Inside

All Time Top 50 News

अनेसासले न्यू योर्कमा 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' मार्च १ र २ तारिख आयोजना गर्ने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 26 January 2014 05:08

Updated: Special: 4 photos: न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको आयोजनामा अमेरिकाको न्यू योर्क शहरमा 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' आउँदो मार्च १ र २ तारिख गरिने भएको छ।


INLS President Gita Khari informing about the First International Nepali Women Literary Convention which is being held in New York between March 1 and 2, 2014 at the press meet in New York on January 25, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

जनवरी २५ तारिख शनिबार उक्त सम्मेलन सम्बन्धी जानकारी दिन न्यू योर्कको ज्याक्सन हाइट्सस्थित भिम्स् क्याफे रेस्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री र सम्मेलन आयोजक समितिकी संयोजक बन्दना कोईरालाले सम्मेलनको उद्धेश्यबारे प्रकाश पार्दै उक्त दुई दिने सम्मेलनमा पहिलो दिन नेपाल र नेपाल बाहिर प्रवासमा रहेका नेपाली महिला हस्ताक्ष्यरहरु र तिनका काब्य रचनाबारे कार्यपत्र प्रस्तुती र तिनउपर छलफल कार्यक्रम राखिएको र दोश्रो दिन ब्रिहद कवि गोस्ठी र बाल कविता प्रतियोगिता राखिएको जानकारी गराए ।


First International Nepali Women Literary Convention Coordinator Bandana Koirala speaking at the press meet in New York on January 25, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

दोश्रो दिन बिबिध सांस्कृतिक कार्यक्रमबाट गोस्ठीको मैझारो गर्ने मेसो मिलाइएको पनि संयोजक कोईरालाले युएस नेपाल अनलाइनलाई जानकारी गराईन्।

संयोजक कोईरालाले सम्मेलनको उद्धेश्यबारे थप प्रकाश पार्दै भनिन्- "देश र बिदेशमा रहेका महिला साहित्यकारहरुको समस्यालाई सम्बोधन गर्ने, उत्प्रेरणा दिने र चुनौतीहरुलाई सहजकर्ताको भूमिका निभाउने सम्मेलनको उद्देश्य रहेको छ।" उनले अगाडि थपिन्- "आमा नै बालबालिकाको पहिलो पाठशाला हो। आउँदो पुस्तालाई नेपाली भाषा र संस्क्रितीको हस्तान्तरण गर्ने चेतना फैलाउन पनि नेपाल बाहिर यो पहिलो अन्तरराश्ट्रिय महिला साहित्य सम्मेलन गर्न लागिएको हो।"

प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनकालागि ५१ सदस्यीय मूल समारोह गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा यही मार्च १ र २, २०१४ मा न्यू योर्कमा हुने सम्मेलन भव्यरुपमा सम्पन्न गर्नकालागि केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा ५१ सदस्यीय मूल समारोह गठन गरिएको छ । उक्त समितिमा शारदा खाती, गंगा लिगल, आचार्य प्रभा, भगवती बस्नेत, मिना शाक्य, सावित्री श्रेष्ठ, जोत्सना राना, संचिता शर्मा, राधा बस्नेत, हरिमाया भेटवाल, डा. बिष्णुमाया परियार, बिष्णु थापा, साबु गदाल कार्की, कमला ओली, उषा शेरचन, बुना दाहाल, सिता खरेल, कविता पौडेल, डा. अर्चना कट्टेल, भारती सिलवाल गिरी, दीप्स शाह, मनु लोहरुंग राई, दीपा पुन राई, रेणु सुबेदी, रेणु सापकोटा, शान्ता घिमिरे, पेम्बा शेर्पा, पबिता परिवार, कमला सरुप, निलम कार्की निहारिका, राधा पौडेल, उषा शर्मा, सपनाश्री आदि रहेकाछन्।

यसैगरि, अनेसास न्यू योर्क च्याप्टरकी महासचिव बन्दना कोइरालाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसमा विकास बिष्ट सदस्य सचिब रहेका छन् भने सदस्यहरुमा राधेश्याम लेकाली, पदम बिश्वकर्मा, नारायण अधिकारी पूनम काफ्ले, ज्योती पौडेल, धनिराम सापकोटा, गोबर्धन पूजा, राम खत्री, मिठु थापा, गीता पन्थ र बुद्ध चेमजोंग रहेकाछन्।

सम्मेलन भब्यरुपमा सम्पन्न गर्न एक सल्लाहकार समिति गठन पनि गरिएको छ । उक्त समितिमा होमनाथ सुबेदी, गीता खत्री, डा. खगेन्द्र लुइटेल, डा. बानीरा गिरी, डा. ज्ञानु पाण्डे, इन्दिरा प्रसाईं, गीता केशरी, डा. सरोज कोइराला, उन्नती शीला बोहोरा रहेकाछन्।

The organizers and press members in New York on January 25, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

यसबीच, उक्त सम्मेलन सफल पार्न सम्मेलन आयोजक समिती र बिभिन्न उपसमितीहरुको निर्माण गरिएको जानकारी दिईएको छ, जसअनुसार ति उपसमिती र संयोजकहरु निम्नानुसार रहेकाछन्-

मुख्य संयोजक: बन्दना कोइीराला, 347-393-8442
आर्थिक संयोजक: सुनिता शर्मा
अतिथी सत्कार संयोजक: परिता राजभण्डारी
कवि गोस्ठी संयोजक: गोबर्धन पूजा
साँस्कृतिक संयोजक: बिजयमान नकर्मी
प्रकाशन संयोजक: गीता खत्री
हल ब्याबस्थापन संयोजक: शान्ता घिमिरे
पोशाक/भेषभूषा संयोजक: मैया दाहाअल
प्रचार प्रसार संयोजक: मनोनयन बाँकी
वेब संयोजक: मनोनयन बाँकी
युवा संयोजक: मनोनयन बाँकी

सदस्यहरु:

बिकास बिष्ट, सदस्य सचिब, न्यू योर्क, 347-885-8215
राधेश्याम लेकाली, बरिस्ठ उपाध्यक्ष, नेपाल
पदम विश्वकर्मा, महासचिब, कोलोराडो, 720-628-6313
गीता पन्थ, न्यू योर्क, 347-248-4258
पुनम काफ्ले, न्यू जर्सी, 917-558-4946
धनीराम सापकोटा, न्यू जर्सी, 201-779-6394
मिठ्ठु थापा, न्यू योर्क, 917-378-9049
ज्योति पौडेल, न्यू योर्क, 212-689-6288
बुद्ध चेम्जोङ, न्यू योर्क, 646-496-5722
राम खत्री, न्यू योर्क
गोबर्धन पूजा, बोस्टोन, 508-840-5874
नारायण अधिकारी, भर्जिनिया, 703-618-6715

The organizers and press members interacting about the First International Nepali Women Literary Convention which is being held in New York between March 1 and 2, 2014 at the press meet in New York on January 25, 2014. Photos: Ang Kami Sherpa (PhotoHera.com)

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

अनेसास प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन आयोजक समिति अमेरिकाको प्रेस बक्तब्य

अनेसास केन्द्रिय कार्य समितिको आयोजनामा अनेसासको प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन यहि मार्च १ र २ मा न्यू योर्क अमेरिकामा भब्यरुपमा सम्पन्न गर्नकोलागि  सक्रियरुपमा आफ्ना गतिबिधीहरू अगाडि बढाइ रहेको छ । त्यसकालागि आयोजक समिति, सल्लाहकार समिति, मुल समारोह समिति, बिभिन्न उपसमिति गठन भई सकेका छन् । समितिहरूले आफ्ना कामहरुमा तिब्रता दिएका छन् ।

देश बिदेशबाट साहित्यकारहरूको सहभागिता गराई कार्यक्रमलाई गुणस्तरीय गराउन हदैसम्मको प्रयास गरेका छौं । युवा साहित्य गोस्ठी, महिला साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुती, कवि गोस्ठी, ख्याती प्राप्त कलाकारहरूबाट बिशेष साँस्कृतिक कार्यक्रमको प्रस्तुतिसहित सम्मेलनले दिन खोजेका बिषयबस्तु र प्राप्त परिणामले नेपाली भाषा साहित्यमा महिला पाइलाहरुलाई अझ शशक्त तुल्ल्याउने छ भन्ने आशा छ ।

सार्क राष्ट्रका साहित्यकार तथा नेपाली भाषा साहित्यमा योगदान पुराउनु भएका बिदेशि साहित्यकारहरूकोसमेत सहभागिता गराउने लक्ष भएको कार्यक्रमको समग्र जानकारी गराउने हेतुले जनवरी २६ तारिक २०१४ का दिन न्यू योर्कस्थित भिम्स् क्याफेमा एक पत्रकार भेटघाटको आयोजना गरिएको थियो।

कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष गीता खत्री, सम्मेलन आयोजन समितिका संयोजक बन्दना कोइराला, अनेसासका पूर्व केन्द्रिय कोशाध्यक्ष कमला प्रसाइ, बिकाश बिष्ट, सुनिता शर्मा, कुन्ती थापा, गीता पन्त, सिता खरेल, आचार्य प्रभा, बुद्ध चेम्जोङ तथा केशब आचार्यसमेतको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष खत्री तथा संयोजक कोइरालाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिदै कार्यक्रमको लक्ष, उपादेयता तथा परिणामकोबारेमा जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा न्यू योर्कस्थित पत्रकारहरू नेजाका अध्यक्ष तथा एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, खसोखास साप्ताहिकका प्रधान सम्पादक किशोर पन्थी, हिमाली स्वरहरूका संचालक सहदेव पौडेल, फोटो पत्रकारहरू अशोक पन्त, आङकामी शेर्पाको सहभागिता थियो । वहाँहरूले कार्यक्रमलाई गुणस्तरीय गराउन बिभिन्न सुझाब पनि दिनुभएको थियो।

बन्दना कोइराला
संयोजक
प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन
तथा
महासचिब, अनेसास, न्यू योर्क च्याप्टर

Read related news:

-http://www.usnepalonline.com/inls/

अमेरिकामा अनेसासद्वारा 'तेश्रो अन्तरराश्ट्रिय नेपाली साहित्य सम्मेलन' सम्पन्न, २ सय कवि, साहित्यकारहरुको जमघट, ब्यक्तित्वहरु सम्मानित
More photos of Chil Poetry Competition 2013
Grand Poetry Festival Photos 2013
Opening ceremony Photos 2013
Award ceremony photos 2013
All Pages

--अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकामा हुने 'तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' मा १० जना नेपाली तथा ३ जना विदेशीहरुलाई सम्मान गरिने

-अमेरिकाको वासिङ्गटन डिसीमा 'तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन' आगामी नोवेम्बर ३० र डिसेम्बर १ तारिख हुँदै

-न्यू योर्कमा १०४ औं महाकवि लक्ष्मीप्रशाद देबकोटा 'लक्ष्मी जयन्ती' सम्पन्न

-बेलायतको रेडिंगमा २०० औं भानुभक्त जयन्ती समारोह सम्पन्न

-न्यू योर्कमा २०० औं भानु जयन्ती र अनेसासको २२ औं साधारण सभा सम्पन्न

-अनेसास (INLS) को नब निर्बाचित केन्द्रिय कार्यसमितीलाई पद हस्तान्तरण तथा १९९ औं भानु जयन्ती सम्पन्न

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.