Inside

All Time Top 50 News

न्यू योर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहको जनसंपर्क समितीद्वारा स्वागत समारोह सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Saturday, 17 May 2014 16:53

"सबैको पहिचान भेटिने, बैमनस्यता मेटिने संघियताको पक्षमा रहेको छ"- उपप्रधानमन्त्री प्रकाशमान सिंह
Special: 7 photos:
न्यू योर्क- नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिका (नेजसअ) द्वारा नेपालका उपप्रधानमन्त्री एबं नेपाली काँग्रेसका महासचिब प्रकाशमान सिंहको स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

Nepali Jana Samparka Samiti America hosted reception to Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

मे १६ तारिख न्यू योर्क को ज्याक्सन हाइट्सस्थित शेर्पा किदूग भवनमा आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा समितिका संयोजक बिष्णु सुबेदीले उपप्रधानमन्त्री सिंह र उनकी श्रीमती श्रीजना सिंह श्रेष्ठलाई पुस्प गुच्छा र परम्परागत खादाद्वारा स्वागत गरेका थिए।

समारोहमा नेपाली काँग्रेसका संस्थापक सदस्यहरुको तस्बिरमा पुस्प गुच्छा र अबिर अर्पण गरिएको थियो भने ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मैन धारण गरिएको थियो।

Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh paying tribute to Nepali Congress founders in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

स्वागत मन्तब्य समितिका सदस्य प्रमोद सिटौलाले गरेका थिए भने समितिकीको न्यू योर्क च्याप्टर सदस्य सचिब जनेश गुरुङले च्याप्टरकोतर्फबाट स्वागत सम्बोधन गरेकी थिईन्। समितिका सदस्य रोशन ढुङ्गानाले धन्यवाद ज्ञापन गरेका थिए भने समारोहको सन्चालन समित्काका सदस्य मुनिन्द्रा नेम्बाङले गरेका थिए।

समारोहमा सम्बोधन गर्नेहरुमा उपप्रधानमन्त्री सिंह, संयुक्त राष्ट्र संघकालागि नेपाली राजदूत दुर्गाप्रशाद भट्टराईका अलावा नेका महासमिती सदस्य त्रैलोक्य प्रताप सेन, प्रबासी नेपाली मन्चका अध्यक्ष संजय थापा, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष लुईसाङ्ग वाइबा तामाङ, डा. राजेन्द्र प्रधान, नेजसअका पूर्व उपाध्यक्ष मिङ्मार शेर्पा, नेका महासमिती सदस्य आनन्द बिष्ट र सिन्धु युएस वेल्फेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङले सम्बोधन गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सरकारको प्रमुख लक्ष्य एक बर्षभित्र नयाँ संबिधान जारी गराउने बातावरण गराउने र स्थानीय निकायको निर्वाचन गराउने रहेको उल्लेख गर्दै नेपाली काँग्रेस सबैको पहिचान भेटिने, बैमनस्यता मेटिने संघियताको पक्षमा रहेको उल्लेख गरे।

Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh speaking in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

नयाँ संबिधानमा संघीयतालाई संस्थागत गर्न, लोकतन्त्रलाई संस्थागत गर्न, गणतन्त्रलाई संस्थागत गर्न, समाबेशीतालाई संस्थागत गर्न र धर्म निरपेक्षलाईसंस्थागत गर्न लिखित लोकतान्त्रिक संबिधान अपरिहार्य रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले

पहिलाको संबिधान सभाले गरेको गल्तीहरु अहिलेको संबिधान सभाले गर्नु हुँदैन भन्ने सोचाई सबै दलहरुको रहेको दाबी गरे।

उपप्रधानमन्त्री सिंहले प्रबासी नेपालीहरुले बिदेशमा बसेर हाँसिल गरेका ज्ञान, शीप नेपालको बिकास निर्माणका कार्य र नेपाललाई रुपान्तरण गर्ने कार्यमा कार्यन्बयन गर्न सकेमा नेपाललाई हितकारी हुने बिचार ब्यक्त गर्दै उनले थपे- "तपाईंहरुले यहाँ बसेर पनि आफ्नो देश, राष्ट्रप्रति जुन ममता राख्नु भएको छ, जुन संलग्नता दर्शाई राख्नु भएको छ, विश्वको कुनै पनि देशमा बस्ने नेपालीहरुको एउटै चिन्ता यहाँ बसेर जुन पसिना मिहिनेत गरिएको छ त्यो नेपालमा गर्न पाएको भए भन्ने छ।" प्रबासी नेपालीहरुले एक पटकको नेपाली संधैको नेपाली भन्ने मागलाई सम्बोधन गर्दै उनले नेपाली नागरिकताको निरन्तरताको पक्षमा नेपाली काँग्रेस रहेको पनि स्मरण गराए ।

The participants at the reception to Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

उपप्रधानमन्त्री सिंह नेपाल सरकारकोतर्फबाट संयुक्त राष्ट्र संघ अन्तरगतको आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को १३ औं वार्षिक बैठकमा भाग लिन न्यू योर्क आई पुगेका हुन्।

यस अघि मे १५ तारिख नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा न्यू योर्कको कुइन्सस्थित थकाली किचन रेस्टुरेन्टमा उपप्रधानमन्त्री सिंहको सम्मानार्थ स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।

उपप्रधानमन्त्री सिंह र नेफिनका उपाध्यक्ष शेर्पाको टोली यही मे १२-२३ तारिख बीच हुने संरासंको आदिबासी सम्बन्धी उक्त स्थाई मन्चको बैठक भाग लिन न्यू योर्क आई पुगेको हो। यो बर्षको बैठक मन्चको बैठकको मुल नारा “Principles of good governance consistent with the United Nations Declaration on the Rights of Indigenous Peoples: articles 3 to 6 and 46” रहेको छ।

स्मरण रहोस्, यस अघी सन् २००७ को सेप्टेम्बर १३ मा संयुक्त राष्ट्र संघद्वारा विश्व आदिबासीहरुको अधिकार सम्बन्धी घोषणापत्र United Nations Declaration on the Rights of Indigenous Peoples (UNDRIP) (Read) पारित भईसकेको छ।

संयुक्त राष्ट्र संघीय आदिबासी सम्बन्धी स्थाई मन्च Permanent Forum on Indigenous Issues (UNPFII) को स्थापना सन् २००० को जूलाई ८ मा संघको आर्थिक तथा सामाजिक परिसद United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 2000/22 बाट गरिएको हो। यसको सचिबालयको गठन चाँही सन् २००२ को संघको जनरल एसेम्बलीद्वारा गरिएको हो।

विश्वभर अहिले झन्डै ३७ करोड आदिवासीहरु रहेकाछन्। सन् १९९३ डिसेम्बर २१ को सङ्युक्त राष्ट्र संघ (संरासं) जनरल एसेम्बली बैठकको रिजोलुसन 48/163 ले सन् १९९५-२००४ लाई "अन्तरराष्ट्रिय आदिबासी दसक" International Decade of the World's Indigenous People (1995-2004) घोषणा गरेको हो भने सन् १९९४ डिसेम्बर २३ को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 49/214 ले हरेक बर्षको अगस्ट ९ लाई विश्व आदिवासी दिवस (International Day of the World's Indigenous People) मनाउने निर्णय गरेको हो। सन् २००४ डिसेम्बर २० को संरासं जनरल एसेम्बली बैठकको रिजोलुसन 59/174 ले "दोश्रो अन्तरराष्ट्रिय आदिवासी दशक २००५-२०१५" Second International Decade 2005-2015 पनि घोषणा गरी सकेको छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


 

Trailokya Pratap Sen speaking at the reception to Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

Ambassador Durga P Bhattarai speaking at the reception to Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

Bishnu Subedi speaking at the reception to Deputy Prime Minister and Nepali Congress General Secretary Prakash Man Singh in New York on May 16, 2014. Photos: Pratha Magar for USNepalOnline

Read related news:

-न्यू योर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसंग आदिबासीहरुको संस्था 'फिप्ना' द्वारा स्वागत कार्यक्रम सम्पन्न

-http://usnepalonline.com/janasamparka/

-न्यू योर्कमा दोहोरी नागरिकताको सवालमा अलमल्ल परेका काँग्रेस सभापति कोईरालाको अनुरोध: "मलाई सन्त नेता नभन्नोस्"

-न्यू योर्कमा काँग्रेस सभापति कोईरालासंगको अन्तरकृयामा लिम्बुवान राज्यको माग गर्दै कालो झन्डा

-न्यू योर्कमा आई पुगे काँग्रेस सभापति सुशिल कोईराला, क्यान्सर उपचार जुलाई २ तारिख हुँदै

-न्यू योर्कमा नेपाली काँग्रेसका नेताहरु अर्जुन नर्सिंह केसी, डा. प्रकाशशरण महत र पूर्व सभामुख दमननाथ ढुंगानासंग अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितीद्वारा १०२ औं अन्तररश्ट्रिय नारी दिवस २०१३ सम्पन्न

-न्यू योर्कमा स्व. नेता भीमबहादुर तामाङको दुई जनसंपर्क समिति समूहद्वारा स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा १९९ औं बिपि जयन्ती सम्पन्न

-न्यू योर्कबाट जनसम्पर्क समितिद्वारा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा माग

-न्यू योर्कका काँग्रेसी बन्धुहरुबिच नेपाली नयाँ बर्ष २०६९ को अबसरमा भेटघाट

-न्यू योर्कमा स्व. गिरिजाप्रशाद कोइरालाको दोश्रो वार्षिक स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०१ औं अन्तरराश्ट्रिय नारी दिवस सम्पन्न

-न्यू योर्कमा बिपीलाई सम्झिदै राहत कोषकोलागि ८ हजार डलर संकलन

-अमेरिकि जन संपर्क समितीका संयोजक खगेन्द्र जिसिद्वारा राजिनामा

-न्यू योर्कका काँग्रेसी बन्धुहरुले काँग्रेस सभापति सुशिल कोइरालालाई हात जोड्न वाध्य पारे

-न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा नयाँ बर्ष २०६८ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.