Inside

All Time Top 50 News

न्यू योर्कमा "नेपाल आदिवासी जनजाति महासंघ अमेरिका" (फिप्ना) को प्रथम साधारण सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 14 August 2012 22:09

Special: 1 video; 14 photos: न्यू योर्क- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले १८ औं विश्व आदिवासी दिवसको अबसर पारेर प्रथम साधारण सम्मेलन नेपालबाट आएका दुई आदिबासी नेताहरुको बिशेष उपस्थितीमा सम्पन्न गरेको छ ।

Nepal Federation of Indigenous Nationalities (NEFIN) General Secretary Angkaji Sherpa 'Kisan' speaking at the 1st General Convention of Federation of Indigenous Peoples of Nepal in America (FIPNA) in New York on August 11, 2012. Photos: eEyeCam.com

अगस्ट ११ तारिख शनिवार न्यू योर्कको कुइन्स, ज्याक्सन हाइट्सस्थित हिमायलन याक रेष्टुरेन्टमा आयोजित उक्त प्रथम साधारण सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथीकोरुपमा पूर्व मन्त्री तथा बिघटित संबिधान सभामा आदिबासी सभासद ककसका संयोजक एबं नेपकपा एमालेका पोलिटब्यूरो सदस्य प्रिथ्बी सुब्बा गुरुङको उपस्थित थियो। साथै बिशिस्ट अतिथीकोरुपमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) महासचिव आङकाजी शेर्पा "किसान" उपस्थित थिए।

प्रमुख अतिथी पूर्व मन्त्री प्रिथ्बी सुब्बा गुरुङले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन सत्रको शुभारम्भ गरेका थिए।

FIPNA Board Members with the guests and honoree sportsmen. Photos: eEyeCam.com

अन्य अतिथीहरुमा गैर आवासिय नेपाली संघ (एनआरएन अमेरिका) प्रेसिडेन्ट प्रल्हाद केसी, इम्पावोर दलित वूमन अफ नेपाल (एड्वन) बोस्टन कि संस्थापक बिष्णुमाया परियार, नेपाल जनजाति महिला महासंघ अमेरिकाकि अध्यक्ष संगिनी राना मगर, अमेरिका नेपाल पत्रकार संघ अध्यक्ष आङ छिरिङ्ग शेर्पा थिए।

फिप्ना प्रेसिडेन्ट शिवकुमार राईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा फिप्ना प्रथम उपाध्यक्ष बिनोद पोमोले स्वागत मन्तब्य राखेका थिए।

FIPNA President Shiva K. Rai. Photos: eEyeCam.com

उक्त उद्घाटन समारोहलाई अतिथिहरु प्रिथ्बी सुब्बा गुरुङ, आङकाजी शेर्पा "किसान", बिष्णुमाया परियार, संगिनी राना मगर, आङ छिरिङ्ग शेर्पा र फिप्नाका कानुनी सल्लाहकार रमेश के श्रेष्ठले सम्बोधन गरेका थिए।

बक्ताहरुले नेपालमा आदिबासी जनजाति, दलित र महिलाहरुलाई राज्य सत्ताले पछौट्याइएको उल्लेख गर्दै उनीहरुको हक अधिकार सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिएका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

FIPNA 1st Annual General Meeting, New York, August 11, 2012




Note: SD Memory Card क्र्यास भएको कारण प्रमुख अतिथीको मन्तब्य भिडियोमा राख्न असमर्थ भएको जानकारी गराउँदछौं। -सं.

नेपालमा संघियता आएमा देशको उन्नती हुने ठोकुवा गर्दै र संघियताले देश टुक्रिएर जाने कुरा हल्ला मात्र भएको बताउँदै नेपालबाट आएका अतिथीद्वय पूर्व मन्त्री गुरुङ र महासचिब शेर्पाले अब आदिबासी जनजातिहरुले आफ्नै नेत्रित्वमा राजनीतिक पहल गर्नु पर्ने बताएका थिए।

उद्घाटन समारोहको सन्चालन फिप्ना महासचिब दिपेश लिम्बुले गरेका थिए।

FIPNA's closed-session. Photos: eEyeCam.com

बन्द सत्र

उद्घाटन सत्रको समापनपछि बसेको फिप्नाको प्रथम साधारण सम्मेलनको बन्द सत्रमा वार्षिक प्रतिबेदन महासचिब दिपेश लिम्बुले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोशाध्यक्ष टिकाराम गुरुङले पेश गरेका थिए।

उक्त प्रतिबेदनहरु उपर टिप्पणी र आ-आफ्नो संस्थाहरुको धारणा मेघराज गुरुङ, मानबहादुर राना मगर, डा. धाग्याल्पो पुनेल, न्हुछेनारायण डङ्गोल, साङ्गे ह्योल्मो, कविता शेर्पा ह्योल्मो, छेपक दोर्जी, देबेन्द्र साम्बाहाम्फे, पासाङ् शेर्पा, साङ्गे रुम्बा लामा र मदन थेबेले पेश गरेका थिए।

बन्द सत्रमा गुरुङ, मगर, ग्याल्सुम्दो, नेवार, ह्योल्मो, लिम्बु, शेर्पा, राई, तामाङ र मुस्ताङ समुदायका प्रतिनिधीहरु सहभागि रहेका थिए।


सन् २००५ मा स्थापना भएको फिप्नामा १६ वटा आदिबासी संस्थाहरु आबद्ध छन्।

Senior Sport Personality Thaneshwor Rai receiving Lifetime Achievement Award from the Chief Guest former Minister Prithvi Subba Gurung. Photos: eEyeCam.com


४ नेपाली खेलाडीहरुको सम्मान

यसैबिच, फिप्नाले ४ जना नेपाली खेलाडीहरुलाई सम्मान गरेको छ।

नेपालमा कराते खेलका जन्मदाता थानेश्वर राईलाई Lifetime Achievement Award द्वारा सम्मान गरिएको छ। बरिस्ठ खेलाडी राई युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलेप्मेन्ट इङ्कका प्रेसिडेन्ट हुन्।

अन्य ३ सम्मानित खेलाडीरुमा समरबहादुर गोले (NY), प्रेम तामाङ (MA) र टाशी शेर्पा (NY) हुन्।

समरबहादुर गोलेले गत जुलाई १२-१५ बिच फ्लोरिडा राज्यको फोर्ट लाउराडेलमा आयोजित युएसए नेसनल कराते च्याम्पियन्शिपमा स्वर्ण (Gold) पदक जित्न सफल भएका थिए। उनी सन् १९९८ मा बैंककमा सम्पन्न १३ औं एसियन खेलमा काश्य (Bronze) पदक बिजेता सितोरियो कराते खेलाडी हुन्। प्रेम तामाङ युएसए नेसनल कराते च्याम्पियन्शिपमा स्वर्ण पदक जित्न सफल अर्का सितोरियो कराते खेलाडी हुन्। सम्मानित खेलाडी मध्ये टाशी शेर्पा सन् २०१२ को पान अमेरिकन तेक्वान्डो फेडेरेसन च्यापियन्शिप जितेका खेलाडी हुन् ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-अमेरिकाको बोस्टनमा नेपाली आदिबासी जनजातिहरुको महासंघ 'फिप्ना' को च्याटर गठन

-न्यू योर्कमा नेपालमा संघीयताको भविष्य र राजनितिक संकटबारे डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्कमा संघीयता र लिम्बुवान सम्बन्धी डा. महेन्द्र लावोतीसंग बिशेष अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट फिप्नाद्वारा नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबिच भएको सहमतिको स्वागत

-जनजाति महासंघका महासचिब आङ काजी शेर्पा 'किसान' र पत्रकार झडपबारे समर्थन र बिरोधको लहर

-न्यू योर्कमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानका उपाध्यक्ष झकबहादुर थापा मगरसंग अन्तरकृया सम्पन्न

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपालको नयाँ संबिधानमा पहिचानसहितको संघीयताको माग

-न्यू योर्कबाट नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा नेपाल सरकारको ध्यानाकार्शण

-न्यू योर्कमा नेपालमा जातीय पहिचानसहितको संघीयताबारे चर्को बहसमा के के भयो?

The guests at the FIPNA's 1st Convention. Photos: eEyeCam.com


NRN USA President Pralhad KC. Photos: eEyeCam.com


EDWON founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com


FIPNA General Secretary Dipesh Limbu.



FIPNA Legal Advisor Ramesh K. Shrestha. Photos: eEyeCam.com






Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.