Inside

All Time Top 50 News

अमेरिकाकि समाजसेवी डा. विष्णुमाया परियारलाई नेपालमा सम्मान, बिद्यालयलाई एक लाख नगद प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bindu Pariyar Thapa Magar in Kathmandu   
Monday, 16 December 2013 02:48

Special: 6 photos: बोस्टन / ललितपुर- समाजसेवी तथा अधिकारकर्मी डा. विष्णुमाया परियारलाई ५ वटा संस्थाद्वारा नेपालमा सम्मान गरिएको छ । उनले आफूले अध्ययन गरेको गोर्खा जिल्लाको ताक्लुङ गाबिसस्थित श्री सिंजाली माध्यमिक विद्यालयलाई एक लाख नगद अनुदान प्रदान गरेकिछिन्।

 


Dr. Bishnu Maya Pariyar was fecilitated by 5 Nepalese organizations in Lalitpur on November 8, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar

ललितपुरको पासायार्ड होटेलमा आयोजित सम्मान कार्यक्रमको आयोजक संस्थाहरुमा समता फाउन्डेसन, जागरण मिडिया सेन्टर, नेपाली मन्च, नेपाल युथ फोरम र नेपाल पत्रकार महासंघ दलित बिभाग थिए।

उक्त सम्मान समारोहका प्रमुख अतिथि ललितपुर जिल्ला न्यायाधिस रत्नबहादुर बागचन्दले आयोजक संस्थाहरुकोतर्फबाट तयार पारिएको बिशेष कदर ताम्रपत्र समाजसेवी डा. विष्णुमाया परियारलाई प्रदान गरेका थिए। समारोहमा उपस्थित अतिथी र आयोजकहरुले समाजसेवी डा. परियारलाई फुलमाला तथा अविर लगाई बधाई तथा शुभकामना दिएका थिए ।

डा. परियार अमेरिकाको बोस्टनस्थित 'इम्पावोर दलित वूमन अफ नेपाल' (एड्वान) को संस्थापक हुन्। एड्वानले अहिलेसम्म १० हजार भन्दाबेशी नेपालका दलित, गरीब, सिमान्तकृत बालबालिका उत्थानकालागि बिद्यालय स्थापना र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएको छ । एड्वानद्वारा सन्चालित सशक्तिकरणका बिभिन्न कार्यक्रमहरुमार्फत २३ सय महिलाहरु परिबर्तनका संबाहक बन्न पुगेकाछन्।


Dr. Bishnu Maya Pariyar was fecilitated by 5 Nepalese organizations in Lalitpur, October, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar

समाजसेवी परियारले अमेरिकाको मासाचुसेट्स राज्यस्थित 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट सामाजिक र राजनीतिक प्रणालीमा स्नातक (बिए) गरेकी हुन् । उनले मासाचुसेट्स राज्यकै अर्को प्रतिस्ठित क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तररास्ट्रिय बिकास बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन्। समाजसेवी बिष्णुमाया परियारलाई यसै बर्ष सन् २०१३ को मैई १२ तारिख 'पाइन् मानोर कलेज' द्वारा समाजसेवामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (Doctor of Letters) डिग्री प्रदान गरेको हो।

समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सविता परियारले दिएकी थिईन् भने कार्यक्रमको सन्चालन कान्तिपुर एफएम पत्रकार अनिल परियारले गरेका थिए।

समारोहका अन्य अतिथिहरुमा कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख पत्रकार अखण्ड भण्डारी, पत्रकार विनोद पहाडी, दलित गैरसरकारी संघ-डिएनएफ अध्यक्ष गजाधर सुनार, पिडिआरसी अध्यक्ष कमला हेमचुरी, जागरण मिडिया सेन्टर अध्यक्ष रेम विश्वकर्मा, कान्तिपुर टेलिभिजन पत्रकार प्रकाशचन्द्र परियार, सिलाइ व्यवसायी संघको अध्यक्ष कृष्ण रणपाल थिए।

शुभकामना तथा बधाई दिदै प्रमुख अतिथि न्यायाधिस रत्नबहादुर बागचन्दले समाजसेवी डा. परियारले पाएको Doctor of Letters संसारको कमै व्यक्तिले पाउने महत्वपूर्ण उपाधी भएको उल्लेख गरे। उनले दलित महिलाको क्षेत्रमा काम गर्ने, त्यो पनि नेपालको एउटा दलित महिला डा. परियारले पाउनु हाम्रो गौरवको कुरा हो भन्दै हामीले यसरी सम्मान गर्न पाउदा खुशी पाउँदा खुशी लागेको बताए।

त्यसैगरी, कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख पत्रकार अखण्ड भण्डारीले मैले कान्तिपुरको 'व्भाइस अफ व्भाइसलेस' मा विष्णुमाया जीको आलेख प्रकाशन गरेको थिएं भन्दै उनलाई त्यो लेखले अझ बढी चिनाउने मौका मिल्यो भने मलाई पनि अझ बढी चिनायो भने ।

पत्रकार विनोद पहाडीले धेरै दलित महिलाहरु विदेशमा छन् तर आफ्नो स्वार्थकोलागि मात्र काम गरेका छन् भने डा. परियारले विदेशमा रहेर पनि नेपालमा रहेका दलित महिला र बालबालिकाको क्षेत्रमा निरन्तर काम गरिरहनेछिन् भन्ने विश्वाश ब्यक्त गरे।

दलित गैरसरकारी संघ-डिएनएफ अध्यक्ष गजाधर सुनारले दलित अधिकारका कुरालाई विदेशमा बस्नेहरुले अन्तराष्ट्रियकरण गर्नपर्दछ भन्दै डा. परियारले त्यो जिम्मेवारी पुरा गर्ने विश्वाश गरे।

जागरण मिडिया सेन्टर अध्यक्ष रेम विश्वकर्माले विष्णुमाया परियारले विदेशमा बसेर पनि दलित अधिकारलागि काम गरिररहेकोमा हामी सम्पूर्ण दलितहरु खुशी छौं भन्दै उनलाई बधाइ शुभकामना दिए ।

पिडिआरसी अध्यक्ष कमला हेमचुरीले विष्णुमायाले एउटा बालिकालाई पढाउन सहयोग गरेको स्मरण गर्दै उनलाई सम्मान गर्न पाउँदा खुशी लागेको र भबिश्यमा अझै मिलेर बालबालिकाको शिक्षाको क्षेत्रमा काम गर्ने आशा गरिन्।

उक्त बधाई तथा शुभकामना कार्यक्रम नेपाल प्रहारीका मानबहादुर परियारले डा. विष्णुमाया परियारको फेसबुकमा फोटो हेरेर उहाँको हातले आर्ट गरेर लिएको फोटो डा. परियारलाई दिए ।


Dr. Bishnu Maya Pariyar with students from Shree Sinjali High School, Taklung, Gorkha, October, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar

मन्तव्यको क्रममा डा. विष्णुमाया परियारले समाजमा सबैभन्दा पछाडी परेका दलित महिला तथा बालबालिकाहरुको जबसम्म शिक्षामा पहुँच हुँदैन तबसम्म आफ्नो अधिकार प्राप्त गर्दैनन् त्यसैले शिक्षालाई बढी महत्व दिनुपर्छ भन्दै एडवानले दलित महिला र बालबालिकाको शिक्षाको क्षेत्रमा काम गरेको बताईन्। उनले आफू अन्य धेरै पुरस्कारहरु पाएको भएतापनि दलित समुदायद्वारा दिईएको यो सम्मान आफ्नोलागि सबैभन्दा महत्वपुर्ण लागेको कुरा व्यक्त गर्दै यो सम्मानले अझ काम गर्ने हौसला तथा जिम्मेवारी बढेको उल्लेख गरिन्।

कार्यक्रमको समापन तथा मन्तव्यका क्रममा समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दासले मानिसको दुईवटा सन्दरता हुन्छ एउटा भित्रि सुन्दरता र अर्को बाहिरी सुन्दरता भन्दै बाहिरी सुन्दरता आफ्नो परिवार र आफ्नोलागि मात्र हुने तर भित्रि सुन्दरता सबैकोलागि हुने जसले अरुकोलागि बाँच्छ र गर्छ जुन दुवै सुन्दरता विष्णु जीमा पाएको छु भने। उनले डा. परियारले अझै योभन्दा बढी दलित समुदायको क्षेत्रमा काम गर्ने कुरामा विश्वाश ब्यक्त गर्दै शुभकामना दिए।


Dr. Bishnu Maya Pariyar speaking at the reception hosted by Shree Sinjali High School, Taklung, Gorkha, October, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar

यसैबीच, डा. विष्णुमाया परियारको गोर्खा जिल्लाको गृह गाविस ताक्लुङको श्री सिंजाली माध्यमिक विद्यालयले गाबिस र गाबिसमा कृयाशिल संघ संस्थाहरुसंग संयुक्तरुपमा सम्मान कार्यक्रमको आयोजना गरी डा. परियारलाई सम्मान गरेको छ।  डा. परियारले आफूले कक्षा १ देखि ७ सम्म अध्यायन गरेको उक्त विद्यालयलाई व्यक्तिगतरुपमा १ लाख रुपैंया नगद सहयोग राशी प्रदान गरेकीछिन् ।

-Bindu Pariyar Thapa Magar in Kathmandu


Dr. Bishnu Maya Pariyar interacting with students at Shree Sinjali High School, Taklung, Gorkha, October, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar


Dr. Bishnu Maya Pariyar at the reception hosted by Shree Sinjali High School, Taklung, Gorkha, October, 2013. Photos courtesy: Bindu Thapa Magar Pariyar

Read related news:

-अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान

-अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान

-डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड

-कतै चुलो छुँदा दलितको ज्यान गयो, कतै चुलो बनाउन दलितलाई निम्तो !

--अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.