Inside

All Time Top 50 News

न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 03 January 2011 10:20
Article Index
न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न
More photos of Gurung Lhochhar New York 2011
All Pages

सुजन गुरुङलाई 'प्रेसिडेन्ट अवार्ड' द्वारा सम्मानित
Exclusive: 1 video, 38 photos:
न्यू योर्क- दि गुरुङ (तमु) सोसाइटी इङ्क अमेरिकाको आयोजनामा बिगत ११ बर्षदेखी मनाइदै आएको गुरुङ ल्होसार नयाँ बर्ष २०११ को पहिलो दिन जनवरी १ मा न्यू योर्कस्थित आर्मेनियन चर्चमा सम्पन्न भएको छ।


Artists performing welcome song at Gurung (Tamu) Lhochhar celebration in New York on January 1, 2011. Photos: eEyeCam.com

उक्त साँझको उद्घाटन अमेरिकि गुरुङ समाजकि बयोब्रिद्ध महिला ७१ बर्शिय पदमा गुरुङले दीप प्रज्वलन र महामानब गौतम बुद्धको प्रतिमुर्तीमा परम्परागत खादा ओढाइ गर्नु भएको थियो भने बिशिस्ट अतिथीकोरुपमा संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोगका स्थाई प्रतिनिधि तथा महामहिम ज्ञानचन्द्र आचार्यले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।


Tamu Society's senior citizen Padma Gurung (71 year-old) inaugurating the Gurung (Tamu) Lhochhar. Photos: eEyeCam.com

समारोहमा सोसाइटीको हर कार्यक्रममा सकृयरुपमा निरन्तर कृयाशिल भई योगदान पुर्‍याउनु भएकोमा पोहर साल सम्पन्न ल्होसार साँझका संयोजक तथा सोसाइटीका बोर्ड अफ डाइरेक्टर सुजन गुरुङलाई 'प्रेसिडेन्ट अवार्ड' द्वारा सम्मान गरिएको थियो। उक्त पुरस्कार सोसाइटीका अध्यक्ष टिका गुरुङले प्रदान गर्नु भएको थियो।


Sujan Gurung receiving President's Award from The Gurung (Tamu) Soceity Inc. USA President Tika Gurung. Photos: eEyeCam.com

उक्त ल्होसार साँझमा सोसाइटीका सल्लाहकार तुल्सी गुरुङले स्वागत मन्तब्य ब्यक्त गर्दै ल्होसारबारे प्रकाश पार्नु भएको थियो भने गायिका ज्योति गुरुङ र अन्य कलाकारहरुको समुहले स्वागत गीत गाएको थियो।



उद्घाटन सत्रको सन्चालन सोसाइटीका सचिब शेरजङ्ग गुरुङले गर्नु भएको थियो।

उक्त ल्होसार साँझको मुख्य आकर्शणकोरुपमा रहेको बिबिध साँस्कृतिक कार्यक्रममा दुई दर्जनबेशी गुरुङ र गैर गुरुङ कलाकारहरुले बिभिन्न गुरुङ र नेपाली भाषाका गीत र न्रित्यहरु प्रस्तुत गरेर उपस्थित पाहुनाहरुलाई खुब मनोरन्जन दिलाएका थिए।



खगेन्द्र गुरुङ र अनिता घलेद्वारा सन्चालित साँस्कृतिक कार्यक्रममा गायनतर्फ ज्योति गुरुङ र राजेश थापा मगरको युगल गुरुङ गीत, अनिल शाहीको एकल गुरुङ गीतकासाथै रोशन गुरुङ, प्रकाश गुरुङ र राजेश थापा मगरको नेपाली गीतले दर्शक दीर्घालाई तताउने प्रयास गरेको थियो भने नेपालकि चर्चित गायिका ज्योति गुरुङका गीतहरुमा दर्शक र अतिथीहरु ननाँची धरै पाएनन्।

Singer Jyoti Gurung singing a Gurung song with her chorus. Photos: eEyeCam.com

युएस नेपाल अनलाइनद्वारा गुरुङ ल्होसारबारे तयार पारिएको बिशेष भिडियो हेर्नुहोस्:



उता साँझमा न्रित्यतर्फ कोरियोग्राफर बिजय नकर्मीद्वारा निर्देशित सुनिता गुरुङ र रश्मी लामाको चुट्का न्रित्य, न्रित्य निर्देशक धरमबिर लामा र वाकाशा राइ तथा रमेश गुरुङ र यशोदा खालिङ राइको युगल न्रित्य प्रस्तुत गरिएको थियो।


Sunita Gurung and Rashmi Lama performing at Gurung Lhochhar. Photos: eEyeCam.com

अन्य कलाकारहरुमा तुल्सी गुरुङ, चन्द्रकाशी गुरुङ, सोनु गुरुङ, यान्चेन लामा, भक्ती गुरुङ, देबी बस्नेत, भिमा बस्नेत, कुमारी घिमिरे, मोहिनी घोसाइ, उमा अधिकारी, आगोराज गुरुङ, ईन्द्र गुरुङ, देबिजङ्ग गुरुङ, बिदान गुरुङ, सनम गुरुङ, नमरता गुरुङ, निरु गुरुङ, प्रेम गुरुङ, पोबिन गुरुङ, बिजय गुरुङ, प्रशान गुरुङ, सृस्‍टि गुरुङ, सुमन दुरा, गमप्रशाद गुरुङ, सनम गुरुङ थिए।

रात्रीभोज र डिजे ब्यबस्था गरिएको ल्होसार सांझको अन्तमा कलाकार र सहयोगीहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो भने सोसाइटिका अध्यक्ष टिका गुरुङले कार्यक्रम सफल बनाउन मद्धत गर्ने सबैलाई धन्यवाद दिदै ल्होसार साँझको समापन गर्नु भएको थियो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 





Kiran Shahi. Photos: eEyeCam.com



First Lady of The Gurung (Tamu) Society Inc. USA, Dr. Susan Hangen.







Singer rajesh Thapa Magar. Photos: eEyeCam.com



Sunita Gurung. Photos: eEyeCam.com







Singer Praksh Gurung. Photos: eEyeCam.com




The Gurung (Tamu) Society Inc. USA President Tika Gurung and Sujan Gurung. Photos: eEyeCam.com

Yashoda Khaling Rai and Ramesh Gurung. Photos: eEyeCam.com









Singer Roshan Gurung. Photos: eEyeCam.com




Dharambir Lama and Wakasa Bantawa Rai. Photos: eEyeCam.com




 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.