Inside

All Time Top 50 News

ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसि) ले सन् २०१२-२०१३ मा सम्पन्न गरेका कार्यहरुको लेखाजोखा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Yem Poudel   
Tuesday, 25 March 2014 20:31

दुई बर्षमा ६७ हजार ८६० अमेरिकि डलर संकलन, भवन निर्माणकोलागि पहल, राहत प्रदान, ४,६२९ डलर बचत
Exclusive:
3 photos: बोष्टन- अमेरिकाको बोष्टनमा सन् १९८९ मा स्थापित २४ बर्ष पुरानो नेपालीहरुको साझा सामाजिक सँस्था "ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसि)" ले हरेक बर्ष बोस्टनबासी नेपालीहरुको पक्षमा काम गर्दै आएको छ। दुई बर्षमा ६७ हजार ८६० अमेरिकि डलर संकलन गर्न सफल भएको छ भने भवन निर्माणकोलागि २६ हजार ३२२ डलर अनुदान गरिएको छ। उता नेपालीलाई भईपरिआएको आपदबिपदमा बिभिन्न घटनामा ३६ हजार ९०९ डलर राहत प्रदान गरिएको छ। जिबिएनसिआफ्नो कोशमा ४ हजार ६२९ डलर बचत रहेको छ।



जिबिएनसिले नेपालीहरुको दु:ख सु:ख र मर्दा पर्दाको साथी बनि धेरै कल्याणकारी काम सम्पन्न गरिसकेको छ । २४ बर्षमा यसमा सँलग्न भै कामगरेका, श्रम समय र पसिना खर्चेका, प्रभावित, लाभान्वित र सम्मानित नेपालीहरुको लेखाजोखा गर्ने हो भने सयौको सँख्या हुनपुग्छ । ग्रेटर बोष्टनमा देखिने प्राय: सामाजिक ब्यक्तित्वहरु, प्रतक्ष्य वा परोक्षरुपमा कुनैनकुनै बेला जिबिएनसिमा नरहेको पाऊन मुश्किल पर्छ । नेपाली पहिचानका सैयौ कार्यक्रम सम्पन्न गरिसकेको जिबिएनसिको नाम आजकल यहाका सिटि र स्टेटहरुले पनि लिन थालेका छन् ।

ग्रेटर बोष्टनमा नेपालीहरुको चाप बढिरहेको छ। आधिकारिक बिबरण नभएपनि करिब २० हजारभन्दा बढिको सँख्यामा नेपालीहरु भएको सबैतिरबाट अनुमान हुने गरेको पाइन्छ । अत: जिबिएनसिको सम्पर्कमा नआएका नेपाली पनि परिआऊदा नेपालीको सँस्था छ भनेर ढुक्क हुने गरेको बताऊने गर्छन् भने नेपाली पनि कमिटेड छन् त्यतिकै सोसियल छन् भनि नेपाली अस्तित्वप्रति गर्ब गरेको पाइन्छ ।

GBNC President Milan Gurung speaking at the Dashain festival celebration in Boston on October 14, 2013. Photos courtesy: Sajha.com


नेपाली एकताको साझा प्लेटफर्म र साझा काम

बोष्टनमा नेपालीहरुको साझा प्लेटफर्म, अम्ब्रेला सँस्था, साझा फुलवारी वा एकताको थलो जे भनेपनि जिबिएनसि नै हो । जिबिएनसिकाबारे अमेरिका भरका नेपालीलाई थाहा छ, त्यहि भएर बोष्टनमा हुने राम्रा काम र नराम्रा काममा पछाडि जिबिएनसिलाई जोडने गरिन्छ । कतिपय नेपालीलाई जिबिएनसिले गरेका सबै कामहरु थाहा नहुन सक्छ तर सँस्थाका नियमित कामसँग प्राय: यहाका नेपालीहरु परिचित छन् । नेपाली नया बर्ष, दशै, धौसीभैलि जस्ता चाडबाड र नेपाली कला, सँस्कृति, भाषा साहित्यको पक्षमा हुने गरेका कार्यक्रमहरु, आपसि हक हित एवँ नेपाली अस्तित्वका खातिर हुने गरेका कामहरु, र भैपरिआऊने बिभिन्न समस्या समाधानका कामहरु बोष्टनका प्राय: नेपालीलाइ राम्ररी थाहा छ । ग्रेटर बोष्टनमा नेपालीहरुको सँख्या बृद्दिसंगै स्वदेश तथा विदेशका नेपाली दु:ख दर्द र समस्याका निबेदनहरु पनि जिबिएनसिलाई आऊने गर्दछन् । यसको अतिरिक्त बर्षौदेखि धेरै नेपालीलाई खडकेको कुरा नेपाली कम्युनिटि सेन्टर हो । यसको थालनी गरि काम अगाडि बढाऊने सँयोग भने पछिल्लो समितिलाई जुटन गएको छ । सिङ्गो नेपाली पहिचान, नेपाली एकता र अस्तित्वको खातिर ग्रेटर बोष्टनमा पाचबर्ष भित्र पशुपतिनाथ र बुद्दको मन्दिरसहित नेपाली कम्युनिटि सेण्टर बनाऊने अभियान यतिबेला अगाडि बढिसकेको छ । जसको श्री गणेश गर्ने कार्यमा जिबिएनसिले नै पहलकदमि गरेको थियो । जिबिएनसि नेपालीहरुको पृथक कुनै काल्पनिक रुप कदापि हैन बिदेशि भुमिमा रहेर पनि नेपाल र नेपालीका हितका खातिर नेपालीहरुव्दारा नै स्थापित एवँ सँचालित सँस्था हो । सिङ्गो नेपालीकै बास्तबिक रुप भएकाले यसका गुन बैगुनसंग यहाका नेपाली प्रतक्ष्य वा परोक्षरुपमा जोडिएकै छन् अत: सँस्थाले गरिआएका कामलाई साथ दिदै बेलाबखत अन्जानमा हुने गल्ति कमजोरिहरु ऊपर सकारात्मक सल्लाह र सुझाव दिदै सँस्थालाई दिर्धकालसम्म अगाडि बढाऊन जिबिएनसिले सबै नेपालीप्रति हार्दिक अपिल गरेको छ ।

Greater Boston Nepalese Society (GBNC) celebrated Nepali New year 2070 as Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: eEyecam.com

कामहरु पारदर्शि र सार्बजनिक गरिदै जाने

बोष्टनमा नेपाली कम्युनिटि जसरि पनि चाहिन्छ, यसलाई पारदर्शि, लोकतातान्त्रिक र अझै शसक्त बनाऊदै लग्नु पर्नेमा कसैको दुइमत छैन । मानिसको ध्यान सकारात्मकभन्दा नकारात्मकतर्फ पहिला पुग्छ, त्यो स्वभाविक हो । त्यसैले गर्दा पनि हुनसक्छ, जिबिएनसिले गरेका धेरै सकारात्मक कामहरु ओझेलमा छन् । जिबिएनसिप्रति योगदान गर्नेहरुको इतिहास ओझेलमा छ । नत्रभने २४ बर्षको बोष्टनको नेपाली इतिहासमा जिबिएनसिले नगरेको सामाजिक काम केहि छैन जस्तो लाग्छ । अत: बिगतको बिषम परिस्थितिमा सँस्था जन्माऊनेदेखि दु:ख सुखमा डोरयाऊदै आजको दिनसम्म ल्याइपुराऊने जिबिएनसिका सबै अग्रज पदाधिकारिहरुको योगदानको कदर हुदै जावस, सँस्थाले गरेका सबै कामहरु सार्बजनिक गर्दै जाऊन भन्ने मान्यतालाई आत्मसाथ गर्दै जिबिएनसिले गरेका शुरुदेखिका कामहरुलाई लिपिबद्द गर्न नसके पनि आइन्दा जिबिएनसि  कामहरु सार्वजनिक हुदै जाऊन भन्ने ऊद्देश्यले नयाँ बिधान अनुरुप २ बर्षे कार्यकालकोलागि मिलन गुरुङको अध्यक्ष्यतामा गठित ३३ सदस्यिय कार्यसमितिले मिति: अक्टोबर २२, २०१२ पश्चात गरेका गरेका खासखास कामहरुलाई पब्लिकमा ल्याऊनु मेडियाको पनि एक जिम्मेवारी सम्झि सकेसम्म नछुटाई निम्नानुसारका कामहरुलाई समेटने प्रयास गरिएको छ । सम्पन्न कार्यक्रमहरुकोबारेमा थाहा पाऊदा नाफा घाटाको कुरा पनि खडकन सक्ने बिषय भएकाले त्यसलाईसमेत सँस्थाका कोषाध्यक्ष्य भक्त गुरुङ तथा अध्यक्ष मिलन गुरुङसँग सल्लाह एवँ बिबरण लिइ संगसंगै राख्ने प्रयास गरिएको छ ।

जिबिएनसिले सन् २०१२-२०१३ मा सम्पन्न गरेका कार्यहरु

(१) नोभेम्बर १२-१८, २०१२ मा सम्पन्न सँयुक्त भैलीधौसी कार्यक्रम

बिगतका बर्षहरुमा झै सन् २०१२ मा पनि जिबिएनसिले भैलिधौसीको आयोजना गर्दा शुरुमै एऊटा साझा सहमति बनाई काम थालेको र जिबिएनसिको पहलकदमिमा हिमालयन लायन्स क्लब एवँ बोष्टन लोक सुसेली समुहलगायका नेपाली सँघ सँस्थाको त्यतिकै हात भएको सँयुक्त धौसीभैलिलाई नेपाली कम्युनिटि भवन बनाऊने दिर्धकालिन सोचसहित अगाडि बढाइएको थियो । धौसीभैलि नेपालीहरु बसोबास गरेका बिभिन्न शहरका १० ठाऊमा खेलिएको र ऊल्लेखनिय रकम जुटि २६,३२२.६५ डलर बचत भएको थियो । धौसीभैलिको पुर्ण सफलता पश्चात नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानलाई बैधानिकरुपमै अगाडि बढाऊनु पर्छ, सुस्ताऊन दिनु हुदैन, छुट्टै प्रोजेक्ट खडा गरि अगाडि बढाऊनु पर्छ भन्ने मान्यतासहित बिभिन्न चरणका बैठकहरु सम्पन्न भएका थिए । अत: ऊठेको रकम पनि तत्काल छुट्टै कोष खडा गरेर राखिएको थियो । यसै सँयुक्त धौसीभैलिबाट शुरु गरिएको नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियान अब झ्याँगिदै छ । यस काममा जिबिएनसि दिलो ज्यानले लागि परेको थियो ।

Deusi-Bhailo hosted in Boston by Pashupati Buddha Foundation of New England between November 1-6, 2013 and fund-raised USD $26,259. Photos courtesy: YMKNepal.com


(२) पशुपतिनाथ बुद्द फाऊण्डेशन स्थापना गर्न नेतृत्वदायी भुमिका

जिबिएनसिको पहलकदमिमा हिमालयन्स लायन्स क्लव र बोष्टन लोक सुसेली समुहलगाएतका सँघ सँस्थाको त्यतिकै हात रहेको सँयुक्त भैली धौसी २०१२ सफलरुपमा सम्पन्न भएपछि नेपालीहरुको पहिल्यै देखिको चाहना अनुरुपको काम नेपाली कम्युनिटि सेन्टर बनाऊने सम्बन्धमा ग्रेटर बोष्टनमा एकातर्फ पशुपतिनाथको मन्दिर र अर्कातर्फ बुद्दको स्तुपासहित पाच बर्षभित्र दुइ चरणमा गरि  बिधिवतरुपमा सोको निर्माण गर्ने गरि अन्ततोगत्वा श्री पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यु ईङलैण्ड नामक नन प्रफिटेवल रिलिजियस एण्ड कल्चरल अर्गनाइजेशनको स्थापना गरि अगाडि बढने भन्ने बृहद टुङगोमा नपुग्दासम्म बिभिन्न चरणमा गर्नुपरेको काम, भेटघाट, छलफल सहमति र मिटिङहरुकोलागि जिबिएनसिले नै नेतृत्वदायी भुमिका खेलेको थियो । जिबिएनसिका अध्यक्ष मिलन गुरुङलाई सँयोजक तोकि काम अगाडि बढाइएको थियो । यस कामकोलागि शुरुमा ऊहाको घरनै भेटघाट सेन्टर तथा अफिस जस्तो भएको थियो । अब भने फाऊण्डेशन छुट्टै अस्तित्वसहितको नेपाली सँस्थाकोरुपमा स्थापित भइसकेको छ । सन् २०१३ को धौसीभैली फाऊण्डेशनले सँचालन गरेको थियो । सन् २०१३ मा ग्रेटर बोष्टनस्थित ६ स्थानमा भएको बृहद धौसीभैलि आयोजना र गत बर्षको बचतसहित फाऊण्डेशनको खातामा हालसम्म ४९,६६३.६५ डलर बैँक मौज्दात भएको फाऊण्डेशनका आर्थिक बिभाग प्रमुख भुवन गुरुङले जानकारी गराएकाछन्।

गत बर्ष फेब्रुअरि ११, २०१३ मा टाऊन हल मिटिङ सम्पन्न भै फाऊण्डेशनको बिधि बिधान र कार्यक्रम पास भइसकेको अबस्था छ । यो बर्ष फेरि अप्रिल ७, २०१४ का दिन पुन: साधारण सभाको आव्हान गरिएको छ । फाऊण्डेशनले फाइब ओवानसिथ्रिकोलागि आइआरएसमा निबेदन गरिसकेको र सो आऊने चरणमा सँस्था पुगिसकेको अबस्था छ । बिभिन्न महानुभावबाट बोलिएको रकम  जोडदा फाऊण्डेशनको आर्थिक हैसियत एक बर्षमै साढे तिन लाख पुगि सकेको थाहा भएको छ । फाऊण्डेशनले करिब १५ लाख डलरमा निर्माण काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस प्रकारको फाऊण्डेशनको स्थापना गर्नमा जिबिएनसि बर्तमान कार्य समितिले पहलकदमिपुर्ण कामहरु गरेको थियो । नेतृत्वदायी भुमिका निभाएको थियो ।

(३) नोभेम्बर, २०१२ मा लेलिन कडेललाई सहयोग

नेपालमा चितवन ज्यामिरे घर भै सन् २००८ देखि अमेरिकाको बोष्टनमा बसोबास तथा कुईन्सि कलेजबाट एसोसियट डिग्रि गरेका लेलिन कँडेललाई ब्लड क्यान्सरको ऊपचारमा सहयोगार्थ करिब ७ हजार डलर जुटाई सहयोग हस्ताँतरण गरिएको थियो ।

(४) डिसेम्बर ७, २०१२, दिवँगत मुरारीराज शर्माको अन्त्यष्टी

चार बर्षदेखि ग्रेटर बोष्टनमा बसोबासरत नेपालमा घर काठमाडौ भएका मुरारीराज शर्माको मास जनरल अस्पतालमा डिसेम्बर ५, २०१२ मा असामयिक निधन भएपछि जिबिएनसिले ततपश्चातको गर्नुपर्ने सम्पुर्ण काम तथा प्रकृयाहरु पुरा गरि डिसेम्बर ७ तारिख ५८० माऊण्ट अबुन स्ट्रिटमा अन्तिम सँस्कार/श्रद्दाञ्जली कार्यक्रम सम्पन्न गरी शर्माको घर परिवारलाई सक्दो सहयोग एवँ राहत दिने काम जिबिएनसिले सम्पन्न गरेको थियो ।

(५) डिसेम्बर २९, २०१२ मा सम्पन्न डिजे नाइट धमाका

तन्नेरि नेपाली युवाहरुको चाहना र बिदेशमा पनि आधुनिक नेपाली गितको क्रेजलाई मध्यनजर गरि बिशेषगरि युवा नेपाली साथीहरुलाई समेटने ऊद्देश्यले पहिलो पटक जिबिएनसिले क्याम्ब्रिज, मेडेइरोज एभस्थित हलमा "स्पेशल डिजे नाईट धमाका" सम्पन्न गरेको थियो । ऊक्त दिन भारी हिमपात हुने भै राज्यव्दारा खतरा दिन घोषित हुनपुगि कार्यक्रम प्रभावित भएपनि सँस्थाका पदाधिकारिहरुको प्रयासमा आम्दानि २,५९३ डलर, खर्च २,५७५ डलर भएको थियो ।

(६) मार्च ३, २०१३ मा सम्पन्न फण्डराइजिङ डिनर प्रोग्राम

ग्रेटर बोष्टनको समरभिलस्थित मसला रेष्टुरेण्टमा भएको जिबिएनसिको फण्डराईजिङ डिनर प्रोग्राममार्फत सँस्थालाई २,०२१ डलर सँकलन (मुनाफा) भएको थियो । बोष्टन लोक सुसली समुहले बिशेष सहयोग गरेको प्रोग्राममा बिभिन्न नेपाली सास्कृतिक प्रोग्राम पनि समाबेश थिए । बिगतका बर्षहरुमा सँस्थाको आयश्रोत धौसीभैली हुन्थ्यो, यस बर्षदेखि धौसीभैलीको रकम नेपाली कम्युनिटि सेन्टर बनाऊन पशुपतिनाथ बुद्द फाऊण्डेशनलाई जाने भएकाले पहिलो पटक यसरि जिबिएनसिले फण्डराईजिङ प्रोग्राम आयोजना गरेको थियो ।

(७) अप्रिल १५, २०१३ मा सम्पन्न "बैसाखी साँझ"

नेपालीहरुको नयाँ बर्ष २०७० को ऊपलक्ष्यमा जिबिएनसिले क्याम्ब्रिज सिटि मेडेइरोज एभस्थित हलमा नेपाली खाना , नेपाली पहिरन, नेपाली साँस्कृतिक प्रस्तुतीसहित बैसाखी साँझ सम्पन्न गरेको थियो । ऊक्त दिन बोष्टन बम बिष्पोट काण्डले कार्यक्रम केहि प्रभाबित भएपनि नेपालीको सहभागिता ऊल्लेख्य रहेको थियो । अमेरिकाका स्टेट सिनेटर विल ब्राऊन्सबर्जर प्रमुख अतिथि रहेको सो कार्यक्रममार्फत सँस्थालाई आम्दानी १०,३४७.८९ डलर र खर्च ९,१०३.८९ डलर हुन गै १,२४४.०० डलर मुनाफा भएको थियो ।

Artists performing Nepali folk dance at Baisakhi Saanjh in Boston on April 15, 2013. Photo: Sajha.com via ymknepal.com

(८) मे २५, २०१३ मा सम्पन्न २५५७ औ बुद्द जयन्ती

२५५७ औ बुद्द जयन्तिको सुअवशरमा जिबिएनसिले पहिलो पटक मासाचुसेटस राज्यको अर्लिङटन सिटिस्थित १५ ब्राटलेट एभिन्युमा रहेको "द युएस जोओ रिँपुचे नामले चिनिने अत्यन्त कलात्मक बुद्द मन्दिरमा बिशेष कार्यक्रमसहित बुद्द पुजा तथा बुद्द जयन्ति सम्पन्न गरेको थियो । बुद्द जयन्तीमा सहभागीहरुबाट प्रदान गरिएको ४२८ डलर मध्ये २४४ डलर सोही गुम्बालाई प्रदान गरि बाकि २१४ डलर सँस्थालाई मुनाफा भएको थियो ।

(९) मे ३०, २०१३ एएनएमा भागलिन जाने बोष्टनको खेलाडीलाई सहयोग

न्यु योर्कमा आयोजित ३१ औं एएनए कन्भेन्सन २०१३ मा बोष्टनको प्रतिनिधित्व गरेर जान लागेका दुइ खेलाडी टिम नेपालिज साकार टिम बोष्टन र बोष्टन बास्केटबल टिमलाई जिबिएनसिको लोगो प्रयोग गरि खेल खेल्ने गरि बिगतमा झै खेलकुदको बिकाश र खेलाडीको हौसलाकोलागि जिबिएनसिकोतर्फबाट ३००/३०० डलरका दरले ६०० डलर सहयोग प्रदान गरिएको थियो ।

(१०) जुन १५, २०१३ बोष्टन म्याराथुन बम भिक्टिमलाई सहयोग

बोष्टन म्याराथुन भिक्टिमहरुकोलागि वान फण्ट बोष्टनमार्फत जिबिएनसिले २१४ डलर सहयोग स्वरुप प्रदान गरेको थियो ।

(११) जुलाई १, २०१३ जिबिएनसिकोतर्फबाट नौलो घुम्ति नेपाललाई सहयोग

नेपालमा एचआइभि एडस र लागु पदार्थ दुर्ब्यसनि रोकथामकोलागि बिगत १० बर्षदेखि काम गरि आएको सँस्था नौलो घुम्तिलाई पुनर्स्थापना केन्द्र बनाऊने कामकोलागि बोष्टनमा भेटघाटमा आएकी ऊक्त सँस्थाकी सचिव दिनकुमारी शर्मालाई जिबिएनसिका साथीहरुले भेटेछि पदाधिकारीहरुकोतर्फबाट ऊठाइएको रकम जिबिएनसिको नामबाट नौलो घुम्तिलाई ८०० डलर सहयोग स्वरुप प्रदान गरिएको थियो ।

(१२) जुलाई १३, २०१३ मा सम्पन्न २०० औ भानु जयन्ती कार्यक्रमको मुख्य प्रायोजन

अमेरिकामा नेपाली कला, सँस्कृति र नेपाली साहित्यको जगेर्नार्थ बिभिन्न समयमा कार्यक्रम गरि आएको  जिबिएनसिले अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोष्टन च्याप्टरसँग मिलि बोष्टनका कवि साहित्यकारहरुको चाहना अनुरुप २०० औ भानु जयन्ती मनाऊन मुख्य प्रायोजन गरेको थियो । नेपाली साहित्य श्रीबृद्दिका खातिर नेपालीहरुले गर्ने कार्यक्रममा सहयोग गर्नु पनि नेपालीहरुको छाता सँस्थाको दायित्व अन्तर्गतकै काम भएकाले जिबिएनसिले १७५ डलर सहयोग गरेको थियो । भानु जयन्तीमा बालबालिकाव्दारा रामायण बाचन, भानु महिमा, कबिता बाचन, नेपाली लोक नृत्य, मुक्तक, भानु घासि नाटक आदि समावेश थिए ।

(१३) अगष्ट १७, २०१३ मिस नेपाल युएसकोलागि एलिसा थापालाई सहयोग

अगष्ट १७, २०१३ मा न्यु योर्कमा सम्पन्न मिस नेपाल युएसए २०१३ मा मासाचुसेटस र बोष्टनबाट युवाबर्ग र किशोरिहरुको प्रतिनिधित्व गर्दै राम्रो परफरमेन्सकासाथ अगाडि बढेकी जिबिएनसिका प्रोग्रामहरुमा बेलाबखत होष्ट गर्दै सहयोग गरि आएकी बोष्टन अर्लिङटन निवासी एलिशा थापाको प्रतिभाको कदर गर्दै जिबिएनसिले २०० डलर सहयोग गरेको र जिबिएनसिका पदाधिकारीहरुले ब्यक्तिगतरुपमासमेत सँकलन गरि सहयोग र समर्थन गरेका थिए ।  

(१४) सेप्टेम्बर २, २०१३ मा सम्पन्न समर बारबेक्यु तथा फ्रि हेल्थ क्याम्प

बोष्टनमा जिबिएनसिले हरेक बर्ष कार्यक्रम गर्दै नेपाली बिद्दार्थीसहित सम्पुर्ण नेपालीलाई समेटदै आएको समर बारबेक्यु वाटरटाऊनको आर्सनल पार्कमा धुमधामसँग सम्पन्न भएको थियो । बिभिन्न खेलकुदसहित सम्पन्न बारबेक्युमा फुटबल, बास्केटबल, म्युजिकल चियर, मार्वल रेस आदी समाबेश थिए भने एभरेष्ट हेल्थ केयरका इस्पेसियलिष्ट पिएलएलसिका डा. बिशाल मैनालीबाट नि:शुल्क स्वास्थ्य जाचको ब्यबस्था गरिएको थियो । नेपाली भेटभाट र खेलकुदको बिकास, पोलेर मकै खादाको आनन्द र समरमा बिभिन्न पेशा, ब्यबसाय र अध्ययनमा लागेका नेपालीसँग हुने भेटभाटको आनन्द लिन टाढा टाढाबाट नेपाली आएका थिए । जिबिएनसिलाई यस कार्यक्रममार्फत आम्दानि १,९२० डलर, खर्च ८६९.७८ र मुनाफा १,०५०.२२ डलर भएको थियो ।

(१५) अक्टोबर १४, २०१३ बिजया दशमी कार्यक्रम

नेपाली चाडबाड मनाऊदै नेपाली कला, सँस्कृतिको जगेर्नार्थ काम गरि आएको जिबिएनसिले २०७० बडा दशैको ऊपलक्ष्यमा क्याम्ब्रिज मेडेइरोज एभस्थित हलमा दशै कार्यक्रम सम्पन्न गरेको थियो। पहिलोपटक दशैकै दिन आयोजित दशै कार्यक्रममा हलमै दुर्गा पुजा, मान्यजनबाट टिका, जमारा लगाऊने ब्यबस्था गरिएको थियो । मिठा मिठा नेपाली परिकार, नेपाली पहिरन नेपाली साँस्कृतिक प्रस्तुति, नेपाली भेषभुषा आदिले गर्दा यस बर्षदेखि दशै कार्यक्रमको रौनक बोष्टनमा नयाँ बनाऊन खोजिएको थियो । यस बर्षको बिजया दशमी प्रोग्रामबाट पनि सँस्थालाई कुनै घाटा भएन आम्दानि ६,९६५.८० डलर खर्च ६,६८२.०५ डलर र मुनाफा २८३.७५ भएको थियो ।

(१६) जनवरि ३१, २०१४, स्व. बलराम के.सिको अन्त्यष्टि तथा परिवारलाई सहयोग

बिगत ५ बर्षदेखि अमेरिकामा रहि पछिल्लो समय ग्रेटर बोष्टनको रिबियर सिटि बसोबास गर्ने नेपालमा घर काभ्रे पनौति चौकोट भएका बलराम के.सिको जनवरि २४, २०१४ का दिन असामयिक निधन भएपछि जिबिएनसिको तत्काल मिटिङ बसि सहयोग तथा सदगत समिति गठन भै आबश्यक प्रकृया एवँ नेपालमासमेत सम्पर्क गरि गर्नुपर्ने सम्पुर्ण काम सम्पन्न गरि जनवरि ३१, २०१४ का दिन ५०० कान्टेरबुरि स्ट्रिट, रोज्लिन्डेलको सिमेन्ट्रिमा अन्तिम सँस्कार/श्रद्दाञ्जली सम्पन्न गरिएको थियो । जिबिएनसिले नेपालीहरुबाट रकम सँकलन गरि फुनेरल कार्यक्रम सम्पन्न गरेको र करिव ४,००० डलर के.सिको आश्रित परिवारलाई राहत सहयोग स्वरुप नेपाल पठाऊने प्रकृयामा रहेको जिबिएनसिले जनाएको छ ।  

(१७) फेब्रुवरि ८, २०१४, मा सम्पन्न स्व. ऊत्तरा घिमिरेको अन्त्यष्टि

बिगत लामो समयदेखि ग्रेटर बोष्टनमा बसोबास गरि आऊनु भएकी श्रीमति ऊत्तरा घिमिरेको फेब्रुअरि ५, २०१४ का दिन असामयिक निधन भएपछि जिबिएनसिले गर्नुपर्ने सम्पुर्ण काम तथा प्रक्रिया पुरा गरि फेब्रुअरि ८, २०१ का दिन ५०० कान्टेरबुरि स्ट्रिट, रोज्लिन्डेलको सिमेटरिमा  अन्तिम सँस्कार/श्रद्दाञ्जली कार्यक्रम सम्पन्न गरिएको थियो । स्वर्गिय घिमिरेको फुनेरल कार्यक्रम सम्पन्न गरि घिमिरेको घरपरिवारलाई सक्दो सहयोग एवँ राहत दिने काममा जिबिएनसिले दिलो ज्यानले सहयोग गरेको थियो । स्व. घिमिरे बिमार भएको बखत जिबिएनसिको अघिल्लो समितिले सेप्टेम्बर ३, २०१२ मा ४,०४३ डलर सहयोग स्वरुप प्रदान गरेको थियो । ततपश्चात पनि जिबिएनसिका पदाधिकारीहरुले थप सहयोग गर्दै आएका थिए । स्व. ऊत्तरा घिमिरे ग्रेटरबोष्टन नेपाली कम्युनिटिका सक्रिय सदस्य एवँ पशुपतिबुद्द फाऊण्डेशन अफ न्यु ईङ्लैण्डका बोर्ड अफ डाइरेक्टर जालप्रसाद घिमिरेकी धर्मपत्नि थिईन् ।

(१८) फेब्रुअरि, २०१४ युएइमा रहेका नेपाली अनिश खालिङ राईलाई बचाऊन सहयोग

नेपालमा घर सँखुवासभा मत्स्यपोखरि-३ भै युएइमा रहदै आएका नेपाली अनिश खालिङ राईलाई अदालतबाट मृत्यु दण्डको सजाय सुनाईएको र राईलाई मृत्यु दण्डबाट बचाऊने स्वदेश बिदेशको नेपाली अभियानमार्फत जिबिएनसिलाई पनि सहयोगको अनुरोध भइ आएकोमा जिबिएनसिका पदाधिकारीहरुले आपसमा सहयोग जुटाई सँस्थाकोतर्फबाट २३२ डलर प्रदान गरेका थिए ।

(१९) नेपाली नयाँ बर्ष २०७१ को ऊपलक्ष्यमा अप्रिल २१, २०१४ मा "बैसाखी साँझ" को आयोजना गरिने

हरेक बर्ष झै नेपालीहरुको नयाँ बर्षको ऊपलक्ष्यमा बोष्टनमा आयोजना हुने "बैसाखी साँझ" यसबर्ष अप्रिल २१, २०१४ मा धुमधामसँग मनाऊने गरि जिबिएनसिले निर्णय गरि तयारीमा जुटेको छ । यस बर्ष मनाईने नेपाली नयाँ बर्षमा बोष्टनस्थित अन्य नेपाली सँघसँस्थाहरुले एक एकवटा नेपाली साँस्कृतिक प्रस्तुती ल्याऊने गरि तयारी गरिएको छ ।

(२०) एएनए र जिबिएनसिबिचको समस्या समाधानार्थ रिजुलुशन कमिटि २०१३ गठन

अमेरिकामा रहेका नेपाली र बोष्टनका नेपाली मध्येबाट ठुलो आकारको कन्भेनिङ काऊन्सिल गठन भै २०१० मा सम्पन्न २८ औ बोष्टन एएनए सम्मेलनको आर्थिक कुरालाई लिएर जिबिएनसिका दुइ कार्यकाल सकिन लाग्दासम्म चर्चा परिचर्चा र मुद्दाका कुराले नछाडेपछि बोष्टनको नेपाली एकता र हार्दिकतालाई शिरमा राखेर त्यस्तो केहि भएको रहेछ भने पनि सबैमिलेर समाधान गर्न सकिवस भन्ने ऊद्देश्यले मिति जनवरि ७, २०१३ का दिन जिबिएनसिको मिटिङले सर्बसम्मतिले सक्षम र शसक्त रिजुलुशन कमिटि गठन गरेको थियो । तत्काल सबै मिलेर आयोजना गरिएको सम्मेलनबाट ऋजित समस्या पनि सबै मिलेर नै समाधान गर्नुपर्छ भन्ने मान्यताअनुरुप गठित रिजुलुशन कमिटिले समस्या समाधानार्थ अमेरिकामा बिभिन्न सम्पर्क, समन्वय र कानुनी र ब्यबहारिक सबै ऊपाय अबलम्बन गर्दै अगाडि बढेको र सम्बन्धित सबैको सहयोगले हाल समस्या समाधानको नजिक पुगिसकेको स्थिति छ भन्ने आभाष भएको छ ।

नेपालीको कुम्भमेला भनेर चिनिने सो सम्मेलनको आयोजना आफ्नो शहरमा गर्न पाऊनु खुसिकै कुरा भएकोले बोष्टनका सबै नेपालीहरुलागि परेर जसरि यसलाई भित्र्याए तर प्रतिफल सोचेजस्तो नभएर ऊल्टै जिबिएनसि र यहाका नेपालीलाई पिरल्ने खालको भएपछि समस्या सधैकोलागि अन्त्य हुनुपर्छ भन्ने सोचि सँस्थाले त्यतिबेला लागिपरेका सबै नेपालीलाई समेटदै रेजुलुशन कमिटि बनाइएकोले कमिटिका साथिहरु यद्दपि समस्याको पुर्ण समाधानकोलागि एकजुट भै पहलगरिरहेको बुझिएको छ । बोष्टनका नेपालीहरु एकभै जसरि दिलो ज्यानले २८ औ कन्भेन्सनलाई सहयोग गरेका थिए । अहिले पनि समस्या समाधानार्थ सबै एकभै काम गर्ने र भबिश्यमा पनि बोष्टनको नेपाली एकतालाई यसले कुनै असर पर्न नदिनेतर्फ सचेत हुदै निकास छिचोल्ने सँकेत देखिएको छ । बाहिर जे जस्तो चर्चा परिचर्चा भएपनि यस प्रसँङगमा जिबिएनसिले आफ्नो कोषबाट हालसम्म एक पेनि पनि खर्च नगरेको कुरा जिबिएनसिका अध्यक्ष मिलन गुरुङले जनाएकाछन् ।

जिबिएनसि को बर्तमान आर्थिक अबस्था

जिबिएनसि नेपालीहरुको दु:ख सु:ख र मर्दा पर्दाको साथीकोरुपमा बिकशित नितान्त सामाजिक सँस्था भएकोले यसले आफ्नो आर्थिक अबस्था मजबुद पार्ने कामलाई आफ्नो प्राथमिकतामा नराखिकन नेपालीलाई भइपरि आऊने समस्या र नेपाली हकहित पहिचानका कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरेको पाइन्छ । यद्दपि नेपालीलाई समस्या पर्छ भने तत्काल राहत कार्यक्रम अगाडि ल्याऊने र समस्या समाधान गरिहाल्ने जिबिएनसिको चलन जस्तै छ । जतिखेर समस्या पर्छ तुरुन्त एकजुट हुने, समस्या समाधान गरिहाल्ने काम भने बिगतमा पनि अनगिन्ति नै भएका छन् । ठुला ठुला नेपाली कार्यक्रमहरु सम्पन्न गर्ने, भुकम्प, दैबि प्रकोप र देश बिदेशका आपद बिपदमा सहयोग गर्ने, भैपरि आऊने समस्या तत्काल समाधान गर्ने जस्ता काममा पनि आपसि एकता र सहकार्य नै प्रमुख श्रोत हुदै आएको छ । यद्दपि पुरानो कार्यसमितिले नया कार्यसमितिलाई आफ्नो कोष तथा कागजपत्र बुझबुझारथ गर्दै आऊने क्रममा जिबिएनसिको निबर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई बुझाएको १६७ डलरबाट बढाऊदै कुनै कार्यक्रम गर्दा पनि घाटा हुन नदिइ पछिल्लो कार्यसमितिले सदस्यता रकमसमेतबाट गरि हाल जिबिएनसिको कोषमा ४,६२९ डलर बचत गर्न सकेको जिबिएनसिका कोषाध्यक्ष भक्त गुरुङले जानकारी गराएकाछन्।

जिबिएनसिको बर्तमान कार्य समिति

जिबिएनसिको बर्तमान कार्य समितिमा ३३ जना रहेकाछन्। जुन निम्नानुसार छ: अध्यक्ष: मिलन गुरुङ, सिनियर भाईस प्रेसिडेन्ट: राम थापा, भाइस प्रेसिडेन्ट: बिष्णुमणी आचार्य, महासचिव: श्रीमती देवी थापा मगर ओली, सचिव: अर्जुन कुवँर, कोषाध्यक्ष: भक्त गुरुङ, सह-कोषाध्यक्ष: पुष्पा श्रेष्ठ, मेडिया डाइरेक्टर: यम पौडेल, पब्लिकेशन अफिसर: सुनिल नेपाली र सदस्यहरुमा किरण खडका (खेल सँयोजक), नवराज कोइराला (स्रोत सँयोजक), कार्यकारिणि समितिका सदस्यहरुमा सुरेन गुरुङ, शम्भु अधिकारी, आङदावा शेर्पा, रबिन लामा, शिव मिश्र, आजाद प्रधान, पेशल रेग्मी, मिलनकुमार कार्की, खगेन्द्र गुरुङ, आर.के. पन्त, मधुकर अधिकारी, रञ्जन थापा, माया कडायत, जेनी लालचन, मिलन थापा मगर पौडेल, दिपक थापा, हजुरी सिँ, बासु थापा, माधबप्रसाद दाहाल, जालप्रसाद घिमिरे, राम धिताल, दिनेश पाण्डे छन् भने बोर्ड अफ डाइरेक्टरहरुमा सुर्य थापा, बिनोद ओली, प्रेम तामाङ, जाङ्बु शेर्पा, ऊत्सब गुरुङ, ध्रुर्ब घिमिरे र लिला राऊत रहेका छन् । त्यसैगरी, अनरेरी मेम्बरमा अच्युत अधिकारी, धनकुमार श्रेष्ठ, मिन के.सी. र रञ्जन बुढाथोकी रहेका छन् । सल्लाहाकारहरुमा डा. शिब गौतम, प्रल्हाद के.सी., डा. ऊषा शर्मा, सुन्दर गुरुङ, बिरोचन नेपाल, बिष्णु कार्की, बिष्णुहरि देउराली छन्।

अन्त्यमा,

जिबिएनसिको कोष पछिल्लो कार्यसमितिले कत्तिपनि खोट्याएको छैन, हरेक कार्यक्रम गर्दा कसरि हुन्छ दुइपैसा नाफा तुल्याऊने ऊद्देश्यले काम गरेको छ । बोर्डले निर्णय गरेर वा नगरिकन कहिल्यै पनि कुनै अनाधिकृत खर्च गरिएको छैन । सँस्थाका पदाधिकारिले ऊल्लेखित कार्यक्रमबाहेक अन्यतर्फ एक डलर पनि खर्च गरेका छैनन्। जिबिएनसिको रकम कुनै पनि निहु वा बाहनामा अनियमितता हुन नदिइ सिङगो नेपाल र नेपालीको पक्षमा सँस्थाको भावना, मर्म र बिधानअनुसार खर्च हुने ब्यहोरासमेत जिबिएनसिले जनाएको छ ।

जिबिएनसिलाई जन्माऊने, निरन्तरता दिने र बर्तमान कार्यसमितिलाई ऊल्लेखित काम सम्पन्न गर्न तन, मन, बचनसहित आर्थिक, भौतिक, नैतिकरुपले साथ दिने सबै पदाधिकारीहरु, साथीहरु र सहयोगदाता सबै नेपाली महानुभाबहरुप्रति जिबिएनसिले हार्दिक आभार ब्यक्त गरेको छ । समयको रफ्तारसंगै आगामि दिनमा जिबिएनसिलाई कानुनी, ब्यबहारिक र सँगाठनिक हिसाबले अझै शसक्त पार्दै लग्ने काममा सम्पुर्ण ग्रेटर बोष्टनबासी नेपालीहरुको सल्लाह, सुझाव र यथावत सहयोगको जिबिएनसिले हार्दिक अपेक्षा लिएको छ नयाँ बिधानअनुसार सदस्यता लिई सहयोग गर्न र सँस्थाका हरेक क्रियाकलापहरुलाई नजिकबाट साथदिन जिबिएनसि कार्यकारिणी समितिले सम्पुर्ण ग्रेटर बोष्टनबासी नेपाली दिदि-बहिनी तथा दाजु-भाईहरु समक्ष हार्दिक अपिल गरेको छ ।

धन्यवाद

यम पौडेल
मेडिया डाइरेक्टर

ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसि)
Greater Boston Nepalese Community (GBNC)

Exclusive reporting on Boston Area & Greater Boston Nepalese Society (GBNC):

-http://usnepalonline.com/boston/

-बोस्टनमा 'नेपाली महिला आवाज, युएसए' द्वारा अन्तररश्ट्रिय नारी दिवस-२०१४ सम्पन्न

-बोस्टनमा एनडब्लुजीएनद्वारा अन्तर्राष्ट्रिय नारी दिवस-२०१४ सम्पन्न

-अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनको भैलीधौसी- २०१३ बाट नेपाली कम्युनिटी भवन निर्माणार्थ २६,२५९ डलर संकलन

-ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) व्दारा 'बिजया दशमी प्रोग्राम-२०१३' रमाइलोसँग सम्पन्न

-बोस्टनमा आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम सम्मानित

-बोस्टनमा जिबिएनसिद्वारा नेपाली समर पिकनिक तथा खेलकूद प्रतियोगिता सम्पन्न

-बोस्टनमा लोक दोहोरी गायक मिन केसीको 'बिदेश बसेको' लोकगिती एल्बम बिमोचित

-अमेरिकामा के गर्दैछिन् नेपालकि पहिलो ब्याचको मोडेल मिलन थापा पौडेल?

-अमेरिकाको बोष्टनमा पशुपतिनाथ बुद्ध फाऊण्डेशनव्दारा रमाईलो नेपाली जमघट

-अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान

-बोस्टनमा नेपाली नेताहरुद्वारा हार्वार्ड विश्वबिद्यालयका नेपाली विद्यार्थीहरुसंग छलफल

-बोस्टनमा नेपालीहरुले मनाए "बैशाखी साँझ २०७०"

-बोस्टनबासी नेपालीहरु साझा "नेपाली घर" बनाउन कस्सिए, डेढ लाख डलरभन्दा बेशी संकलन

-अमेरिकाको बोष्टनमा नेपाली महिलाहरु द्वारा पहिलोपटक १०२ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-बोष्टनमा पशुपतिनाथ बुद्ध फाउन्डेशनको स्थापना, नेपाली कम्युनिटि सेन्टर बनाउने तयारी

-पशुपतिनाथ बुद्ध फाउन्डेसनको बोष्टन टाऊन हल मिटिङ फेब्रुवरी ११ तारिख हुने

-बोष्टनमा नेपाली नयाँ बर्षको ऊपलक्ष्यमा अप्रिल १५ तारिख "बैसाखी साँझ" को आयोजना गरिने

-बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न

-बोष्टनमा सँयुक्त धौसि-भैलोको तेश्रो दिन $८,०५४ संकलन, कूल रकम $२१,७२७ डलर उठ्यो, अझै दुई दिन खेलिने

-अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-बोस्टनमा बडा दशैं साँस्कृतिक साँझसंगै जिबिएनसी (GBNC) को नयाँ कार्य समिती गठन

-बोष्टनमा प्रथम "नेपाल मेला" को भब्य मन्चन, नेपाली र बिदेशी हुरुक्कै

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन

-बोस्टनमा बडा दशैं कार्यक्रम सम्पन्न, जिबिएन्सी (GBNC) को नयाँ कार्य समिती निर्बाचित (2011)

-बोस्टनमा नेपालीहरुद्वारा CNN Hero अनुराधा कोइरालाको भब्य नागरिक अभिनन्दन

-बोस्टनमा नेपाली महिलाहरुद्वारा तीज कार्यक्रमको आयोजना सम्पन्न

-बोस्टनमा हिमालयन लायन्स क्लबद्वारा तीज कार्यक्रम सम्पन्न, डा. बिद्या रन्जित र न्रित्याङ्गना देबी थापा ओली सम्मानित

-बोस्टनमा अगष्ट २६ मा तीज महोत्सव तथा हिमालयन नारी सम्मान हुने

-बोस्टनमा नेपाली नयाँ वर्षको अबसरमा "बैशाखी साँझ २०६८" भब्यतापूर्वक सम्पन्न

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-Nepali Women's festival Teej Celebrated in Somerville, 2 Nepali women honoured

-ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) को नयाँ कार्य समिति गठन (2010)

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.