Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालको नम्बर एक फाइनान्स कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग भलाकुसारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 05 June 2011 08:33

न्यू योर्कमा प्रभु मनि ट्रान्सफरको २.५ मिलियन डलर लगानी, नेपालमा ४ अर्ब रुपैयाँ बचत
Exclusive: 2 videos, 4 photos:
न्यू योर्क- नेपालका फाइनान्स कम्पनीहरुमा सबैभन्दा धेरै बचत, ग्राहक र शाखा कार्यालय स्थापनामा नम्बर एक फाइनान्स कम्पनीकोरुपमा स्थापित प्रभु फाइनान्स कम्पनी लिमिटेड र नेपालमा भित्रिने कूल रिमिट्यान्सको २० देखी २२ प्रतिशत रिमिट्यान्स भित्रेयाउने प्रभु मनी ट्रान्सफर तथा यि दुई कम्पनीको अभिभावक कम्पनी प्रभु ग्रुपका अध्यक्ष देबिप्रशाद भट्टचन यतीखेर न्यू योर्क कुइन्स शहरस्थित ज्याक्सन हाइट्समा २.५ मिलियन अमेरिकि डलर लगानीमा खोलिएको प्रभु मनी ट्रान्सफर इङ्कको कार्यालयमा ब्यस्त देखिन्छन्। प्रस्तुत छ, युएस नेपाल अनलाइनले प्रभु ग्रुपका अध्यक्ष देबिप्रकाश भट्टचनसंग गरेको बिशेष भिडियो वार्ता:



Deviprakash Bhattachan, Chairman, Prabhu Group at his New York office. Photos: eEyeCam.com

Part- I: Interview with DP Bhattachan, Chairman, Prabhu Group Prabhu Money Transfer in NY, May 10, 2011



नेपालमा प्रभु फाइनान्स कम्पनी लिमिटेड (प्रभु बैक) ले आफ्नो ५ बर्षको कार्यकालमा १ लाख ३ हजार बचतकर्ताहरुबाट ४ अर्ब ६५ करोड रुपैयाँभन्दाबेशी बचत गर्न सफल भएको छ।

अध्यक्ष भट्टचनले युएस नेपाल अनलाइनसंगको बिशेष वार्तालापमा सगर्ब घोषणा गरे- "हामीले साढे दुई लाखदेखी ३ लाख नेपाली ग्राहकहरुलाई दैनिक ३ हजारको संख्यामा रिमिट्यान्स सेवा प्रदान गर्दै आएका छौं।"



हुन पनि गत बर्ष नेपाल भित्रिएको कूल रिमिट्यान्स ३ अर्ब रुपैयाँको २० देखी २२ प्रतिसत रकम प्रभु मनी ट्रान्सफरले नेपाल भित्रेयाएको रहेछ।

Part- II: Interview with DP Bhattachan, Chairman, Prabhu Group Prabhu Money Transfer in NY, May 10, 2011



प्रभु मनी ट्रान्सफरले मलेसिया, अमेरिका, बिभिन्न खाडी मुलुकहरुमा आफ्नै कार्यालयमार्फत रिमिट्यान्सको सेवा प्रदान गर्दछ भने मनीग्रामको च्यानेलबाट १५० भन्दा बढी मुलुकबाट नेपालमा पैसा पठाउन सकिने कुरा पनि अध्यक्ष भट्टचनले जानकारी गराए।

नेपालको छिमेकी मुलुक भारतका बिभिन्न बैंकका ६५ हजार शाखाहरुबाट नेपालमा भारु २५ हजारसम्म एक पटकमा पठाउन सकिने सेवा प्रदान गर्ने प्रभु मनी ट्रान्सफर नेपालको एक मात्र कम्पनी रहेको पनि अध्यक्ष भट्टचनले उल्लेख गरे।


Deviprakash Bhattachan, Chairman, Prabhu Group. Photos: eEyeCam.com

अध्यक्ष भट्टचन नेपाल रिमिट्यान्स एसोसिएसनका संस्थापक कोशध्यक्ष तथा पूर्व उपाध्यक्ष पनि हुन्।

उसो त प्रभु फाइनान्स कम्पनी नेपालमा डेबिट कार्ड स्यु गर्ने र इ-बैग्किङ शुरु गर्ने पहिलो फाइनान्स कम्पनी पनि हो।

बाग्लुङ ढोरपाटनका ४९ बर्शिय भट्टचनकि आमा यामकुमारी भट्टचन हुन् भने बुवा स्व. बालनरसिंह भट्टचन हुन्। उनका दाजु दिल्लीरमण भट्टचन अमेरिका मै छन् भने उनका दुई छोरीहरु सची र शिक्षा न्यू योर्क राज्यको स्टेट युनिभर्सिटी अफ बफ्यालोमा अध्ययनरत छन्।

उनका दुई बहिनी र बहिनी ज्वाँईहरु प्रभु फाइनान्स लिमिटेडमा बिभिन्न कार्यकारी तहमा कार्यरत छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.