Inside

All Time Top 50 News

अमेरिकाको जर्सी सिटी मेयर फुलपद्वारा नेपालको झण्डा सिटी हलमा झण्डोत्तोलन, तीन नेपालीहरु: वकिलद्वय जिसी र सेढाई, युवा नेत्री एश्वर्य शर्मा सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 30 June 2017 21:45

Updated: Exclusive: 40 photos, 1 video: न्यू जर्सी- अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने एतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (Nepali Flag Raising Day) को आयोजना गरी सिटी हल भवनको प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने पोलमा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे । मेयर फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली समाजकि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार डा. बिश्णुमाया परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो ।

Jersey City Mayor Steven M. Fulop hosted Flag Raising for Nepal ceremony at City Hall on June 30, 2017. Photo courtesy: Deepak Pariyar

मेयर स्टेभन फुलपद्वारा न्यू जर्सी निवासी ३ जना प्रतिभाशाली नेपाली व्यक्तित्वहरु वकिल खगेन्द्र जिसी, वकिल केशबराज सेढाई र युवा नेत्री एश्वर्या शर्मालाई सम्मान गरिएको छ ।

Jersey City Mayor Steven M. Fulop honored Attorney Khagendra Chhetry, Attorney Keshab Raj Seadie and Aishwarya Sharma during the Flag Raising for Nepal ceremony at City Hall on June 30, 2017. Photo: Pradeep Pariyar Thapa

समारोहमा अमेरिकाको राश्ट्रगान मिली श्रेष्ठले प्रस्तुत गरिन् भने नेपालको राश्ट्रगान 'नेपाल अमेरिका कलाकार संघ' का कलाकारहरुद्वारा प्रस्तुत  गरिएको थियो ।

Jersey City Mayor Steven M. Fulop hosted Flag Raising for Nepal ceremony at City Hall on June 30, 2017. Photo: Pradeep Pariyar Thapa

समारोहमा मेयर स्टेभन फुलप, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, जर्सी सिटी काउन्सिल वूमन एट लार्ज जोएस वाटरम्यानले सम्बोधन गरे भने जर्सी सिटी डाईभर्सिटी र ईन्क्लुजन बोर्ड सल्लाहकार डा. विश्णुमाया परियारले उद्घाटन मन्तव्य र प्रदीप परियार थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे।

समारोहमा मेयर फुलपलाई जर्सी सिटी नेपाली समाज (जेसिएनसी) ले 'टोकन अफ लभ' प्रदान गरेको थियो भने नेपाल पर्यटन बोर्डका अमेरिकाको लागि पर्यटन एवं साँस्कृतिक सद्भावनादूत सुमन बुढा मगरले मेयर फुलपलाई शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति र निम्तो पत्र प्रदान गर्दै नेपाल भ्रमण गर्न निम्तो दिएका थिए । उता लङ आईल्याण्ड नेपाली समाजका निवर्तमान अध्यक्ष दुर्गेश जंग कार्कीले मेयर फुलपलाई नेपाली बहादुरीताको प्रतीकको रुपमा परम्परागत खुकुरी प्रदान गरेका थिए । सम्मानित व्यक्तित्व खगेन्द्र जिसिले सम्मान ग्रहण गर्दै मेयर फुलपलाई नेपाली टोपी पहिर्‍याई दिएका थिए ।

यसै बिच, मेयर फुलपले नेपालको झण्डाको झण्डोत्तोलनको अवसरमा जर्सी सिटी नेपाली कम्यूनिटी (जेसिएन) लाई समारोह सम्पन्न गर्न सहकार्य गरेको उच्च मुल्याङ्कन गर्दै सिटी प्रोक्लेमेसन पत्र प्रदान गर्दै भनेकाछन्-

"WHRE AS, the City of Jersey City is proud to recognize Nepal and the Nepali Community in Jersey City during the Nepali Flag Raising Ceremony on Friday, June 30, 2017."



मेयर फुलपले उक्त प्रोक्लेमेसन पत्रमा अगाडी भनेका छन्-

"WHERE AS, on this day, the City of Jersey City and Members of the Jersey City Nepali Community will proudly display the flags of the United States and the Nepali Flag high above City Hall in recognition of our cherished cultural diversity here in Jersey City."

समारोहमा वरिश्ठ गायक प्रकाश श्रेष्ठले गाउनु भएको नेपाली राश्ट्रभावले ओतप्रोत प्रस्तुत गीतमा नायक एवं निर्देशक बिक्की (खडक) पुलामी मगर र महिला नेत्री कन्चन बस्नेत केसीले "यो नेपाली शीर उचाली" गीतमा नृत्य प्रस्तुत गर्दा उपस्थित नेपालीको छाती गर्वले फुल्यो:

Actor & director Bicky (Khadak) B. Pulami Magar and Kanchan Basnet KC performing during Nepal Flag Raising Ceremony at City Hall, Jersey City on June 30, 2017.

"यो नेपाले शीर उचाली सन्सारमा लम्किन्छ
जूनकिरी झैं ज्योती बाली एन्डहकारमा चम्किन्छ

चाहे झुकोस नीलो आकाश यो नेपाली झुक्दैन
चाहे रुकोस चीसो बतास यो नेपाली रुक्दैन"

Srinity Rijal performing during Nepal Flag Raising Ceremony at City Hall, Jersey City on June 30, 2017.

त्यसैगरी, बाल कलाकार शृनिती रिजालले प्रस्तुत गरेको "डान्फे झैं नाँच्ने" नारी प्रधान गीतको नृत्यमा नृत्यमा नेपाली चेलीहरुले आफ्नो गर्व महशुस गरे:

"डान्फे झैं नाँच्ने, हिमाल झैं हाँस्ने नेपालकि छोरी हूँ म
प्रकृतिले नै रंग भरेकी सुकुमारी हूँ म"


जर्सी सिटी एक मात्र अमेरिकी शहर हो जस्ले नेपालमा सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पबाट प्रभावित नेपाली परिवारहरुको अमेरिकामा रहेका नेपालीहरुको लागि टिपिएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) प्रदान गर्न अनुरोध गर्दै सिटी काउन्सिलबाट रिजोलुसन पारित गरेको थियो । सन् २०१५ को जुन २४ तारिख अमेरिकी फेडेरल सरकारको होमल्याण्ड सेक्यूरिटी डिपार्टमेण्टले नेपाललाई १८ महिनाको लागि टिपिएस स्टाटस प्रदान गरेको थियो जुन दोश्रो पटक पुन: नविकरण भैइसकेको छ । जर्सी सिटीले गत फेब्रुवरी ९ तारिख आफूलाई आप्रवासीहरुको लागि स्याङ्चुरी (सुरक्षित) सिटीको रुपमा घोशणा गरेको छ ।

फोटो: युएसनेपालअनलाईनको लागि दीपक परियार, प्रदीप परियार थापा, भिडियो: निर्मला कुमाल

-Pradeep Pariyar Thapa in Jersey City

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.