जर्सी सिटी शहरको मेयर स्टेभन फुलप पुन: निर्वाचित Print
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 07 November 2017 21:55

Exclusive: न्यू जर्सी- डेमोक्रेटिक पार्टीका न्यू जर्सी राज्यको जर्सी सिटी शहरको मेयर स्टेभन फुलप पुन: निर्वाचित बनेकाछन् । उनी अमेरिकी सेनाको पूर्व नेभी भेटरन र गोल्ड्म्यान स्याक बैंकका पूर्व बैंकर हुन् ।

उनको पहिलो कार्यकालमा जर्सी सिटीलाई आप्रवासीहरुको स्याङ्चुरी शहरको रुपमा घोशणा गरेका थिए भने जर्सी सिटी शहरले गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) को आयोजना गरी सिटी हल भवनको प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने पोलमा अमेरिकी झण्डासंगै मेयर फुलपले नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरेका थिए । मेयर फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली समाजकि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार डा. बिश्णुमाया परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो ।

जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) प्रदान गर्न अनुरोध गर्दै सिटी काउन्सिलबाट रिजोलुसन पारित गरेको थियो । सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि टिपिएस स्टाटस प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) सिटीको रुपमा घोशणा गरेको छ ।

Comments

Please login to post comments or replies.