamang, former president of Tamang Society of America (TSA) speaking at the goodwill exchange program to celebrate the Lhosar-Losar-Lhochhar in New York on March 2, 2013. Photos: eEyeCam.com

तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व प्रेसिडेन्ट राम तामाङले ल्होसार पर्वबारे जानकारी गराउँदै शेर्पा, ह्योल्मो, तिब्बतीले अहिले यो बर्ष मानेको "२१४० औं ल्होसर", तामाङहरुले मानेको "२८४९ औं ल्होछार" र गुरुङ (तमु) हरुले मनाउने "ल्होछार" अलग अलग जस्तो देखिएपनि यस पर्बको सार एउटै भएको बताए। यि जातिको भाषामा "ल्हो" भनेको "बर्ष" र "सार" या "छार" भनेको "नयाँ" भन्ने अर्थ हुने पनि उनले व्याख्या गरे।

हेर्नुहोस् युएस नेपाल अनलाइनद्वारा तयार पारिएको बिशेष भिडियो रिपोर्ट:

What is Lhosar-Losar-Lhochhar?

Speaker: Ram Tamang ,former president, Tamang Society of America



उनले ल्होसर-ल्होसार-ल्होछार बर्षको पहिलो महिनाको पहिलो दिनलाई मानिने र यो तिब्बती लुनार क्यालेन्डर (पात्रो) को आधारमा निर्धारित हुने बताए। उक्त क्यालेन्डर अन्तरगत जोडाइक चिन्ह (Zodiac signs) अनुसार "ल्हो" (बर्ष) १२ बर्षसम्म १२ बिभिन्न बर्गहरुको परिचक्र (cycle) १२ बिभिन्न जनावरहरुको नाममा गरिन्छ । ति हुन्- मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, बाख्रा, बाँदर, भाले, कुकुर र संगुर। त्यसैगरी, १२ लुनार महिनामा ३५४.३७ दिनको बर्ष दिन मानिन्छ।

उता बक्ताहरुले महासंघले यस अघि गत बर्षदेखि नेपालका प्रथम शहीद लखन थापा मगरको स्‍मृति सभा मनाउन थालेको र यस बर्षदेखि ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम गरेकोप्रति उत्साहित हुँदै महासंघले निकट भबिश्यमा नेपालको मौलिक क्यालेन्डर नेवारी "नेपाल सम्बत", नेपाली धर्मगुरु दार्शनिक फाल्गुनन्द र शान्तीका अग्रदूत गौतम बुद्धको जन्म जयन्ती पनि संयुक्तरुपमा मनाउने मेसो मिलाउन सुझाब दिए।

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York.
Comments? 917-570-1098. Or,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा शेर्पा किदुग युएसएद्वारा २१४० औं छुमो डुल्लो ग्याल्पो लोसार-२०१३ सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१४० औं सोनाम ल्होसार २०१३ सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदुकद्वारा २१४० औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित

-न्यू योर्कमा ग्याल्सुम्दो समाजद्वारा २१३९ औं ल्होसार भब्यतापूर्बक सम्पन्न

-मुस्ताङ किदुग अमेरिकाद्वारा २१३९ औं ल्होसार 'छोङ्गु साँझ' सम्पन्न

 




Dipesh Limbu. Photos: eEyeCam.com



Binod Pomo. Photos: eEyeCam.com



Aditya Maharjan. Photos: eEyeCam.com



Chhongba Sherpa. Photos: eEyeCam.com



Sangay Rumba Lama. Photos: eEyeCam.com



Tenzing Ukyab. Photos: eEyeCam.com



Tiram Gurung. Photos: eEyeCam.com



Buddha Chamjong. Photos: eEyeCam.com



Man B Rana Magar. Photos: eEyeCam.com



Durga Bhurtel. Photos: eEyeCam.com


Sangini Rana Magar.

Tsepak Dorjee. Photos: eEyeCam.com


Dr. Tara Niraula.


Banshalal Tamang. Photos: eEyeCam.com


Ang Chhiring Sherpa. Photos: eEyeCam.com

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.