Inside

All Time Top 50 News

अमेरिकाको न्यू ह्याम्प्सायरमा २०० औं भानु जयन्ती सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Shailesh Shrestha   
Sunday, 13 July 2014 16:00

Special: 3 photos: न्यू ह्याम्प्सायर- अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू ह्याम्प्सायर च्याप्टरको आयोजनामा दुई सतबार्शिकी भानु जयन्ती सम्पन्न गरिएको छ।

INLS New Hampshire celebrated 200th Anniversary of Nepal's Adikabi Bhanubhakta Acharya in New Hampshire on July 12, 2014. Photos courtesy: Shyam Shrestha

जुलाई १२ हुकसेट पब्लिक लाइब्रेरी हुकसेट न्यू ह्याम्प्सायरमा आयोजित उक्त समारोहको प्रमुख अतिथी डा. बिमल कोईरालाले आफ्ना मिठा कविता वाचन गर्दै अनेसास न्यू ह्याम्प्सायर च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमको प्रसंशा गरे। सो अवशरमा उनले यो च्याप्टरका आजीवन सदस्यहरूलाई प्रमाण-पत्र बितरणसमेत गरेका थिए।

कार्यक्रमका बिशेष अतिथी सेनेटर डेविड वाटर्सलाई आँखीझ्याल उपहार प्रदान गरी स्वागत गरिएको थियो भने सेनेटर डेविड वाटर्सले प्रमुख अतिथी डा. बिमल कोईराला, प्राध्यापक ठाकुरप्रसाद पराजुली, साहित्यकार तथा प्रकाशक गुहनाथ पौडेल, ह्वाइट हिमाल टेलीभिजनमा प्रशारण भईरहेको साप्ताहिक कार्यक्रम 'सम्प्रेषण' का प्रस्तोता तथा निर्माता शैलेश श्रेष्ठ, न्यू ह्याम्प्सायर नेपाली कम्यूनीटिका अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, न्यू ह्याम्प्सायर च्याप्टरका सल्लाहकार रबिन थापालाई सम्मान तथा प्रमाण-पत्र प्रदान गरेका थिए।

Prof. Thakur Parajuli receiving INLS award from Senator David Waters on July 12, 2014. Photos courtesy: Shyam Shrestha

सो कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि वाटर्सले डा. बिमल कोईरालाद्वारा लेखिएको अंग्रेजी कविता वाचन गर्दै नेपाली समुदायसंगको गहिरो मित्रता र सम्बन्धको अनुभूतिसमेत गरेका थिए।



कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक ठाकुरप्रसाद पराजुलीले भानु भक्तकाबारेमा प्रकाश पारेका थिए।

प्रतियोगितात्मक कवि गोष्टीमा गोवर्धन पूजा, गुहनाथ पौडेल र पेशल पोख्रेलको मूल्याङकन समीतीद्वारा क्रमश: बिजय लामा प्रथम, सुरेन्द्रदेव आचार्य व्दितीय, अन्जु भण्डारी तृतीय र सान्त्वनामा संस्थाकी बयोबृध्द आजीवन सदस्य श्रीमती साबित्रीदेबी आचार्य न्यू ह्याम्प्सायर, र जयन्ती आचार्य भर्जिनीया छनौट भएको घोषणा गरिएको थियो । संस्थाले प्रथम हुनेलाई ३००, व्दितियलाई २००, तृतीयलाई १०० डलर र सान्त्वनामा ५०|५० डलरको दुईजनालाई गरी जम्मा ७०० डलरको पुरष्कार राखेको थियो र उक्त पुरष्कार आगामी अक्टोवरमा हुने लक्ष्मी जयन्ती समारोहमा बितरण गरिने कुरा जनाईयो । सो कार्यक्रममा न्यू ह्याम्प्सायर र बोष्टन गरी १३ जना कवि कवयत्रीहरूले आ-आफ्नो कविता तथा मुक्तकहरु पाठ गरेका थिए।

कार्यक्रमका सभापति अनेसास न्यू ह्याम्प्सायर च्याप्टरका अध्यक्ष अग्नीप्रसाद पराजुलीले सहयोगदाताहरूलाई खादा ओढाई आभार ब्यक्त गर्दै स्वादिष्ट दिवा खाना नि:शुल्क ब्यबस्था गर्नु हुने संस्थाका सम्पूर्ण पदाधिकारीहरूलाई धन्याबाद ज्ञापनसमेत गरेका थिए।

यसैगरी, संस्थाका संरक्षक उमेश कोईरालाले आफु साहित्यकार या कवि नभए पनि आफुसंग कवि मन र हृदय भएको बताउदै कविता वाचन समेत गरेका थिए।

उक्त समारोहमा सम्मानित व्यक्तित्व शैलेश श्रेष्ठले आफुद्वारा संचालित कार्यक्रम सम्प्रेषणले सूचना र संचारमार्फत सामुदायिक शशक्तिकरणको मार्ग रोजेको बताउदै उत्तर अमेरिका भरि छरिएर रहेका नेपाली भाषीहरुलाई एकताको सुत्रमा बाध्ने अभिप्रायले ह्वाईट हिमाल टेलिभिजनले प्रमुख नेपाली तथा अन्तराष्ट्रिय च्यानलहरुको प्याकेज ह्वाईट हिमाल नेटवर्कको प्रारम्भ गरेको जानकारी समेत गराए।

Shailesh Shrestha receiving INLS award from Senator David Waters on July 12, 2014. Photos courtesy: Shyam Shrestha

अनेसास न्यू ह्याम्प्सायर च्याप्टरका महासचिव इश्र्वरी भट्टले संस्थाको प्रारम्भदेखि हालसम्मको अवस्था, स्वरुप एबं उद्देश्यकोबारेमा बृहद जानकारी गराउदै कार्यक्रम संचालन गरेका थिए। सन् २०१३ को अक्टोबर २७ तारिखमा स्थापना भएको यो संस्थाले आफ्नो स्थापनाको छोटो अबधिमै नौ जनाको कार्यकारी समिती, पाँच जना सल्लाहकार र ३७ जना आजीवन सदस्य पाएको गर्विलो फेहरिस्त पनि उनले सुनाए। उक्त कार्यक्रममा न्यू ह्याम्प्सायर राज्यका बाक्लो नेपाली बस्ती भएका बिभिन्न क्षेत्र र छिमेकी राज्यमा बसोबास गर्ने नेपाली तथा नेपाली भाषी भुटानीहरुको सयौंको संख्यामा उपस्थिति रहेको थियो।

-Shailesh Shrestha in New Hampshire

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.