Inside

All Time Top 50 News

अमेरिकी जनसम्पर्क काँग्रेसी बन्धुहरुमा फेरी भाँडभैलो: सभापति आनन्द बिस्ट निलम्बनमा, बिस्टद्वारा पनि वरिष्ठ उपसभापति, उपसभापति र महासचिवलाई निलम्बन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 02 April 2016 00:37

Exclusive: 29 photos: न्यू योर्क- स्थापना कालदेखिनै कचङ्गलोमा फँस्दै आएको नेपाली जनसम्पर्क समिति अमेरिकामा फेरी भाँडभैलो शुरु भएको छ । समितिको सन् २०१४ को नोबेम्बर २२ र २३ तारिखबीच टेक्सास राज्यको डालस शहरमा  सम्पन्न एकताको दोश्रो केन्द्रिय महाधिबेशनद्वारा झण्डै ८० प्रतिशत मत ल्याएर सभापतिमा निर्वाचित भएका शक्तिशाली मानिने न्यू योर्कका आनन्द (गोरखबहादुर) बिस्ट अप्रिल फूलको अघिल्लो साँझ अर्थात मार्च ३१ तारिख बेलुकी बसेको जनसम्पर्क समितिको आकस्मिक बैठकद्वारा निलम्बनमा परेकाछन् भने बैठकले वरिष्ठ उपाध्य्क्ष धनन्जय नरसिंह केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको छ । बैठक पछि जारी प्रेस बिज्ञप्तिमा भनिएको छ: "नेपाली जनसंपर्क समिति अमेरिकाको वर्तमान नेत्रृत्वको निरंकुश एवं अलोकतान्रीक कृयाकलापहरूले लोकतन्त्रको परिभाषालाई दिग्भ्रमित वनाएको छ जसका कारण लोकतान्त्रीक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीमा गरिमाको धज्जी उडेको छ" । उक्त बिज्ञप्तिको अन्तमा "वरिष्ठ उपसभापति (का.वा.)- धनन्जय नरसिंह केसी, उपसभापति- चेतप्रसाद (सिपी) पौड्याल, महासचिव- मुनिन्द्र नेम्बाङ, सचिव- भोजराज थोकर, सचिव- ईश्वर सापकोटा, कोषाध्यक्ष- बिजय थुलुडंग लगायत बहुमत सदस्यहरूको तर्फबाट" उल्लेख छ । युएसनेपालअनलाईनसंग बिशेष कुराकानी गर्दै उपसभापति सिपी पौड्यालले अध्यक्ष बिस्टले समितिको अनुमोदन बेगरनै ४ जना सदस्यहरुको मनोनयन गरेको, नेपाली कांग्रेसको तेह्रौं महाधिवशेनमा कार्यसमितिको अनुमोदन बेगर आफूसहित ७ जना मनोनित गरी सहभागी हुन गएको, कनिश्टलाई महासमिती सदस्य मनोनित गरेको, १२ वटा बिभागीय प्रमुखहरु नियुक्त गर्दा कार्य समितिको अनुमोदन बिना २७ वटा राज्य च्याप्टर भएको जनसम्पर्क समितिबाट समानुपातिक नमिलाएर ७ जना बिभागिय प्रमुख न्यू योर्कबाट मनोनित गरेको लगायतका कारण अध्यक्ष आनन्द बिस्टलाई निलम्बन गर्नु परेको बताए । उनले २९ सदस्यीय निर्वाचित कार्यसमितिमा आफूहरु बहुमतमा रहेको ठोकुवा पनि गरे । उता शुक्रवार अप्रिल १ तारिख मध्य रातसम्म समितिको बैठक बसेर सकेपछि युएसनेपालअनलाईनसंग बिशेष कुराकानी गर्दै सभापति आनन्द बिस्टले कार्यसमितिको आकस्मिक बैठकमा १९ जनाको उपस्थिती रहेको र उक्त बैठकले संस्थाको हित बिपरित कार्य गर्दै हिडेको कारण वरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, उपसभापति चेतप्रसाद पौड्याल र महासचिव मुनिन्द्र नेम्बाङलाई ३ महिनाको लागि निलम्बन गरेको जानकारी दिए । उनले सभापतिलाई निलम्बन गर्नको ९ सय कृयाशील सदस्यहरु रहेको जनसम्पर्क समितिको ५१ प्रतिशत सदस्यहरुद्वारा बिशेष बैठक बोलाईनु पर्ने र उक्त बैठकको दुई तिहाई सदस्यद्वारा अबिश्वासको प्रस्ताव पारित गरेमा मात्र आफूलाई सभापतिबाट निलम्बन गर्न सकिने दावी गरे । पढ्नुहोस् प्रेस बिज्ञप्ति, अप्डेट जारी छ:

Nepali Jana Samparka Samiti America executive committee 2014-2017


संयुक्त प्रेस विज्ञप्ति

आदरणीय साथिहरू
जय नेपाल !

लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल आदर्शलाइ सम्मान गर्ने नेपालको मुख्य राजनितिपार्टी नेपाली काँग्रेसको गौरवशाली इतिहाँसले सदैव निरंकुशताको कडा प्रतिवाद र लोकतान्त्रिक पद्धतिको खरो समर्थन गर्दै आईरहेको कुरा हामी सबै माँझ छर्लडंग छ । पार्टी निर्माण हुँदा संगठन चलाउने लोकतान्त्रीक प्रकृया विधी,विधान र नियमहरू हुन्छन्, त्यसैका आधारमा संगठन सुचारू रूपले चल्ने गर्दछ । लोकतन्त्रको पर्याय बोकेको नेपाली काँग्रेस पार्टीमा अझ अरू पार्टीमा भन्दा लोकतान्त्रीक पद्धतिको उचित प्रयोग जोडदार रूपले हुनु पर्दछ, तर विडम्बना नेपाली काँग्रेसको भातृ संगठन हाम्रो नेपाली जनसंपर्क समिति अमेरिकाको वर्तमान नेत्रृत्वको निरंकुशत एवं अलोकतान्रीक कृयाकलापहरूले लोकतन्त्रको परिभाषालाई दिग्भ्रमित वनाएको छ जसका कारण लोकतान्त्रीक पद्धतिलाई विश्वास गर्ने नेपाली काँग्रेस पार्टीमा गरिमाको धज्जी उडेको छ ।

अहिलेको नेतृत्वका प्रतेक क्रियाकलपहरूले पहिले देखि भत्कीएको नेपाली जनसंपर्क समिति अमेरिकाको विश्वासहरूलाई झन ठुलो भाँजो हालेर फराकिलो बनाई दिएको छ । थुप्रैं तितो अनुभवहरूबाट टुक्रिएका विश्वासहरू, गुज्रिएका हाम्रा पलहरू नेपाली जनसंपर्क समिति अमेरिकाको एकताको दोस्रो डल्लास अधिबेशनबाट अमेरिकामा रहेका लोकतन्त्रवादी नेता र कार्यकर्ताहरू माँझ पलाएका आशाका पालुवाहरू नेत्रृत्वको निरंकुश शैलिका कारण शिकार बन्न पुगेको छ । हाम्रो नेत्रृत्वले गरेको यिनै ठुला गल्तिहरूका कारण संगठन कहिल्यै एक ढिक्का भएर अघि बड्न नसकी विभाजनको दिशामा जाने ठहर गरी, मिति ३१, मार्च २०१६ का दिन संस्थाको बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीको अध्यक्षतामा कार्यसमितिको बैठक वसी देहाय बमोजिमको निर्णय गरेको छ ।

निर्णयहरू:

१. हालै सम्पन्न भएको नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित, शेर बहादुर देउवा, महामन्त्रीमा निर्वाचित शंशाक कोइराला , कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव, खुल्ला, क्षेत्र र आरक्षणबाट निर्वाचित एवं भरखरै मनोनीत केन्द्रीय सदस्यहरू लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
२. एक भएको संगठनमा नियोजित ढंगले विवाद भित्र्याई संस्थामा निरंकुशता लादेको एवं आर्थिक पारदर्शिता नभएको जस्ता धरै ठुला त्रृटिहरूका कारण संगठन बचाउँनका निमित्त संस्थाका सभापति आनन्द बिष्टलाई बाध्य भएर बहुमत सदस्यहरू द्दारा निलम्बन गरीएको छ र छानविनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा बोदार्थ पठाउँने निर्णय गरेको छ।
३. सोही बैठक बाट संगठनलाई चलायमान राख्नका लागि संस्थाका बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीलाई कार्यवाहक सभापतिको रूपमा कार्य संचालन गर्ने जिम्मेवारी दिईएको छ ।
४. यो निर्णयबाट कतिपनि बिचलित नभई दैनिक कार्यक्रमहरू संन्चालन गर्न कार्यसमितिका सम्पूर्ण सदस्यहरू र च्याप्टर सभापतिहरूलाई बैठकले बिनम्र अनुरोध गरेको छ ।
५. निलम्बित सभापति आनन्द बिष्टलाई निलम्बन गरिएको समयावधि भर नेपाली जनसंपर्क समिति अमेरिकाको सभापतिको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागि नहुन सुचित गर्ने निर्णय गरेको छ ।

धन्यवाद

धनन्जय नरसिंह केसी -बरिष्ठ उपसभापति (का.वा.)
चेत प्रसाद पौड्याल - उपसभापति
मुनिन्द्र नेम्बाङ - महासचिव
भोज राज ठोकर - सचिव
ईश्वर सापकोटा - सचिव
बिजय थुलुडंग - कोषाध्यक्ष
लगायत बहुमत सदस्यहरूको तर्फबाट
नेपाली जनसम्पर्क समिति अमेरिका

बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीको प्रेस विज्ञप्ति

नेपालको धार्मिक, सांस्कृति तथा पर्यटकीय महत्व र यसको बारेमा विश्वसामु प्रचार प्रचार गर्नुपर्ने सबैको दायित्व हो । यही सिलसिलामा आगामी मे ११ मा अमेरिकामा ‘नेपाल डे परेड २०१६’ सम्बन्धी विशेष कार्यक्रम हुन लागेको प्रति अत्यन्तै खुसी लागेको छ । भूकम्प र नाकाबन्दीबाट मुलुकको अर्थतन्त्र जर्वर नेको अहिलेको अस्थामा विदेशी भूमिका यस्ता कार्यक्रम हुँदा आर्थिक मेरुदण्डको रुपमा रहेको नेपालको पर्यटन क्षेत्र पुरानै गतिमा अघिबढ्नेमा दुई मत छैन । यस्तो महत्वपूर्ण कार्यमा म बरिष्ठ उपाध्यक्ष रहेको नेपाली जनसम्पर्क समितिका तर्फबाट समेत सहकार्य भएको थाहा पाउँदा अत्यन्तै खुसी लागेको छ । जनसम्पर्क समितिका तर्फबाट सभापति आनन्द विष्टले महावाणिज्यदुतावासमा पुगेर हस्ताक्षर गर्नुभएको रहेछ । तर यहाँ मैले यो विज्ञप्ति मार्फत के मात्रै स्पष्ट पार्न चाहेको हो भने सभापति विष्टले उहाँले एकपटक पनि हामीसँग यो विषयमा कुनै सल्लाह र छलफल नै नगरी एकलौटी तरिकाले नेपाली महावाणिज्य दूतावास मा पुगेर संस्थाको प्रतिनिधित्व गराउनुभएको हो ।

आफ्नो माउ पार्टीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासन जस्ता मूलभूत मर्म र भावना विपरित, संस्थालाई नै बदनाम गराउने हिसावल सभापतिले सिँगो कार्यसमितिलाई नै जानकारी नगराई यस्ता ऐतिहासिक महत्वका विषयमा एकलौटी निर्णय गर्दा सिँगो कार्यसमिति दुःखी छ । नेपाल डे परेड मनाउने विषयमा कार्यसमितिका साथिहरुको पनि सकारात्म सुझाव तथा सल्लाहहरु थिए होलान् । तर सभापतिले आफूलाई सर्बोपरी ठानेर एक्लै अघि बढ्नुका पछाडिको कारण के हो अधिकांश साथीहरु यसको जवाफमा छन् । नेजस अमेरिका जस्तो जिम्मेवार संस्थाका सभापतिको यस्तो गैरजिम्मेवारीपूर्ण कामले सबैलाई स्तव्ध बनाएको छ । नेपाल र नेपालीको बारेमा विश्व समुदायलाई जानकारी गराउने यो पुनित कार्यमा किन कार्यसमतिलाई बाईपास गरेर सभापति अघि बढ्नु भयो ? त्यसको तार्किक जवाफ सभापतिसँग पक्कै छैन होला ।

कार्यसमितिका ९० प्रतिशत साथिहरुलाई जानकारी नै नगराई निर्णय प्रक्रियामा सहभागी हुने र त्यहाँ गएर संस्थाको प्रतिनिधित्व गर्ने नैतिक आधार तपाईँसँग के छ ? भोलि यी कार्यसमितिका साथिहले तपाईका यी कर्तुतको भण्डाफोर गरे भने त्यसको सामना गर्न तपाईँ सक्नुहुन्छ ? त्यसैले म न्यूयोर्कस्थित नेपाली कन्सुलेट अफिस र अन्य सबै सरोकारवाला निकायहरुलाई के जानकारी गराउन चाहन्छु भने नेपाली जसम्पर्क समितिका ९० प्रतिशत साथिहरुको सहमति विना गरिएको यो निर्णय नेजस अमेरिकाकोको निर्णय हुँदै सक्दैन । यद्यपि नेपाल डे परेड मनाउने विषयमा मेरो बेक्तिगत रुपमा पूर्ण साथ र समर्थन छ । यसरी एकलौटी ढंगले निर्णय गर्ने व्यक्तिले भोलि संस्थाको हित विपरित हुने गरी निर्णय नगर्ला भन्ने आधार के ?

त्यसैले अब यसप्रति सम्बन्धित सबै निकायलाई विशेष चनासो रहन अनुरोध गर्दछु । संस्थागत रुपमा भन्दै उहाँले व्यक्तिगत निर्णय गर्ने र भोलि नकारात्मक काम भएको खण्डमा सिँगो कार्यसमिति नै विवादमा तानिने काम हुने खतरा पनि रहेकोले यसतर्फ बेलैमा सचेत हुनुको कुनै विकल्प छैन । पछिल्लो पटक सभापतिको यो कार्यशैली अत्यन्तै तानाशाही ढंगको भएकाले आउँदा दिनमा संस्थाको नाममा हुनसक्ने विभिन्न क्रियाकलापमा तपाईँहरुले सिँगो कार्यसमितिबाट निर्णय भएर आएको हो होइन बुझेर मात्रै संस्थालाई सहभागी गराउनुहुन अनुरोध गर्दछु । अन्त्यमा नेपाल डे परेड २०१६ को पूर्ण सफलताको कामना गर्दछु ।

धनञ्जयनरसिंह केसी
बरिष्ठ उपभापति,
नेजस अमेरिका ।

Read related news about Nepali Jana Samparka Samiti America:

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय पदाधिकारीहरुको पदस्थापन समारोह सम्पन्न

-न्यू योर्कमा जनसम्पर्क समितिद्वारा पूर्व मन्त्री केसीको स्वागत

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको सभापतिमा आनन्द (गोरखबहादुर) बिस्ट निर्वाचित, महासचिबमा मुनिन्द्र नेम्बाङ (लिम्बु), २ जना महिला माया कडायत पौडेल र गायिका पबिता परियार बिजयी

-जनसम्पर्क समिति अमेरिकाबाट जबाफ चाहियो

-अमेरिकामा काँग्रेस जनसम्पर्क समितिको चुनावी भिडन्त: अन्तत: सुबेदी र बिस्टबीच कडा प्रतिस्पर्धा हुने सम्भावना

--न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पदमा अनन्द बिस्टद्वारा घोशणा: अन्य ४ प्रत्यासीहरु दाबेदार

-न्यू योर्कमा जनसम्पर्क समितिद्वारा दीपावली (तिहार) को अवसरमा शुभकामना आदान प्रदान

-न्यू योर्कमा नेपालका प्रधानमन्त्री सुशिल कोईरालाको नेपालीहरुद्वारा स्वागत, उनले यसरी मन जिते

-न्यू योर्क जनसम्पर्क समिति च्याप्टरद्वारा कार्य समिति पदाधिकारीहरुको चयन

-न्यू योर्कमा १०१ औं बिपि जन्मजयन्ती सम्पन्न

-न्यू योर्कमा प्रधानमन्त्री कोईरालासंग एनआरएन अमेरिका, जनसंपर्क समिति र आदिबासी जनजाति महासंघका प्रतिनिधीहरुबीच भेटघाट, प्रमको स्वास्थ्य लाभको कामना

-न्यू योर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको जनसंपर्क समितीद्वारा स्वागत समारोह सम्पन्न

-नेपाली जनसम्पर्क समिती अमेरिकाद्वारा नेपाली काङ्ग्रेस पार्टीको घोषणा पत्रमा 'एक पटकको नेपाली संधैको नेपाली' भन्ने अवधारणा उल्लेख गर्न माग

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा ९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.