Inside

All Time Top 50 News

न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन् PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 14 May 2009 04:11

३ बर्ष अघी न्यू योर्क आएकै दिन नेपालमा श्रीमानको देहान्तको पिडा
न्यू योर्क- "म गूड् बाइ भन्न चाहन्न, म फेरी फर्केर यहाँ आउन र फेरी यो संसारमा तपाईंहरु जस्तै रमाउन र नयाँ जीवन जिउन चाहन्छु।" यो भनाइ हो दुइटै म्रिगौला बिग्रिएर (५ प्रतिशत मात्र काम गरिरहेको) उपचारको लागि गत सोमबार न्यू योर्क शहरबाट नेपाल फर्किएकी धनमाया तामाङको। उनी हिजो साँझ सकुशल नेपाल फर्किन सफल भएकिछिन्।
 
Dhanmaya Tamang in New York. Photos: eEyeCam
 
न्यू योर्कमा यो समाचार लेख्दै गर्दा (बिहिबार बिहान ३ बजे EST) धनमाया काठमाडौंस्थित डा. ॠषि काफ्लेको क्लिनिक National Kidney Center बनस्थलीमा डाक्टरहरुसँग सल्लाह र उपचारका लागि पुगेकिछिन्। म्रिगौला रोगका बिशेसग्य डा. काफ्ले चाँही यतिखेर अमेरिककामै रहेको र एक हप्ता पछि मात्र नेपाल फर्किने यो पन्क्तिकारसँग धनमायाले टेलिफोनमा बताइन्। कुराकानीको क्रममा धनमायाले न्यू योर्कबासी नेपाली दाजुभाइ दिदीबहिनिहरुहरुलाई आफुले धेरै धेरै सम्झेको र धन्यवाद दिन चाहेको बताइन्।

अकल्पनीय रोगको अबिश्वासनीय घटनाक्रम यस्तो छ

गत मार्च २ मा टाउको दुखेर जाच गर्न न्यू योर्कको एल्म्हर्स्ट अस्पताल कुइन्समा गएकी ३५ बर्शिय धनमायालाई जब डा. ब्राउनले उनको म्रिगौलाले शिर्फ १४ प्रतिसत काम गरेको बताइन् उनलाई त्यो विश्वाश नै लागेन।

उनको स्वास्थ्यमा एक्कासी आएको परिवर्तन र अकल्पनिय रोगको चिन्ताको कारण धनमाया थला परीन्, उनले खाँदै आएको ओखती बान्ता गरेर फालिन्। त्यही कारण मार्च २ मा १४.५ प्रतिसत काम गरेको उनको म्रिगौला २ तारिख मैइसम्म आइ पुग्दा ५.३ प्रतिशतमा झर्यो।

म्रिगौलाले १४.५ प्रतिसत काम गर्दा डा. ब्राउनले ६ महिनाभित्र म्रिगौला प्रत्यारोपण गर्नु पर्ने बताएकी थिइन् तर अब ५.३ प्रतिशतमा झरेपछि धन मायालाई नेपाल जानुको शिवाय अर्को बिकल्प रहेन।

त्यसो त उनी डायलिसिस गरेर यतै बस्न सक्थिन्, ७०-८० हजार अमेरिकि डलर खर्च गर्न र म्रिगौला दिने ब्यक्ती भेट्टाउन सके अनि ३ महिनाको 'वेइटिङ लिस्ट' सम्म पर्खन सके उनी यतै बस्दा पनि हुने थियो।

तर उनले भनिन्-"मेरो नेपालमा शिर्फ आमा र दुई साना छोराहरु मात्र छन्। म उनिहरुलाई एक पटक भेट्न चाहन्छु। मलाई विश्वाश छ, मैले यहाँ नसके पनि नेपालमा या इन्डियामा गएर म्रिगौला फेर्न सक्छु।"

डाक्टरहरुले म्रिगौलाको यस्तो हालतमा र उच्च रक्त चाप भएको यस्तो अवस्थामा हवाइ जहाजमा उडान गर्न मना गरेका थिए। तर धनमायाले जाने निधो गरिन्। भाग्यबश उनी सकुशल काठमाडौं पुग्न सफल भईन्।

धनमायाको सहयोगको लागि न्यू योर्कका नेपाली यसरी जुटे
 
 
Singers Roshan Gurung, Tilak Shrestha and Sapana Shree. Photos: eEyeCam
 
यता धनमायाको म्रिगौला नेपाल या भारतमा प्रत्यारोपण गर्दा लाग्ने खर्च ७-८ लाख रुपैयाँ उठाउन न्यू योर्कस्थित नेपाली कलाकारहरु र तामाङ सोसाइटी अफ अमेरिकाले हतारमा दुई छुट्टा छुट्टै सहयोग सङ्कलन कार्यक्रमहरुको आयोजना गरे।

उक्त कार्यक्रमहरुमा न्यू योर्कबासी नेपालीहरुले मन खोलेर सहयोग गरे। सोसाइटिले ३ हजार २ सय डलर उठाउन सफल भयो भने कलाकारहरुको सङ्गितिक साँझबाट ५ हजार ६ सय डलर उठ्यो।
 
Dhanmaya and her relative sister Manju Bista with singers Milan Lama and Kunti Moktan. Read more about Tamang Society's fundraiser event 

तामाङ सोसाइटीले गत शनिबार हिमालयन याक रेस्टुरेन्ट, ज्याक्सन हाइट, कुइन्समा नेपालका चर्चित गायिका कुन्ती मोक्तान र चर्चित लोक गायक मिलन लामाको सम्मान साँझमा तामाङ समाजले भबिश्यमा आबस्यक परे थप सक्दो सहयोग गर्ने बताएर धनमायालाई ठुलो हौसाला दिए। गायक मिलन लामाले आफ्ना चर्चित गीतहरु गाएर उपस्थित महानुभावहरुलाई खुब मनोरन्जन दिलाए।
 
 
Singer Kunti Moktan. Photos: eEyeCam

यता न्यू योर्कका नेपाली कलाकारहरुले नेपाल-जापान रेस्टुरेन्ट, सनीसाइड कुइन्समा आयोजना गरेको धनमाया सहयोग साँझमा गायिका कुन्ती मोक्तानले आफ्ना मिठा मिठा गीत गाएर सहयोग गर्नु भयो भने आयोजक अन्य कलाकारहरुमा रोशन गुरुङ, सपना श्री, सन्जोग लामा, तिलक श्रेष्ठ, पूजा राइ, राजेन्द्र राइले आ-आफ्ना गीत प्रस्तुत गरेका थिए।

सहयोगदाताहरुको पूर्ण विवरण नामावली पछि प्रकासित गरिने छ।

यसरी दियो धनमायालाई भाग्यले धोखा
३ बर्ष अघी न्यू योर्क आएकै दिन नेपालमा श्रीमानको देहान्तको पिडा

अहिले धनमायाका दुई छोराहरु (जितु १६ बर्ष, बिकी १२ बर्ष) अनि आमा बिष्णुमाया जोरपाटी अत्तरखेलमा यिनले आफ्नो ६ बर्षको बिदेश बसाइको कमाइबाट बनाएको घरमा बस्दछन्। उनको पुरानो घर चाँही सिन्धुपाल्चोकको मि गाउँ हो।

सन् २००३ मा एक रसियन डाक्टर परिवारको नानीको हेरचाह गर्न इजिप्ट पुगेकी धनमाया सो परिवारसँगै B1 भिसामा सन् २००४ को अप्रिल ११ मा अमेरिका आएकी थिइन्। तर दुर्भाग्य ! उता दिल्लीमा दिमाकमा भएको ट्युमर अप्रेसनबाट घर फर्केका उनका श्रीमान अनिल लामा धनमाया अमेरिका ओर्लेकै दिन नेपालमा बितेछन्।

श्रीमानको अकस्मात मृत्‍युपछि अब धनमायाको काधमा दुई साना छोराहरु र एक्ली आमालाई अमेरिकाबाट खर्च पठाएर देखभाल गर्नु पर्ने भयो।

यता रसियन डाक्टर परिवार ब्राजिल जानु पर्ने भयो। धनमायाले ब्राजिल नजाने निधो गरिन् र सन् २००६ को मैइ १४ तारिख न्यू जर्सीस्थित रसियन परिवारको घरबाट भागेर डिसीमा रहेकी एक साथी कहाँ शरण लिन पुगिन्।

यसरी अमेरिका बस्न थालेपछि उनको ५ बर्शे मल्टिपल इन्ट्री भिसा पनि काम नलाग्ने भयो। अब धनमाया लाखौं लाख आप्रबासी सरह "अनडकुमेन्टेड" इम्मिग्रेन्ट बन्न पुगिन्।

तर यसैबिच उनकी नातेदार मन्जु लामा (बिस्ट) ले धनमायालाई चर्चित ब्रान्ड DKNY कि प्रोमोटर डोना करनकि कान्छी छोरी गाबी करन कहाँ गाबिकी छोरीको देखभाल गर्ने काममा लगाइ दिइन्। त्यहा उनलाई हप्ताको एक हजार अमेरिकि डलर "बेबी सिटिङ" गरे बापत मिल्थ्यो। मन्जु आँफै चाँही डोना करन कहाँ बिगत २३ बर्ष देखी काम गर्थिन्।
 
टाउकाको मोल
 
गत जनवरीमा धनमायाले गाबी कहाँबाट बिदा लिएर टाउको दुख्ने रोगलाई निको नपारी नछाड्ने सङ्कल्प लिइन्। किन कि उनलाई असाध्य टाउको दुख्थ्यो। यो रोग उनलाई नेपाल देखी नै थियो। उनको टाउको दुख्न थालेपछि पेनकिलर ओखतीले पनि छुदैनथ्यो।

उनले भनिन्- "मैले नेपालदेखी नै टाउको दुख्यो कि ब्रुफिन, सिटामोल र अनेक ट्याब्लेट नियमित खाने गर्थे। पछि पछि त त्यही ट्याब्लेटले पनि काम गर्न छोड्यो। मैले डबल डोज खान थाले। यही ओखती कै कारण मेरो किड्नी (म्रिगौला) फेल भएको हुनु पर्छ।"

तर धनमायाको यो स्विकारोक्तीसँगै उनले गरेको "ड्रग एब्युज" को परिणामले अर्को रुप लिइसकेको थियो। अब धनमायाले पछुताउनु शिवाय के नै गर्न सक्थिन् र !

यसरी धनमायाको अमेरिकामा बसेर राम्रो कमाइ गर्ने अनि नेपालमा छोराहरुलाई राम्रो पढाई गराउने उनको सुन्दर सपना एकाएक चकनाचुर भयो। उनी आँफै अर्काको सहारामा बाँच्न पर्ने स्थिती आयो।

तर जब न्यू योर्कका नेपालीहरुले धनमायालाई खुला हृदयले सहयोग गरे त्यसले उनको म्रिगौला प्रत्यारोपण गरेर फेरी नयाँ जीवन जिउने आशा पलाएर आयो। र त उनले उनको सहयोगमा डाकिएका माथि उल्लेखित दुई कार्यक्रममा उपस्थितहरुलाई बिदाइको अङ्कामाल गर्दै भनेकी थिइन्,- "I don't wanna say good bye. I wanna be back."
 
Dhanmaya hugging Jenesh Gurung. Photos: eEyeCam

उनले आफ्नो कन्जोर शरीरको ख्याल नै नगरि त्यो भनी रहदा सबैका आँखा रसाएका थिए। धन्य हो- धनमायाको आत्मविश्वाश, धन्य हुन् - ति नेपाली जसले उनलाई सहयोग गरे।

धनमायाको म्रिगौला प्रत्यारोपण सफल होस्, उनी फेरी न्यू योर्क फर्कन सकुन्-उनको नयाँ जीवन जिउने अभिलाषा र फेरी न्यू योर्कमा फर्केर सबैलाई भेट्ने बाचा पुरा होस्।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098
 
Singer Roshan Gurung. Photos: eEyeCam
 
Singer Tilak Shrestha
 
Singer Sanjog Lama
 
Singer Puja Rai. Photos: eEyeCam
 
Singer Rajendra Rai 
 
Dhanmaya with Nepal-Japan Restaurant owner Mingma Sherpa. Photos: eEyeCam
 
 
 
 
Photos: eEyeCam
 
Read related news:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.