Inside

All Time Top 50 News

न्यू योर्कमा हुने 'नेपाल डे परेड' को हिसाब फर्छौट नहुँदासम्म परेड स्थगनको लागि कानूनी उपचार खोज्ने निर्णय, फिप्नाको निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठको निलम्बन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 22 April 2018 18:02

Exclusive: न्यू योर्क- 'नेपाल डे परेड' २०१६ र २०१७ मा महासंघकै ट्याक्स आईडी प्रयोग गरी नेपाल डे परेडका नाममा अमेरिकी डलर $६७,३८१ डोनेसन उठाएको र त्यो उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि निलम्बन गरेको छ भने निवर्तमान अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिएको छ ।


स्मरण रहोस्, महासंघका अन्य कार्य समिती सदस्यहरु र सदस्य संस्थाहरुलाईलाई सुईंकोसम्म नदिई फिप्नाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ र उपाध्यक्ष मंगला दाश श्रेष्ठले सन् २०१७ को नेपाल डे परेड (मे २१) सम्पन्न गरेको ५ दिन पछि मे २६ तारिख "नेपाल डे परेड ईङ्क" नाम गरेको संस्था रिजवूड नेपाली सोसाईटीका वर्तमान अध्यक्ष रवी किरण कोईरालासंग मिलेर तीन जनाको नाममा दर्ता गरेको खुलासा केही समय अघी मात्र भएको थियो । महासंघले न्यू योर्क राज्यको महान्याधिवक्ता (एटोर्नी जनरल) को मुनाफा रहित 501(c)3 संस्थाहरुको आर्थिक हिनामिना हेर्ने शाखामा महासंघ जस्तो साझा सामाजिक संस्थाको ट्याक्स आईडीको दुरुपयोग गरेको र नेपाल डे परेडको नाममा उठाईएको अनुदान रकम महासंघकै नाममा छुट्टै बैंक खाता खोली संचालन गरी हिसाब किताब नबुझाएको भनी निवदन पेश गरी सकेको जनाएको छ ।

महासंघले आफ्नो विज्ञप्तिमा "फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण संघ संस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्युयोर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स बिभाग र क्वीन्स काउन्टी कोर्टमा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनि प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ' भनि उल्लेख गरेको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) द्वारा जारी प्रेष-बिज्ञप्ति पढ्नुहोस्

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)  केन्द्रीय समिति र महासंघको सम्पूर्ण सदस्य संस्थाहरुको सहभागितामा शनिबार, अप्रिल २१, २०१८ फिप्नाको कार्यालयमा बसेको बृहत बैठकबाट निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठले सस्था बिरुद्ध गतिबिधि गरेको र सस्थाले पटक पटक छलफलको लागि पहल गर्दा समेत वास्ता नगरेकोले बैठक बसेको मितिबाट संघिय परिषद्को बैठक सम्मको लागि लुईसांग वाईबा तामाङलाई सस्थाको सल्लाहकार बाट निलम्बन गरिएको छ | सोहि बैठकले निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट समेत प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि कारबाहीको निर्णय गरिएको छ | तर फिप्नाको आगामी संघिय परिषद बैठकमा एकपटक स्पस्टिकरण दिने अवसर दिईने निर्णय भएको छ |

फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण संघ सस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्युयोर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स बिभाग र क्वीन्स काउन्टी कोर्ट मा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनि प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ |

नेपाल डे परेड २०१६ र २०१७ सम्पन्न गर्न फिप्नाको नाममा छुट्टै बैंक एकाउन्ट खोलिएको र सम्पूर्ण आर्थिक कारोबार फिप्नाको नाममा गरि फिप्नालाई अहिलेसम्म बिलभरपाई सहितको कुनै पनि हर-हिसाब, बैंक एकाउन्ट बिबरणहरु पटक पटक अनुरोध गर्दा पनि नबुझाएकोले फिप्ना कानुनि सहयोग लिन बाध्य भएको जानकारी गराउदै व्यक्तिगत स्वार्थपूर्ण तरिकाले गरिने सम्पूर्ण गतिबिधि बिरुद्ध सहयोग र सहकार्यको लागि सम्पूर्णमा महासंघ यसै बिज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछ |

आईतबार, अप्रिल २२, २०१८

धन्यबाद,

मान बहादुर रानामगर
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)

Read related news:

-न्यू योर्कको 'नेपाल डे परेड-२०१८' नै धरापमा, महासंघको ट्याक्स आईडी प्रयोग गरेर उठाएको $६७ हजार डलरको हिसाब नबुझाएपछि कानूनी उपचार खोजिंदै

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.