Inside

All Time Top 50 News

अमेरिकाको जर्सी सिटी मेयरद्वारा नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Bijay Thapa   
Wednesday, 01 February 2017 21:15

Updated: Exclusive: 4 photos: जर्सी सिटी, न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी शहरमा आर्थिक, साँस्कृतिक, भासिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ ।

Dr. Bishnu Maya Pariyar with Jersey City's Mayor Steven M. Fulop, who is recently appointed as Advisory Board Member of Jersey City Office of Diversity & Inclusion byMayor Fulop. Photo courtesy: Dr. Pariyar

मेयर फुलपद्वारा जारीमा भनिएको छ:

"The Board shall advise on methods the City can take to eradicate and remediate discrimination, violence and economic disparities affecting the City’s historically under represented constituencies.  The Board shall further advise on policies to ensure equal access to education, employment and economic opportunity as well on programming to foster cultural awareness of the City’s many diverse communities."

Members of Advisory Board of Jersey City Office of Diversity & Inclusion during the meeting at City Hall, Jersey City, NJ, USA on January 31, 2017. Photo courtesy: Dr. Pariyar

दुई वर्शको पदावधी रहेको उक्त सल्लाहकार बोर्डको को-चेयारमा काउन्सिल पर्सन एट-लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसर रेगिनाल्ड मेकारीया नियुक्त गरिएका छन् भने मेयरद्वारा नियुक्त सल्लहाकार सदस्यहरुमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा. बिष्णुमाया परियार रहेका छन् । अन्य सदस्यहरुमा एक्स्-अफिसियो मेम्बर र सिटीको बिभिन्न बिभागका प्रतिनिधिहरु रहनेछन् । डा. परियार 'एड्वान' संस्थाकि संस्थापक अध्यक्ष हुन् । उनी हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंशा र साउथ एशियन कम्यूनिटी हेर्ने आउउटरिच को-अर्डिनेटर छिन् ।

Dr. Bishnu Maya Pariyar who is recently appointed as Advisory Board Member of Jersey City Office of Diversity & Inclusion by the City's Mayor Steven Fulop with Co-Chair of the Advisory Board, Councilperson at-Large Joyce Watterman. Photo courtesy: Dr. Pariyar



डा. परियारको संस्था एड्वान (ADWAN.ORG) ले नेपालका दलित र सिमान्त्कृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप अमेरिकाकै केन्टकी राज्यको लुइसभिल शहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई 'डा. बिष्णु माया परियार डे' घोशणा गरेका थिए । मेयर फुलपले सन् २०१५ को जुलाई २४ तारिख डा. परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट नेपालमा गएको महाभूकम्पबाट प्रभावित नेपालीहरुको लागि टिपिएस प्रस्ताव पारित गर्न अहम भूमिका खेलेकोमा सिटी प्रोक्लेमेसनद्वारा कदर गरेका थिए ।

-Bijay Thapa, Guest Editor, USNepalOnline in Washington DC

अपडेट: "अमेरिकाकै केन्टकी राज्यको लुइसभिल शहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई 'डा. बिष्णु माया परियार डे' घोशणा गरेका थिए" हुनु पर्नेमा 'केन्टकी' राज्यको सट्टा 'जर्जिया' राज्य हुन गएकोले सच्याईएकोछ ।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.