Inside

All Time Top 50 News

'अनेसास नवरत्न महिला पुरस्कार' र 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' को घोषणा, न्यू योर्कमा १६ नारी व्यक्तित्व सम्मानित हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Friday, 01 April 2016 20:16

Exclusive: 16 photos: न्यू योर्क- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), महिला समितिद्वारा स्थापित' 'अनेसास नवरत्न पुरस्कार' बाट पहिलो पटक नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिला सम्मानितगर्ने घोषणा गरिएको छ । पुरस्कृत हुने नारीरत्नहरुमा वरिश्ठ हाँस्य अभिनेत्री वसुन्धरा भुसाल, नेपालकि पहिलो महिला पिएच्डी (नृत्यमा) वरिष्ठ नृत्य निर्देशक एवं साहित्यकार डा. बेटी बज्राचार्य, वरिष्ठ आख्यानकार विन्दिया सुब्बा, समाजसेवी डा. विष्णुमाया परियार, साहित्यकार ज्योति पौडेल, वरिष्ठ समालोचक लीलाकुमारी लुईटेल, गायिका पविता परियार, व्यावसायी सूर्य श्रेष्ठ महर्जन  र गायिका-कलाकार यशोदा खालिङ राई रहेका छन् । त्यसैगरी, 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' बाट पहिलो पटक सातजना प्रतिभाशाली बालिकाहरु पुरस्कृत हुने भएका छन् । पुरस्कृत हुने बालिका प्रतिभाहरुमा कवि-कलाकार बिवेचना निरौला, कलाकार विभूषा बिष्ट, कलाकार क्रिष्टल थापा, गायिका मिलि श्रेष्ठ, लेखिका प्रिया सुवेदी, कलाकार शलिना श्रेष्ठ र कलाकार जारा प्रसाई रहेका छन् । पुरस्कृत व्यक्तित्वहरूलाई अप्रिल २ तारिख अमेरिकाको न्यू योर्क शहरमा आयोजित एक विशेष समारोहमा सम्मानित गरिने अनेसास महिला समितिले जनाएको छ ।

INLS Navaratna Women award winners and INLS Young Talent award winners 2016. Photos courtesy: facebook profiles. Photos exclusively compiled by Pradeep Pariyar Thapa Magar for USNepalOnline.com.

'अनेसास नवरत्न पुरस्कार' र 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' छनौट समितिमा संयोजक अनेसास पूर्व केन्द्रिय अध्यक्ष साहित्यकार गीता खत्री, सदस्यमा अनेसास केन्द्रिय वरिश्ठ उपाध्यक्ष राधेश्याम लेकाली र अनेसास केन्द्रिय महासचिब  गोवर्धन पूजा रहेका थिए ।

'अनेसास नवरत्न पुरस्कार' २०१६

'अनेसास नवरत्न पुरस्कार' बाट पुरस्कृत हुने नारीरत्नहरूलाई दुई सय नगद अमेरिकी डलर, सम्मानपत्र र निम्नानुसारको पुरस्कार प्रदान गरिने छ:

१) अनेसास नवरत्न उत्तम नेपाली पुरस्कार- वरिष्ठ समालोचक लीलाकुमारी लुईटेल, र्कीतिपुर, काठमाडौं, नेपाल
प्रायोजक: ममता कर्माचार्य, बोस्टन
२) अनेसास नवरत्न दानबहादुर थापा पुरस्कार- वरिष्ठ नृत्य निर्देशक एवं साहित्यकार डा. बेटी बज्राचार्य, काठमाडौं, नेपाल
प्रायोजक: कुन्ति थापा, न्यू योर्क
३) अनेसास नवरत्न पुनम काफ्ले पुरस्कार- वरिष्ठ आख्यानकार विन्द्या सुब्बा, दार्जिलिङ्ग, भारत
प्रायोजक: पुनम काफ्ले, न्यू जर्सी
४) अनेसास नवरत्न दया शाह पुरस्कार- वरिष्ठ कलाकार बसुन्धरा भुसाल, काठमाण्डौ, नेपाल
प्रायोजक: अनु शाह, बोस्टन
५) अनेसास नवरत्न धनदेबी पुरस्कार- गायिका पविता परियार, न्यू योर्क
प्रायोजक: शकुन्तला ज्ञवाली, न्यू योर्क
६) अनेसास नवरत्न पदम विश्वकर्मा पुरस्कार, गायिका यशोदा राई, न्यू योर्क
प्रायोजक: पदम विश्वकर्मा, कोलोराडो
७) अनेसास नवरत्न ज्ञानुदेवी उपाध्याय पुरस्कार- कवि तथा गीतकार ज्योति पौडेल, न्यू योर्क
प्रायोजक: सुनिता शर्मा, न्यू योर्क
८) अनेसास नवरत्न बिमला चाम्लिङ राई पुरस्कार- व्यवसायी सूर्य महर्जन, न्यू योर्क
प्रायोजक: दीपा राई पुन मगर, बोस्टन
९) अनेसास नवरत्न कृष्ण तथा राजकूमारी श्रेष्ठ पुरस्कार- समाजसेवी डा. विष्णूमाया परियार, न्यू जर्सी
प्रायोजक: लक्ष्मी श्रेष्ठ, न्यू योर्क

'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' २०१६

त्यसैगरी, 'अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार' बाट पुरस्कृत हुने बालप्रतिभाहरूलाई दुई सय नगद अमेरिकी डलर, सम्मानपत्र र निम्नानुसारको पुरस्कार प्रदान गरिने छ:

१) अनेसास-भिमप्रसाद हरिमाया डायस्पोरा बालप्रतिभा पुरस्कार- शलिना श्रेष्ठ, न्यू योर्क
प्रायोजक: बिजया सिम्खडा, न्यू योर्क
२) अनेसास-उमाकान्त चिनुमाया डायस्पोरा बालप्रतिभा पुरस्कार- क्रिष्टल थापा, न्यू योर्क
प्रायोजक: शान्ता अधिकारी घिमिरे, न्यू जर्सी
३) अनेसास-मन्दिरा डायस्पोरा बालप्रतिभा पुरस्कार- बिबेचना निरौला, भर्जिनिया
प्रायोजक: ममता कर्माचार्य, बोस्टन
४) अनेसास-कालीभक्त-पदिता डायस्पोरा बालप्रतिभा पुरस्कार- विभूषा बिष्ट, न्यू योर्क
प्रायोजक: महेश्वर पन्त, बोस्टन
५) अनेसास-लालविक्रम डायस्पोरा बालप्रतिभा पुरस्कार- मिलि श्रेष्ठ, न्यू योर्क
प्रायोजक: अनु शाह, बोस्टन
६) अनेसास-शारदादेवी चन्द्रमाया डायस्पोरा बालप्रतिभा पुरस्कार- प्रिया सुवेदी, भर्जिनिया
प्रायोजक: शारदादेवी ढुङ्गाना र चन्द्रमाया भेटवाल
७) अनेसास-राजेन्द्र इरिना डायस्पोरा बालप्रतिभा पुरस्कार- जारा प्रसाई, न्यू योर्क
प्रायोजक: राजेन्द्र श्रेष्ठ तथा इरिना श्रेष्ठ, न्यू योर्क

सन् १९९१ को जनवरी ११ मा अमेरिकाको वासिङ्गटन डिसीमा स्थापना भएको समाजको संस्थापक अध्यक्ष अमेरिका निवासी साहित्यकार होमनाथ सुबेदी हुन् । समाजको विश्व भरका २६ देशमा ६० भन्दा बेशी शाखाहरु रहेको छ । समाजको अमेरिकामा २६ वटा शाखाहरु छन् भने भारतमा ४ वटा, अस्ट्रालिया र क्यानाडामा २/२ वटा शाखाहरु छन्। यसबाहेक एउटा मात्र राष्ट्रिय समिती रहेका राष्ट्रहरुमा बङ्गलादेश, भुटान, चिन, हङ्कङ, नेपाल, जापान, मलेसिया, पाकिस्तान, कतार, साउदी अरबिया, युएइ, अस्ट्रालिया, न्यूजिल्यान्ड, साउथ अफ्रिका, बेल्जियम, जर्मनी, नेदर्ल्यान्ड, पोर्चुगल, रसिया, स्कट्ल्यान्ड, युके र इज्राएल छन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news on INLS:

-http://www.usnepalonline.com/inls/

-न्यू योर्कका नेपाली साहित्य सर्जकहरुको सम्मान

-न्यू योर्कमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीको सम्मान, कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूमि शेरचन र वरिष्ठ उपन्यासकार एबं चित्रकार लैनसिह बाङदेलको सम्झना

-न्यू योर्कमा १०५ औं लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न

-अमेरिकाको बोष्टन शहरमा १०५ औं लक्ष्मी जयन्ती सम्पन्न

-अमेरिकाको बोष्टनमा १४९ औं मोती जयन्तीसंगै 'राजमित्र स्मृति मोती पुरस्कार' को स्थापना

-न्यू योर्कमा १४९ औं मोती जयन्ती सम्पन्न, साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कृतिको लोकार्पण

-अमेरिकाका नौ जना नेपालीलाई नेपाल सरकारद्वारा "भानुभक्त स्वर्ण पदक" प्रदान

-अमेरिकाको बोष्टनमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह सम्पन्न

-न्यू योर्कमा दुई सतबार्शिकी भानु जयन्ती सम्पन्न, दुई कृति बिमोचित, साहित्यकारहरु सम्मानित

-अमेरिकाको न्यू ह्याम्प्सायरमा २०० औं भानु जयन्ती सम्पन्न

-अमेरिकाको टेक्सासमा २०० औं भानु जयन्ती सम्पन्न

-अमेरिकाको बोस्टनमा प्रसिद्ध गजलकार रवि प्राञ्जल एकल गजल वाचन कार्यक्रम सम्पन्न

न्यू योर्कमा अनेसासद्वारा 'प्रथम नेपाली महिला साहित्य सम्मेलन' सम्पन्न, ३० स्रस्टाहरु सम्मानित, ५१ कविहरुका रचना पाठ, १० बूँदे घोषणा पत्र जारी

Photos of 51 Poets at the INLS 1st Nepali Women Literary convention 2014

Photos of Speakers at the INLS 1st Nepali Women Literary convention 2014
Photos of INLS Awards Distribution Ceremony at the convention, 2014
Photos from INLS 1st Nepali Women Literary Convention, New York, 2014
All Pages
अमेरिकामा अनेसासद्वारा 'तेश्रो अन्तरराश्ट्रिय नेपाली साहित्य सम्मेलन' सम्पन्न, २ सय कवि, साहित्यकारहरुको जमघट, ब्यक्तित्वहरु सम्मानित
More photos of Chil Poetry Competition 2013
Grand Poetry Festival Photos 2013
Opening ceremony Photos 2013
Award ceremony photos 2013
All Pages

--अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकाको वासिङ्गटन डिसीमा 'तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुँदै

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.