Inside

All Time Top 50 News

अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Wednesday, 20 November 2013 18:56

Special: 13 photos: भर्जिनिया, अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख डिसी महानगर क्षेत्रमा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा विभिन्न विधामा विशिष्टता हासिल गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने १० जना नेपाली तथा नेपाल र नेपालीहरुलाई विशिष्टरुपमा सहयोग गर्ने ३ जना विदेशीहरुलाई "अन्तर्राष्ट्रिय नेपाली हिरो" पुरस्कारद्वारा सम्मान गरिने भएको छ।


INLS International Heroes 2013 award winners: from L to R: Dr. Shankar P. Sharma, Pushpa Basnet, Radha Basnyat, Shesh Ghale, Yubaraj Lama, Bishnu Gautam, Pradeep Thapa Magar, Dr. Harihar P Bhattarai, Khagendra Nepali, Rajendra K. Bhandari, Ander Crenshaw, Jared Polis, Maggie Doyne. Photos courtesy: nepalembassyusa.org, cnn.com, nrn.org.np, brw.com.au, nsc.gov.np, Bishnu Gautam's facebook profile, Ashok Panta, Hari P. Bhattarai's facebook profile, K.K. Movies Production, poetryinternationalweb.net, crenshaw.house.gov, polis.house.gov, blinknow.org

अनेसासको ईतिहासमा पहिलो पटक यस्तो विधामा सम्मानित गर्न लागेको कुरा सम्मेलन संयोजक सीता पाण्डेले जानकारी गराएकी हुन्।

१० जना नेपालीहरु को को हुन्?

उक्त साहित्यिक सम्मेलनमा "अन्तर्राष्ट्रिय नेपाली हिरो" पुरस्कारद्वारा सम्मानित हुने नेपालीहरुमा अमेरिकाकालागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, सीएनएन नायक (हिरो) पुष्पा बस्नेत, क्यानाडाकी महिला अधिकारकर्मी तथा समाजसेवी राधा बस्नेत, गैर आवासीय नेपाली संघका वर्तमान अन्तर्राष्ट्रिय अध्यक्ष अस्ट्रलियाका धनाड्य ब्यबसायी शेष घले, नेपाल खेलकूद परिषदका महासचिब युवराज लामा, आफ्ना दुई पुत्रहरु नौ महिनाको अन्तरालमा सडक दुर्घटनामा गुमाएका लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम छन्। प्रतिष्ठानले यातायात सचेतना कार्यक्रम तथा महिला चालक तालिममा अभूतपूर्व काम गर्दै आएको छ ।

यसैगरि, संचार क्षेत्रबाट युएस नेपाल अनलाइन डटकमका सम्पादक न्यू जर्सी निवासी प्रदीप थापा मगर, अमेरिकाको नर्थ कारोलिना विश्वबिद्यालयका प्राध्यापक तथा साहित्यकार डा. हरिहरप्रसाद भट्टराई, नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष खगेन्द्र नेपाली र भारत सिक्किमका नेपाली मूलका सुप्रसिद्ध कवि राजेन्द्रकुमार भण्डारीलाई सम्मान गरिने भएको छ। कवि भण्डारीको कविता संग्रह सन् २०११ मा नोवल पुरस्कारकोलागि सिफारिसमा परेको जनाईएको छ।

३ जना अमेरिकिहरु को को हुन्?

यसैगरि, सम्मानित हुने ३ जना अमेरिकिहरुमा फ्लोरिडा राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा नेपाल कांग्रेसनल ककसका सह-अध्यक्ष एनडर क्रेनसह, कोलोराडो राज्यबाट अमेरिकी प्रतिनिधि सभाका सदस्य तथा नेपाल कांग्रेसनल ककसका सह-अध्यक्ष जरेड पोलिस र न्यु जर्सी अमेरिकामा जन्मभै हाल सुर्खेतमा जनयुद्धताका सडक तथा अनाथ बन्न पुगेका बालबालिकाहरुको निम्ति कोपिला पाठशालाको संचालन गर्दै आएकी म्यागी डोयेन छन्। डोयेनले अमेरिकामा आफुले बच्चा हेरेर संचित गरेको पांच हजार डलरबाट उक्त सेवा कार्य सुरु गरेकी थिईन् ।

सम्मानित हुनेहरुको नामावलीको सिफारिस जर्जिया निवासी समाजसेवी राजा घलेको संयोजकत्वमा हार्वड विश्वविद्यालय, बोस्टनका सह-प्राध्यापक डा. शिव गौतम, न्यु योर्कका कानुन व्यवसायी विनोद रोका तथा कनेक्टिकट विश्वविद्यालयकी डा. विद्या रंजित सदस्य रहेको समितीले गरेको थियो।

पुरस्कार सिफारिस समितिका संयोजक घलेले 'छोटो समयको अवधिमा यो काम फत्ते गर्नु चुनौती र अवसर पनि उत्तिकै भएकोले अहोरात्र मेहनत गरि सामुहिकरुपमा मिलेर काम गरि सिफारिस गरेका हौं' भने । यसैगरि, सिफारिस समितिका सदस्य डा. विद्या रंजितले बिश्वभरिबाट बिभिन्न नाम छनौट गर्नु कठिन भएता पनि यहि समाजका गतिबिधिको नजदिकबाट अवलोकन गर्ने भएकोले नाम जुटाउन निक्कै कसरत गर्नु परेको बताईन् ।

सिफारिस समितिले अत्यन्तै कडा मेहनत तथा गम्भीरतापूर्वक काम गरेकोमा हर्ष व्यक्त गर्दै अनेसासका संस्थापक अध्यक्ष, हाल बोर्ड अफ ट्रस्टीका चेयर तथा साहित्यकार होमनाथ सुबेदीले सिफारिस समितिको तारिफ गरे ।

बिदेशीहरुको नाम सिफारिसमा अमेरिकी राजदूतावासमा विगत धेरै बर्ष कामगरि हाल वाशिङ्गटन डिसीमा नेपाली समुदायबीच गहिरो अध्ययन भएकी अनुभवी नताशा बासले राजदूत डा. शंकरप्रसाद शर्मासंग समन्वय गरि नाम आयोजक समिति समक्ष प्रस्तुत गरिएको जनाईन् ।

सम्मानित हुनेहरुको नामावली सिफारिस समितिले आयोजक समिति पठाएपछि सिफारिस समितिका दिग्गजहरुले गरेको कार्यलाई सर्वसम्मतिले पारित गरेको जानकारी सम्मेलन संचार निर्देशक खेम भट्टचनले बताए ।

नेपाली भाषा, साहित्यका साथै कला, संस्कृति, खेलकुद, कलाकार, पत्रकारिता, व्यवसायआदि समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थालाई सम्मेलनमा विशेष सम्मान प्रदान गरिने यो सम्मेलनको मुख्य अभिप्राय रहेकोले यो काम भएकोमा आफुलाई हर्ष लागेको केन्द्रिय अध्यक्ष गीता खत्रीले जानकारी गराईन्।

-Bijay Thapa in Virginia

Read related news:

-http://www.usnepalonline.com/inls/

-अमेरिकाको वासिङ्गटन डिसीमा 'तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुँदै

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

-बेलायतको रेडिंगमा २०० औं भानुभक्त जयन्ती समारोह सम्पन्न

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

-अनेसास (INLS) को चुनावमा न्यू योर्ककि साहित्यकार गीता खत्रीको पुरा प्यानलै बिजयी !
साहित्यकार गीता खत्रीले पहिलो महिला अध्यक्ष बनेर ईतिहास रचिन्

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.