Inside

All Time Top 50 News

नेपाली जनसम्पर्क समिती अमेरिकाद्वारा नेपाली काङ्ग्रेस पार्टीको घोषणा पत्रमा 'एक पटकको नेपाली संधैको नेपाली' भन्ने अवधारणा उल्लेख गर्न माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pramod Sitaula   
Monday, 16 September 2013 15:26

Exclusive: न्यू योर्क- नेपाली जनसम्पर्क अधिवेशन तयारी समिती अमेरिकाको बैठकले सबै चाप्टरहरुमार्फत सदस्यता वितरण, बिदेशमा बस्ने नेपालीहरुलाई आउँदो संविधान सभामा मत दिने अधिकार, एक पटकको नेपाली संधैको नेपाली भन्ने अवधारणा नेपाली काङ्ग्रेस पार्टीको घोषणा पत्रमा उल्लेख गर्ने मागलगायत विभिन्न ६ वटा निर्णयहरु गरेको छ ।


सेप्टेम्बर १५ तारिख आइतबार सम्पन्न बैठकले लामो समयदेखि रोकिएर रहेको जनसम्पर्क समितिको अधिवेशनलाई अगाडि बढाउनकालागि सबै चाप्टरहरुलाई सदस्यता वितरणसंगै संगठन बिस्तार गरी अधिवेसन गराउनका निम्ति, एक महिना भित्रमा चाप्टरका सभापतिको संयोजकत्वमा आवश्यकता अनुसार एक चुस्त अधिवेशन तयारी समितिको निर्माण गर्ने र संविधान सभाको निर्वाचन, नेपालीहरुको महान चाँड दसैं, तिहार र क्रिस्मसलगायतसमेतलाई ध्यानमा राखी आउँदो फेब्रअरीसम्ममा सम्पूर्ण चाप्टरका अधिवेशन गरिसक्नु पर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको निर्देशनअनुसार आउँदो संविधान सभाको निर्वाचनकालागि अमेरिकामा रहेका कांग्रेसका शुभचिन्तक र नेसजमा आबद्धलाई तन, मन र धनले सहयोग गर्ने भएको छ । संविधान सभाको गरिमामय सभामा नेजस अमेरिकाबाट पनि समानुपातिकमा सहभागी गराइयोस भनि पार्टी सँग माग गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकले बिदेशमा बस्ने नेपालीहरुलाई आउँदो संविधान सभामा मत दिने अधिकारबाट बन्चित नगरियोस भनि पार्टीसँग आग्रह गरेको छ । एक पटकको नेपाली संधैको नेपाली भन्ने अवधारणा पार्टीको घोषणा पत्रमा राखियोस भन्ने पनि समितिले आग्रह गर्ने निर्णय गरेको छ ।

-Pramod Sitaula in New York

नेपाली जनसंपर्क अधिवेशन तयारी समिती अमेरिकाको प्रेस बिज्ञप्ति

आज मिती १५ सेप्टेम्बर २०१३  मा बसेको नेपाली जनसंपर्क केन्द्रीय  अधिवेशन तयारी समिती अमेरिकाको बैठकबाट निम्न बिषयहरु निर्णय गरिएका छन्:

१. लामो समयदेखी रोकिएर रहेको जनसंपर्क समितिको अधिवेशनलाई अगाडि बढाउनकालागि सबै चाप्टरहरुलाई सदस्यता वितरणसंगै संगठन बिस्तार गरी अधिवेसन गराउनका निमित, एक महिना भित्रमा चाप्टरका सभापतिको संयोजकत्वमा आवश्यकताअनुसार एक चुस्त अधिवेशन तयारी समितिको निर्माण गरी, आउंदो संविधान सभाको निर्वाचन, नेपालीहरुको महान चाँड दसैं, तिहार र क्रिस्मसलगायत वेदर समेतलाई ध्यानमा राखी आउदो फेब्रेवेरी २०१४ को मसान्तसम्ममा सम्पूर्ण चाप्टरका अधिवेशन गरिसक्नु पर्ने निर्णय गरिएको छ ।

२. हालै कोलोराडोमा गएको भीषण बर्षाबाट पीडित बन्न पुगेका सम्पूर्ण अमेरिकन र नेपालीहरुप्रति गहिरो दु:ख ब्यक्त निर्णय गरिएको छ ।

३. पार्टीको निर्देशनअनुसार आउँदो संविधान सभाको निर्वाचनकालागि अमेरिकामा रहेका सम्पूर्ण काँङ्रेसका शुभचिन्तक र नेसजमा आबद्ध साथिहरुबाट तन, मन र धनले सहयोग गर्ने निर्णय गरिएको छ ।

४.संविधान सभाको गरिमामय सभामा नेजस अमेरिकाबाट पनि समानुपातिकमा सहभागी गराइयोस भनि पार्टीसंग माग गर्ने निर्णय गरिएको छ।

५. बिदेशमा बस्ने नेपालीहरुलाई आउँदो संबिधान सभामा मत दिने अधिकारबाट बन्चित नगरियोस भनि पार्टिले आफ्नो घोषणा पत्रमा सो कुरा उल्लेख गरोस  भन्दै पार्टिसंग आग्रह गर्ने निर्णय गरिएको छ।

६. एक पटकको नेपाली संधैको नेपाली भन्ने अवधारणा पार्टिको घोषणा पत्रमा राखियोस भन्दै पार्टिलाई आग्रह गर्ने निर्णय गरिएको छ।

जय नेपाल !

बिष्णु सुवेदी
संयोजक
नेपाली जनसंपर्क केन्द्रीय अधिवेसन तयारी समित, अमेरिका

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.