Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 25 January 2011 05:04
Article Index
न्यू योर्कमा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन
List of Speakers (28) photos
Photos of FIPNA Cultural Nite 2011
Comparative table of NEFIN & FIPNA affiliated orgs
All Pages

Updated: Exclusive: 2 videos, 58 photos: न्यू योर्क- अमेरिकामा बसोबास गर्ने नेपाली आदिबासी जनजातिहरुको साझा संगठन 'नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)' को तेस्रो अधिवेसन सम्पन्न भएको छ। अधिबेशनले आगामी ३ बर्षकोलागि शिवकुमार राइको अध्यक्ष्यतामा १३ सदस्यीय कार्य समितीको निर्वाचन गरेको छ।



Artists performing indigenous song  at the 3rd convention of Federation of Nepalese Indiagenous Peoples of Nepal in America (FIPNA) in Queens, New York, USA on Jan 23, 2011. Photos: eEyeCam.com

आइतबार न्यू योर्कको कुइन्स शहरस्थित कुईन्स प्यालेसमा सम्पन्न उक्त अधिवेसनमा अध्यक्ष पदका दाबेदार शिवकुमार राई र छेपक दोर्जी गुरुङबिच कडा प्रतिस्पर्धा भएको थियो जस्मा राइले ३५ मत ल्याएर बिजय हासिल गरेभने गुरुङले राइकोभन्दा दुई मत कम अर्थात ३३ मत ल्याएर पराजित हुने पुगे।

Shivakumar Rai and Tsepak Dorjee Gurung speaking after the election. Mr. Rai won with 35 votes against Mr. Gurung's 33 votes. Photos: eEyeCam.com

राइ फिप्नाका निबर्तमान प्रथम उपाध्यक्ष तथा एनआरएन अमेरिकाका महासचिब हुन् भने गुरुङ फिप्नाका निबर्तमान कोशाध्यक्ष तथा मुस्ताङ किदुकका संस्थापक महासचिब हुन्।


Newly elected FIPNA executive committee.

अरु ककस्ले जिते?

त्यसैगरी, प्रथम उपाध्यक्ष पदकालागि भएको प्रस्तिस्पर्धामा बिनोद पोमो लिम्बुले ३७ मत ल्याएर जित हासिल गरेभने र गोबिन्द शेरचनले ३३ मत मै चित्त बुझाउनु पर्‍यो।

पोमो फिप्नाका निबर्तमान दोश्रो उपाध्यक्ष हुन् भने शेरचन मुस्ताङ किदुकका सदस्य हुन्।

उता फिप्नाको दोश्रो उपाध्यक्षमा आदित्य महर्जन र कोषाध्यक्ष पदमा टिकाराम गुरुग  निर्विरोध निर्वाचित भएकाछन्। यस अघी महर्जन फिप्नाका महासचिब थिए भने  टिकारम गुरुङ तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका बोर्ड सदस्य हुन्। महर्जन नेवा गुठी न्यू योर्कका अध्यक्ष पनि हुन्।

त्यसैगरी, महासचिवमा तीन प्रतिस्पर्धीबिच सहमती भएपछि किरात याक्थुङ चुम्लुङ अमेरिकाका हालसालै निर्बाचित महासचिब दीपेश लिम्बु फिप्नाको पनि महासचिब चुनिन पुगेकाछन्।

लिम्बुका प्रतिद्वन्दीकोरुपमा ह्योल्मो सोसाइटी अफ अमेरिकाकि कविता शेर्पा ह्योल्मो र तामाङ सोसाइटी अफ अमेरिकाका सदस्य बि.आर. लामाले महासचिब पदकालागि उम्मेद्बारी दिएका थिए। तर निर्वाचन आयोगले सहमतीमा आउन सल्लाह दिएपछि ह्योल्मो र लामाले आ-आफ्नो उम्मेद्बारी फिर्ता लिएको घोषणा गरेका थिए।

निर्वाचन आयुक्त रमेश श्रेष्ठले कविता शेर्पा ह्योल्मोले सचिब पदमा इच्छा जाहेर गरेको र टेक्निकली सचिबमा निर्बाचित हुन नमिलेको हुँदा र सचिब पदमा कसैले पनि उम्मेद्बारी नदिएको हुँदा नब निर्बाचित कार्य समितीले उनलाई सचिब पदमा नियुक्त गर्न अनुरोध गरे।

फिप्नाका बोर्ड सदस्यहरुमा निर्बिरोध निर्बाचित हुनेहरुमा केशवराम राई, अमरबहादुर गुरुग, बेल भुजेल, धर्मेन्द्र गोपाली, कुन्साङ् शेर्पा ह्योल्मो, भोजराज थोकर र टासी शेर्पा ह्योल्मो छन्।


Outgoing President Karma G. Sherpa with Election Committee memebers; Bangshalal Tamang, Sangini Rana Magar, Durga Subba and Ramesh Shrestha.

फिप्नाको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएपछि निर्वाचन आयुक्त श्रेष्ठले नब निर्बाचित अध्यक्ष शिवकुमार राइलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो।

त्यसपछि अध्यक्ष राइले नयाँ कार्य समितीका पदाधिकारी र सदस्यहरुलाई पद र गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो।

उम्मेद्वारहरुलाई बोल्नै नदिएपछि !

आश्चर्यको कुरो, प्रतिद्वन्दी कुनै पनि उम्मेद्वारहरुलाई आ-आफ्नो उम्मेदवारीको औचित्यताबारे मन्तब्य राखेर मत माग्ने मौकै दिइएन। केही प्रतिनिधीहरुले बिनसित्त मत खसाल्न लाइन लाग्नु परेपछि केही गुनासो गरे तर समयाभाबको कारण उम्मेद्वारहरुलाई बोल्न दिन नसकेको जानकारी आयोजकहरुले दिएका थिए।


Delegates and participants at the 3rd convention of Federation of Nepalese Indiagenous Peoples of Nepal in America (FIPNA) in Queens, New York, USA on Jan 23, 2011. Photos: eEyeCam.com

प्रतिनिधीको को को बने ?

मगर संघ अमेरिका र तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका प्रतिनिधीहरुले आ-आफ्ना लिखित बिमतिका बुँदाहरु लेखेर ल्याएका थिए। अझ मगर संघ अमेरिकाले फिप्नाको कार्यशैलीबारे गुनासो जनाउनु छ भने एक जना प्रतिनिधले पनि हुने ठहर गर्दै ४ जना प्रतिनिधी पठाउन सकिने प्राबधान हुँदाहुँदै शिर्फ २ जना प्रतिनिधी पठाएको थियो। मगर संघको दुई प्रतिनिधी मध्ये पनि शिर्फ एक जनाले मत हालेका थिए।

जातीय संघ संस्थाहरुको हाराहारिमा फिप्नाको न्यू योर्क र न्यू हेम्सायर च्याप्टरका पनि ४, ४ जना प्रतिनिधीहरुले मतदानमा भाग लिन पाउने ब्यबस्था गरिएको थियो। त्यसैगरी, म्यासाचुसेट्स राज्यमा स्थापित 'नेपाल इन्डिजेनस पिपल्स फोरम' नामक एन्जिओलाई पनि जातीय संस्था सरह ४ प्रतिनिधि पठाउने हक दिइएको थियो। उता आदिबासी जनजाति महिला महासंघलाई पनि ४ प्रतिनिधी पठाउने अधिकार दिइएको थियो। जुना कुराको मगर संघ अमेरिकाले प्रतिबाद गरेको थियो। तर चुनावको रन्कोमा कसैलाई यो जायज कुराको संस्थागत सुझाबलाई मनन गर्ने फुर्सद भएन।

महिला महासंघ जस्तो विद्यार्थी, कामदार, वकिल, प्रोफेसर, नर्स, युबा आदी संघ र महासंघहरु भोली फिप्नासंग आबद्दता लिन आएभने र उनिहरुलाई पनि ४, ४ प्रतिनिधी पठाउने र महासंघ फिप्नाका जातीय संस्थाहरु सरह निर्वाचनमा मत हाल्ने र उम्मेद्बारी दिने हक दिने हो भने स्थिती कस्तो होला? यतातिर पनि सोच्ने हो कि?

फिप्नाको नेपालमा आबद्दता रहेको 'नेपाल आदिबासी जनजाति महासंघ' मा भने एक जाति एक मतको ब्यबस्था छ र महिला, बिद्यार्थी जस्ता संघ र महासंघलाई सह-सदस्यता मात्र दिइएको छ, मताधिकार होइन। त्यस्तै, यहाँका च्याप्टर जस्तो जिल्ला समन्बय परिषदहरुलाई केन्द्रमा प्रतिनिधी पठाउने र मत हाल्ने अधिकार छैन। (हेर्नुहोस् तल नेपाल र अमेरिकाका महासंघमा जातीय प्रतिनिधित्व र मताधिकारको तुलनात्मक तालिका)

झन्डै प्रतिनिधीहरु पनि बोल्नै नपाएको !

यस अघी उक्त तेश्रो अधिबेशनको उद्घाटन सत्रमा दोश्रो उपाध्यक्ष बिनोद पोमो लिम्बुले स्वागत मन्तब्य दिनुभएको थियो भने फिप्नाका अध्यक्ष कर्मा जी. शेर्पाले सभाको सभापतित्व गर्नुकोसाथै संस्थाको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो। बिगत तीन बर्ष देखिको आर्थिक प्रतिबेदन भने पेश गरिएन।


Outgoing President Karma G. Sherpa speaking at the 3rd FIPNA convention in New York. Photos: eEyeCam.com

फिप्नाका निबर्तमान हुँदै गरेका  (Outgoing) महासचिबआदित्य महर्जनले सन्चाल्न गरेको उक्त कार्यक्रम समयाभाबको कारण देखाउँदै अध्यक्ष शेर्पाको मन्तब्य पछि सिधै निर्वाचन प्रकृया थालनी गरिएको घोषणा गरिएको थियो।

तर मगर संघ अमेरिकाका सहायक सचिब मानबहादुर राना मगरलगायतका प्रतिनिधिहरुले संघ संस्थाका प्रतिनिधीहरुले बोल्न पाउनु पर्छ, हैन भने अधिबेशनमा भाग लिएको के अर्थ भयो र ? भन्दै अध्यक्ष शेर्पालाई अत्तो थापी नाजवाफ बनाएपछि निर्वाचन प्रकृयाकोलागि छुट्याइएको एक घण्टा समयमा बल्ल बोल्न दिइएको थियो।

हेर्नुहोस् उक्त उद्घाटन र समापन समारोहको युएस नेपाल अनलाइनले तयार परेको बिशेष भिडियो:
FIPNA 3rd Convention Inaugural, speeches & election, Jan 23, 2011


फिप्नामा आबद्ध संघ संस्थाहरुका प्रतिनिधीहरुले अधिबेशनको सफलताको कामना, आ-आफ्नो गुनासाहरु पोख्नुकासाथै महासंघको प्रभाबकारीताकालागि बिभिन्न सुझाबहरु दिएका थिए।

मन्तव्य ब्यक्त गर्ने प्रतिनिधीहरुमा तमु (गुरुङ) सोसाइटी अफ अमेरिकाका प्रतिनिधी टेक गुरुग, यूनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिका (UKROA) का अध्यक्ष मिलन राई, किरात याक्थुङ चुम्लुङ युएसएका अध्यक्ष पूर्ण थेबे लिम्बु, यूनाईटेड शेर्पा एशोसिएसन युएसए (शेर्पा किदुक युएसए) अमेरिकाका महासचिब लाक्पा गेलु शेर्पा, तामाङग सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरतराज लामा, मगर संघ अमेरिकाका सहायक सचिब मानबहादुर राना मगर, ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष पेम्बा शेर्पा ह्योल्मो, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी राना मगर,  किरात राई सोसाइटी अफ अमेरिका (KRSA) का बोर्ड अध्यक्ष मणि बाङ्देल, मुस्ताङ किदुक इङ्क युएसएका उपाध्यक्ष दोर्जी युटिन, नेवा: गुठीका संस्थापक बिके नेवा, ग्यालसुमुदा सेवा संस्थाका तेम्बा नोर्बु, ह्योल्मो आमा याङ्ग्री किदुक युएसए का अध्यक्ष दावा शेर्पा ह्योल्मो, भुजेल समाजका बेल भुजेल, युएस मुगूम वेलफेयर सोसाइटीका वाङ्छु लामा र न्हुप्री एशोसिएसनका तेन्जिङ दोर्जे हुनुहुन्थ्यो।


Nepalese Ambassador to UN H.E. Gyanchandra Acharya at the 3rd FIPNA convention in New York. Photos: eEyeCam.com

उता निर्वाचन परिणामपछि मन्तब्य ब्यक्त गर्नेहरुमा अध्यक्ष पदमा पराजित छेपक दोर्जी गुरुङ, नब निर्बाचित अध्यक्ष शिवकुमार राइ, निबर्तमान अध्यक्ष कर्मा जि शेर्पा, प्रमुख अतिथी संयुक्त राष्ट्र संघकालागि नेपाली स्थाई नियोग प्रमुख महामहिम राजदूत ज्ञानचन्द्र आचार्य, एनआरएन आइ सिसीका अमेरिकि प्रतिनिधी सोनाम लामा, एसोसिएसन अफ नेपालीज इन अमेरिका (ANTA) अध्यक्ष तथा एनआरएन अमेरिका कोशाध्यक्ष डा. बिनोद शाह, निर्वाचन आयुक्तहरु बंशलाल तामाङ र दुर्गा सुब्बा हुनुहुन्थ्यो।


Founding Treasurer of FIPNA Nagendra Rana Magar was honoured at the 3rd FIPNA convention in New York. Photos: eEyeCam.com

समापन समारोहमा प्रमुख अतिथी महामहिम आचार्यले निबर्तमान र नबबोर्ड सदस्यहरु र अन्य सहयोगकर्ताहरुलाई प्रसंशा पत्र र परम्परागत खादा पहिर्याएर सम्मान गर्नु भएको थियो। उहाँले नब निर्बाचित कार्य समिती सदस्यहरुलाई खादा पहिर्याएर स्वागत गर्नु भएको थियो।

उक्त कार्यक्रम नवनिर्वाचित महासचिव दीपेश लिम्बुले सञ्चालन गर्नु भएको थियो।

आदिबासी संस्क्रिती झल्किने साँस्कृतिक साँझ

अधिबेशनको मैझारो बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको थियो।

उक्त साँगितिक साँझको शुभारम्भ आदिबासी सामुहिक गीतबाट गरिएको थियो भने आमा याङ्ग्री किदुकको ह्योल्मो न्रित्य, किराती राइको साकेला, मुगूम न्रित्य, तामाङ सेलो, गुरुङ न्रित्य, शेर्पा समुदायको स्याब्रु न्रित्य, नेवारी धिमे संगित र लिम्बु जातिको च्याब्रुङ परम्परागत न्रित्य प्रस्तुत गरिएको थियो।

Hyolmo Ama Yangri artists performing Hyolmo dance at the 3rd FIPNA convention in New York. Photos: eEyeCam.com

हेर्नुहोस् उक्त साँगितिक साँझको युएस नेपाल अनलाइनले तयार परेको बिशेष भिडियो:
FIPNA USA 3rd Convention Cultural Nite Jan 23, 2011



राजेश थापा मगर र सन्जोक लामाको लोक गीतहरुमा अतिथी र प्रतिनिधीहरु धितमरुन्जेल नाँचेकाथिए भने गायक रोशन गुरुङ, तिलक श्रेष्ठ, बिपन राई र गायीका गोमा योन्जन गुरुङको सुमधुर गीताको मनोरन्जन लिएका थिए।


Singer and Coordinator of the FIPNA cultural nite Sanjok Lama. Photos: eEyeCam.com

बसन्त डान्स सेन्टरका क्रियोग्राफर बिजय नकर्मीद्वारा निर्देशित सुजन गुरुङ र सम्झना कार्कीको आधुनिक न्रित्य खुब मन पराइएको थियो।

साँगितिक साँझको गायक संजोक योन्जन लामाले संयोजन गर्नु भएको थियो । प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राइले किराती राइ भेशभुषामा सजिएर केही बेर उद्घोषण गर्नुभएको उक्त साँझमा रोचक प्रस्तुती गर्ने जोडी थियो- गायक राजेश थापा मगर र नेपालकि पूर्व उद्घोसिका निमा लामा।


Emcee Nima Lama and singer and emcee Rajesh Thapa Magar at the 3rd FIPNA convention in New York. Photos: eEyeCam.com

नेपालमा छँदा उद्घोषणामा पोख्त उद्घोशिका लामालाई गायक थापाको छेड्छाड्ले रातो गाला बनाउँदा देशक दिर्घा भने साँगितिक साँझको भरपुर मनोरन्जन लिएको भान हुन्थ्यो। उसो त बिबाहित गायक थापा 'मगर संघ अमेरिका' का उपाध्यक्ष पनि हुन् भने उद्घोशिका लामा 'तामाङ सोसाइटी अफ अमेरिका' का महासचिब लक्यान लामाकि अर्धाङ्गिनी हुन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Syabrung dance of Sherpa. Photos: eEyeCam.com


Delegates and participants at the 3rd convention of FIPNA in New York. Photos: eEyeCam.com


FIPNA 3rd convention election committee member Suresh Chamling. Photos: eEyeCam.com

Kirat Rai Sakela dance. Photos: eEyeCam.com


न्यू योर्कमा नेपाली आदिबासी जनजातिहरुको नयाँ नेत्रित्व चयन

List of Speakers (28) photos

Photos of FIPNA Cultural Nite 2011

Comparative table of NEFIN & FIPNA affiliated orgs

All Pages




 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.