Inside

All Time Top 50 News

अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Prathaa Magar   
Monday, 23 July 2012 05:26

Special; 7 photos: न्यू योर्क- नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को बोस्टन च्याप्टर गठन गरिएको छ।

The newly formed Boston Chapter members of Federation of Indigenous People of Nepal in America (FIPNA) in Cambridge, MA on July 22, 2012. Photos: eEyeCam.com

जुलाई २२ तारिख आईतवार बोस्टन शहरको क्याम्ब्रिजस्थित अन्नपूर्ण रेस्टुरेन्ट हलमा सम्पन्न बोस्टनबासी नेपाली आदिबासी जनजातिहरुको भेलाले उक्त फिप्ना च्याप्टरको गठन गरेको हो।

भेलाले च्याप्टर संयोजकमा नेत्र दराईलाई चुनेको छ भने च्याप्टरका अन्य पदाधिकारी र कार्य समिती सदस्यहरुमा क्रमश: बरिस्ठ उपाध्यक्ष भुवानी गुरुङ, उपाध्यक्ष द्वयमा साबित्री शेरचन र खिलनारायण श्रेष्ठ, सचिब महेश लिम्बु, सहसचिब चौलाबिर राई, कोशाध्यक्ष जाङ्बु शेर्पा, सहकोशाध्यक्ष ब्रिहस्पति लामा र सदस्यहरुमा कर्साङ् लामा, चन्द्र पुन मगर, बुद्ध लामा, खड्कसिं भट्टचन, बिष्णु राई, पुष्प सुब्बा शेर्पा र खड्ग थापा मगर छन्।

कार्यक्रममा नब निर्बाचित फिप्ना बोस्टन च्याप्टर कार्य समितीका पदाधिकारी र सदस्यहरुलाई फिप्नाका केन्द्रिय अध्यक्ष शिवकुमार राईले पद र संगठन गोपनियताको शपद खुवाएका थिए भने अध्यक्ष राई र संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले परम्परागत खादा ओढाएर स्वागत गरेका थिए।

FIPNA Central Committee President Shiva K. Rai welcoming newly nominated Boston Chapter president Netra Darai. Photos: eEyeCam.com

च्याप्टर गठन पूर्व भेलालाई फिप्नाका केन्द्रिय अध्यक्ष शिवकुमार राई र भेला संयोजक ब्रिहस्पती लामाले सम्बोधन गर्दै च्याप्टर गठनको औचित्यबारे प्रकाश पारेका थिए।

फिप्नाका केन्द्रिय महासचिब दिपेश लिम्बु र फिप्नाका संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले नेपालमा जनजाति आदिबासी आन्दोलनकोबारेमा चर्चा गर्दै आदिबासी जनजातिहरुको हक अधिकारको रक्षाकोलागि संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी घोषणा पत्र र अन्तरराश्ट्रिय श्रम संगठन (आइएलओ)  महासन्धीको धारा १६९ ले अंगिकार गरेको आदिबासीहरुको जल, जमिन र सम्पदासंगको हक र राजनीतिक अधिकारको प्रत्याभूतिको निम्ती नेपालका आदिबासी जनजातिहरुको शान्तीपूर्ण आन्दोलनलाई समर्थन गर्नु पर्ने कुरामा जोड दिएका थिए।



धौलाबिर राईले सन्चालन गरेको उक्त भेलामा शेर्पा, मगर, गुरुङ, राई, नेवार, थकाली, दराई, तामाङ र लिम्बु आदिबासी जनजातिहरुका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।

भेलामा फिप्नाका केन्द्रिय उपाध्यक्षद्वय आदित्य महर्जन बिनोद पोमो लिम्बु, शेर्पा किदुक अमेरिकाका पूर्व महासचिब ल्हाक्पा गेलु शेर्पा, न्यू योर्क च्याप्टरका प्रतिनिधी केशबराम राई र न्यू ह्याप्म्सायर च्याप्टर प्रतिनिधीहरु उपस्थित थिए।

फिप्नामा हाल १७ वटा जनजातीय संगठनहरु र ३ वटा च्याप्टरहरुको गठन भईसकेको छ। फिप्नाको स्थापना सन् २००५ सालमा न्यू योर्क शहरमा भएको हो।

-Pratha Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it



Bosotn FIPNA convention chair Brihaspati Lama. Photos: eEyeCam.com



FIPNA Central Committee President Shiva K. Ra. Photos: eEyeCam.com



FIPNA founding President Karma G. Sherpa. Photos: eEyeCam.com


FIPNA Central Committee General Secretary Dipesh Limbu. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.