Inside

All Time Top 50 News

न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा ह्योल्मो सोनम ल्होसार २०१४ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Hyolmo Society of America   
Monday, 03 February 2014 03:38
Article Index
न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा ह्योल्मो सोनम ल्होसार २०१४ सम्पन्न
More photos of Hyolmo Sonam Losar 2014
All Pages

ह्योल्मो साँस्कृतिक केन्द्रको स्थापना गर्न ७० हजार अमेरिकी डलर संकलन
Special: 14 photos:
न्यू योर्क- अमेरिकामा बासोबास गरिरहेका आदिबासी ह्योल्मो जातिको संस्था 'ह्योल्मो सोसाईटी अफ अमेरिका' ले वार्षिकरुपमा आयोजना गर्दै आएको ह्योल्मो सोनम ल्होसार कार्यक्रम न्यू योर्कको उडसाईडमा सम्पन्न गरेको छ।

Hyolmo Society of America honored Nima Gyalpo Lama Hyolmo, Pema Lama Hyolmo, singer Gambu Sherpa and Dance Director Dharambir Lama Hylmo at Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo courtesy: Temba Dongba Hyolmo

फेब्रुवरी १ तारिख शनिबार आयोजित उक्त समारोहको सभापतित्व नेपाल ह्योल्मो समाज सेवा संघको संस्थापक अध्यक्ष कान्छा लामा ह्योल्मोले गरेका थिए। ल्होसार कार्यक्रमकै अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ह्योल्मो सोसाईटी अफ अमेरिकाका संस्थापक अध्यक्ष निमा ग्याल्पो लामा ह्योल्मो, अर्का संस्थापक पेमा लामा ह्योल्मो, गीत संगीत मार्फत ह्योल्मो जातिको प्रचारप्रसारमा योगदान दिएका गायक गम्बु शेर्पा र ह्योल्मोकै प्रतिभावान नृत्य निर्देशक एवं जादुगर धरमवीर लामा ह्योल्मो थिए । प्रमुख अतिथी संरासंकोलागि नेपाल स्थायी नायब प्रतिनिधि सेवा लम्साल अधिकारीले उक्त सम्मान प्रदान गरेकी थिईन् ।


Nepal Mission DPR Sewa Lamsal Adhikari speaking at at Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo: Man B. Rana Magar

अन्य अतिथिहरुमा संरासंकोलागि नेपाल स्थायी नियोगका प्रतिनिध ईला मैनाली, नेपाल आदिबासी जनजाति महासघ अमेरिका (फिप्ना) का महासचिब मानबहादुर राना मगर, सिन्धु वेलफेर सोसाईटीका अध्यक्ष वंसलाल तामाङ, शेर्पा किदुक अमेरिकाका प्रतिनिधि निमा शेर्पा, कर्मपा सेवा समाजको महासचिब साङबो गुरुङलगायत थिए।


The members of Hyolmo Society of America at Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo: Man B. Rana Magar

समारोहमा ह्योल्मो सोसाईटी अफ अमेरिका संथापक अध्यक्ष निमा ग्याल्पो लामा ह्योल्मो, ह्योल्मो संस्कृतिक केन्द्र व्यवस्थापन ट्रष्टका संयोजक पेमा लामा ह्योल्मो तथा सोसाईटीका भूपू अध्यक्षहरु पेम्बा शेर्पा ह्योल्मो र कविता शेर्पा ह्योल्मोको पनि उपस्थिति थियो ।

पहिलो चरणको कार्यक्रमको सुरुवात ह्योल्मो लामाहरुद्वरा धार्मिक पुजापाठ गरी विविध साँस्कृतिक क्रियाकलापकासाथ शुभाराम्भ गरिएको थियो । तत्पश्चात ह्योल्मोहरुको सोनाम ल्होसारको विषेशताकोरुपमा चिनिने तरकारी, फलफुललाई चामलको गोलाकार रोटीले सजाईएको परम्परागत परिकार त्हेर्का ग्रहण कार्यक्रमलाई अघि सारिएको थियो ।


Hyolmo Society of America President Temba Dongba Hyolmo speaking at Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo: Man B. Rana Magar

अन्य वर्षहरुको ह्योल्मो ल्होसार कार्यक्रमभन्दा केही भिन्न यस वर्षको ल्होसार कार्यक्रममा संस्थागत विकास सम्बन्धी कार्यक्रमहरु समावेस गरिएको थियो । सोसाईटीका अध्यक्ष तेम्बा दोङ्बा ह्योल्मोद्वरा प्रस्तुत गरिएको संस्थागत विकास सम्बन्धी कार्यक्रमहरुमा सोसाईटीका वर्तमान कार्यसमितिले कार्यभार सम्हालेपछिको कार्यप्रगति, आर्थिक विवरणकासाथ भवि कार्ययोजनाहरु थिए । सोही अवसरमा सोसाईटी प्रति आम ह्योल्मोहरुको धारणा बुझ्न र ह्योल्मो साँस्कृतिक केन्द्रको स्थापनाबारे ह्योल्मोहरुको चाहाना एवं सहयोग गर्ने प्रतिबद्घताबारे जानकारी लिन एक मत सर्वेक्षणसमेत गरिएको थियो । मत सर्वेक्षणको सकरात्मक तथा उत्साहजनक परिणामलाई ध्यानमा राखेर ह्योल्मो साँस्कृतिक केन्द्र स्थापनाकोलागि कोष संकलन कार्यक्रमको पनि आयोजना गरिएको थियो जसमा करिव ७० हजार अमेरिकी डलर संकलन गर्न सफल भएको छ ।

औपचारिक कार्यक्रमको थालनी ९ वर्षे फुन्क्षोक टासी ह्योल्मोको धार्मिक मन्त्रोचारण र नेपाली राष्ट्रिय गानको प्रस्तुतीबाट भएको थियो ।

प्रमुख अतिथि सेवा लम्साल अधिकारीले निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लागाई हार्दिक धन्यबादकासाथ विधाई गरिएको थियो ।

अमेरिकी कलेज तथा विश्वविद्यालयहरुबाट विभिन्न शैक्षिक तह उतीर्ण गरेका ह्योल्मो विद्यार्थीहरुलाई अझ प्रोत्सान गर्न प्रशंसा पत्र तथा खादा वितरण गरिएको थियो ।

समारोहमा दोस्रो संविधान सभामा ह्योल्मो जातिको प्रतिनिधि संविधान सभा सदस्य माननीय सभासद सुश्री पेम्बा लामा ह्योल्मोलाई बधाई एवं शुभकामना पनि ब्यक्त गरिएको थियो ।


Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo courtesy: Temba Dongba Hyolmo

ह्योल्मो साँस्कृतिक केन्द्र स्थापना र व्यवस्थापनको निम्ति ह्योल्मो सोसाईटी अफ अमेरिका अन्तर्गत गठित ह्योल्मो साँस्कृतिक केन्द्र व्यवस्थापन ट्रष्टका बोर्ड अफ ट्रष्टिजको परिचय गराई प्रमाण पत्र वितरण गरिएको थियो ।

समारोहमा विविध साँस्कृतिक कार्यक्रम, ह्योल्मो स्ह्यब्रु तथा डिजेमाफर्त मनोरञ्जन गराईएको थियो । कार्यक्रमको संचानल पासाङ डिण्डुप ह्योल्मो र रेन्जेन वाङग्याल ह्योल्मोले संयुक्तरुपमा गरेका थिए।

-ह्योल्मो सोसाईटी अफ अमेरिका



Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo courtesy: Temba Dongba Hyolmo



Hyolmo Sonam Lhosar in New York on February 1, 2014. Photo courtesy: Temba Dongba Hyolmo

न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा ह्योल्मो सोनम ल्होसार २०१४ सम्पन्न
More photos of Hyolmo Sonam Losar 2014
All Pages
Page 1 of 2

Read related news of Hyolmo:

-http://usnepalonline.com/hyolmo/

-न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा २५५७ औं बुद्ध जयन्ती सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न (२०१३)

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१४० औं सोनाम ल्होसार २०१३ सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदुकद्वारा २१४० औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मोहरुद्वारा विश्व शान्तीको निम्ती थ्रोमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २१३९ औं सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो आमा याङ्ग्री किदूगद्वारा दुङ्से थिन्ले नोर्बु रिम्पोछेको स्‍मृतिमा पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाइटी अफ अमेरिकाद्वारा २५५५ औं बुद्ध जयन्ती पूजा सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाको सत प्रतिसत महिला नेत्रित्व रहेको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न (२०११)

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसारको अर्को एक रौनक

-न्यू योर्कमा २१३८ औं ह्योल्मो सोनाम ल्होसार सम्पन्न

-न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो

-न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक

न्यू योर्कमा ह्योल्मो सोसाईटी अफ अमेरिकाद्वारा ह्योल्मो सोनम ल्होसार २०१४ सम्पन्न
More photos of Hyolmo Sonam Losar 2014
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.