Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय पदाधिकारीहरुको पदस्थापन समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 28 January 2015 06:31
Article Index
न्यू योर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय पदाधिकारीहरुको पदस्थापन समारोह सम्पन्न
More photos from Jana Samparka Samiti America Introduction ceremony 2015
All Pages

Special: 50 photos: न्यू योर्क- नेपाली जनसम्पर्क समिति अमेरिकाको गत नोबेम्बर महिनामा निर्वाचित केन्द्रिय पदाधिकारीहरुको पदस्थापन समारोह सम्पन्न भएको छ । नेपाली काँग्रेसको भात्री संगठनकोरुपमा कृयाशील जनसम्पर्क समितिको टेक्सास राज्यको डालस शहरमा नोबेम्बर २२ र २३ तारिखबीच सम्पन्न दोश्रो केन्द्रिय महाधिबेशनद्वारा सभापतिमा न्यू योर्कका आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित भएका थिए । समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ सभापति: धनन्जयनरसिंह केसी; उप-सभापतिहरु: भगवानप्रसाद मैनाली, चेतप्रसाद पौडेल, धर्मराज श्रेष्ठ; महासचिव: मुनिन्द्र नेम्बाङ (लिम्बु); सचिवहरु: भोजराज थोकर (तामाङ), ईश्वर सापकोटा; कोषाध्यक्ष: बिजय थुलुङ राई निर्वाचित भएका थिए । त्यसैगरी, केन्द्रिय कार्य समिति सदस्यहरुमा अमृत भट्टराई, गोकुल ढकाल, गोपाल बिश्वकर्मा, ज्ञानेन्द्रराज कार्की, हरिबोल भण्डारी, हरिप्रशाद शर्मा, केशब बराल, किलन्चन्द्र राई, लोकबहादुर लामा तामाङ, मन्तिकुमारी शाह, माया कडायत पौडेल, ओम भटराई, पबिता परियार, पिताम्बर भुषाल, प्रमोद सिटौला, रबिनकुमार बस्नेत, सन्तोष पहरी, सुबास लामा, सुभेन्द्र रानाभाट र सुन्दरकुमार गुरुग निर्वाचित भएका थिए ।

 



जनवरी २५ तारिख न्यू योर्कको ज्याक्सन हाईट्सस्थित सत्यनारायाण मन्दिरमा आयोजित पदस्थापन समारोहमा समितिका निबर्तमान संयोजक बिष्णु सुबेदीले नवनिर्वाचित अध्यक्ष आनन्द बिस्टलाई परम्परागत खादा पहिर्याएर स्वागत एबं बधाई दिंदै समितिको खातापाता हस्तान्तरण गरेका थिए । निबर्तमान संयोजक सुबेदीले समितिका अन्य निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पनि खादाद्वारा स्वागत एबं बधाई दिएका थिए ।



समारोहमा समितिका केन्द्रिय सदस्य ज्ञानेन्द्रराज कार्कीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने केन्द्रिय महासचिब मुनिन्द्र नेम्बबाङ लिम्बुले समारोहको सन्चालन गरेका थिए ।

समारोहलाई सम्बोधन गर्नेहरुमा जनसम्पर्क समिति अमेरिका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क समिति अमेरिकाका निबर्तमान संयोजक बिष्णु सुबेदी, एनआरएन अमेरिका अध्यक्ष खगेन्द्र जीसी, बाल्टिमोर नेपालिज एशोसिएसन (बाना) कि पूर्व अध्यक्ष रबिना थापा, एनआरएन आईसिसी महिला सशक्तिकरण टास्क फोर्स प्रमुख एबं एड्वन संस्थापक डा. बिष्णुमाया परियार, जनसम्पर्क समिति अमेरीका केन्द्रिय वरिस्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, नेपालिज एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाका संरक्षक दुर्गाप्रशाद दाहाल, अमेरिका नेपाल च्याम्बर्स अफ कमर्सका उपाध्यक्ष ब्याबसायी सानुबाबु सिल्वाल, जनसम्पर्क समिति अमेरीका केन्द्रिय उप-सभापतिहरु चेतप्रसाद पौडेल, धर्मराज श्रेष्ठ; जनसम्पर्क समिति अमेरीका केन्द्रिय सचिव ईश्वर सापकोटा, जनसम्पर्क समिति अमेरीका केन्द्रिय कोषाध्यक्ष बिजय थुलुङ राई, जनसम्पर्क समिति क्यालिफोर्निया च्याप्टर सभापति चन्द्र धिताल, जनसम्पर्क समिति अमेरीकाका निबर्तमान पूर्व उपसंयोजक बेदप्रशाद खरेल, जनसम्पर्क समिति न्यू योर्क च्याप्टर सभापति उपसभापति जनेश गुरुङ, सोआईटी अफ हस्पिटल मेडिसिन न्यू मेक्सिको प्रेसिडेण्ट डा. केशब पौडेल, नेपाल बिद्यार्थी संघका पूर्व महासचिब शिबप्रकाश भुर्तेल, डा. अंगराज तिमील्सिना, जनसम्पर्क समिति भर्जिनिया च्याप्टर सभापति राज सेन्चुरी, जनसम्पर्क समिति न्यू योर्क च्याप्टर सभापति रोशन ढुङ्गाना, एनआरएन अमेरिका महासचिब कृष्ण पोख्रेल, शैलेश आचार्य, लुम्बिनी बिकास कोशका पूर्व सदस्य सचिब आङ दावा शेर्पा, जनसम्पर्क समिति मिचिगन च्याप्टर सभापति रामप्रशाद बस्याल, नेका गोर्खा जिल्ला पूर्व सभापति बुद्धीप्रशाद श्रेष्ठ, नेका महासमिति सदस्यहरु सिंहबहादुर राना मगर र बुद्धिमान तामाङ; बिश्वबन्धु प्रशाई, केन्द्रिय सदस्यहरु ओम भट्टराई, सन्तोश पहरी र प्रमोद सिटौला थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


















Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको सभापतिमा आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित, महासचिबमा मुनिन्द्र नेम्बाङ (लिम्बु), २ जना महिला माया कडायत पौडेल र गायिका पबिता परियार बिजयी

-जनसम्पर्क समिति अमेरिकाबाट जबाफ चाहियो

-न्यू योर्कमा जनसम्पर्क समितिद्वारा दीपावली (तिहार) को अवसरमा शुभकामना आदान प्रदान

-न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

-न्यू योर्क जनसम्पर्क समिति च्याप्टरद्वारा कार्य समिति पदाधिकारीहरुको चयन

-न्यू योर्कमा १०१ औं बिपि जन्मजयन्ती सम्पन्न

-न्यू योर्कमा प्रधानमन्त्री कोईरालासंग एनआरएन अमेरिका, जनसंपर्क समिति र आदिबासी जनजाति महासंघका प्रतिनिधीहरुबीच भेटघाट, प्रमको स्वास्थ्य लाभको कामना

-न्यू योर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको जनसंपर्क समितीद्वारा स्वागत समारोह सम्पन्न

-नेपाली जनसम्पर्क समिती अमेरिकाद्वारा नेपाली काङ्ग्रेस पार्टीको घोषणा पत्रमा 'एक पटकको नेपाली संधैको नेपाली' भन्ने अवधारणा उल्लेख गर्न माग

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.