Inside

All Time Top 50 News

न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 14 December 2013 19:07

Special: 20 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को गत नोबेम्बर ३० तारिख सम्पन्न चौंथो अधिबेशनद्वारा नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह भएकोछ।


 

The swearing-in ceremony of newly elected executive members of Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) in New York on December 14, 2013. Photos: eEyecam.com

डिसेम्बर १४ तारिख शनिबार न्यू योर्कको कुइन्स ज्याक्सन हाइट्सस्थित मुम्बई ग्रिल रेस्टुरेन्टमा आयोजना गरिएको उक्त पदस्थापन तथा शपथ ग्रहण समारोहमा प्रमुख निर्वाचन आयुक्त अधिबक्ता रमेशकुमार श्रेष्ठले नव निर्बाचित अध्यक्ष लुइसाङ् वाइबा तामाङ, दोश्रो उपाध्यक्ष समिर महर्जन र महासचिब मानबहादुर राना मगरलाई पद र गोपनीयताको शपद ग्रहण गराएका थिए भने नव निर्बाचित अध्यक्ष वाईवाले बाँकी अन्य नव निबाचित पदाधिकारी र सदस्यहरुलाई पद र गोपनीयताको शपद ग्रहण गराएका थिए।

The swearing-in ceremony of newly elected executive members of FIPNA in New York on December 14, 2013. Photos: eEyecam.com

उक्त पदस्थापन तथा शपथ ग्रहण समारोहमा निर्वाचन आयुक्तहरु दुर्गा सुब्बा, बंशलाल तामाङ, सुरेश चाम्लिङ र महासंघका सदस्य संगठनहरुका प्रतिनिधिहरुको उपस्थ्ती रहेको थियो।

फिप्नाको ९ सदस्यीय सर्बसम्मत निर्बाचित नयाँ कार्य समिती निम्नानुसार रहेको छ:

अध्यक्ष: लुईसाङ् वाइबा तामाङ
प्रथम उपाध्यक्ष: मणी बाङ्देल राई
दोश्रो उपाध्यक्ष: समिर महर्जन
महासचिब: मानबहादुर राना मगर
सचिब: मनिता गुरुङ
कोशाध्यक्ष: तेन्जिङ उक्याब

सदस्यहरु:

बिजय महर्जन
राजु लामा
ग्याल्पो ह्योल्मो

The newly elected executive members of Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) in New York on December 14, 2013. Photos: eEyecam.com

सन् २००५ मा स्थापना भएको 'फिप्ना' मा १७ वटा आदिबासी संस्थाहरु आबद्ध छन् भने ४ वटा राज्य स्तरीय च्याप्टरहरु गठन भएकाछन्। महासंघमा आबद्ध जनजातीय सामाजिक संघ संस्थाहरुमा भुजेल समाज, ग्यालसुमुदो सेवा संस्था अमेरिका, ह्योल्मो आमा याङ्ग्री किदुक युएसए, ह्योल्मो सोसाइटी अफ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका (KRSA), किरात याक्थुङ चुम्लुङ युएसए, मगर संघ अमेरिका, मुगूम सेवा संस्था युएसए, मुस्ताङ किदुक इङ्क युएसए, न्यू योर्क नेवा: गुठी, न्हुप्री एशोसिएसन, तामाङ सोसाइटी अफ अमेरिका (TSA), तमु (गुरुङ) सोसाइटी अफ अमेरिका, यूनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका (UKROA), यूनाईटेड शेर्पा एशोसिएसन युएसए (शेर्पा किदुक युएसए) अमेरिका, युएस मुगूम वेलफेयर सोसाइटी र वालुङ किदुग युएसए ।

The newly elected executive members of FIPNA with guests and representatives of its members organizations in New York on December 14, 2013. Photos: eEyecam.com

पदस्थापन तथा शपथ ग्रहण समारोह

फिप्ना केन्द्रिय कार्य समितीद्वारा आयोजित उक्त नव निबाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोहको सभापतित्व निबर्तमान अध्यक्ष शिवकुमार राईले गरेका थिए।

समारोहमा स्वागत मन्तब्य नव निर्बाचित महासचिब मानबहादुर राना मगरले ब्यक्त गरेका थिए भने नव निर्बाचित अध्यक्ष लुईसाङ् वाइबा तामाङले धन्यवाद ज्ञापन तथा महासंघको भावी योजनाबारे प्रकाश पारेका थिए।

समारोहमा नव निर्बाचित अध्यक्ष वाइबा र निबर्तमान अध्यक्ष राईले एकआपसमा परम्परागत खादा पहिर्‍याएर एकआपसलाई स्वागत र बिदाई गरेका थिए।

The newly elected FIPNA president Luisang Waiba Tamang and outgoing president Shiva K. Rai greeting each other in New York on December 14, 2013. Photos: eEyecam.com

आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख निर्वाचन आयुक्त अधिबक्ता रमेशकुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रीय उपसंयोजक सोनाम लामा, तामाङ साइटी अफ अमेरिका महासचिब बुद्धीमान तामाङ, किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टर अध्यक्ष खगेन्द्र राई, मुस्ताङ किदुक इङ्क युएसए अध्यक्ष छेपक दोर्जी, ग्यालसुमुदो सेवा संस्था अमेरिकाअध्यक्ष निमा घले, वालुङ किदुग युएसएका पासाङ्ग शेर्पा, यूनाईटेड शेर्पा एशोसिएसन युएसएका अध्यक्ष आङ ग्याल्जेन शेर्पा, न्यू योर्क नेवा: गुठीका निर्मल प्रधान, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङ छिरिङ्ग शेर्पा र मगर संघ अमेरिका सल्लहकार तथा नेपाली संचार सन्जालका अध्यक्ष प्रदीप थापा मगरले सम्बोधन गरेका थिए।

समारोहको सन्चालन नेपाली संचार सन्जालका महासचिब प्रशान एलुङ राईले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

FIPNA outgoing president Shiva K. Rai. Photos: eEyecam.com


FIPNA President Luisang Waiba. Photos: eEyecam.com






FIPNA General Secretary Man B. Rana Magar. Photos: eEyecam.com



NRNA Americas DPR Sonam Lama.



Tamang Society of America General Secretary Buddhiman Tamang. Photos: eEyecam.com



Kirat Rai Society of America NY Chapter president Khagendra Rai. Photos: eEyecam.com



Mustang Kyidug USA president Tsepak Dorjee. Photos: eEyecam.com



Walung Kyidug USA Pasang Sherpa. Photos: eEyecam.com



Gyalsumudo Welfare Sewa Sanstha president Nima Ghale. Photos: eEyecam.com



Sherpa Kyidug USA president Ang Gyalgen Sherpa. Photos: eEyecam.com



Nepal-America Journalist Association president Ang Chhiring Sherpa. Photos: eEyecam.com



New York Newa Guthi Nirmal Shrestha. Photos: eEyecam.com


Exclusive reporting on Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) :

-http://www.usnepalonline.com/fipna/

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन

-न्यू योर्कमा "फिप्ना" द्वारा पहिलो संयुक्त ल्होसार पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (March, 2013)

-न्यू योर्कमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न, बुद्ध जन्म दिवसलाई 'नेपाल डे' कोरुपमा मान्यता दिन माग(May, 2013)

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न (February, 2013)

-न्यू योर्कमा "फिप्ना" द्वारा स्वर्गीय भीमबहादुर तामाङको स्‍मृति सभा सम्पन्न (December, 2012)

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ "फिप्ना" द्वारा पहिचान सहितको संघीयताबारे आदिबासी बुद्धिजिबीहरुसंग अन्तर्कृया सम्पन्न (September , 2012)

-न्यू योर्कमा "नेपाल आदिवासी जनजाति महासंघ अमेरिका" (फिप्ना) को प्रथम साधारण सम्मेलन सम्पन्न(August, 2012)

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन (July, 2012)

-न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न (June, 2012)

-न्यू योर्कमा नेपालका आदिबासी जनजाति आन्दोलनबारे बहस (May, 2011)

-न्यू योर्कमा 'फिप्ना' को तेश्रो अधिबेशनद्वारा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन (Jan, 2011)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिको बिशेष महाधिबेशन सम्पन्न (July, 2009)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिहरुको बिशेष महाधिबेसन जुलाई २६ मा हुने (July, 2009)

-न्यू योर्कमा नेपाली आदिबासिहरुको महासंघको दोश्रो अधिबेशनद्वारा नयाँ नेतृत्व चयन, महासंघको नाम फेरियो- "फिप्ना" (July, 2008)

-न्यू योर्कमा GFIPN को अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न: माओवादीलाई हेर्ने अमेरिकी नीति परिवर्तन ?(November, 2007)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.