Inside

All Time Top 50 News

न्यू जर्सीमा सडक दुर्घटनामा गोबिन्द भण्डारी सिकिस्त, अस्पतालको ICU मा भर्ना, आफन्तको खोजी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 14 August 2012 03:16

Exclusive: न्यू जर्सी- नेपालको बिराटनगर घर भएका झन्डै ६० बर्ष उमेरका गोबिन्द भण्डारी सडक दुर्घटनामा परि सिकिस्त घाइते भई न्यू जर्सीस्थित रोबर्ट जोन्सन हस्पिटल, न्यू ब्रन्सविकमा अति आपतकालिन कक्ष (ICU) मा राखिएकाछन्। उनको नातेदार न्यू योर्कमा छन् भनिएको छ तर ति को हुन् पत्ता लगाउन सहयोग गर्नुहोस्।

 



उक्त अस्पतालकि परिचारिका क्रिस्टिनले युएस नेपाल अनलाइनलाई जानकारी गराएअनुसार आईतवार अगस्ट १२ तारिख बेलुकीदेखि अहिले (अगस्ट १३, १०:४० बजे EST बेलुकी) सम्म भण्डारीलाई अचेत अवस्थामा मेसिनद्वारा श्वास दिएर राखिएको छ। अस्पतालको फोन संपर्क ७३२-९३७-८५६० हो।

उनकाअनुसार अहिलेसम्म कुनै नातेदारले अस्पतालमा संपर्क गरेको छैन।

युएस नेपाल अनलाइनलाई यो घटनाको जानकारी न्यू जर्सीका श्याम कार्कीले गराएका हुन्। उनकाअनुसार उक्त दुर्घटना इस्टोन एभेन्यू, समरसेट, न्यू जर्सीको ट्राफिक चौकमा अगस्ट १२ तारिख बेलुकी अन्दाजी साढे नौ बजे राती घटेको हो। उक्त दुर्घटनापछि भण्डारीलाई फ्रान्कलिन टाउनशिप पुलिसद्वारा उक्त अस्पतालमा उपचारार्थ लगिएको थियो।

उता इस्टोन एभेन्यू, समरसेटस्थित ग्यास स्टेसनमा काम गर्ने नोर्बु शेर्पाकाअनुसार भण्डारीले इस्टोन एभेन्यूस्थित पूजा इन्डियन रेस्टुरेन्टमा काम गर्ने र इन्डियन रुममेटसंग बस्ने गरेको जानकारी गराए। शेर्पाको स्टेसनमा काम गर्ने रोगु नाम गरेका नेपालीले न्यू योर्कमा भण्डारीको आफन्तकोबारे जानकारी हुन सक्ने नजाउँदै भोली अगस्ट १४ मा रोगु काममा आएपछि थप जानकारी प्राप्त हुने बताए।

भण्डारीको फोन नम्बर ७१८-२००-६९३१ उनको न्यू योर्कमा बस्ने नातेदारले किनिदिएको बताइएको छ।

अपडेट जारी छ...

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.