Inside

All Time Top 50 News

न्यू योर्कमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीको सम्मान, कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूमि शेरचन र वरिष्ठ उपन्यासकार एबं चित्रकार लैनसिह बाङदेलको सम्झना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 12 January 2015 01:41

न्यू योर्कका नेपाली साहित्य सर्जकहरुको सम्मान
Special: 30 photos:
न्यू योर्क- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरले शताव्दी पुरुष डा. सत्यमोहन जोशीको सम्मान तथा कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूमि शेरचन र वरिष्ठ उपन्यासकार एबं चित्रकार लैनसिह बाङदेलको जन्मजयन्ती कार्यक्रम  सम्पन्न गरेको छ ।

INLS New York Chapter honored Dr. Satya Mohan Joshi, hosted memorial for poets Lekhnath Poudel, Bhupi Sherchan and novelist-painter Lain Singh Bangdel in New York on January 11, 2015. Photos by Pratha Magar for USNepalOnline

जनवरी ११ तारिख न्यू योर्कको ज्याक्सन हाइटस्थित सत्यनारायण मन्दिरमा आयोजित साहित्यिक समारोह अनेसास न्यू योर्क च्याप्टरका अध्यक्ष विकास विष्टको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य च्याप्टर उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए ।

संयुक्त राष्ट्र संघकालागि नेपालको स्थायी नियोग उपनियोग प्रमुख सेवा लम्साल अधिकारी प्रमुख अतिथीकोरुपमा उपस्थित रहेकि थिईन् । प्रमुख अतिथि लम्साल अधिकारीले दीप प्रज्वलन र स्रस्टाहरूको तश्बिरमा पुष्प अर्पण गरी समारोहको उद्घाटन गरेकी थिईन् ।

INLS New York Chapter honored Dr. Satya Mohan Joshi, hosted memorial for poets Lekhnath Poudel, Bhupi Sherchan and novelist-painter Lain Singh Bangdel in New York on January 11, 2015. Photos by Pratha Magar for USNepalOnline

समारोहमा उपस्थित अतिथिहरुमा उपबाणिज्यदूत प्रविन भट्टराई, शताव्दी पुरुष सत्यमोहन जोशी समारोह समिति अमेरिकाका अध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष गीता खत्री, अनेसास केन्द्रिय उपाध्यक्ष राम खत्री, अनेसास केन्द्रिय सल्लाहकार कमला प्रसाइ, अनेसास केन्द्रिय कोसाध्यक्ष गीता पन्थ, नेपाली जनसम्पर्क समिती अमेरिका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट, नेपाल अमेरिका आर्टिस्ट एशोसिएसनका अध्यक्ष गम्बु शेर्पा, डा. तारा निरौला, बिना कोइराला, अनेसास न्यू योर्क च्याप्टर पूर्व अध्यक्ष द्वय ज्योति पौडेल र पुनम काफ्ले आदी थिए ।

शताव्दी पुरुष डा. सत्यमोहन जोशीको सम्मान

समारोहमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीको छोटो परिचय अनेसास पूर्व केन्द्रिय अध्यक्ष गीता खत्रीले प्रस्तुत गरेकी थिईन् । समारोहमा डा. जोशीको सम्मानमा तयार पारिएको सम्मानपत्रलाई पढेर सुनाइएको थियो ।

कविशिरोमणी लेखनाथ पौडेल, कवि भूपी शेरचन र वरिष्ठ उपन्यासकार एबं चित्रकार लैनसिहं वाङदेलको सम्झना

समारोहमा कविशिरोमणी लेखनाथ पौडेलको जिवनीको सक्षिप्त परिचय अनेसास न्यू योर्क च्याप्टरको मुखपत्र 'प्रतिध्वनी' का प्रमुख सम्पादक धनीराम सापकोटाले प्रस्तुत गरेका थिए भने कवि भूपी शेरचन र वरिष्ठ उपन्यासकार लैनसिहं वाङदेलको जिवनीको संक्षिप्त विवरण पत्रकार प्रदिप थापा मगरले प्रस्तुत गरेका थिए ।

Former INLS Central Committee President Gita Khatri speaking at the literary event in New York on January 11, 2015. Photos by Pratha Magar for USNepalOnline

न्यू योर्कका नेपाली साहित्य सर्जकहरुको सम्मान

समारोहमा अनेसास न्यू योर्क च्याप्टरले पहिलो प्रयास स्वरुप न्यु योर्कमा बसेर साहित्य सिर्जनामा संलग्न रहि कम्तिमा एउटा पुस्तक प्रकाशित गरेका सर्जकहरुलाई सम्मान गरेको छ ।

INLS New York Chapter honored New York-based Nepalese writers who published at least one book in New York on January 11, 2015. Photos by Pratha Magar for USNepalOnline

सम्मानित उपस्थित साहित्य सर्जकहरुमा शान्ता अधिकारी घिमिरे, शेखर ढुङेल, डा. बिष्णुमाया परीयार, गिता खत्री, प्रदीप थापा मगर, कमला प्रसाइ, पुन्डरी अर्याल, पुनम काफ्ले, ज्योती पौडेल, विकास विष्ट, बिना कोइराला र गिता पन्थ थिए । समारोहमा न्यू योर्कका सर्जकहरु मणी बाङ्देल, मनु लूहोरुङ राई, बुद्ध चेम्जोङ, डा. गोबिन्द कोईराला, बिनोद रोकाको उपस्थिती रहन सकेन । सम्मान स्वरुप सर्जकहरुलाई पुष्प गुच्छा, नोटबुक र कलम प्रदान गरिएको थियो ।

समारोहमा साहित्यकार शेखर ढुंगेलको 'परिवर्तनकालागि विवेकशीलता' नामक कृतिको समिक्षा विष्णु बैजुले गरेका थिए ।

साहित्य सृजना वाचन

समारोहमा उपस्थित स्रष्टाहरुले आ-आफ्नो साहित्य सृजना वाचन गरेका थिए । आ-आफ्नो साहित्य सृजना वाचन गर्ने साहित्यकारहरुमा पुन्डरी अर्याल, श्रीनिती रिजाल, रामचन्द्र थापा, पुष्पा बुढा मगर, सुनिता शर्मा, माधब पराजुली, गिता खत्री, कमला प्रसाइ, पुनम काफ्ले, ज्योती पौडेल, बिना कोइराला, सहदेव पौडेल, शान्ता अधिकारी घिमिरे, शकुन्तला ज्ञवाली, बिजया सिम्खडा, अशोक केसी, कृष्ण पाण्डे, बन्धु पोख्ररेल, जित कुँवर, पुर्णिमा जीसी, लक्ष्मी श्रेष्ठ, कुन्ती थापा र बिकास बिष्ट थिए ।

The participants at the literary event by INLS New York Chapter in New York on January 11, 2015. Photos by Pratha Magar for USNepalOnline

समारोहमा अनेसासको नयाँ आजीवन सदस्यहरु शोभा गौतम, पुन्डरी अर्याल, बिमला तिमिल्सेना र बिजया सिम्खडालाई अनेसासको आजीबन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

अनेसास न्यू योर्क च्याप्टर कोसाध्यक्ष सुनिता शर्माले धन्यवाद ज्ञापन गरेकी थिईन् । कार्यक्रमको संन्चालन शकुन्तला ज्ञवाली र न्यू योर्क च्याप्टर महासचिब बन्दना कोइरालाले गरेका थिए ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/inls/

-न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न

-अमेरिकाको बोष्टन शहरमा १०५ औं लक्ष्मी जयन्ती सम्पन्न

-अमेरिकाको बोष्टनमा १४९ औं मोती जयन्तीसंगै 'राजमित्र स्मृति मोती पुरस्कार' को स्थापना

-न्यू योर्कमा १४९ औं मोती जयन्ती सम्पन्न, साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कृतिको लोकार्पण

-अमेरिकाका नौ जना नेपालीलाई नेपाल सरकारद्वारा "भानुभक्त स्वर्ण पदक" प्रदान

-अमेरिकाको बोष्टनमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह सम्पन्न

-न्यू योर्कमा दुई सतबार्शिकी भानु जयन्ती सम्पन्न, दुई कृति बिमोचित, साहित्यकारहरु सम्मानित

-अमेरिकाको न्यू ह्याम्प्सायरमा २०० औं भानु जयन्ती सम्पन्न

-अमेरिकाको टेक्सासमा २०० औं भानु जयन्ती सम्पन्न

-अमेरिकाको बोस्टनमा प्रसिद्ध गजलकार रवि प्राञ्जल एकल गजल वाचन कार्यक्रम सम्पन्न

न्यू योर्कमा अनेसासद्वारा 'प्रथम नेपाली महिला साहित्य सम्मेलन' सम्पन्न, ३० स्रस्टाहरु सम्मानित, ५१ कविहरुका रचना पाठ, १० बूँदे घोषणा पत्र जारी
Photos of 51 Poets at the INLS 1st Nepali Women Literary convention 2014
Photos of Speakers at the INLS 1st Nepali Women Literary convention 2014
Photos of INLS Awards Distribution Ceremony at the convention, 2014
Photos from INLS 1st Nepali Women Literary Convention, New York, 2014
All Pages
अमेरिकामा अनेसासद्वारा 'तेश्रो अन्तरराश्ट्रिय नेपाली साहित्य सम्मेलन' सम्पन्न, २ सय कवि, साहित्यकारहरुको जमघट, ब्यक्तित्वहरु सम्मानित
More photos of Chil Poetry Competition 2013
Grand Poetry Festival Photos 2013
Opening ceremony Photos 2013
Award ceremony photos 2013
All Pages


Sewa Lamsal Adhikari. Photos by Pratha Magar for USNepalOnline

Bikash Bista. Photos by Pratha Magar for USNepalOnline

Sakuntala Gyawali. Photos by Pratha Magar for USNepalOnline

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.