Inside

All Time Top 50 News

न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको सरगर्मी: अध्यक्षमा ६ जनाको भिडन्त, को को हुन् ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Narendra Thapa Magar   
Wednesday, 25 November 2015 22:29

Exclusive: 7 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आगामी डिसेम्बर १३ तारिख न्यू योर्क शहरमा हुन गैरहेको पाँचौ राष्ट्रिय महाधिबेशनको पूर्व सन्ध्यामा अध्यक्ष पदकालागि बर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ सहित ६ जना आदिबासी अगुवाहरुले आ-आफ्नो उम्मेद्वारीको घोशणा गरेकाछन् । अध्यक्ष पदका अन्य दाबेदारहरुमा बर्तमान वरिश्ठ उपाध्यक्ष मणि बाङ्देल राई, बर्तमान महासचिब मानबहादुर राना मगर, पूर्व वरिश्ठ उपाध्यक्ष बिनोद पोमो लिम्बु, पूर्व महासचिब दिपेश लिम्बु र शेर्पा किदूग युएसएका पूर्व सचिब निमा शेर्पा रहेकाछन् । तर अन्तत: अध्यक्ष पदमा सहमतिको सम्भावना रहेको अधिकांश उम्मेद्वारहरुले युएसनेपालअनलाईनलाई बताएकाछन् ।

FIPNA's Presidential candidates (L to R): Luisang Waiba Tamang, Man Bahadur Rana Magar, Dipesh Limbu, Mani Bangdel, Binod Pomo Limbu and Nima Sherpa. Photos courtesy: fb profiles

“समृद्ध नेपाल र नेपालीपनको लागि धर्मनिरपेक्षता ! गणतन्त्र नेपालमा पहिचान सहितको संघीयता !!” नारा तय गरेर महाधिबेशनलाई नेपालको पहिचानको आन्दोलनसंग जोडेर प्रस्तुत गरेको महासंघको नेतृत्वकालागि अहिले आदिबासी अगुवाहरुले आफ्नै पहिचानको लागि महाधिबेशनमा सहभागी १२ वटा आदिबासी जनजाति संघ संस्थाहरुले चुनेर पठाएका ४८ महाधिबेशन प्रतिनिधीहरु बिच आफ्नो पक्षमा लबिङ तीब्र पारेकाछन् ।

बर्तमान फिप्ना अध्यक्ष एबं अध्यक्ष पदका दाबेदार लुईसाङ् वाइबा नेपालमा छँदा त्रिभुवन विश्वबिद्यालयका मानवशास्त्रका प्राध्यापक तथा तामाङ राष्ट्रिय घेदुङका संस्थापक महासचिब, नेपाल आदिबासी विद्यार्थी महासंघ र तामाङ विद्यार्थी घेदुङका पूर्व अध्यक्ष रहेर नेत्रित्व प्रदान गरिसकेका अनुभवी आदिबासी युवा नेता हुन्।

बर्तमान फिप्ना वरिश्ठ उपाध्यक्ष एबं अध्यक्ष पदका दाबेदार मणी बाङ्देल 'किरात राई सोसाइटी अफ अमेरिका' का केन्द्रिय बोर्ड चेयर हुन् ।

त्यसैगरी, बर्तमान फिप्ना महासचिब एबं अध्यक्ष पदका दाबेदार मानबहादुर राना 'मगर संघ अमेरिका' का पनि महासचिब हुन्।

अध्यक्ष पदका दाबेदार बिनोद पोमो लिम्बु पूर्व फिप्ना वरिश्ठ उपाध्यक्ष हुन्।

पूर्व महासचिब अध्यक्ष पदका दाबेदार दिपेश लिम्बु फिप्ना र किरात याक्थुङ चुम्लुङ युएसएका पूर्व महासचिब  हुन्।

अध्यक्ष पदका दाबेदार निमा शेर्पा शेर्पा किदूग युएसएका पूर्व सचिब र सोतोकान करातेका थर्ड डान ब्ल्याक बेल्ट खेलाडी र प्रशिक्षक हुन् ।

महासंघको बिधानअनुसार बहालवाला अध्यक्षले दोश्रो पदाबधीमा निर्वाचित हुनको लागि सर्वसम्मत हुन सकेमा मात्र पुन: अध्यक्ष बन्न सक्ने प्राबधान छ । त्यही बिधानको प्राबधानको कारण बर्तामान अध्यक्ष लुईसाङ वाईबा आफू पुन: अध्यक्ष बन्न अहिले अन्य ५ प्रत्यासीहरुसंग अहोरात्र वार्ता गर्दै आफूलाई समर्थन गर्न अनुरोध गरिरहेछन् भने वरिश्ठ उपाध्यक्ष मणि बाङ्देल र महासचिब मान राना मगरले आ-आफ्नो लबिङलाई तीब्र पारेकाछन् । उता आदिबासी मामिलामा खरो उत्रने पूर्व महासचिब दिपेश लिम्बु र पूर्व वरिश्ठ उपाध्यक्ष बिनोद पोमो लिम्बुले पनि आफ्नो उम्मेद्वारीको घोशणा गर्दै चुनावी प्रसरमा लागेकाछन् । त्यसै गरी, अर्का प्रत्यासी निमा शेर्पाले यस अघी आफूले अध्यक्ष पदमा दाबी गरे पनि अन्तमा सहमतिको लागि बर्तमान अध्यक्ष वाईबालाई छोडिएको बताउँदै यसपाली आफूले उम्मेद्वारी दिएको  बताएकाछन् ।

तर अधिकांश उम्मेद्वारहरुले युएसनेपालअनलाईनलाई अध्यक्ष पदमा सहमतिको सम्भावना रहेको बताएकाछन् । तर उनीहरुले सहमती बर्तमान अध्यक्ष वाइबाको नाममा हुने हो या अर्को कुनैको नाममा हुने हो भन्ने कुरामा भने टुङ्गो लागि नसकेको बताए ।

निर्बाचन समितिले उम्मेदवारी दर्ता गराउने मिति नोभेम्बर २६ देखी २९ तारिख तोकेको छ । महासंघको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना यसै समाचारको तल प्रकाशित छ ।

सन् २००५ मा स्थापना भएको 'महासंघ मा १६ वटा आदिबासी संस्थाहरु आबद्ध छन् भने ४ वटा राज्य स्तरीय च्याप्टरहरु गठन भएकाछन्। महासंघमा आबद्ध जनजातीय सामाजिक संघ संस्थाहरुमा भुजेल समाज, ग्यालसुमुदो सेवा संस्था अमेरिका, ह्योल्मो सोसाइटी अफ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका , किरात याक्थुङ चुम्लुङ युएसए, मगर संघ अमेरिका, मनाङ समाज युएसए, मुगूम सेवा संस्था युएसए, मुस्ताङ किदुक इङ्क युएसए, न्यू योर्क नेवा: गुठी, न्हुप्री एशोसिएसन, तामाङ सोसाइटी अफ अमेरिका, तमु (गुरुङ) सोसाइटी अफ अमेरिका, यूनाईटेड शेर्पा एशोसिएसन युएसए (शेर्पा किदुक युएसए) अमेरिका, युएस मुगूम वेलफेयर सोसाइटी र वालुङ किदुग युएसए छन् ।



त्यसैगरी, आगामी डिसेम्बर ५ तारिख महासंघ स्थापनाको एक दशकको अवसरमा महासंघले गुलसन टेरेस, ५९-१५, ३७ एभेन्यू, वूड्साईड, कुइन्स, न्यू योर्कमा बहुसांस्कृतिक कार्यक्रम साँझ आयोजना गर्ने भएको छ भने सोही दिन सोही स्थानमा अपरान्ह सम्प्रेशण युएसए टिभीले अध्यक्षका ६ प्रत्यासीहरु बिच बिशेश प्रेसिडेन्सियल डिबेटको आयोजना गर्ने तय भएको छ ।

-Narendra Thapa Magar in New York

(नरेन्द्र थापा, 'मगर संघ अमेरिका' का सचिब र 'नेपाल मगर बिद्यार्थी संघ' का पूर्व केन्द्रिय महासचिब हुन् ।)

महासंघको निर्वाचन तथा उम्मेदवारी दर्ता सम्बन्धि सूचना !

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको पाँचौ राष्ट्रिय महाधिबेशन संग सम्बन्धित सस्था र सस्थाको प्रतिनिधिहरुले तल उल्लेखित पदहरुमा यहि नोभेम्बर २६-२९ भित्र आफ्नो उम्मेदवारी दर्ता गराउनु हुन निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ ।

निर्बाचन हुने पदहरु:

१. अध्यक्ष – १
२. बरिष्ठ उपाध्यक्ष – १
३. उपाध्यक्ष – १
४. महासचिब – १
५. सचिब – १
६. कोषाध्यक्ष – १
७. सह-कोषाध्यक्ष – १
८. सदस्य – ४

नोट:

उम्मेदवारी दर्ताको लागि अन्तिम दिन या नोभेम्बर २९, २०१५ आईतबार दिउसोको २-५ बजेसम्म फिप्नाको कार्यालयमा निर्बाचन समिति रहने छ । या निर्बाचन समितिको इमेल This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it या निर्बाचन समितिको सदस्यहरु संग सम्पर्क गर्नु होला ।

निर्वाचन सम्बन्धि कार्यतालिका:

१) नोभेम्बर २५, २०१५ मा महाधिबेशनकोलागि पर्यबेक्षक तथा मतदाता नामावली प्रकाशन गर्ने । २) नोभेम्बर २६-२९, २०१५ सम्म उम्मेदवारी दर्ता ।
३) डिसेम्बर १, २०१५ मा उम्मेदवारहरुको नामावली प्रकाशन ।
४) डिसेम्बर २-६, २०१५ साँझ ५:०० बजे सम्म उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार ।
५) डिसेम्बर १३, २०१५ आईतबार दिउसोको १२:०० बजेसम्म सहमतीय उम्मेदवारीकोलागि अन्तिम समय । तत् पश्चात उम्मेदवारीहरु बीच निर्बाचन र नव-निर्बाचित कार्यसमितिको सपथ ग्रहण ।

उम्मेदवारीको लागि न्यूनतम योग्यता तथा शुल्क:

१. सम्बन्धित अथवा फिप्नाको सदस्य सस्थाको आधिकारिक प्रतिनिधि हुनु पर्ने ।
२. फिप्ना संग आबध्द आफ्नो मातृसंस्था या आफु सम्बन्धित संस्थाबाट पद उल्लेख गरिएको उम्मेदवारीकोलागि लिखित शिफारिस पत्र हुनु पर्ने ।
३. आफ्नो उम्मेदवारीकोलागि एक जना प्रस्तावक र एकजना समर्थकको हस्ताक्षर ।
४. उम्मेदवारी शुल्क: अध्यक्ष-$१५०. प्र.उपाध्यक्ष-$१२५. दो.उपाध्यक्ष-$१००. महासचिव-$१००. सचिव-$१००. कोषाध्यक्ष-$१००. सह-कोषाध्यक्ष-$१०० र सदस्य-$५०.

उम्मेदवारी फिर्ता:

१. डिसेम्बर २-६, २०१५ साँझ ५ बजेसम्म उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार | तोकिएको समय भित्र उम्मेदवारी फिर्ता तथा पुनर्विचार गरिएमा उम्मेदवारी शुल्क फिर्ता तथा मिलान गरिनेछ ।
२. उम्मेदवारी उपर दाबी, बिरोध तथा पुनर्विचार समय सिमा पश्चात उम्मेदवारी फिर्ता लिईएको अवस्थामा उम्मेदवारी शुल्क फिर्ता हुने छैन ।

धन्यबाद

रमेश कुमार श्रेष्ठ, संयोजक
मनु लोहरुंग राई, सदस्य
प्रदिप थापा मगर, सदस्य

पाँचौ राष्ट्रिय महाधिबेशन निर्वाचन समिति, फिप्ना
Phone: (917) 570 -1098, (347) 248 -6966
Email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read reporting on Federation of Nepalese Indigenous Peoples of Nepal in America (FIPNA):

-http://www.usnepalonline.com/fipna/

-न्यू योर्कमा फिप्नाद्वारा नेपालमा पहिचानसहितको संघीयताको बिषयमा डा. महेन्द्र लावतीसंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा नेपालका प्रथम शहीदको सम्झना: १३७ औं लखन थापा मगर स्‍मृति दिवस सम्पन्न

-न्यू योर्कमा आदिबासी महासंघ 'फिप्ना' द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा 'फिप्ना' का नव निर्बाचित कार्य समितीका पदाधिकारी र सदस्यहरुको पदस्थापन तथा शपथ ग्रहण समारोह सम्पन्न (December 14, 2013)

-न्यू योर्कमा नेपाली आदिबासी महासंघ 'फिप्ना' को चौंथो अधिबेशन सम्पन्न, नयाँ नेतृत्व चयन (November, 2013)

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.