Inside

All Time Top 50 News

न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 11 June 2012 14:35

Exclusive: 1 video; 10 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा वेष्ट मिचिगन विश्व बिद्यालयका प्रोफेसर डा. महेन्द्र लावोतीसंग "नेपालमा राजनितिक संकट र संघियताको भविष्य" (Nepal in Political crisis and future of Federalism) बिषयक एक बिशेष अन्तरकृया कार्यक्रमको आयोजना गरिएकोछ।


Prof. Dr. Mahendra Lawoti 9center) speaking at the interaction "Nepal in Political crisis and future of Federalism" was organized by Federation of Indigenous Peoples of Nepal in America (FIPNA) in New York on June 10, 2012. Dr. Lawoti is flanked by Ashok Gurung (left), Senior Director, India China Institute, New School university, New York and FIPNA Acting president Binod Pomo Limbu. Photo: eEyeCam.com

जुन १० तारिख आईतवार न्यू योर्कको कुइन्सस्थित ज्याक्सन हाइट्समा रहेको फिप्ना कार्यालयमा आयोजना गरिएको उक्त अन्तरकृयामा डा. लावोतीले नेपालमा संबिधान सभाको बिघटनपछि उत्पन्न राजनीतिक संकट र संघीयताको सवालमा बिस्त्रितरुपमा चर्चा गरेका थिए।

पंचायत कालमा "माथिको आदेश" भन्ने चर्चित उक्ती जस्तै राजनितिकशास्त्री डा. लावोतीले देश भाँड्ने ति शीर्सस्थ नेताहरु को को हुन् भन्ने नतोकिकनै "उहाँहरु" भनेर नै माओवादी, काँग्रेस र एमालेका शीर्सस्थ नेताहरुको संघीयता बिरोधी सोंच र कार्यबाहीको भन्डाफोर गरे।

लोकतान्त्रिक प्रकृयाबाट संबिधान सभा चलेको भए नयाँ संबिधान आउँथ्यो भन्ने ठोकुवा गरेका डा. लावोतीले संबिधान सभाको बिघटन गर्नुमा शीर्स नेताहरुको इच्छाअनुरुप संबिधान आउन नसकेपछि नेपाली जनताले चाहेको र प्रजातान्त्रिक प्रकृयाबाट जननिर्बाचित संबिधान सभाको बिषयगत समिती र आयोगले तोकेको पहिचान र सामर्थ्यसहितको संघियता तुहिन पुगेको बताए ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

FIPNA interaction with Dr Mahendra Lawoti on Nepal in Political crisis and future of Federalism in New York, June 10, 2012




नेताहरुले तीनवटा फँट्याई गरेको उल्लेख गर्दै डा. लावोतीले अगाडि भने-

"नेताहरुले पहिलो कुरो के फट्याईं गरे भने अन्तरिम संबिधानमा प्रस्टसंग के भनिएको छ भने राज्य पुनर्संरचना समिती बनाउने र त्यसले कस्तो संघीयता बनाउने भन्ने सुझाब दिने भन्ने छ तर ठूला नेताहरुले शुरुमा त्यो बनाउने काम गर्दै गरेनन्। किनभने त्यस समितिले कस्तो रिपोर्ट ल्याउने हो, आफूले निर्णय गर्न पाए पो आफूले चिताएजस्तो ल्याउन सकिन्छ। यसरी उहाँहरुले पहिलो चरणमा लोकतान्त्रिक प्रकृयालाई नै अन्डरमाइन गर्नु भयो।

दोश्रो फट्याईं के गर्नु भो भने अब राज्य पुनर्संरचना आयोग स्थापना नभएपछि संबिधान सभा बिषयगत समितीबाट पहिचान र सामर्थ्यको आधारमा १४ प्रदेशको मोडेल प्रस्ताब पारित गर्‍यो। त्यो एउटा लोकतान्त्रिक प्रकृयाबाट बनाइएको संबिधान सभाको समितीबाट दिएको रिपोर्ट थियो तर उहाँहरुले मान्नु भएन। किनकि त्यो उहाँहरुले भनेजस्तो थिएन। अनि बल्ल राज्य पुनर्संरचना आयोग बनाउन भन्नु भयो।

र, यसो भनेर उहाँहरुले तेश्रो फट्याईं गर्नु भयो। किनभने चुनावबाट जितेर आएको संबिधान सभाले बनाएको समितिले दिएको रिपोर्टलाई उहाँहरुले मान्नु भएन। आफूले बनाएको, आफूले सहमती जनाएको नियमलाई उहाँहरुले मान्नु भएन। तर जब आयोगले पनि पहिचान र सामर्थ्यको आधारमा १० वटा प्रान्त बनाउने र दलितलाई नन्टेरिटोरियल प्रान्त बनाउने भन्यो त्यो पनि उहाँहरुले भनेजस्तो भएन र तेश्रो पटक पनि उहाँहरुले मान्नु भएन।

Prof. Dr. Mahendra Lawoti (center) speaking at the interaction. Photo: Manbahadur Rana Magar

यसरी उहाँहरुले पटक पटक लोकतान्त्रिक प्रकृयाबाट जब हामी आउट्कममा पुग्छौं त्यसलाई उहाँहरुले तिरस्कार गर्नु भयो। अब त्यसपछि उहाँहरुलाई चित्त बुझेन भने अर्को एउटा उपाय त छ नि- त्यो हो, फुल हाउस (संबिधान सभा) मा लग्ने तर उहाँहरु त्यहाँ पनि भोटिङमा नजाने। किन नजानेभन्दा त्यहाँ (संबिधान सभामा) पनि ४०१ जना सभासदहरुले पहिचान र सामर्थ्य कै आधारमा संघीयता चाहिन्छ भनेर सहि गर्नु भएको थियो।

त्यसपछि अब सहमती गर्नु पर्छ भन्नु भयो। संबिधान सभा गर्न नदिने अनि आफू ३, ४ जना नेताहरु कोठामा बसेर निर्णय गर्ने। त्यो भनेको बारम्बार उहाँहरुले प्रजातान्त्रिक प्रकृयालाई कुठाराघात गर्नु भयो र आफूले चाहेजस्तो संबिधान सभा नआएको हुनाले उहाँहरुले बरु संबिधान सभालाई नै भंग गराउने परिस्थितीमा पुर्‍याउनु भयो। त्यसले गर्दा कस्तो भयो भने यदी उहाँहरुले भने जस्तो संबिधान आएको भए नेपाली जनताले मान्नु पर्ने तर उहाँहरुले चिताएजस्तो आएन भने चाँही नियमअनुसार आएपनि नहुने।"

डा. लावोतीले यसरी नेताहरुको धज्जी उडाई रहँदा उपस्थित न्यू योर्कका नेपालीहरु देश भाँड्ने र संबिधान सभालाई भंग गराउन भूमिका खेल्ने खलनायक नेपाली नेताहरुप्रति क्रुद्ध भएका देखिन्थे।

उनले संबिधान सभाका अध्यक्षले चाहेका भए संबिधान सभाको बैठक बस्न सक्ने र बहुमतको भोटिङबाट संघीयता सम्बन्धी बिषयमा पारित गरी नयाँ संबिधान जारी हुन सक्ने बताउँदै शीर्स नेताहरुको मुख ताक्ने आशे राजनीतिको कारण संबिधान सभाको बैठक बस्न नसकेको आरोप लगाए।

Nepal Federation of Indigenous Nationalities (NEFIN) general Secretary Ang Kaji Sherpa 'Kisan' speaking via skype video chat. Photo: Manbahadur Rana Magar

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का महासचिव आङ्काजी शेर्पा 'किसान' ले स्काईप भिडियो च्याटमार्फत अन्तर्कृयालाई सम्बोधन गरेका थिए। उनले जनजातिहरुले हदैसम्मको लचकता देखाएर संघीयता सम्बन्धी बिषयलाई माग राख्दा पनि नेताहरु पहिचानसहितको संघीयता बिरोधी भएको कारण संबिधान आउन नसकेको र संबिधान सभा बिघटन हुन पुगेको बताएका थिए।

कार्यक्रममा न्यू स्कुल विश्वबिद्यालयको इन्डिया चाइना इन्स्टिच्युटका सिनियर डाइरेक्टर अशोक गुरुङले सम्बोधन गर्दै हामीले मल्टिपल आइडेन्टिटी (बहुपहिचान) मा गर्ब गर्नु पर्ने उल्लेख गर्दै आफू एक गुरुङ, एक नेपाली र एक साउथ एशियन भएको गर्बकासाथ बताउने गरेको उदाहरण दिए।

Participants with Dr. Lawoti. Photo: eEyecam.com

कार्यक्रममा फिप्नाका सल्लाहकार तथा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर दुर्गा सुब्बा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का पूर्व सचिव तथा युएस नेपाल मेडिया सेन्टरका अध्यक्ष पासाङ्ग दोर्ची शेर्पा, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरुम (UNDF) का केन्द्रिय उपाध्यक्ष टेक गुरुङ, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (FIWNA) कि अध्यक्ष संगिनी राना मगर, एसोसियसन अफ नेप्लिज तराईन ईन अमेरिका (ANTA) का सतेन्द्र शाह, मगर एसोसियसन अमेरिकाका सचिब मानबहादुर राना मगरलगायत बक्ताहरुले मन्तव्य राखेका थिए।


Federation of Indigenous Peoples of Nepal in America (FIPNA) Acting president Binod Pomo Limbu. Photo: Manbahadur Rana Magar

फिप्नाका कार्यबाहक अध्यक्ष बिनोद पोमो लिम्बुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फिप्ना द्वितीय उपाध्यक्ष तथा एनआरएन आइसिसी सदस्य आदित्य महर्जनले स्वागत मन्तव्य राखेका थिए।

फिप्नाका महासचिव दिपेश लिम्बुले कार्यक्रमको संचालन गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट फिप्नाद्वारा नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबिच भएको सहमतिको स्वागत

-जनजाति महासंघका महासचिब आङ काजी शेर्पा 'किसान' र पत्रकार झडपबारे समर्थन र बिरोधको लहर

-न्यू योर्कमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानका उपाध्यक्ष झकबहादुर थापा मगरसंग अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संबिधानमा पहिचानसहितको संघीयताको माग

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपाल सरकारको ध्यानाकार्शण

-न्यू योर्कमा नेपालमा जातीय पहिचानसहितको संघीयताबारे चर्को बहसमा के के भयो?

FIPNA General Secretary Dipesh Limbu. Photo: Manbahadur Rana Magar



FIPNA adviser Durga Subba. Photo: eEyeCam.com



FIPNA 2nd VP Aditya Maharjan. Photo: Manbahadur Rana Magar



US Nepal Media Center chairman Pasang Dorchi Sherpa. Photo: Manbahadur Rana Magar



ANTA representative Satendra Shah. Photo: Manbahadur Rana Magar


FIWNA president Sangini Rana Magar. Photo: Manbahadur Rana Magar


Ashok Gurung (left), Senior Director, India China Institute, New School university, New York, Dr. Mahendra Lawoti (center) and FIPNA Acting president Binod Pomo Limbu at the interaction. Photo: Manbahadur Rana Magar




Photo: Manbahadur Rana Magar

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.