Inside

All Time Top 50 News

न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको चुनावबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Sunday, 13 December 2015 18:50

Exclusive: 8 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को डिसेम्बर १३ तारिख न्यू योर्क शहरमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष पदमा बर्तमान अध्यक्ष लुईसाङ वाईबा तामाङ दोश्रो कार्यकालको लागि पुन: निर्वाचित भएकाछन् । वाईबाले 28 मत ल्याएर बिजयी भए भने उनका प्रतिद्वन्दी विनोद पोमोले 18 मत प्राप्त गरे । उता अध्यक्ष पदका अर्का प्रत्यासी बर्तमान महासचिब मानबहादुर राना मगरले अन्तिम समयमा वाईबालाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । फिप्ना कार्य समितिको अन्य पदहरुमा निर्विरोध निर्वाचन भैइसकेको छ । जसअनुसार प्रथम उपाध्यक्षमा मनकुमार राई (मणि बाङ्देल), उपाध्यक्षमा मंगलदास श्रेष्ठ, महासचिवमा प्रेम गुरुङ, सचिवमा विजय महर्जन, कोषाध्यक्षमा राजकुमार बिष्ट, सह-कोषाध्यक्षमा कुलबहादुर राना मगर र सदस्यमा रामकुमार राई छन् ।

 

The newly elected FIPNA executive committee for 2015-2017. Photos courtesy: fb profiles

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को नव निर्वाचित कार्यसमितिको नामावली निम्नानुसार रहेको छ:

1. अध्यक्ष: लुईसाङ वाईबा
2. प्रथम उपाध्यक्ष: मनकुमार राई (मणि बाङ्देल)
3. उपाध्यक्ष: मंगलदास श्रेष्ठ
4. महासचिव: प्रेम गुरुङ
5. सचिव: विजय महर्जन
6. कोषाध्यक्ष: राजकुमार बिष्ट
7. सह-कोषाध्यक्ष: कुलबहादुर राना मगर
8. सदस्य: रामकुमार राई

न्यू योर्कका प्रतिश्ठित वकिल एबं फिप्नाको स्थापना कालदेखि हालसम्मका कानूनी सल्लाहकार रमेशकुमार श्रेष्ठ प्रमुख निर्वाचन आयुक्त र फिप्नाका सल्लाहकार प्रदीप थापा मगर र मनु लोहोरूंग राई सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

सन् २००५ मा स्थापना भएको 'महासंघ मा १६ वटा आदिबासी संस्थाहरु आबद्ध छन् भने ४ वटा राज्य स्तरीय च्याप्टरहरु गठन भएकाछन्। महासंघमा आबद्ध जनजातीय सामाजिक संघ संस्थाहरुमा भुजेल समाज, ग्यालसुमुदो सेवा संस्था अमेरिका, ह्योल्मो सोसाइटी अफ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका , किरात याक्थुङ चुम्लुङ युएसए, मगर संघ अमेरिका, मनाङ समाज युएसए, मुगूम सेवा संस्था युएसए, मुस्ताङ किदुक इङ्क युएसए, न्यू योर्क नेवा: गुठी, न्हुप्री एशोसिएसन, तामाङ सोसाइटी अफ अमेरिका, तमु (गुरुङ) सोसाइटी अफ अमेरिका, यूनाईटेड शेर्पा एशोसिएसन युएसए (शेर्पा किदुक युएसए) अमेरिका, युएस मुगूम वेलफेयर सोसाइटी र वालुङ किदुग युएसए छन् ।

Read reporting on Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA):

-http://www.usnepalonline.com/fipna/

-फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको सरगर्मी: अध्यक्षमा ६ जनाको भिडन्त, को को हुन् ?

-न्यू योर्कमा फिप्नाद्वारा नेपालमा पहिचानसहितको संघीयताको बिषयमा डा. महेन्द्र लावतीसंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न (December 14, 2013)

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन (November, 2013)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.