Inside

All Time Top 50 News

न्यू योर्कमा दुई सतबार्शिकी भानु जयन्ती सम्पन्न, दुई कृति बिमोचित, साहित्यकारहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 14 July 2014 16:07

Special: 9 photos: न्यू योर्क- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरको आयोजनामा दुई सतबार्शिकी भानु जयन्ती सम्पन्न गरिएको छ।

INLS New York Chapter celebrated 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

जुलाई १३ तारिख न्यू योर्कको ज्याक्सन हाईटसस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त समारोहको उद्घाटन प्रमुख अतिथी अनेसास केन्द्रिय अध्यक्ष गीता खत्रीले दीप प्रज्वलन गरेर गरेकी थिईन् । अतिथीहरुले आदिकवि भानुभक्त आचार्यको तस्विरमा पुष्प गुच्छा र परम्परागत खादा अर्पण गरेर आदिकविप्रति सम्मान ब्यक्त गरेका थिए।

INLS New York Chapter celebrated 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

अनेसास न्यू योर्क च्याप्टरका अध्यक्ष बिकास बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा च्याप्टर उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने पन्च कन्याहरूबाट नेपाली राष्ट्रगान गाईएको थियो।

उक्त समारोहलाई प्रमुख अतिथी खत्री, अतिथीहरु: नेपाल मिसनका काउन्सिलर घनश्याम लम्साल, प्रा. डा. खगेन्द्र लुइटेल, महाकवि लक्ष्मीप्रसाद देबकोटाका सुपुत्र प्रा. पदमप्रसाद देवकोटा र किसानसिंह धामीले सम्बोधन गरेका थिए। समारोहमा नेपालबाट अमेरिका भ्रमणमा रहेका साहित्यकार नयनराज पाण्डे र नेपाल चलचित्र बिकास बोर्डका सद्स्य राजेन्द्र केसीको उपस्थिती रहेको थियो।

Bikash Bista's book released at 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

दुई कृतिको लोकार्पण

समारोहमा गीतकार एबं कवि बिकास बिष्टको गिती संग्रह "मनको वह" बिमोचन प्रमुख अतिथी खत्री, अतिथीहरु: काउन्सिलर घनश्याम लम्साल, प्रा. डा. खगेन्द्र लुइटेल र प्रा. पदमप्रसाद देवकोटाले संयुक्तरुपमा लोकार्पण गरेका थिए भने गिती संग्रहको समिक्षा लेखक बिष्णुसिंह बैजुले गरेका थिए ।

Gita Khatri's book released at 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

त्यसैगरी, गीता खत्रीको "आमा हुन् आमा" खन्ड काब्यको बिमोचन रन्जता शर्माले गरेकी थिईन्। उनलाई लेखिका खत्रीले दोसला ओढाइ सम्मान गरेकी थिईन् ।

The honorees at the 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

साहित्यकारहरु सम्मानित

यसैबीच, उक्त समारोहमा अनेसास न्यू योर्क च्याप्टरले साहित्यिक क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वहरु गीता खत्री, प्रा. पदमप्रसाद देवकोटा, बिष्णुसिंह बैजु र पुनम काफ्लेलाई सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मान गरियो।
त्यसैगरि, च्याप्टरद्वारा साहित्यकारहरु कुन्ती थापा, शान्ता अधिकारी घिमिरे, सारदा कार्की र एभ्रेस्ट टाइम्सलाई उनीहरुको योगदानकोलागि प्रसंशापत्रद्वारा सम्मान गरियो।

The honorees at the 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

उत्कृष्ट दुई कृतिका लेखक सम्मानित

अनेसास न्यू योर्क च्याप्टरले यसै बर्षदेखि शुरु गरेको बर्ष भर प्रकासित उत्कृष्ट कृति पुरस्कारकालागि यो बर्ष पुरुष लेखनतर्फ मणी बाङ्देलको "मेरो भागमा परेको प्रीत" (कविता संग्रह) र महिला लेखनतर्फ पुनम काफ्लेको "जून तारा" (कविता संग्रह) लाई सम्मान गरेको छ। कृतिकारलाई नगद र प्रमाण पत्रद्वारा सम्मान गरियो।

The winners at the 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

उक्त पुरस्कारको घोषणा छनोट समितिका सद्स्य एबं बोस्टनकी साहित्यकार दीपा राई पुन मगरले गरेकी थिईन्।

यसैबीच, उक्त समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थल लम्जुङ जिल्लाको बाहुन डाँडामा सालिक र पार्क निर्माण गर्नकालागि अमेरिकाबाट सहयोग गर्ने शान्ता अधिकारी घिमिरे, ज्योति पौडेल, प्रदिप थापा मगर र लीला राईलाई प्रमुख अतिथी गीता खत्री र प्रा. डा. खगेन्द्र लुइटेलले प्रमाण पत्र प्रदान गरे।

समारोहमा अनेसासको आजीवन सद्स्य बनेका बिमला तिमिल्सेना (न्यू जर्सी) र अनु घले (न्यू जर्सी) लाई अनेसास केन्द्रिय अध्यक्ष गीता खत्रीले प्रमाण पत्र प्रदान गरिन्।

समारोहमा सकुन्तला ज्ञवाली, पबिता परियार र शान्ता अधिकारी घिमिरेले गीत प्रस्तुत गरेका थिए भने कविता वाचन गर्नेहरुमा दीपा राई पुन मगर, डा. बिष्णुमाया परियार, सुरेन्द्र बास्तोला, कमला प्रसाइ र बिजय सिम्खडा थिए ।

The drama being performed at the 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

समारोहमा सहदेव पौडेलको लेखन तथा निर्देशनमा एक मार्मिक एकाङ्की नाटक "म पनि नेपाली बोल्छु" को मन्चन गरिएको थियो। उक्त नाटकमा नदिया लिबाङले हजुर आमाको भूमिका निर्बाह गरेकी थिईन् भने बाल कलाकारहरु श्रेणी श्रेष्ठ, क्रिस्टल थापा, मलिभा राजण्डारी र बिभुशा बिष्टले नातिनीको अभिनय गरेका थिए।

The performers of drama at the 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New York on July 13, 2014. Photos: Pratha Magar for USNepalOnline

समारोह को अन्त्यमा अनेसास न्यू योर्क च्याप्टरकि कोसाध्यक्ष सुनिता शर्माले धन्यबाद ज्ञापन गरेकी थिईन्। समारोहको सन्चालन संयुक्तरुपमा च्याप्टरकि महासचिब बन्दना कोइराला, सकुन्तला ज्ञवाली र मणी बाङदेलले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.