Inside

All Time Top 50 News

झुक्दै नझुक्ने नेपाली छोरो पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 15 August 2013 12:41

Updated: Exclusive: 2 photos: काठमाडौं/न्यू योर्क- नेपालका सेता हिमाल झै अटल, झुक्दै नझुक्ने नेपाली छोरो पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको ७२ बर्षको उमेरमा फोक्सोमा उब्जेको क्यान्सर रोगसंग लड्दालड्दै बिहीवार बिहान ३:१५ बजे काठमाडौंमा निधन भएको छ।

 

भारतीय ठूल्दाईको बल मिच्याईलाई चुनौती दिने एक मात्र राष्ट्रवादी पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिगत दुई महिनादेखि भारतको राजधानी नजिकैको गुरगाउँस्थित मेदान्त अस्पतालमा उपचार गराईएको थियो तर उनले नेपाल मै मर्ने अभिलाषा गरेपछि बुधवार अगस्ट १४ तारिख उनलाई नयाँ दिल्लीबाट काठमाडौं ल्याईएको थियो। काठमाडौंमा उनलाई नर्भिक अस्पतालको आइसियू युनिटमा अक्सिजन दिएर जिबित राख्ने प्रयास गरिएको थियो।

Nepal's former Prime Minister Marichman Singh Shrestha passed away at Norvic Hospital, Kathmandu on August 14, 2013. Photos: Anand Gurung

घुस नखाने प्रधानमन्त्रीकोरुपमा चर्चित उनको उपचारमा लाग्ने खर्च बेहोर्न नेपाल सरकारले लाचारी देखाएपछि नेपालीहरुले विश्वब्यापीरुपमा आर्थिक संकलन अभियान चलाएका थिए। (हेर्नुहोस्)

चौतर्फी दबाब र आलोचनापछि सरकारले पूर्व प्रधानमन्त्री श्रेष्ठको उपचारकोलागि भन्दै शिर्फ ५ लाख रुपैयाँ अनुदान गर्ने घोषणा जुलाई २१ को मन्त्री परिषदको बैठकबाट गरेको थियो। (हेर्नुहोस्) तर पूर्व प्रधानमन्त्री श्रेष्ठको परिवारले त्यो अनुदान महंगो उपक्षरचार खर्चको सामू हात्तीको मुख जिरा सरह हुने भन्दै अनुदान नलिने निर्णय लिएको थियो।

यसरी भारतका सामू उनी डटेका थिए

सम्झिनुहोस् त त्यो बिगत- जतिखेर उनी नेपालका प्रधानमन्त्री थिए (१९८६-१९९०), हो, उनकै पालामा बिसं २०४५ सालमा भूपरिबेस्ठित मूलुकले पाउने नैसर्गिक अघिकारलाई लत्याउँदै भारतले नेपालका भारतसंग जोडीएका १८ वटा नाका बन्द गरेर नेपाल भित्रिने, पेट्रोल, मट्टितेल, खद्ध्यान्न आदिको आयातमा एक महिनाभन्दा बढी प्रतिबन्ध लगाएको थियो।

र, भारतले त्यसो गर्नुको एउटै कारण थियो- नेपालले भारतले भने जस्तो नेपालका उद्ध्योग धन्दामा बिदेशी लगानी गर्दा र अन्य मुलुकसंग बैदेशिक कूट्नैटिक सम्बन्ध कायम गर्नु पर्दा पहिले भारतलाई सोध्नु पर्ने या भारतलाई प्राथमिकतामा राख्नु पर्ने, नेपाली सुरक्षा निकायलाई भारतले तालिम दिन पाउनु पर्ने जस्ता असमान ८ बुँदे सम्झौतामा सहमती नजानाउनु।

तत्कालिन भारतीय बिदेशमन्त्री पिभी नरसिंह रावले नेपाल आएर उक्त राष्ट्रघाती सम्झौतामा नेपाललाई सहमती गराउन दबाब दिएका थिए तर प्रधानमन्त्री श्रेष्ठले उक्त सम्झौता पत्रमा असहमती जनाउने निर्णय गरे। तत्कालिन नेपालका राजा बिरेन्द्रसंग सल्लाह गरेरै त्यो निर्णय लिइएको थियो। त्यस बखत बिदेशमन्त्री रावलाई राजा बिरेन्द्रले सोहि कारण दर्शन भेट पनि दिएनन्।

भारतीय बिदेशमन्त्री राव रित्तो हात भारत फर्केको लगत्तै भारतले नेपालमा उक्त नाकाबन्दी लगाएको थियो। तर प्रधानमन्त्री श्रेष्ठकै पहलमा नेपालले भारतीय नाकाबन्दीको पर्बाह नगरी अर्को छिमेकी मुलुक चिनबाट पेट्रोल र मट्टितेल हेलिकोप्टरबाट झिकाएर र तिब्बतसंगको नाका खुल्ला गर्ने चुनौति दिएर नेपालले भारतलाई विश्वको सामू एक उपनिबेशवादी र मिचाहा मुलुककोरुपमा चित्रित गर्न सफल भएको थियो। यो घटना सम्भबत: भारतले नेपालप्रति गरेको सबैभन्दा निन्दनीय, गैर कानूनी र लाज मर्दो गल्ती थियो।

को हुन् मरिचमान सिंह श्रेष्ठ ?

सन् १९४२ मा सल्यान जिल्लामा जन्मेका श्रेष्ठको सल्यानमा शिर्फ एउटा घर मात्र छ। उनको काठमाडौंको धापासीमा साधारण घर छ। उनका एक श्रीमती, ३ छोरा र एक छोरी छन्। उनकी छोरी रश्मी निरौला अमेरिकाको ओहायोमा आफ्ना श्रीमान डा. निर्मल निरौलासंग बसोबास गर्दछिन्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-पूर्व प्रधानमन्त्री मरिचमान सिंहको उपचारकोलागि नेपाल सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने

-राष्ट्रवादी पूर्व प्रधानमन्त्री मरिचमान सिंहको स्वास्थ्य उपचारमा सरकार मौन, विश्वब्यापी अभियान

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.