Inside

All Time Top 50 News

न्यू योर्कमा गुरुङ (तमू) सोसाइटी अफ अमेरिकाले वनभोज र अधिबेसन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Tikaram Gurung   
Saturday, 20 July 2013 15:45

Special: 6 photos: न्यू योर्क- दि गुरुङ (तमू) सोसाइटी अफ अमेरिकाले वनभोज कार्यक्रमकासाथ अधिबेसन गरी मेख गुरुङलाई पुन: निर्बाचित गर्दै १९ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ।


 

The newly elected executive committee members of The Gurung (Tamu) Society of America in New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

जुलाई १४ तारिख आईतवार आइतबार लंग आइल्याण्डस्थित भ्याल्ली स्ट्रिम स्टेट पार्कमा विभिन्न किसिमका मनोरंजनपूर्ण खेलहरू समाबेश गरी आयोजित वनभोज र अधिबेसन कार्यक्रममा २५० जनाभन्दा बढी तमु (गुरुङ) बन्धुहरुको सहभागिता रहेको थियो ।

जुलाईको चर्को घाममा चिसो सोडा, पानी र बियरसंग बार्बेक्यूको स्वादमा सहभागीहरुले मनोरन्जन लिएका थिए।

उक्त अवसरमा सचिव शेरजंग गुरुङ्ले वार्षिक प्रतिबेदन र कोषाधक्ष टीकाराम गुरुङ्ले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

तुलसी गुरुङ्, नारायण गुरुङ् र अर्जुन गुरुङ् सदस्य रहेको तिन सदस्यीय निर्वाचन मण्डलले दुई बर्षे कार्यकालकोलागि सर्वसम्मतबाट १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।


Re-elected president Mekh Gurung speaking at the convention and picnic n New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

नयाँ कार्य समिति

अध्यक्ष्य: मेख गुरुङ्
प्रथम उपाध्यक्ष: अर्जुन घले
दोस्रो उपाध्यक्ष: टीकाराम गुरुङ
सचिव: शर्मिला घले
कोषाध्यक्ष: गमप्रसाद गुरुङ
सहायक सचिव: श्याम गुरुङ
सहायक कोषाध्यक्ष: रोशनी गुरुङ,

सदस्यहरू

सिद्धार्थ गुरुङ
रामचन्द्र गुरुङ
बलबहादुर गुरुङ
प्रीति गुरुङ
पदम गुरुङ
खगेन्द्र गुरुङ
दुर्गा गुरुङ
विस्नुबहादुर गुरुङ
देविजंग गुरुङ
मनिता गुरुङ
प्रेम गुरुङ
अमृत गुरुङ

वन भोज कार्यक्रमको संचालन कार्य समितिमा तिन कार्यकाल बिताएका कर्तव्यनिष्ठ सचिव शेरजंग गुरुङले गरेका थिए ।

The Gurung (Tamu) Society of America hosted picnic in New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

बिगत वर्षहरुमा झैँ यस वर्ष पनि ८ जना हाइस्कूल तथा कलेज ग्राजुएड विध्यार्थीहरूलाई सफलताकोलागि बधाई ज्ञापन व्यक्त गर्दै समाजकोतर्फबाट अध्यक्ष मेख गुरुङले प्रमाण-पत्र र खादाद्वारा सम्मान गरेका थिए ।

यसरीनै स्कूल तहमा विशेष पुरस्कार र ट्रफी प्राप्त गर्न सफल भएका नानीहरू क्रमश सुप्रिम गुरुङ, रचना गुरुङ र शोनेश गुरुङलाई पनि खादा लाएर सम्मान गरियो । ग्राजुएडहरूलाई बधाई दिने सिलसिलामा सल्लाहकार हर्कजंग गुरुंगले अत्यन्तै मार्मिक मन्तव्य ब्यक्त गरेका थिए ।

The Gurung (Tamu) Society of America hosted picnic in New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

वन भोज कार्यक्रमकोलागि पानी, सोडा र बियरकोलागि ह्यापी किचनका दानी दम्पति बिरेन्द्र गुरुङ र मनिता गुरुङले प्रायोजन गरेका थिए भने लाली गुँरास रेस्टुरेन्टले चिया र खिर प्रयोजन गरेर समाज सेवाको भावनालाई उजगार गरे । उक्त योगदान र समाज सेवाप्रतिको भावनालाई कदर गर्दै खादद्वारा सम्मान गरिएको थियो  ।

The Gurung (Tamu) Society of America hosted picnic in New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

अन्त्यमा नव निर्वाचित अध्यक्ष मेख गुरुङले वन भोज कार्यक्रममा सहभागी हुनु हुने र विभिन्न किसिमबाट समाजलाई  सहयोग गर्ने सम्पूर्ण तमू परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै अध्यक्ष गुरुङले कार्य समितिका निवर्तमान पदाधिकारी र सदस्यहरूलाई उनिहरुको योगदानको उच्च मूल्यांकन गर्दै धन्यबाद ब्यक्त गरेका थिए भने नव निर्बाचित कार्य समितिबाट पूर्ण रुपमा सहयोगको अपेक्षा गरेका थिए ।

-Tikaram Gurung in New York

The Gurung (Tamu) Society of America hosted picnic in New York on July 14, 2013. Photos courtesy: Rajman Gurung

Read related news:

-http://www.usnepalonline.com/gurung/

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित
(डा. तोबी भोक्मान, टेक गुरुङ, धरमवीर लामा र राजेश थापा मगर सम्मानित)

-बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१२ यसरी मनाईयो

-बोस्टनमा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न

-न्यू योर्कमा गुरुङहरुको पितृ पूजा (खेमा) सम्पन्न

-New Leadership of Gurung (Tamu) Society of USA

-न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा

-न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.