Inside

All Time Top 50 News

न्यू योर्कमा हेभेन्ली पाथ अमेरिकाद्वारा नेपालका अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक साँझ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 13 May 2014 23:12

Special: 7 photos: न्यू योर्क- हेभेन्ली पाथ अमेरिकाद्वारा नेपालका अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक साँझ सम्पन्नगरिएको छ। उक्त साँझबाट ३ हजार ६ सय अमेरिकि डलर संकलन गरिएको जनाईएको छ।

Heavenly Path USA hosted benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

मे १० तारिख अस्टोरियास्थित चियान फेडेरेसन हलमा आयोजना गरिएको उक्त साँस्कृतिक साँझमा संस्थाका उपाध्यक्ष साङ्ग दोर्जे शेर्पाले स्वागत मन्तब्य गरेका थिए भने भजनबाट पाहुनाहरुलाई स्वागत गरिएको थियो। इन्दिरा राईले हेबन्ली पाथको दर्शन र कार्यहरुकाबारे प्रकाश पारेका थिए। उक्त साँझमा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लुईसाङ्ग वाइबा तामाङले मन्तब्य ब्यक्त गरेका थिए।

Heavenly Path USA hosted benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

साँस्कृतिक कार्यक्रममा न्रित्यतर्फ जारा प्रसाई, लीला राई, सिता राई, तारा मिश्र, करुणा पुरी, आईती राई, बिष्णु मिश्र, लीला मिश्र, निनम्मा राई, सिम्रन अधिकारी र धना थापा मगरले नेपाली न्रित्य प्रस्तुत गरेका थिए। भजन प्रस्तुत गर्ने कलाकारहरुमा तिलक श्रेष्ठ, राजु खड्का, सुबर्ण शाक्य, सुकु राई, कमला सुब्बा, ब्रिन्दा राई, ईन्द्र लामिछाने, राजेन्द्र राई, य शोदा खालिङ राई, इन्दिरा राई, दीपा थापा, मीना राई, मामाता भट्टराई, बसन्ती श्रेष्ठ, सिता कुवर, दीपा पौडेल र पवित्र खड्का घिमिरेले प्रस्तुत गरेका थिए। उक्त साँझको सन्चालन संस्थापक महासचिब एबं गायक तिलक श्रेष्ठले गरेका थिए।

Heavenly Path USA hosted benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

के हो हेवन्ली पाथ? को हुन् सुप्रिम मास्टर गड एन्जेल (गुरु हजुर)?

"मन्दिर नगए हुन्छ, मस्जित नधाए हुन्छ
गुम्बा नगए हुन्छ, गिर्जा नधाए हुन्छ
आफ्नै मन चोखो छैन, धर्म नगरे हुन्छ"
- सुप्रिम मास्टर गड एन्जेल

हेवन्ली पाथका प्रबर्तक सुप्रिम मास्टर गड एन्जेललाई त्यसका उपासक एन्जेलहरुले माया र सम्मान गरेर "गुरु हजुर" भनी सम्बोधन गर्दछन्।

Supreme Master God Angel (aka Guru Hajur). Photos: Pratha Magar for USNepalOnline


हेवन्ली पाथकाबारे आफ्नो "अमरवाणी" पुस्तकमा गुरु हजुरले लेखेकाछन्- "हेवन्ली पाथ धर्म होइन तर सबै धर्मको सार हो। हेवन्ली पाथको मुख्य उद्धेश्य आत्माको उद्धार हो। धर्महरु बिचको शत्रुतापूर्ण सम्बन्धमा सेतु (पुल) को काम हेवन्ली पाथले गर्दछ।"

आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) हेवन्ली पाथको मुल उद्देश्य भएको पनि गुरु हजुरले बताए। उपचार पद्दति "आ-म-स" (आत्मा+मन+शरिर) (Aamasha Healing) हेवन्ली पाथको अर्को पाटो हो, जुन रोगीहरु बिच निक्कै प्रभावकारी र लोकप्रिय बन्दै गएकोछ।

उनको असली नाम के हो? उनी कहिले, कहाँ जन्मेका थिए?

गुरु हजुरकाअनुसार उनलाई "सुप्रिम मास्टर गड एन्जेल" (Supreme Master God Angel) नाम सन् २००४ मा भारतको मुम्बईमा भएको जोराश्ट्रियन (Zoroastrian) धर्मालम्बीहरुको विश्व शान्ती सम्मेलनमा आयोजकहरुले प्रदान गरेको हो। त्यस यता उनलाई यही नामले पुकार्न थालियो।

विश्वका ७० भन्दाबेशी मुलुकमा भ्रमण गरी सकेका गुरु हजुरको पासपोर्टमा कुन नाम होला? यो जिज्ञासामा उनले आफ्नो नाम नेपालको सबैभन्दा लामो भएको बताउँदै आफ्नो पासपोर्टमा भएको पुरा नाम यो पङ्क्तिकारको नोटबुकमा टिपाए- "Honorable Supreme Master Godangel Bal Tapaswi Satguru Om Nand". उमेरको हिसाबले गुरु हजुर नेपालका सम्भबत: सबैभन्दा कलिलो उमेरका चर्चित बाल तवस्वी हुन्। गुरु हजुरको जन्म बिसं २०३७ चैत्र १७ गते नेपालको उदयपुर जिल्लाको मैनामैनी गाउँ बिकास समितीको वडा नं २ माङ्तेन गाउँमा भएको थियो। उनका बुवा जयबहादुर वान्तवा राई र आमा पञ्चेस्वेरी राई हुन्।

जातपात र धार्मिक, साँस्कृतिक अन्ध विश्वासको बिरुद्ध

उसो त, गुरु हजुर जातपात र धार्मिक, साँस्कृतिक अन्ध विश्वासमा विश्वाश नगर्ने मात्र होइन त्यसप्रति कडा प्रहार गर्दछन्। उनी भन्छन्- "अन्ध विश्वाश भनेको एउटा जाल हो, त्यहाँ फँसेपछि बाहिर निस्कन अति कठिन हुन्छ। मृत्‍युपछि स्वर्ग प्राप्तिको लागि गरिने पुराण पाठ, दान-दक्षिणा अन्ध विश्वाशको अर्को रुप हो। बोक्सी प्रथा हुँदै हुँदैन, यदी हुन्छ भनेर कसैले जिकिर गर्छ भने उ नै बोक्सी वा बोक्सा हो किन भने ढोङ्गीले ढोङ्गी नै देख्छ। अबतारबाद अन्ध विश्वाशको पराकास्ठा हो, यदी अबतारबाद हुँदो हो त मेरो पूर्व अबतार खै? जबसम्म अन्ध विश्वाशको भुमरीबाट मुक्त हुन सकिन्न तबसम्म आफुले आँफैलाई चिनिदैन।"

उता उनी इश्वर र पुर्खाको नाममा पशु वली गर्नेहरुप्रति पनि उत्तिकै प्रहार गर्दछन्- "जुन धर्ममा बली भोग छ, त्यो धर्म धर्मै होइन किनभने बध गर्नु हिंशा हो, हिंशा पाप हो र पाप धर्मको उल्टो अधर्म हो। पशु वली चढाउनु नर्कको बाटो लाग्नु हो। परम प्रभुको आफ्नै सृस्‍टि- भाले, परेवा, पाठा, आदिलाई मारेर रगत चढाउनु आफ्नै छोराछोरीको रगत आमा-बाबालाई चढाउनु झै हो, के तपाईं आफ्ना नानीहरुको रगत पिउन तयार हुनुहुन्छ?"

जाति पातिको बर्खिलापमा रहदै आएका गुरु हजुरले आफ्नो "अमरवाणी" मा जातिबादको बारेमा लेख्छन्-" धर्ममा जातिय बिभेद भयो भने त्यो सर्प झै बिशालु हुन्छ। जातिबादमा अल्झिने मान्छेहरुले केवल जातिय आन्दोलनबाहेक आध्यात्मिक अनि धार्मिक दर्शन कहिल्यै दिन सक्दैनन्।" उनी मदिरा पान, पशु वली र अन्ध विश्वाशको विपक्षमा जति खुलेर लागेका छन् त्यो भन्दा बढी मनको सुद्धी गर्नतिर ध्यानको बाटो अपनाउन पुगेका छन्। उनी भन्छन्- "तिमिले एउटा कुरालाई भने मार्नै पर्छ, त्यो हो- खराब इच्छा।" अरु त अरु, लौ सुनुहोस् उनका उपदेश- "खराब मान्छेकोभन्दा कुरुप ढुङ्गाको उपयोगीता ज्यादा हुन्छ।"

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://www.usnepalonline.com/heavenlypath/

-न्यू योर्कमा हेभेन्ली पाथ अमेरिकाद्वारा साँस्कृतिक साँझ सम्पन्न

-न्यू योर्कमा हेबन्ली पाथ युएसएद्वारा नेपाली नयाँ बर्षको अवसरमा चियापान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा "हेभन्ली पाथ युएसए" द्वारा नेपाली अनाथ बालबालिकाहरुको सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गुरु हजुरको सन्देश: "खुशी भएर बाँच्नकोलागि प्रेमिलो आँखाले हेर्नुहोस्, समस्यालाई मित्र बनाउनुहोस्"

-न्यू योर्कमा गुरु हजुरद्वारा प्रबचन र आमस उपचार सेवा सम्पन्न

-न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो


Emcee Tilak Shrestha at Heavenly Path USA benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

Zara Prasai performing at Heavenly Path USA benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

Deepa Thapa singing at Heavenly Path USA benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

Simran Adhikari performing at Heavenly Path USA benefit cultural program in New York on May 10, 2014. Photos: Pratha Magar for USNepalOnline

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.