न्यू योर्कमा पहिलो पटक तीन दिने नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव शुरु, ९ आदिवासीका ११ वटा चलचित्र प्रदर्शन गरिने Print
Share
User Rating: / 0
PoorBest 
Saturday, 26 August 2017 08:59

Exclusive: 4 photos: न्यू योर्क- न्यू योर्कमा पहिलो पटक नेपाल आदिवासी चलचित्र महोत्सव शुरु भएको छ । २३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले पहिलोपटक महोत्सव आयोजना गरेको तीन दिने महोत्सव (अगस्ट २५-२७ तारिख) मा चलचित्र र लघु चलचित्र गरि ११ वटा चलचित्र प्रर्दशन गरिनेछ । उक्त महोत्सवमा गुरुङ भाषाको 'मैंरिमो, तामाङ भाषी चलचित्र 'सेम ताबा म्ही', लिम्बु भाषाको 'हेलुक्वा', मगर भाषाको 'लोम्बा', नेवारी चलचित्र 'कृषा गौतमी', राई भाषाको 'सुम्निमा' मुस्ताङी चलचित्र 'शेरढाक' चलचित्र र लघु चलचित्रहरुमा नेवारको 'कल्ली', थारुको 'लाज', माझीको 'बन्ठी', मुगालको 'फेके' को प्रर्दशन गरिने छ । महोत्सवमा, सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको 'कर्म क्या' र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको 'मतान' को बिशेष प्रर्दशन गरिने छ ।

First Nepali Indigenous Film Festival inaugurated in New York which will be held between August 25-27, 2017. Photos courtesy: Machchhe Gurung

फिप्नाका अध्यक्ष लुइसाङ वाइवा तामाङले 'यो प्रथम एैतिहासिक महोत्सवले आदिवासी साँस्कृति पहिचानका साथै नेपालको पर्यटनको प्रवद्र्धन गर्नु रहेको' बताए । आदिवासी जनजातिको आन्दोलन नागरिक आन्दोलन भएको भन्दै उहाँले, चलचित्र मार्फत साँस्कृति अधिकारलाई सुनिश्चित गराउने विश्वास व्यक्त गरे ।

महोत्सवको उदघाटन सत्रमा बोल्दै महावाणिज्यदुत मधु मरासिनीले जनजातिको सवालमा आफु सकारात्मक रहेको भन्दै महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

First Nepali Indigenous Film Festival being held in New York between August 25-27, 2017.

महोत्सवका संयोजक मणि वाङदेलले, मूलधारको चलचित्रबाट ओझेलमा परेका आदिवासी जनजातिका कथावस्तुमा आधारित चलचित्रहरुको अन्तर्रा्ष्ट्रियस्तरमा प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए।

Media Coordinator Machchhe Gurung speaking at the opening ceremony of First Nepali Indigenous Film Festival being held in New York between August 25-27, 2017. Photos courtesy: Machchhe Gurung

नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तरराश्टृयकरण गर्नका लागि पहिलो पटक न्यू योर्कमा अगस्ट २५-२७ तारिख बिच 'आदिवासी चलचित्र महोत्सव २०१७' आयोजना गर्न लागिएको महोत्सवकी सञ्चार संयोजक मच्छे गुरुङले बताएकी छिन् ।

यसैबीच, डेमोक्रेटिक पार्टीका प्रतिनिधी मेरी सिल्भरले, आदिवासीका सवालमा बनाइएका चलचित्रले संस्कृति जगेर्ना गरेको  भन्दै महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरिन्।

त्यस्तै, फिप्नाका जातिय संस्थाका विभिन्न प्रतिनिधीहरुले महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गरे ।

First Nepali Indigenous Film Festival inaugurated in New York which will be held between August 25-27, 2017. Photos courtesy: Machchhe Gurung

महोत्सवमा विभिन्न एघारवटा विधामा उत्कृष्ट हुनेलाई पुरुस्कार र सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र दिइने छ ।

चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यू योर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहने फिप्नाले जनाएको छ ।

-Machchhe Gurung in New York

Read related news:

-न्यू योर्कमा नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव अगस्ट २५-२७ बिच हुँदै, ९ आदिवासीका ११ वटा चलचित्र हेर्न छुट्नुहोला है !

Comments

Please login to post comments or replies.