Inside

All Time Top 50 News

फिप्नाको पाँचौ महाधिबेशनको सफलता : कथित 'शक्ति केन्द्र' हरुलाई सवक PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Man Bahadur Rana Magar, past General Secretary, FIPNA   
Sunday, 20 December 2015 18:28

अध्यक्षको प्रत्यासी उम्मेदवार एबं निवर्तमान महासचिब मानबहादुर राना मगरको खरो बिचार र समीक्षा
Exclusive:
न्यू योर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को पाँचौ राष्ट्रिय महाधिबेशन सम्पन्न भएको एक हप्ता पुरा हुँदैछ । यसबिच, निष्पक्ष प्रजातान्त्रिक प्रकियाबाट नयाँ कार्यसमिति चयनसंगै विभिन्न कोणबाट बहसहरु सतहमा आएकाछन् । हामीले विभिन्न कोणबाट आ-आफ्नो बिचार सम्प्रेषण गर्दै गर्दा निस्पक्ष निर्वाचन भए पनि निस्पक्ष समिक्षा भने गर्न सकिरहेका छैनौं, जसले गर्दा समाजमा अन्योल सृजना भएकोछ । जुन महाधिबेशनमा म आफै पनि अध्यक्षको प्रत्यासी उम्मेदवार थिएं र अन्तिम समयसम्म हामी कसैले पनि नहारी फिप्नाले जित्नु पर्छ भनेर सहमतिको लागि छलफलको पहल गरेको पनि थिएं । त्यहिं कारण थियो अन्तिम समयमा मेरो उम्मेद्वारीको फिर्ता ।


FIPNA immediate past general Secretary and presidential candidate Man Bahadur Rana Magar. Photo courtesy: fb profile

कुनै पनि कार्यक्रमको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ । हाम्रो धेरै बानि आफुलाई मन नपरेको या चाहे जस्तो नभएको कुराको बिरोध मात्र गर्ने चलन छ । यसै सन्दर्भमा मैले केहि महत्वपूर्ण कुराहरु, बिशेष गरेर निर्बाचन समिति र निर्वाचन प्रकियाको बारेमा भएको टिका टिप्पणीको बारेमा बहस हुनु या समिक्षा हुनु जरुरी ठानेको छु ।

१) निर्वाचन आयोग बारे

केहि प्रतिनिधि साथीहरुले निर्वाचन आयोगले कुन अधिकारले जतिबेला पायो तेतिबेला मनलागी सुचना जारी गर्यो भनेर अधिबेशनका बेला प्रश्न गरेका थिए । प्रमुख निर्वाचन आयुक्त वरिश्ठ वकिल रमेश श्रेष्ठले विधानसम्मत र पूर्ण रुपममा निस्पक्ष निर्वाचन गर्न आयोग कटिबद्द रहेको स्पस्ट उल्लेख गरेका थिए ।

तर केहि साथीहरुले फिप्नाको बिधानमा भएको निर्वाचन सम्बन्धी ब्यबस्था CHAPTER-VIII, §64. र  §66. को अध्यायन नै नगरी या नजर अन्दाज गरी बिधानको कुरा लिएर फेसबुक लगायत अनलाईन सामाजिक सन्जालहरुमा सस्तो लोकप्रियताको लागि टिका-टिप्पणी गरेको पाईयो ।

विधानमा प्रस्टसंग किटान गरिएका प्राबधानहरुको आधारमा निर्वाचन आयोगले आफ्नो अधिकार प्रयोग गरि सुचना प्रकाशन गर्दा विभिन्न टिका-टिप्पणी गर्ने हामी र हाम्रो साथीहरु, कति जिम्मेवार भएर विचार सम्प्रेषण गरेका छौं ? सोच्नु आवश्यक छ ।

अर्को कुरा, किन एकजना उम्मेदवारलाई मात्र डिसेम्बर १३ सम्म आवश्यक सहमति पत्र बुझाउने समय सिमा दिईयो भन्ने कुरा । हामीले पहिलो कुरो के बुझ्नु पर्यो भने बिधानत: एकजना उम्मेदवार, जो बर्तमान अध्यक्ष हुनु हुन्छ, लाई मात्र थप सहमति पत्रको आवश्यकता थियो जुन कुरा निर्बाचन आयोगले अघिल्लो सुचनामा छुटाएको थियो । छुटेको कुरा तेत्तिकै छाड्नुभन्दा आवश्यक समेटेर कार्यनयन गर्नु राम्रो हो, जुन निर्वाचन आयोगले गर्यो ।

दोस्रो कुरा, के बुझ्नु पर्यो भने निर्वाचन आयोगले जति समय तत्कालिन अध्यक्षका प्रत्यासी लुईसाङ वाईबालाई आफ्नो उम्मेदवारी मान्य बनाउन समय दिएको थियो त्यतिनै समय वाईबाको उम्मेदवारी अमान्य बनाउने समय प्रतिद्वन्दी उम्मेदवारहरुलाई थियो ।

The newly elected FIPNA executive committee for 2015-2017. Photos courtesy: fb profiles

२) निर्वाचन निष्पक्षताको कुरा

अमेरिकाको गैर नाफामूलक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) संस्थाको निर्वाचनमा महासंघसंग आबद्द १२ वटा संस्थाहरुले पठाएको आधिकारिक प्रतिनिधिहरुलाई फोटो सहितको परिचय-पत्र निरीक्षण गरेर मात्र मत प्रयोग गर्ने व्यवस्था गर्नुले धेरै कुरा प्रस्ट पार्छ ।

अर्को कुरा, अहिलेको निर्वाचन समितिमा तीन निर्वाचन आयुक्तहरु (रमेश श्रेष्ठ, प्रदीप थापा मगर र मनु लोहोरुङ राई) बिच कुनै पनि कुरामा एक-आपसमा मतभेद देखिएन । यस अघिको महाधिबेशनमा चाँही निर्वाचन समितिमा मतभेद छताछुल्ल भएको थियो । यसपाली निर्वाचन आयोगले निष्पक्ष र बिबाद रहित तवरले पुर्याएको भूमिकाको मुक्त कण्ठले प्रसंसा गर्दै धन्यबाद दिनु हामीले कन्जुस्याई गर्नु हुन्न ।

३) महाधिबेशन अघि र पछिको गतिबिधि

कुनै पनि संघ संस्थाहरुको महाधिबेशनको समयमा प्राय: सक्रियरुपमा चुनावी रणनितिक दाउपेच र गतिबिधि बढ्ने कुरास्वभाबिक हो । नेतृत्व प्रदान गर्न कोही तयार रहदैन भने त्यो संस्थाको औचित्य पनि समाप्त भएर जाने हुन्छ । सदस्यहरु बिचको सकृयता र चासो संस्थाको महत्ताको नापो पनि हो

फिप्नाको ५ औं महाधिबेशन बिगतकोभन्दा निक्कै तातेको अवस्था थियो । सम्प्रेषण टिभिको बहसदेखि विभिन्न राजनीतिक तथा गैर आवासीय नेपाली संघको प्रतिनिधिहरुको खुल्लम खुल्ला चलखेलले बिगत दश वर्षमा फिप्नाले अमेरिकन नेपाली समाजमा राम्रै प्रभाब राखेको पुष्टि गर्दछ । अर्को खुशीको कुरा, महासंघको उदेश्य, आवश्यकता र महत्व बुझेका प्रतिनिधिहरुले आफ्नो मतको उचित सदुपयोग गर्दै जहाँ पनि चलखेल गर्न रुचाउने कथित 'शक्ति केन्द्र' भनिएकाहरुलाई राम्रो पाठ सिकाउने कुरामा सफल हुन सके । मेरो बिचारमा फिप्नाको पाँचौ महाधिबेशनले नेपालकै जस्तो फोहोरी राजनिति र चलखेल गर्न खोज्नेहरुलाई "नजाने गाउँको बाटो नसोध्नु" भन्ने नेपाली उखान २०१५ सालको अन्तिम उपहार र शिक्षाको रुपमा छोड्न सफल भएको छ ।

जय आदिवासी जनजाति !

मानबहादुर राना मगर
निवर्तमान महासचिब
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)

Read related news:

 

-http://www.usnepalonline.com/fipna/

--न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको चुनावबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित

-फिप्ना पाँचौं महाधिवेशनमा नयाँ कार्य समिति निर्वाचनका लागि प्राप्त उम्मेद्वारहरूको अन्तिम नामावली सूची !

-न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको सरगर्मी: अध्यक्षमा ६ जनाको भिडन्त, को को हुन् ?

-न्यू योर्कमा फिप्नाद्वारा नेपालमा पहिचानसहितको संघीयताको बिषयमा डा. महेन्द्र लावतीसंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न (December 14, 2013)

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन (November, 2013)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.