Inside

All Time Top 50 News

न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Monday, 06 January 2014 02:03
Article Index
न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
More photos of FIPNA Reception 2014
All Pages

Special: 27 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा न्यू योर्कमा शुभकामना तथा परिचायत्मक कार्यक्रम सम्पन्न गरिएको छ।


Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) hosted reception program in New York on January 5, 2014. Photos: Prashan Alung Rai

जनवरी ५ तारिख आईतवार न्यू योर्कको कुईन्स, ज्याक्सन हाईटसस्थित हिमालयन याक रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा फिप्नाका नव निर्वाचित पदाधिकारीहरुको औपचारिक परिचयसँगै नयाँ बर्ष २०१४ को अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो।


FIPNA Board with the guests and representatives of its affiliated orgs at reception in New York on January 5, 2014. Photos: Prashan Alung Rai

महासंघका नवनिर्वाचित अध्यक्ष लुईसाङ वाईबा तामाङको सभापतित्वमा सम्पन्न उक्त शुभकामना एवं परिचायत्मक कार्यक्रममा न्यू योर्कका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, सामाजिक अग्रज, व्यावसायी एवं पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

महासंघका प्रथम उपाध्यक्ष मणि बांदेलले संस्थाको दुई बर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गरे । दुई बर्षे कार्ययोजना अन्र्तगत संस्थाले स्थानिय स्तर, राष्ट्रिय मुल्य र मान्यता र आदिवासी जनजाति अधिकार र सवालको विषयमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका तीन चरणका कार्यक्रमहरु प्रस्तुत गरिएको छ।


The newly elected executive members of Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) at reception in New York. Photos: Prashan Alung Rai

कार्यक्रममा महासंघका निवर्तमान महासचिव दीपेश लिम्बुले संस्थाको झण्डा, बैठक पुस्तिका, संस्थाले प्रयोजन गर्दै आएको अन्य कागजातलगायतका जिन्सी सामाग्रीहरु संस्थाका नवनिर्वाचित महासचिव मानबहादुर राना मगरलाई औपचारिकरुपमा हस्ताण्तरण गरेका थिए।


FIPNA's outgoing General Secretary Dipesh Limbu handing over FIPNA minute book to incoming General Secretary Manbahadur Rana Magar at reception in New York. Photos: Prashan Alung Rai

शुभकामना व्यक्त गर्ने अतिथीहरु ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष टेम्बा दोंबा ह्योल्मो, ग्याल्सुन्दो सेवा संघ अमेरिकाका सल्लाहकार डा. दावा पुनेल, किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष खगेन्द्र राई, मगर संघ अमेरिकाका प्रतिनिधी नरेन्द्र थापा मगर, तामाङ सोसाइटी अफ अमेरिकाका कार्यबाहक अध्यक्ष फुर्वा तामाङ, वलुंग सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष दावा छिरिंग लामा, युएसनेपाल स्र्पोटस एण्ट कल्चर डेभ्लपमेन्टका अध्यक्ष नरबहादुर दाहाल, रिज्उड नेप्लीज सोसाईटीका प्रतिनिधि राजेश भट्टले फिप्नाका नव गठित पदाधिकारीहरुलाई पूर्णकाल एवं नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए।


FIPNA's immediate past 2nd VP Aditya Maharjan and newly elected president Luisang Waiba Tamang shaking hands at reception in New York. Photos: Prashan Alung Rai

यसैगरी शुभकामना व्यक्त गर्नेहरुमा संस्थाका निर्वतमान महासचिव दीपेश लिम्बु, एनआरएन अमेरिका एनसिसीका सल्लाहकार बाबुराम लामा, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापा, नेपाली जनसंपर्क समीति अमेरिकाका संयोजक बिष्णु सुबेदी, शिक्षाविद् डा. तारा निरौला, सिन्धु वेलफेयर सोसाइटी अफ अमेरिकाका अध्यक्ष बंशलाल मोक्तान, फिप्नाका निवर्तमान उपाध्यक्ष आदित्य मर्हजन थिए।

महासंघका अध्यक्ष लुईसाङ वाईबा तामाङले संस्थाको भावी कार्यनीति एवं योजनाकोबारे प्रकास पारेका थिए भने महासंघका द्धितिय उपाध्यक्ष समीर मर्हजनले धन्यवाद ज्ञापन गरेका थिए ।

महासंघका महासचिव मानबहादुर राना मगरले सञ्चालन गरेका थिए ।

न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
More photos of FIPNA Reception 2014
All Pages
Page 1 of 2

Exclusive reporting on Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) :

-http://www.usnepalonline.com/fipna/

-न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न (December 14, 2013)

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन (November, 2013)

-न्यू योर्कमा "फिप्ना" द्वारा पहिलो संयुक्त ल्होसार पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (March, 2013)

-न्यू योर्कमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न, बुद्ध जन्म दिवसलाई 'नेपाल डे' कोरुपमा मान्यता दिन माग(May, 2013)

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न (February, 2013)

-न्यू योर्कमा "फिप्ना" द्वारा स्वर्गीय भीमबहादुर तामाङको स्‍मृति सभा सम्पन्न (December, 2012)

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ "फिप्ना" द्वारा पहिचान सहितको संघीयताबारे आदिबासी बुद्धिजिबीहरुसंग अन्तर्कृया सम्पन्न (September , 2012)

-न्यू योर्कमा "नेपाल आदिवासी जनजाति महासंघ अमेरिका" (फिप्ना) को प्रथम साधारण सम्मेलन सम्पन्न(August, 2012)

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन (July, 2012)

-न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न (June, 2012)

-न्यू योर्कमा नेपालका आदिबासी जनजाति आन्दोलनबारे बहस (May, 2011)

-न्यू योर्कमा 'फिप्ना' को तेश्रो अधिबेशनद्वारा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन (Jan, 2011)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिको बिशेष महाधिबेशन सम्पन्न (July, 2009)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिहरुको बिशेष महाधिबेसन जुलाई २६ मा हुने (July, 2009)

-न्यू योर्कमा नेपाली आदिबासिहरुको महासंघको दोश्रो अधिबेशनद्वारा नयाँ नेतृत्व चयन, महासंघको नाम फेरियो- "फिप्ना" (July, 2008)

-न्यू योर्कमा GFIPN को अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न: माओवादीलाई हेर्ने अमेरिकी नीति परिवर्तन ?(November, 2007)


FIPNA 1st VP Mani Bangdel speaking at reception in New York. Photos: Prashan Alung Rai

न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
More photos of FIPNA Reception 2014
All Pages
Page 1 of 2

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.