Inside

All Time Top 50 News

अमेरिकाको बोष्टनमा १४९ औं मोती जयन्तीसंगै 'राजमित्र स्मृति मोती पुरस्कार' को स्थापना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Monday, 08 September 2014 20:41

Updated: Special: 3 photos: बोष्टन- अमेरिकाको बोष्टन शहरमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोष्टन च्याप्टरद्वारा कबि मोतीराम भट्टको १४९ सौं जन्म जयन्ती मनाइएको छ । सोही अवसरमा नेपाल घर बिराटनगर र हाल बोष्टनको माल्देन निवासी साहित्यप्रेमी शुसिल नेपाल र सुमन नेपाल दम्पतिले आफ्ना दिवँगत बाबा-आमा राजेन्द्रप्रसाद नेपाल तथा मित्रबिन्ध्या गौतमको स्मृतिमा "राजमित्र स्मृति मोती पुरस्कार" को घोषणा गरे । प्रत्येक बर्ष प्रदान गरिने उक्त पुरस्कारको नगद राशी २५१ अमेरिकि डलर रहेको छ ।


INLS Boston Chapter hosted 149th Motiram Bhatta Jayanti in Boston, MA, USA on September 6, 2014. Photos courtesy: Yem Poudel

सेप्टेम्बर ६ तारिख अनेसास बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको सभापतित्वमा आयोजित उक्त कार्यक्रम सँस्थाका सचिब यम पौडेलको ध्यानाकर्षण र कार्यक्रम सँयोजक दिनेश राजभण्डारीको सँचालनसंगै अगाडि बढेको थियो । मोती जयन्तीलाई समारोहलाई आफ्नो निवासमा प्रायोजन गरेका शुसिल नेपालले आफ्नो साहित्यिक परिचय दिएपछि ऊपस्थित महानुभावहरुले आ-आफ्नो रचना बाचनसंगै कवि मोतिराम भट्टको ब्यक्तित्व र कृतित्वऊपर चर्चा गरेका थिए ।

INLS Boston Chapter President Hari Kafle and Sushil Nepal. Photos courtesy: Yem Poudel

समाजकी पुर्ब अध्यक्ष भारती गौतमले ३० बर्षमात्रै बाँचेका कबि मोतिरामले लेखेका २५ बटा रचना हामीले ३० बर्षमा पनि पढेर सक्दैनौं भन्दै गजल शुरु गर्ने, गद्धमा लेख्ने लगायत अव्दितिय प्रतिभाका धनि मोतिरामको नेपाली साहित्यमा भानुभक्तको जत्तिकै योगदान रहेको चर्चा गर्दै मोती जयन्ती पनि भानुजयन्ती जत्तिकै मनाऊन पर्नेमा जोड दिईन् ।

Maheshwar Pant performing 149th Motiram Bhatta Jayanti in Boston, MA, USA on September 6, 2014. Photos courtesy: Yem Poudel

कार्यक्रममा अनेसासका सदस्य साहित्यकार सँगितकार महेश्वर पन्तले सुमधुर हारमुनियमसंगै आफ्नो गजल सुनाऊदै मोति प्रति सम्मान ब्यक्त गरेका थिए भने आ- आफ्नो रचना बाचनसहित मोतीप्रति सम्मान ब्यक्त गर्ने साहित्यसाधक हरुमा कबि एवँ सँस्थाका पुर्ब अध्यक्ष अच्युत अधिकारी, साहित्यकार एवँ पुर्ब अध्यक्ष भारती गौतम, कृतिकार एवँ हारबर्ड युनिभर्सिटीका प्रोफेसर डा. शिव गौतम, अध्यक्ष एवँ कवि हरि काफ्ले, कबि तथा सँस्थाका ऊपाध्यक्ष लाल गोपाल सुबेदी, आख्यानकार, गजलकार हरि थापा, पत्रकार एवँ सचिब यम पौडेल, गजकलकार एवँ कोषाध्यक्ष दिनेश राजभण्डारी, गितकार एवँ पुर्ब सदस्य अनु शाह, कथाकार एवँ पुर्ब सदस्य भक्त गुरुङ, गजलकार एवँ भुटानी ढुकढुकीका हस्ती धन लेप्चा, कबि शुसिल नेपाल, साहित्यप्रेमी अनेसासका सदस्य बिजय पौडेल, सुशिला दाहाल, रबिन लामा, सुमन नेपाल एवँ भुटानी ढुकढुकीका सन लिम्बु र नवराज राईसमेतले आ-आफ्नो भनाइ तथा रचना वाचन गरेका थिए ।

मोती जयन्तीको अवशरमा गजल तथा साहित्यिक कार्यक्रमको आयोजना गर्न अनेसास बोष्टनलाई आफ्नै घरमा बोलाई हल तथा ब्रेकफाष्टको ब्यबस्था गर्ने साहित्यप्रेमी शुसिल नेपाल र सुमन नेपाल दम्पतिले अमेरिकामा रहेर नेपाली भाषा साहित्यको श्रीबृद्दिमा ऊल्लेखनिय कामगर्ने मध्ये बर्षमा एक जनालाई मोती जयन्तीकै अवशर पारेर पुरस्कार प्रदान गर्ने र यसको ब्यबस्थापन तथा छनौट अनेसास बोष्टनले गर्ने कार्यक्रममा बताए ।  । नेपाल दम्पत्तिले पुरस्कार राशी क्रमस: बढाऊदै लग्नेपनि बाचा गरे ।

नेपालमा छँदा गरिमालगायतका प्रकाशनमा दर्जनौं रचना प्रकाशित गरिसकेका श्रष्टा, साहित्यप्रमी शुसिल नेपालले आफ्नो पुरानो नेपाली फाईल झिकि नेपाली कागजमा लेखिएका पुराना कबिताका पोको खोल्दै आफ्नो पुरानो कबिता पढेका थिए । अमेरिका आएपछि धेरै बर्ष आफ्नै सेटलमेन्टमा जुध्नुपरेकोले हालसम्म देखा पर्न नसकेको भएपनि आइन्दा नेपाली भाषा साहित्यको पक्षमा र नेपाली सामाजिक गतिबिधितर्फ आफुशक्य  साथदिने कुरा ब्यक्त गरे । ऊनी हाल बोल्ट बसको साऊथ स्टेशन इन्चार्जकोरुपमा कार्यरत छन् भने १० बर्षसम्म त्यहाँ काम गर्दा ऊनले यात्रुहरुको मन जित्ने काम गरेकोले यात्रुहरुको कमेन्टको आधारमा ऊनलाई अमेरिकाको प्रख्यात ग्रेहन कम्पनिले २०१२ मा "किङ अफ साऊथ स्टेशन" ऊपाधि दिएर सम्मान गरेको थियो । ऊनले यात्रुलाई दिने हरेक बोर्डिङ पासको पछाडीपट्टी आफ्नैतर्फबाट "भिजिट नेपाल" सम्बन्धि सामाग्री राखेर बितरण गरेर नेपालको प्रचारप्रसार गर्दै आएकाछन् ।

कार्यक्रमको अन्तिममा अनेसासका अध्यक्ष हरि काफ्लेले सहभागी सबैलाई धन्यबाद दिदै बोष्टनमा नेपाली साहित्य फष्टाऊदै गएको अबस्था भएकोले सबैलाई समेटी लक्ष्मी जयन्ती सम्ममा  'बोष्टनको चौतारी' नामक साहित्यिक पुस्तिका निकाल्ने अभियानमा लागेकोले सबै साहित्यसर्जकलाई आफ्नो रचना समयमै पठाऊन अनुरोध गरे । साथै बोष्टनमा मोती जयन्ती मनाऊन बिशेष सहयोग गर्ने शुसिल नेपाल एवँ परिवारलाई मायाको चिनो प्रदान गरे ।

स्मरणिय रहोस, अनेसास बोष्टनले भानु जयन्ती, लक्ष्मी जयन्ती, भिमनिधि तिवारी जयन्तीसहित बिबिध साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

फोटो: धन लेप्चा, नवराज राइ, दिनेश राजभण्डारी

-Yem Poudel in Boston

Read related news:

-न्यू योर्कमा १४९ औं मोती जयन्ती सम्पन्न, साहित्यकार शान्ता अधिकारी घिमिरेको 'प्रवासी मन' कृतिको लोकार्पण

-अमेरिकामा नेपाली राजा ! "King of South Station" बने नेपाली छोरो सुशिल नेपाल

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.