Inside

All Time Top 50 News

न्यू योर्कमा २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 18 April 2012 23:30

Exclusive: 1 video, 24 photos: न्यू योर्क- गत अप्रिल १५ तारिख आईतवार रिज्वूड न्यू योर्कस्थित आफू बसेको कोठामा बेहोस् हुन पुगी दु:खद र असामयिक निधन हुन पुगेका अर्घाखाँची जिल्ला केरुङ्गा गाउँका २५ बर्शिय स्वर्गिय भेषराज पाण्डेको अप्रिल १८ तारिख भावपूर्ण श्रद्दान्जली र दाह संस्कार सम्पन्न गरिएको छ।


Late Bheshraj Pandey's body is being offered flowers & red tika during his memorial service organized by Ridgewood Nepalese Society (RNS) a few moments before the cremation in New York on April 18, 2012. Photos: eEyeCam.com

रिज्वूड नेपालीज सोसाइटीले उनको शबको सतगदको तजबिज गर्न अप्रिल १६ तारिख बेलुकी आकस्मिक बैठक बसी बिद्युतीय दाह संस्कार गर्न लाग्ने खर्च २ हजार ६९८ डलरको चाँजोपाँजो गर्नुकासाथै अप्रिल १८ तारिख बिहान ९-१० बजे फ्रेश पोन्ड क्रिमाटोरियम, मिडिल भिलेज न्यू योर्कमा एक भावपूर्ण श्रद्दान्जली सभाको आयोजना गरेको थियो।

Late Bheshraj Pandey's college graduation picture provided by Thaman Basnet, late Pandey's roommate.

उक्त क्रिमाटोरियममा राखिएको स्वर्गिय पाण्डेको शबलाई न्यू योर्क शहरका नेपालीहरुले पुष्प गुच्छा र अबिर अर्पण गर्दै भावपूर्ण बिदाई गरेका थिए।

Tribute to late Pandey who died on April 15, 2012. A relative paying homage to late Pandey. Photos: eEyeCam.com

५ बर्ष अघि नेपालको अर्घाखाँची जिल्लाबाट नर्सिङ पढ्न अमेरिका आइ पुगेका २५ बर्शिय भेषराज पाण्डेले अमेरिकि विश्वबिद्यालयबाट रजिस्टर नर्स पुरा गरी राम्रो कामको खोजिमा थिए।

यस्तो कल्कलाउँदो युवा जीवन र उज्यालो भबिश्य छँदाछँदै निधन हुन पुगेका नेपाली छोरोको दुर्दान्त कटु सत्यलाई सम्हाल्न नसकेर श्रद्दान्जली अर्पण गर्न मिडिल भिलेजस्थित उक्त क्रिमाटोरियम पुगेका नेपालीहरु भाव बिह्वल हुन पुगेका थिए।


Nepalese paying homage to late Bheshraj Pandey. Photos: eEyeCam.com

उक्त श्रद्दान्जली सभामा स्वर्गिय पाण्डेका काका बुद्धी भुसाल, सोसाइटीका बर्तमान अध्यक्ष श्री पराजुली, र संस्थापक अध्यक्ष मोहन ज्ञवालीले सम्बोधन गर्दै स्वर्गिय आत्माको चीर शान्तीको कामना र शोक सन्तप्त परिवारमा समवेदना ब्यक्त गरेका थिए भने अन्त्यस्टी खर्चकालागि आर्थिक सहयोग गर्ने नेपालीहरुप्रति कृतज्ञता ब्यक्त गरेका थिए।

Shree Parajuli, president, Ridgewood Nepalese Society (RNS). Photos: eEyeCam.com

पाण्डेका आमा-बुवाले छोरोको दाह संस्कार अमेरिका मै गरिदिन र आफूहरु आउन अनिक्षुक रहेको जानकारी गराएको अध्यक्ष पराजुलीले जानकारी गराए। कार्यक्रमको सन्चालन सोसाइटीका कोशाध्यक्ष मिलन शाहीले गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त श्रद्दान्जली सभा र दाह संस्कारको बिशेष भिडियो रिपोर्ट:

Late Bheshraj Pandey Memorial in New York, April 18, 2012



उनको कसरी देहान्त भयो?

स्वर्गिय पाण्डेका रुममेट थमन बस्नेतकाअनुसार अप्रिल १५ तारिख आइतबार दिउँसो पाण्डे उनिहरुको रिज्वूड, पुट्नाम स्ट्रिटस्थित अपार्टमेन्टको बाथरुममा बेहोस् अवस्थामा फेला परेका थिए।

बस्नेतकाअनुसार उक्त दिन बिहान उनको कान्छा छोरा राहुलले बिहान १० बजे फोनमा कुरा गर्दा पाण्डे कोठामा एक्लै रहेको जानकारी गराएका थिए तर राहुल अपरान्ह १ बजेतिर कोठाको ढोकामा आएर ढक्ढक्याउँदा पाण्डेले ढोका नखोलेपछि राहुलले आफूसंग भएको चाँबिले ढोका खोल्न लाग्दा ढोका खुले पनि भित्रबाट सुरक्षा साँङ्लो लागेको पाएका थिए। त्यसपछि उनले पाण्डेलाई बोलाए तर भित्रबाट कुनै जवाफ नआएपछि राहुल गुहार भनी चिच्याउन लागेका थिए। त्यो आवाज सुनेपछि संगैको अर्को कोठाका स्पानिस महानुभावले उक्त बिल्डिङको सुपरिटेन्डेन्टलाई खबर गरेका थिए। ति सुपर आएपछि उनले ढोकाको सुरक्षा साँङ्लो चुडालेर भित्र जाँदा पाण्डेलाई बाथरुमको सुख्खा बाथटबमा बेहोस् लडिरहेको पाएका थिए।

Buddhi Bhusal, relative of late Bheshraj Pandey. Photos: eEyeCam.com

थमन बस्नेतले घटनाबारे थप जानकारी गराएअनुसार सुपरले पाण्डेको घाँटीमा आइफोन चार्जरको तारले पासो लगाएको पाएका थिए। त्यसैगरी, पाण्डेको हातको नाडी काट्ने प्रयास गरेको चोट देखिएको, संगै कैची भेटिएको र पाण्डेको दुइटै हातको पन्जा र औँलामा रगत लागेको र बाथरुमको भित्तामा रगताम्मे पन्जाको डाम बसेको भेटेका थिए।

पाण्डेलाई यस्तो हालतमा भेटेपछि सुपरले प्राथमिक उपचार दिदै ९११ मा पुलिसलाई खबर गरेका थिए। साथै पाण्डेकोअनुहार सामान्यभन्दा निक्कै कालो निलो अवस्थामा भेटिएको थियो।

उता सुपरको ९११ फोन कलपछि तुरुन्त आएको पुलिस र पारामेडिकको टोलिले पाण्डेलाई तत्काल तत्काल स्थानीय वाइकोफ अस्पताल लगिएको थियो। तर अचेत अवस्थामा पुर्याइएका पाण्डेलाई अस्पतालका डाक्टरहरुले पाण्डेलाई मृतक घोषणा गरेका थिए।

आत्महत्या?

पाण्डेको बेहोस् (मृत्यू?) अवस्थाको विवरण हेर्दा उनले आत्महत्याको प्रयास गरेको देखिन्छ।

तर पाण्डेका रुममेट थमन बस्नेत, पाण्डेका नजिकका नातेदार बुद्धी भुसाल र सोसाइटिका अध्यक्ष श्री पराजुलीले आत्महत्याको कुनै कारणको अनुमान लगाउन नसकेको बताएकाछन्।

अनुहार कालोनिलोको मतलब उनले बिश खाएको हुन पनि सक्ने देखिएको छ तर किङ्स काउन्टी अस्पतालमा गरिएको पोस्ट्मोर्टेमको रिपोर्ट आउन केही हप्ता या महिना कुर्नु पर्ने अध्यक्ष पराजुलीले जानकारी गराएकाछन्।

भेषराज पाण्डेको परिवारिक नालिबेली

स्वर्गिय पाण्डे बुद्धी भुसालका भान्जा दाईका माइला छोरा हुन्। स्वर्गिय पाण्डेका आमा-बुवा अर्घाखाँची मै छन्। उनका एक दाजु, एक भाई र ४ दिदिबहिनी छन्।

न्यू योर्कको बसाई र कामको खोजी

सोसाइटीका बर्तमान अध्यक्ष श्री पराजुलीकाअनुसार भेषराज पाण्डे रिजवूडस्थित उनको घरमा सन् २००७ तिर ६ महिना जति बसेका थिए। उनी अत्यन्त म्रिदुभाशी, सहयोगी र मिहिनेती ब्यक्तित्व भनी पराजुलीले सम्झे।

उता रजिस्टर नर्स पढाई सकेर उनी नर्थ डाकोटा राज्यमा कामको खोजीमा गएका थिए। त्यहाँ राम्रो काम नपाएपछि ३ महिना जति काम गरेर पुन: रिज्वूड फर्किएका थिए। त्यसपछि पाण्डे बिगत २ महिनादेखि थमन बस्नेतको परिवारसंग बस्न थालेका थिए। बस्नेतले पाण्डेको रजिस्टर नर्स पढाई गर्दाको कलेजको रिण रहेको तर यतीउती थाहा नभएको जानकारी पनि गराए।

Tulip flowers blooming near the crematorium where late Bheshraj Pandey on April 18, 2012. Photos: eEyeCam.com

दाह संस्कारको त्यो अन्तिम क्ष्यण !

अप्रिल १८ तारिख बिहान क्रिमेटोरियमको बाहिर बाटोमा रातो र पहेंलो रंगको टुलिपको मनमोहक फूलहरु बिहानको सुर्य किरणमा रमाई रहेको प्रतीत हुन्थ्यो। तर भित्र स्वर्गिय पाण्डेको अन्तिम बिदाई गर्न भेला भएका नेपालीहरुको मन भने भबिश्यमा देशलाई केही दिन सक्ने कलिलो युबाको असामयीक निधनमा शोक मग्न थियो। यो पङ्क्तिकारको मन पनि भरङ्ग उडेको थियो। तर पाण्डेको अन्तिम बिदाई र दाह संस्कारको त्यो अबिस्मरणीय क्ष्यणलाई क्यामेरामा कैद गर्न र समाचारकोलागि रिपोर्ट गर्न पर्ने पत्रकारिताको उत्तरदायीत्वलाई निभाउन वाध्य पनि थियो।

The coffin carrying late Bheshraj Pandey's body is being inserted for electrical cremation at Fresh Pond Crematorium in Middle Village, New York on April 18, 2012. Photos: eEyeCam.com

जब ९-१० बजे बिहानको शोक सभाको समय सिद्धियो अब क्रिमाटोरियमका कर्मचारीहरुले पाण्डेको शबलाई बिद्युतीय दाह गृहमा लग्ने तयारी गर्न थाले। उक्त दाह गृहमा जान पाण्डेका नातेदारहरु, सोसाइटीका पदाधिकारी र सदस्यहरु र यो पङ्क्तिकारलाई भित्र जान दिईयो।

पाण्डेको शब राखेको कफिनलाई दाह गृहको खोपीमा होमेपछि दाह संस्स्कार गर्ने महिला कर्मचारीले कफिनलाई घरक्क भित्र धकेलिन् अनि यता रेलिङमा रहेको बिजुलीको स्विच बटन कस्ले थिच्ने हो भनेर सोध्न आइन्। पाण्डेका काका बुद्धी भुसालले आफूले थिच्ने भनी ईशारा गरे।

A 220 Volts electrical outlet switch which is used for electrical cremation of late Pandey's body. Photos: eEyeCam.com

यो पङ्क्तिकारले काठमाडौंको पशुपति आर्यघाटमा, गाउँको नदीको किनारामा काठको मृत्यू सैय्यामा शब जलाएको देखेको थियो तर बिद्युतीय दाह संस्कारको पहिलो पटक अनुभूति गर्दै थियो।

ओहो ! २२० भोल्ट बिजुलीको त्यो स्विच जब काका भुसालले थिचे आगोको मुस्लोले पाण्डेलाई लपेटेर राखेको कफिनको अघिल्लो भागलाई ह्वार ह्वार नस्ट गर्न थाल्यो। त्यो प्रकृया डेढ मिनेट हुँदानहुँदै जली रहेको खोपीको सटर झारियो। यसरी पाण्डे हाम्रो आँखा अगाडि ह्वार ह्वारती जले, खरानी भए क्ष्यण भङ्गुरमा। (हेर्नुहोस् माथिको भिडियो रिपोर्टको पछिल्लो भाग)

The burning coffin of late Bheshraj Pandey in high powered furnace inside the crematorium. According to the General Enviro Tech, the cremation gets completed in about 60 to 90 minutes depending upon the body size and other biological reasons. Photos: eEyeCam.com

आखिर जीवन अनित्य छ भनेर महामानब बुद्धले त्यसै भनेका थिएनन्। र, हाम्रा कवि शिरोमणी लेखनाथ पौडेलले कस्तो कटु सत्य लेखे-

"आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो"

पुरा श्लोक

"राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर डर्डैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो।"


त्यसैले सच्चा जीवन जिउने काइदा त्यहीं हो जसले यो अनित्य जीवनलाई बाँचुन्जेल सार्थक जिउँछ। स्वर्गिय पाण्डेको आत्माले चीर शान्ती पावोस्। शोक सन्तप्त परिवारमा यो दु:खद घडीमा धैर्य धारण गर्न शक्ती मिलोस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा २५ बर्शिय भेषराज पाण्डेको मृत्यु, सहयोगकोलागि आकस्मिक बैठक आज (अप्रिल १६)

Founding president, RNS, Mohan Gyawali.








Photos: eEyeCam.com









Photos: eEyeCam.com





Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.