न्यू योर्कमा आयोजित पहिलो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सवमा मगर भाषामा निर्मित नेपाली चलचित्र 'लोम्बा' (अगुवा) सर्बोत्कृश्ट छनौट, अन्य ६ चलचित्र पुरस्कृत Print
Share
User Rating: / 0
PoorBest 
Sunday, 27 August 2017 23:19

Exclusive: 4 photos: न्यू योर्क- न्यू योर्कमा मन्चित 'प्रथम नेपाल आदिवासी चलचित्र महोत्सवमा मगर भाषामा निर्मित नेपाली चलचित्र 'लोम्बा' (अगुवा) सर्बोत्कृश्ट छनौट भएको छ भने अन्य ६ चलचित्रहरु बिभिन्न बिधामा पुरस्कृत भएको छ । 'लोम्बा'ले 'बेस्ट फिल्म' को अलावा 'बेस्ट डाईरेक्टर' (अनिल बुढा मगर) र 'बेस्ट कस्टुम' (भेषभूशा) पुरस्कार जितेको छ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत अन्य चलचित्रहरुमा बेस्ट म्यूजिक डाईरेक्टर राजकुमार मोक्तान (सेम ताबा म्ही); बेस्ट एडिटर बालकृष्ण बन्सी (कृषा गौतमी); बेस्ट सिनेमाटोग्राफी बिक्रम लामा (सेम ताबा म्ही); बेस्ट स्टोरी पृभिन पुमा (सुम्निमा); बेस्ट सर्ट फिल्म 'पुवालो'; बेस्ट एक्ट्रेस सपना गुरुङ (मैरिमो); बेस्ट एक्टर रिन्जिन गुरुङ (शेरढाक) र पिपल्स चोईस अवार्ड 'सेम ताबा म्ही' ले जितेको छ । चलचित्र छ्नौट समितिमा समाज शास्त्री डा. कृष्णबहादुर भट्टचन, भाशाविद अमृत योन्जन-तामाङ, चलचित्र निर्देशक द्वय नविन सुब्बा र छिरिङ रितार शेर्पा तथा आदिवासी चलचित्र महासंघ अध्य्क्ष अमृतबहादुर सुनुवार रहेका थिए ।

Magar language Nepali film 'Lomba' (the leadership) won Best Film award along with Best Director & Best Costume awards at First New York Indigenous Film Festival on August 27, 2017.

२३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आयोजित तीन दिने महोत्सव (अगस्ट २५-२७ तारिख) मा चलचित्र र लघु चलचित्र गरि ११ वटा चलचित्र प्रर्दशन गरिएको थियो । उक्त महोत्सवमा गुरुङ भाषाको 'मैंरिमो, तामाङ भाषी चलचित्र 'सेम ताबा म्ही', लिम्बु भाषाको 'हेलुक्वा', मगर भाषाको 'लोम्बा', नेवारी चलचित्र 'कृषा गौतमी', राई भाषाको 'सुम्निमा' मुस्ताङी चलचित्र 'शेरढाक' चलचित्र र लघु चलचित्रहरुमा नेवारको 'कल्ली', थारुको 'लाज', माझीको 'बन्ठी', मुगालको 'फेके' को प्रर्दशन गरिने छ । महोत्सवमा, सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको 'कर्म क्या' र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको 'मतान' को बिशेष प्रर्दशन गरिएको थियो ।

Artists and winners at the First New York Indigenous Film Festival on August 27, 2017. Photo courtesy: Machchhe Gurung

फिप्नाका अध्यक्ष लुइसाङ वाइवा तामाङले 'यो प्रथम एैतिहासिक महोत्सवले आदिवासी साँस्कृति पहिचानका साथै नेपालको पर्यटनको प्रवर्धन गर्नु रहेको' बताए । आदिवासी जनजातिको आन्दोलन नागरिक आन्दोलन भएको भन्दै अध्यक्ष तामाङले चलचित्र मार्फत साँस्कृति अधिकारलाई सुनिश्चित गराउने विश्वास व्यक्त गरे ।

Magar language Nepali film 'Lomba' (the leadership) which won one hundred thousand rupess cash award along with Best Film, Best Director & Best Costume awards at First New York Indigenous Film Festival on August 27, 2017. Photo courtesy: Kuldeep Rana Magar

महोत्सवको उदघाटन सत्रमा बोल्दै महावाणिज्यदूत मधु मरासिनीले जनजातिको सवालमा आफू सकारात्मक रहेको भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महोत्सवका संयोजक मणि वाङदेलले मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको अन्तर्रा्ष्ट्रियस्तरमा प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको बताए।

First Nepali Indigenous Film Festival held in New York between August 25-27, 2017.

नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तरराश्टृयकरण गर्नका लागि पहिलो पटक न्यू योर्कमा अगस्ट २५-२७ तारिख बिच 'आदिवासी चलचित्र महोत्सव २०१७' आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताईन् ।

डेमोक्रेटिक पार्टीका प्रतिनिधी मेरी सिल्भरले आदिवासीका सवालमा बनाइएका चलचित्रले संस्कृति जगेर्ना गरेको भन्दै महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरिन्।

फिप्नाका जातिय संस्थाका विभिन्न प्रतिनिधीहरुले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यू योर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहेको थियो ।

-Machchhe Gurung in New York

Read related news:

-न्यू योर्कमा पहिलो पटक तीन दिने नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव शुरु, ९ आदिवासीका ११ वटा चलचित्र प्रदर्शन गरिने

--न्यू योर्कमा नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव अगस्ट २५-२७ बिच हुँदै, ९ आदिवासीका ११ वटा चलचित्र हेर्न छुट्नुहोला है !

Comments

Please login to post comments or replies.