Inside

All Time Top 50 News

एआरएन अमेरिकाको चुनावी सरगर्मी, आईसिसी अगुवाहरु नै लागेर नयाँ नेत्रित्व चुन्न आतुर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 12 February 2014 07:28

Updated: Exclusive: 7 photos: न्यू योर्क- गैर आवासीय नेपाली संघ (एनआरएन) आई सिसीकोलागि 'नखाउँ भने दिन भरको शिकार खाउँ भने कान्छो बाउको अनुहार' बन्न पुगेको एआरएन अमेरिका (NRN USA) मा श्रीजना भएको नेत्रित्वबीचको भाँडभैलो साम्य पार्न भन्दै गर्न लागिएको निर्वाचन अन्तत: सम्पन्न हुने संकेत देखिएको छ।

NRNA ICC North America Deputy Regional Coordinator Sonanm Lama (2nd from left) reading his statement at the press meet in New York on February 9, 2014. Photos: eEyecam.com

एनआरएन आईसिसी उत्तर अमेरिकि क्षेत्रीय उपसंयोजक (DRC) सोनाम लामाद्वारा फेब्रुवरी ९ तारिख न्यू योर्कको ज्याक्सन हाइट्सस्थित उनकै नेपाली चमेना गृह हिमालयन याक रेस्टुरेन्टमा डाकिएको बिशेष पत्रकार सम्मेलनमा एआरएन अमेरिकाकि मिडिया संयोजक बनिता कतिला, एनआरएन अमेरिका बोर्डद्वारा नियुक्त प्रमुख निर्वाचन आयुक्त वकिल बिनोद रोका र संघको बिधान रिभियू समितिका अध्यक्ष वकिल दुर्गा भुर्तेलले चुनाव गराउने कुरा गरेपछि एनआरएन आईसिसी (NRNA ICC) ले आगामी मार्च ३१ भित्र निर्वाचन गर्नु पर्ने भनी स्विक्रिती दिएको थप म्याद भित्र एनआरएन अमेरिका (NRN USA) को नयाँ नेत्र्तित्व चुनिने संकेत देखिएको हो।

क्षेत्रीय उपसंयोजक सोनाम लामाले सम्बोधन गर्दै एनआरएन अमेरिकाको निर्वाचन थपिएको म्याद मार्च ३१ तारिख भित्र गर्नु पर्ने कुरामा जोड दिए।

NRNA ICC North America DRC Sonanm Lama (2nd from left) speaking at the press meet in New York on February 9, 2014. Photos: eEyecam.com

'निमार्णाधिन संविधानमा हामीले बर्षौंदेखि माग्दै आएको दोहोरो नागरिकता सम्बन्धि नीति निमार्णकालागि अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरु एकजुट हुनु पर्ने अवस्था' रहेको स्मरण गराउँदै उनले "युरोप र अष्ट्रेलिया जस्ता देशहरुमा स्थापना भएका आइसीसीमा आवद्द भएर उनीहरुलेसमेत यस प्रकारको मागलाई नेपाल सरकार, राजनीतिक दल र अन्य शक्तिहरुसँग छलफल गरेर दबाव पुर्याउँदै आएकोमा उनीहरुलाई सघाउनकै लागि मात्र भए पनि हाम्रो एकता अपरिहार्य रहेको छ" भने।



"एनसीसी अमेरिकाको दुर्वल र कमजोर पक्षहरुलाई निरुत्साहित गरेर सवल र बलियो पक्षलाई प्रोत्साहित गरी विश्व सामु हाम्रो एकता र हाम्रो संघलाई उदाहारणिय बनाउनुको विकल्प छैन" भन्दै क्षेत्रीय उपसंयोजक लामाले
"विगतमा हाम्रो संस्थामा देखिएको केहि समस्याहरुलाई वार्ता र संवादको माध्यमबाट सहजरुपले निकास दिलाउदै आगामी दिनहरुमा अझ मजबुद र बलियो बनाउनु हामी सबैको जिम्मेवारी हो" उल्लेख गरे।

NRNs at the press meet in New York on February 9, 2014. Photos: eEyecam.com

बैधानिकताको संकट

गत बर्ष मे महिनामा सम्पन्न एनआरएन अमेरिकाको दोश्रो अधिबेशनको बैधानिकताउपर र उक्त अधिबेशनबाट निर्बाचित भनिएका अध्यक्ष प्रल्हाद केसीलाई बर्तमान कार्य समितिको दुई तिहाई बहुमतद्वारा निस्कासन गरिएपछि बरिस्ठ उपाध्यक्षबाट कार्यबाहक अध्यक्ष बन्न पुगेका शिवकुमार राईको कार्य समितीलाई एनआरएन आईसिसीले मान्यता दिन कन्जुस्याई गरेको थियो। त्यो कारण संघको अन्तरराश्ट्रिय समन्बय समिती (आईसिसी) संगको सम्बन्ध धरापमा पर्न गएको थियो भने उता जिवा लामिछाने अध्यक्ष हुँदाको आईसिसीले जनवरी ३१ तारिखभित्र अधिबेशन गरेर नयाँ कार्यसमितिको चयन नगरे आईसिसीसंगको आबद्धता तोड्ने चेतावनी पत्रसमेत काटेको थियो। तर उक्त समयमा संघको हालको बिधानअनुसार (समयाभाव) निर्वाचन गराउन सम्भव नहुने कानूनी अड्चनको कारण निर्वाचनको मिती सार्नु परेको थियो।

NRN USA leaders in crisis?: Shiva K. Rai, Pralhad KC and Suman R. Timsina. Photos: eEyeCam.com

यसबीच, आईसिसीमा नयाँ अध्यक्षकोरुपमा शेश घले निर्बाचित भएपछि मार्च ३१ सम्मको थप समयमा आईसिसीले सहमती जनाएको थियो।

यसैबीच, एनआरएन अमेरिकाको फेब्रुवरी १ तारिख बसेको बोर्डको बैठकले फेब्रुवरी २५ तारिखसम्मकोलागि सदस्यता नविकरण र नयाँ सदस्यता बितरणको म्याद थपेको छ।

'कू' को ब्रितान्त

स्मरण रहोस्, एनआरएन अमेरिकाको साढे दुई बर्षभित्र २ जना अध्यक्षहरु बर्खास्तगी (कू) मा परिसकेकाछन्।

सन् २०११ को सेप्टेम्बर १० तारिख तत्कालिनका अध्यक्ष सुमनराज तिम्सिनाले कार्य समितिको दवाबका कारण राजिनामा दिन वाध्य पारिएका थिए भने तत्कालिन बरिस्ठ उपाध्यक्ष प्रल्हाद केसी कार्यबाहक अध्यक्ष बनेका थिए।

यता सन् २०१३ को अगस्ट १ तारिख बसेको कार्य समितीको बैठकले अध्यक्ष प्रल्हाद केसीलाई एक्लैलाई मनमौजी निर्णय गरेको भन्दै अध्यक्ष पदबाट अपदस्त गरेको थियो। त्यसपछि बरिस्ठ उपाध्यक्षबाट शिवकुमार राई कार्यबाहक अध्यक्ष बन्न पुगेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read NRN USA related news:

-http://usnepalonline.com/nrnusa/

-एनआरएन अमेरिकाको चुनावी भाँड्भैलो: एनआरएन आईसिसीद्वारा आबद्धता तोड्ने चेतावनी, अब के होला?

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गंगाराज राईको स्वागत

-न्यू योर्कमा एनआरएन अमेरिकाद्वारा अबसर र चुनैतीबारे अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिका प्रेसिडेन्ट प्रल्हाद केसी र ७ जना आईसिसी प्रतिनिधीहरुद्वारा सामूहिक राजिनामा, अब के होला?

-अब सुनौं एनआरएन अमेरिका अध्यक्ष प्रल्हाद केसीको भनाई

-एनआरएन अमेरिका अध्यक्ष प्रह्लाद केसी बहुमत सदस्यद्वारा निष्कासित

-एनआरएन अमेरिकाद्वारा "एनआरएन हिरो-२०१३" पुरस्कारद्वारा ४ जना नेपाली व्यक्तित्वहरु सम्मानित

-एनआरएन अमेरिका (NRN USA) को दोश्रो वार्षिक अधिवेसन सम्पन्न, अध्यक्ष केसीद्वारा अन्तरराश्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समिती २०१३-१४ को घोषणा

-एनआरएन अमेरिका (NRN USA) को सदस्यता नबिकरण गर्ने होइन?

-नेपालमा "गैरआवासीय नेपाली दिवस" (NRN Day) यसरी मनाइयो

-Make your New Year 2012 wish by donating for charitable causes of NRN USA

-एनआरएन अमेरिका (NRN USA) र अमेरिकि राजदूत स्कट डेलिसीबिच भेटघाट

-एनआरएन अमेरिका (NRN USA) बाट ५ औं एनआरएन विश्व सम्मेलनमा ९८ जना प्रतिनिधिहरुले भाग लिने

-First NRN NCC USA Annual General Meeting sucessfully held in New York

-न्यू योर्कमा गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA) को प्रथम वार्षिक साधारण सभा सम्पन्न

-न्यू योर्कमा एनआरएन अमेरिका (NRN USA) को वार्षिक अधिबेशन र निर्वाचन आज हुँदै

-न्यू योर्कमा एनआरएन अमेरिकाको केन्द्रिय कार्य समितिको निर्वाचन हुँदै तर न्यू योर्कबासी बेखबर

-न्यू योर्कमा एनआरएनद्वारा "नेपालको संबिधान निर्माण प्रकृया र चुनौतीहरु" अन्तर्कृया सम्पन्न

-एनआरएन अमेरिकाका महासचिब शिवकुमार राईलाई किन जङ्गेको जङ्ग चलेको छ?

-एनआरएन अमेरिका (NRN USA) को नयाँ कार्य समितिको पदस्थापनसंगै एकताको सन्देश दिने प्रयास

-एनआरएन अमेरिका (NRN USA) का प्रेसिडेन्ट सुमनराज तिम्सिनाद्वारा राजिनामा

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.