Inside

All Time Top 50 News

न्यू योर्कमा फिप्नाद्वारा नेपालमा पहिचानसहितको संघीयताको बिषयमा डा. महेन्द्र लावतीसंग अन्तर्कृया सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 16 March 2014 18:07

Updated: Special: 9 photos, 1 video: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालमा पहिचानसहितको संघीयताको बिषयमा डा. महेन्द्र लावतीसंग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।

 

Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) hosted interaction on Identity based Federalism in Nepal with Dr. Mahendra Lawoti in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

मार्च १५ तारिख शनिबार ज्याक्सन हाइट्सस्थित मुम्बई ग्रिल रेस्टुरेन्टमा आयोजना गरिएको उक्त अन्तर्कृया कार्यक्रममा डा. लावतीको प्रस्तुतीमाथि नेपाली जनसंपर्क समिती अमेरिका संयोजक बिष्णु सुबेदी, प्रबासी नेपाली मन्च अध्यक्ष संजय थापा, नेपाली संघीय समाजवादी युएसए उपाध्यक्ष भरत लामा र संघीय लिम्बुवान समाज अमेरिका उपाध्यक्ष दिपेश लिम्बुले टिप्पणी गरेका थिए।

Dr. Mahendra Lawoti speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

महासंघका अध्यक्ष लुईसाङ्ग वाइबा तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहजकर्ताको भूमिका फिप्ना महासचिब मानबहादुर राना मगरले निभाएका थिए।

FIPNA President Luisang Waiba Tamang speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

अमेरिकाको वेस्टर्न मिचिगन युनिभरसिटीको राजनीतिशास्त्रका प्राध्यापक डा. लावतीले नेपालमा पहिचानसहितको संघीयताको माग र औचित्यबारे विश्वको द्रिस्टान्तहरु पेश गर्दै अहिलेको दोश्रो संबिधान सभाले दुई तिहाईबाट पहिचान बिरोधी संबिधान जारी गरियो भने पहिचानबादीहरुले त्यसलाई मान्न वाध्य नहुने नजिर बसेको उल्लेख गरे। उनले पहिलो संबिधान सभाबाट दुई तिहाई बहुमतबाट पहिचानसहितको संघीय राज्यहरुको ब्याबस्था गरिएको संबिधान जारी हुने देखेपछि नेताहरुले संबिधान सभालाई नै तुहाएकोले अबको संबिधान सभाले पहिचान बिरोधी संबिधान जारी गरेमा त्यसले मान्यता नपाउने स्थिती श्रीजना भएको बताए।

नेपालको संबिधान सन् १९४८ देखि हालसम्म ६ पटक (1948, 1951, 1959, 1962, 1990 र 2007) अर्थात औसतमा हरेक ११ बर्षमा नयाँ संबिधान जारी गरेको ईतिहास पेश गर्दै जनताको भावनाअनुसारको संबिधान जारी नगर्दा संबिधानलाई जनता या समूदायले नकार्ने अवस्था आएको उल्लेख गरे।

डा. लावतीले पहिचान बिरोधी मानिने नेपालका ठूला राजनैतिक दलहरुले आम निर्वाचनमा पाएको मतमा कमि आएको हालसम्मको चुनावी तथ्याङ्कले देखाएको तालिका पेश गर्दै पहिचानबादी दलहरुले चुनावमा सिट जित्न नसकेपनि उनीहरुको मत भने बढेको उल्लेख गरे।

उनले भने-" २०६४ को दाँजोमा राम्रो नतिजा हासिल गर्न सफल भएका नेपाली काँग्रेस र नेकपा एमालेले यसपाली पनि २०४८, ०५१ र ०५६ कोभन्दा मत प्रतिशत कम ल्याए। संसदीय चुनावहरुमा एमालेले सबैभन्दा कम मत २०४८ मा २७.७५ प्रतिशत ल्याएको थियो भने यसपाली प्रतक्ष र समानुपातिकमा औसात २५.२८ ल्यायो। उता नेपाली काँग्रेसले सबैभन्दा कम मत ३३.३८ प्रतिसत २०५१ मा ल्याएको थियो। यसपाली औसत २७.३२ मत मात्र प्राप्त गर्‍यो। यि दलहरुले दुबै चुनावमा पहिलाभन्दा प्रतक्षमा कम मत मात्र ल्याएनन् बल्की समानुपातिकमा झनै कम मत लाए।"

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

FIPNA Interaction on Identity based Federalism in Nepal with Dr Mahendra Lawoti, New York, March 2014



डा. लावतीका अनुसार २०६४ मा मधेशी, आदिबासी र दलित दलहरुले प्रतक्ष र समानुपातिकमा औसत १३.४७ र २०७० मा १५.३२ प्रतिसत मत ल्याएको तथ्याङ्क पेश गर्दै "उनीहरुले ल्याएको मतले निश्चय पनि पहिचानको मुद्दाप्रति जनताको बढ्दो आकर्शणको संकेत गर्दछ।" भने।

विश्वमा संघीयताको सफलता र बिफलाताको उदाहरण पेश गर्दै समाजशास्त्री डा. लावतीले जुन देशमा जति कम संघीय राज्य हुन्छ त्यो देशको संघीयता असफल हुने सम्भावना बढी ७५ प्रतिशत हुने र जुन देशमा १० भन्दा बढी संघीय राज्य हुन्छ असफल हुने सम्भावना २० प्रतिसतमा झर्ने जानकारी गराए। डा. लावतीले प्रस्तुत गरेको कार्यपत्रमा नौ (९) भन्दा बढी संघीय राज्यहरु रहेको देशहरुमा अर्जेन्टिना (२२), अस्ट्रिया (९), ब्राजिल (२६), क्यानाडा (१०), इन्डिया (२८), इथियोपिया (९), इराक (१८), मलेशिया (१३), मेक्सिको (३१), नाइजेरिया (३६), रसिया (८९), साउथ सुडान (१०), साउथ अफ्रिका (९), स्पेन (१७), सुडान (१७), स्वित्जर्ल्यान्ड (२६), युएसए (५०) र भेनेजुएला (२०) रहेकाछन्।

डा. लावतीले उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सोधेका प्रश्नहरुको सबिस्तार जवाफ दिएका थिए।

-

Nepali janasamparka Samiti America coordinator Bishnu Subedi speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

Pravasi  Nepali Manch President Sanjaya Thapa speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

Nepali Sanghiya Samaj USA VP Bharat Lama speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

Sanghiya Limbuwan Samaj USA VP Dipesh Limbu speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

FIPNA General Secretary Man B. Rana Magar speaking at the interaction on Identity based Federalism in Nepal by FIPNA in New York on March 15, 2014. Photos by Pratha Magar for USNepalOnline

Photos by Pratha Magar for USNepalOnline

Exclusive reporting on Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA) :

-http://www.usnepalonline.com/fipna/

-न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न (December 14, 2013)

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन (November, 2013)

-न्यू योर्कमा "फिप्ना" द्वारा पहिलो संयुक्त ल्होसार पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (March, 2013)

-न्यू योर्कमा २५५७ औं बुद्ध जयन्ती सम्पन्न, बुद्ध जन्म दिवसलाई 'नेपाल डे' कोरुपमा मान्यता दिन माग (May, 2013)

-न्यू योर्कमा नेपालका प्रथम शहीद लखन थापा मगरको १३६ औं स्‍मृति दिवस (२०१३) सम्पन्न (February, 2013)

-न्यू योर्कमा "फिप्ना" द्वारा स्वर्गीय भीमबहादुर तामाङको स्‍मृति सभा सम्पन्न (December, 2012)

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ "फिप्ना" द्वारा पहिचान सहितको संघीयताबारे आदिबासी बुद्धिजिबीहरुसंग अन्तर्कृया सम्पन्न (September , 2012)

-न्यू योर्कमा "नेपाल आदिवासी जनजाति महासंघ अमेरिका" (फिप्ना) को प्रथम साधारण सम्मेलन सम्पन्न(August, 2012)

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन (July, 2012)

-न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न (June, 2012)

-न्यू योर्कमा नेपालका आदिबासी जनजाति आन्दोलनबारे बहस (May, 2011)

-न्यू योर्कमा 'फिप्ना' को तेश्रो अधिबेशनद्वारा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन (Jan, 2011)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिको बिशेष महाधिबेशन सम्पन्न (July, 2009)

-न्यू योर्कमा नेपाली आदिवासी जनजातिहरुको बिशेष महाधिबेसन जुलाई २६ मा हुने (July, 2009)

-न्यू योर्कमा नेपाली आदिबासिहरुको महासंघको दोश्रो अधिबेशनद्वारा नयाँ नेतृत्व चयन, महासंघको नाम फेरियो- "फिप्ना" (July, 2008)

-न्यू योर्कमा GFIPN को अन्तरक्रिया कार्यक्रम सम्‍पन्‍न: माओवादीलाई हेर्ने अमेरिकी नीति परिवर्तन ?(November, 2007)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.